Author |
Post |
|
#176 Sun May 07, 2023 5:57 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-२४ (2023-05-07) ---------------------------- छोरी अन्माएको घर जस्तो बन्यो share बजार,
एकदम शुन्य l
दलहरु भने आ-आफ्नो भ्रष्ट्राचारको काण्डमा,
तै चुप मै चुप वाला aggrement का लागि बार्गेनिंग गर्नमै मस्त देखिन्छन l
NEPSE:1,850.61..........................................Previous [1,869.73] (-19.12 / -1.02%)...................................Previous (+12.73 / 0.69%) SENSIND (354.7 .........................................Previous (357.91] (-3.14 / -0.88%)........................................Previous (+2.07 / +0.58%) Turnover :608,135,094.13....................................Previous [732,689,811.89] Volume :2,015,959................................Previous [2,533,714]
|
|
#177 Fri May 05, 2023 5:08 pm
|
Member
Registered: Oct 2013
Posts: 7559
|
Dalali and other corruption bhanda this is better
|
|
#178 Fri May 05, 2023 3:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
यो त नक्कली भुटानी शरणार्थीलाई अमेरिका लाने कुरा भयो,
म आजभन्दा २५ बर्ष पुरानो एउटा प्रसंग सुनाउछु,
एक जना चिनेका भाइ दलाल मार्फत नक्कली भुटानी शरणार्थी बनेर जर्मन जान लागेका थिए,
उसलाई दलालले फोटो कपि गरेको एउटा किताब पढ्नलाई दिएको थियो,
उ दिनभर त्यहि किताब कण्ठ गरेर बस्थ्यो,
उसको काम त्यो बेलाको भुटानी राजाको ४ वटा श्रीमतीको नाम कण्ठ गर्ने,
त्यहाँको भाषा बारे धेर-थोर जानकारी लिने,
आफु भुटानी नभए पनि आफ्नो गाउ भनेर भुटानको कुनै गाउको नाम कण्ठ गर्ने,
भुटानी नेताको बारेमा जानकारी पढ्ने,
कहाँसम्म भने झापातिरको त्यो भाइले आफ्नो बाबु-आमाको नामसम्म कण्ठ गर्थ्यो,
उसले आफ्नो नाम र थर पनि कण्ठ गर्थ्यो,
अन्तमा उ नक्कली भुटानी शरणार्थी बनेर जर्मन गयो पनि,
उसले जर्मनबाट बेला-बेलामा फोन पनि गर्थ्यो,
उसको भनाइ अनुसार उनीहरु जस्तो नक्कली शरणार्थीलाई जर्मनमा भिन्दै camp मा राखिन्थ्यो रे,
अनि नक्कली शरणार्थी होकी होइन भनेर त्यहाँ मुद्धा चल्थ्यो रे,
त्यो मुद्धा चलिंजेल camp मा राखेको मान्छेलाई कामको पनि बन्दोबस्त गरिन्थ्यो रे,
मुद्धा टुंगिन त्यो बेलामा ५-७ बर्ष लाग्ने रहेछ,
त्यो भाइले भने अनुसार उसलाई beer factory मा काम लागाईएको थियो,
धेरै बर्ष जर्मन बसेपछि उ अहिले नेपाल फर्की सकेको छ र आफ्नै पुरानो नाममा,
सानोतिनो ब्यबसाय गरेर बसेको छ l
प्रहरीलाई त्यो बेलाको पनि जानकारी अबस्य होला,
तर जानकारी र अनुसन्धान गर्न चाहने हो भने,
मसंग त्यो भाइको मोबाइल नम्बर छ,
चाहेमा नाम सहित उपलब्ध गराई दिन सक्छु l
सब क्षेत्र नष्ट र भ्रष्ट छ,
हो त्यसमा योगदान पुर्याउने हामी पनि हौ l
|
|
#179 Fri May 05, 2023 1:45 pm
|
Member
Registered: Mar 2018
Posts: 2307
|
दलका नेता कार्यकर्ता र कर्मचारी मात्र होइन जनता पनि कोइ भन्दा कोइ कम छैनन् , नत्र नेपाली भएर भुटानी शरणार्थी कोटामा अमेरिका जान बिटो बुझाउन किन जान्थे ? सहि छानबिन हुने हो भने बिटो बुझाउनेहरु पनि कसुरदार ठहरिनेछन्
|
|
#180 Thu May 04, 2023 6:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-२१ (2023-05-04) ---------------------------- भ्रष्टहरुलाई प्रहरीले समाएको खबरले बजार मुस्कुरायो भने
दलका मठाधिसहरुमा चाही छटपटी सुरु भयो,
एमालेका सबै दुधले धोएका हुन् भन्ने ओलीजीलाई लाग्ने,
कांग्रेसका सबै निष्कलंक हुन् भन्ने देउबाजीलाई लाग्ने,
माओबादीका सब त जोगीनै हुन् भन्ने पुष्पजीलाई लाग्ने,
सबका सब चोर हुन् र तिनको अहिले बनेको आर्थिक हैसियत सबै,
हाम्रै पैसा चोरेर भएको हो भन्ने आम जनतालाई लाग्ने,
यी फटाहा त हुँदै हुन् तर जबसम्म अख्तियारमा पूर्ब सचिबहरुलाई
लगेर प्रमुख आयुक्त बनाई रहिन्छ तबसम्म यी अहिले समातिएकाहरु जस्लाताई कारबाही हुने सम्भावना अत्यन्त न्यून रहन्छ,
दुइ देशले कैदी आदानप्रदान गरे जस्तै,
दलहरुले आफ्नो दलका भ्रष्टहरुलाई चोख्याउन अर्को दलको भ्रष्टहरुलाई सुनपानी छर्किने काम गर्छन,
अहिले पनि त्यहि सम्भावना देखिन्छ,
तर यो घटनामा कोहि न कोहि चाही टार्गेटमा छ है, त्यस्तै संकेत देखिन्छ,
यदि राम्रोसंग भ्रष्ट्राचारको छानबिन हुने हो भने,
९०% दलका नेता कार्यकर्ता र ९०% कर्मचारी,
जेलमा कोचिन लायक ठहरिने छन्,
NEPSE:1,869.73..........................................Previous [1,857.23] (+12.73 / 0.69%)...................................Previous (-9.18 / -0.49%) SENSIND (357.91).........................................Previous (355.83] (+2.07 / +0.58%)........................................Previous (-1.19 / -0.33%) Turnover :732,689,811.89....................................Previous [620,266,016.88] Volume :2,533,714................................Previous [2,155,586]
|
|
#181 Tue May 02, 2023 6:45 pm
|
Member
Registered: Oct 2013
Posts: 7559
|
नीति परिवर्तनका लागि प्रधानमन्त्री र अर्थमन्त्रीलाई गभर्नरको अगाडि भिख मागिरहेको मैले कहिल्यै देखेको छैन |
स्मरण रहोस्- PM ५ हजारको हत्याको जिम्मा लिन तयार छु भनेका व्यक्ति हुन् र एफएम त्यही व्यक्ति हुन् जसलाई सञ्चारमाध्यमले ill tempered भनिरहेका थिए |
केपी ओलीको कुकुरसामु किन यति कमजोर ???
यो पनि याद गर्नुहोस्- एम अधिकारी युराज के कुकुर हुन्| युराज के एफएम हुँदा गभर्नर नेपाली कांग्रेसको कुकुर थिए| र, युराज केले एनआरबी नीतिहरूको सूक्ष्म व्यवस्थापन मात्र गरेनन्, उनले कांग्रेसको कुकुरलाई कुकुर जस्तै व्यवहार गरे| (बिर्सनु हुँदैन- युराज के एफएमबाट बाहिरिएपछि भन्न थाले- एनआरबी स्वतन्त्र संस्था हुनुपर्छ)
एफएमले बदला लिने यो सही समय हो
जस्तो लाग्छ, MARDले मात्र संस्था चलाउन सक्छ |
PS- Cause of former governor nepal- KP oli won the election. And cause of yuraj k and current governor M Adhakari- Balen and NIP won the election.
|
|
#182 Tue May 02, 2023 6:25 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-१९ (2023-05-02) ---------------------------- न त नेपालले क्रिकेट जित्दा share मार्केट खुशी भो,
न त रास्वपा फेरी सरकारमा सहभागी हुने कुरोलेनै,
न नयाँ stock exchange आउने कुरामा रमाएको देखियो,
न १६ वटा नयाँ broker कम्पनीहरुलाई LOI दिंदानै उत्साहित देखियो,
कतिसम्म थिचेछन् M. Adhikari ले,
कतिसम्म चिथोरेछन M. Adhikari ले,
कतिसम्म न्याकेछन् M. Adhikari ले,
अर्थमन्त्री र प्रधानमन्त्रीले सान्त्वना दिंदा पनि, आश देखाउदा देखाउदै पनि,
M. Adhikari बाट राम्रो नीति आउला भनेर लगानीकर्ताहरु पत्याउनै तयार छैनन,
अचम्मको बिस्वासको संकट देखियो लगानीकर्ताहरुमा l
२०७९-०७-१४ गते तिहार र छठपछिको पहिलो कारोबारको दिन थियो,
त्यो दिन NEPSE 1,874.87 अंकमा र Turnover चाही 697,317,611 को भएको थियो,
आजको अबस्था पनि उस्तै उस्तै देखिन्छ l
NEPSE:1,866.40..........................................Previous [1,870.66] (-4.27 / -0.23%)...................................Previous (-19.10 / -1.01%) SENSIND (357.02).........................................Previous (358.14] (-1.12 / -0.31%)........................................Previous (-2.95 / -0.82%) Turnover :692,271,755.19....................................Previous [954,322,377.94] Volume :2,336,625................................Previous [3,206,450]
|
|
#183 Sun Apr 30, 2023 6:37 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-१७ (2023-04-30) ---------------------------- संसद अधिबेसन अन्त्य भएर राम्रै भयो,
नत्र सांसदहरु,
अल्छि र निकम्मा NEPSE ले दिएको चिट पढेर,
खुब ठुलो रहस्य खोल्यौ भन्ने शैलीमा,
प्रस्तुत हुन् थालेका थिए पालैपिलो,
NEPSE सुधार्ननै चाहिएको हो, अर्को stock exchange,
Good News को समयमा अब सांसदहरुले आफ्नो Bad News वाला बकबक बन्द गरे हुन्छ l
NEPSE:1,870.66..........................................Previous [1,889.75] (-19.10 / -1.01%)...................................Previous (-2.25 / - 0.12%) SENSIND (358.14).........................................Previous (361.09] (-2.95 / -0.82%)........................................Previous (-0.46 / -0.13%) Turnover :954,322,377.94....................................Previous [739,650,247.50] Volume :3,206,450................................Previous [2,174,914]
|
|
#184 Thu Apr 27, 2023 6:03 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-१४ (2023-04-27) ---------------------------- प्रधानमन्त्री र अर्थमन्त्री, भिक्षाको लागि गिडगिड्याएको गिडगिड्याई हुनुहुन्छ,
प्रधानमन्त्री र अर्थमन्त्री, गभर्नरले मौद्रिक नीति खुकुलो ल्याउछन् ल्याउछन् भनि,
देउसी पनि खेलेको खेल्यै हुनु हुन्छ,
तर यमजी टसका मस हुनु हुन्न,
खाली पख न पख, पख न पख भनेर समय घर्काइ मात्र राख्नु हुन्छ,
कहिले 'मेयर'ले सात्तो खाने,
कहिले गभर्नरले फनफनी घुमाउने,
आफुले त प्रधानमन्त्रीलाईनै देशको सबैभन्दा शक्तिशाली व्यक्ति पो ठानी रा अहिलेसम्म l NEPSE:1,889.75..........................................Previous [1,892] (-2.25 / - 0.12%)...................................Previous (-13.68 / -0.72%) SENSIND (361.09).........................................Previous (361.55] (-0.46 / -0.13%)........................................Previous (-2.11 / -0.58%) Turnover :739,650,247.50....................................Previous [847,028,219.41] Volume :2,174,914................................Previous [2,571,202]
|
|
#185 Wed Apr 26, 2023 6:34 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-१३ (2023-04-26) ---------------------------- चैत्र महिनाको सुरुको ९ वटा कारोबार दिनसम्म Turnover एक अर्ब माथीनै रह्यो,
अहिले बैशाख महिनामा चाही त्यसको ठिक बिपरित,
यो महिनाको सुरुको ९ वटा कारोबार दिनमा Turnover एक अर्ब मुनि मात्र भएको देखिन्छ,
अब फेरी बजारका लगानीकर्ताहरुको लागि,
चित्त बुझाउन र चर्चा गर्नका लागि दुइ बिषय हाजिर भएका छन्,
मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा र जेष्ठ १५ को बजेट बारे कुरा गर्दा गर्दै जेष्ठ महिना पनि सकिन्छ,
अनि त्यसपछिलाई नयाँ आर्थिक बर्ष र
साउनमा घट्ने ब्याजदरले ध्यान केन्द्रित गर्न थाली हाल्छ,
बजारमा लागेपछि समय र पैसा कटाउन चाही खासै समस्या नहुने रहेछ 😊😊 l
NEPSE:1,892..........................................Previous [1,905.68] (-13.68 / -0.72%)...................................Previous (+17.36 / +0.92%) SENSIND (361.55).........................................Previous (363.65] (-2.11 / -0.58%)........................................Previous (+4.27 / +1.19%) Turnover :847,028,219.41....................................Previous [885,578,270.76] Volume :2,571,202................................Previous [2,700,570]
|
|
#186 Tue Apr 25, 2023 5:44 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-१२ (2023-04-25) ---------------------------- आजकै दिन २०७२ शालमा देशमा ठुलो भूकम्प गएको थियो,
फेरी आज चितवनको र हिजो तनहुको उपनिर्बाचनको परिणामले,
देशका प्रमुख दलहरुको दरबारमा ठुलै कम्पन गएको देखिन्छ,
हुन् पनि तनहु र चितवनमा घन्टीले 89095 मत पाउदा,
कांग्रेसले 31336 र एमालेले जम्मा 19424 मत पाएको छ,
अब कांग्रेसबाट यति युबाहरु स्वतन्त्रमा आउने छन् कि,
तिनले पछि गएर कि यो पार्टी फोड्ने छन्, कि कब्जा गर्ने छन्,
त्यसैले दलमा मान्छे भित्रयाउदा यी कुरालाई पनि सोच्नु पर्ने देखिन्छ,
अब स्वतन्त्रले सरकारमा नजर नलगाएर, देशभर संगठन विस्तारतिर लागे हुन्छ,
२०८४ को चुनाबमा किन्द्रित बनेर,
दलहरुको संसद बिघटन र मध्याबधी चुनाबको रटाई पनि सायद यो चुनाबी परिणामसंगै समाप्त हुन्छ होला,
share मार्केट ध्वस्त गर्ने सबैलाई जनताले लोप्पा खुवाई दिए भनेर हो,
म यो परिणामबाट खुशी भएको,
यिनीहरुले सोचेका थिए हामी मिले कसले हामीलाई हराउने,
जनता नोकर हुन् र नेता जता गयो त्यतै त्यतै पछि लाग्नु पर्ने ?
NEPSE:1,905.68.........................................Previous [1,888.32] (+17.36 / +0.92%)...................................Previous (+2.71 / +0.14%) SENSIND (363.65).........................................Previous (359.37] (+4.27 / +1.19%)........................................Previous (+0.23 / +0.07%) Turnover :885,578,270.76....................................Previous [751,330,393.70] Volume :2,700,570................................Previous [2,260,823]
|
|
#187 Mon Apr 24, 2023 6:07 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-११ (2023-04-24) ---------------------------- अघिल्लो बर्ष आजकै दिन NEPSE 95.52 अंकले हरियो भएको रहेछ,
त्यो दिन NEPSE 2,325.45 बाट बढेर 2,420.96 अंकमा पुगेको थियो,
त्यसपछि घटेको NEPSE ले आजसम्म फेरी २४०० को अंक देख्न पाएको छैन,
एउटा दलको सरकार र अर्को दलले नियुक्त गरेको गभर्नरको एक अर्काप्रतिको अशहिष्णु ब्यबहारका कारण,
देशका हर क्षेत्र सिथिल र निराश बनेको यो समयमा,
तिनै दललाई लोप्पा खुवाएको यो उपनिर्बाचनको परिणामका कारण,
थोरै भए पनि प्रशन्न हुने अबसर मिलेको छ,
अब आउनेले गर्ला नगर्ला त्यो भिन्नै कुरा भो,
तर गाई ओगटेर बस्ने, अनि गर्भाधान गराउन पनि नसक्ने,
यी बुढा बयलहरुलाई जनता आफै पन्छाउन अघि बढेको देख्दा खुशी लागेको छ,
अब कांग्रेस छाडेर, एमाले छाडेर, घण्टिमा आउन चाहनेहरुको लाइन लाग्ने छ,
२०८४ को चुनाबमा पुराना सबै दल एक भएर नयाँसंग लड्दा पनि,
यिनीहरु निकै सानो संख्यामा खुम्चने पक्का छ,
जति दिन यी सत्तामा रहनेछन त्यति त्यति झन्-झन् अलोकप्रिय र
जनाधार बिहिन बन्दै जानेछन्,
अब कुनै सांसदको मृत्यु भएका कारण या अन्य कारणले कुनै निर्बाचन क्षेत्रमा फेरी चुनाब गराउनु पर्यो भने,
ती कुनै पनि क्षेत्रमा यी दलले जित्ने छैनन l NEPSE:1,888.32.........................................Previous [1,885.60] (+2.71 / +0.14%)...................................Previous (-18.80 / -0.99%) SENSIND (359.37).........................................Previous (359.13] (+0.23 / +0.07%)........................................Previous (-4.00 / -1.10%) Turnover :751,330,393.70....................................Previous [828,534,036.34] Volume :2,260,823................................Previous [2,734,307]
|
|
#188 Sun Apr 23, 2023 6:45 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-१० (2023-04-23) ----------------------------
बजारलाई सबै मिलेर समुन्द्रको बिचमा छाडी दिए,
त्यहाको आंधी हुरीले बजार रुपी डुंगालाई पल्टाउला, पल्टाउला जसरी,
डुंगालाई यता र उता हल्लाएको हल्लायै छ,
कति ज्यान जोगाउन भनेर समुन्द्रमै हाम फाल्दैछन्,
उद्धार गर्न अघि बढ्नु पर्नेहरु कोनी के कन्ह्याएर समय बर्बाद गर्दैछन्,
गज्जबको देश, कसैले केहि कुराको जिम्मेवारी लिनु नी नपर्ने,
कसको कारणले देशको अबस्था यस्तो हुँदैछ,
उसलाई कसैले केहि गर्न पनि नसक्ने,
पहिला अनेक नियम लगाएर हर क्षेत्रलाई गिजोलीदिने,
अनि अहिले आएर, त्यसलाई सम्हाल्नुको साटो,
विस्तार समय बित्दै जाँदा सब ठिक हुन्छ भनेर,
ठुल-ठुला भाषण ठोकी दिने,
हामीले खाने तलब, क-कसको पेट काटेर जम्मा भएको हो,
त्यसको ज्ञान नहुनेहरु शीरमा बसेका छन्,
र आफ्नै अन्नदाताहरुलाई अनेक दुख र तनाब दिएर, गज्जब गरियो भनि मख्ख परेर बसेका छन् l
NEPSE:1,885.60.........................................Previous [1,904.40]
(-18.80 / -0.99%)...................................Previous (-15.73 / -0.82%)
SENSIND (359.13).........................................Previous (363.12]
(-4.00 / -1.10%)........................................Previous (-2.79 / -0.76%)
Turnover :828,534,036.34....................................Previous [983,367,311]
Volume :2,734,307................................Previous [3,209,214]
|
|
#189 Thu Apr 20, 2023 6:21 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-०७ (2023-04-20) ---------------------------- आज सार्बजनिक भएको 3rd qtr को रिपोर्टसंगै,
बजार घटाउन काम लाग्ने एउटा फण्डाको पनि अन्त्य भएको छ,
अब के त,
सरकारले धेरैभन्दा धेरै खर्च गर्ने समय हो यो असारसम्मको महिना,
उपचुनाब पनि अब लगभग सकियो भने पनि हुन्छ,
रास्वपाले एक सिट बढाउने भइ हाल्यो,
ठुलाहरुको छटपटी हेर्दा,
२०८४ को चुनाब, यी ठुला दलहरुको अस्तित्व रक्षाको पनि चुनाब हुने आंकलन गर्न सकिन्छ l
NEPSE:1,904.40.........................................Previous [1,920.12] (-15.73 / -0.82%)...................................Previous (+15.13 / +0.79%) SENSIND (363.12).........................................Previous (365.90] (-2.79 / -0.76%)........................................Previous (+2.85 / +0.79%) Turnover :983,367,311....................................Previous [872,141,116.12] Volume :3,209,214................................Previous [2,579,325]
|
|
#190 Wed Apr 19, 2023 6:29 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-०६ (2023-04-19) ---------------------------- बि.सं. २०८० शालको चौथो कारोबार दिनमा बल्ल NEPSE हरियो बनेको छ,
भोली आउने रिपोर्ट बजारले आजै थाहा पाए जस्तो देखिन्छ,
अर्को बुधबार त उपनिर्बाचनको परिणाम पनि आइसक्छ,
अब बजेट आउने बेला पनि भयो,
हरि ढकालजीहरु कत्तिको लाग्नु भाछ कुन्नि,
बजेटमै share मार्केटको विकास, विस्तार र सुधारको बिषय पार्न,
राजनीतिक चलखेल देखि हाल्नु भो, घन्टीसंग आत्तिएका ठुला दलहरु,
रातारात एक अर्कालाई सघाएर भए पनि, आफ्नो अस्तित्व रक्षा गर्नु पर्ने अवस्थामा पुगेका छन्,
यदि तनहुमा कांग्रेस हार्यो भने,
एउटा पुरानो दलको अस्तित्व अर्को चुनाबसम्म पक्कै अहिलेभन्दा फरक र अहिलेको माओबादीको हैसियत बराबर हुन् पनि सक्छ,
देशभरको शक्ति त्यहाँ लगाएको देख्दा,
नतिजा तीनको बिपरित आउने सम्भावना प्रबल देखिन्छ,
अरु कुरा जे जस्तो भए पनि,
बजार अनुकुल मान्छेले जितुन l
NEPSE:1,920.12.........................................Previous [1,904.98] (+15.13 / +0.79%)...................................Previous (-3.07 / -0.16%) SENSIND (365.90).........................................Previous (363.04] (+2.85 / +0.79%)........................................Previous (-0.17 / -0.05%) Turnover :872,141,116.12....................................Previous [870,448,151.88] Volume :2,579,325................................Previous [2,975,920]
|
|
#191 Tue Apr 18, 2023 6:06 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-०५ (2023-04-1 ---------------------------- ४ दिनदेखि NEPSE लगातार रातो छ तर पनि,
१९०० अंक मुनिनै बस्न भने त्यति रुची नदेखाएझैँ लाग्छ,
चार दिनमा NEPSE 58.57 अंकले घटेको छ भने,
घट्न सुरु गर्नुभन्दा अघिल्लो दिन 92.22 अंकले बढेको थियो,
त्यो बेला नेप्से लगातार ३ दिन हरियो भएको थियो भने NEPSE चाही जम्मा 125.07 अंकले बढेको थियो,
नेष्डो भन्ने लघुवित्तले राष्ट्र बैंकसंग निहु खोज्ने सुरसार गरेको देखिन्छ,
हाम्रो जस्तो देशमा नियामक माथी यसरी प्रश्न उठायो भने,
हामीलाई Question गर्ने भनेर, अनेक छिद्र खोजेर, पख तलाई भनेर उल्टो दुख दिने चलन छ,
त्यसैले अहिलेलाई यो काण्ड अघि नबढ्दे हुने थियो,
अब अहिलेलाई सबैले जस्तै हामीले पनि उपनिर्बाचनमा पनि ध्यान केन्द्रित गर्दा राम्रै होला,
बाराको टुंगो नलागे पनि, चितवन र तनहुमा चाही बिजेताको लगभग टुंगो लागे जस्तो भान हुन्छ,
हेरौ ५-७ दिन न बाँकि छ अब l NEPSE:1,904.98.........................................Previous [1,908.05] (-3.07 / -0.16%)...................................Previous (-23.63 / -1.22%) SENSIND (363.04).........................................Previous (362.87] (-0.17 / -0.05%)........................................Previous (-4.87 / -1.32%) Turnover :870,448,151.88....................................Previous [920,078,571.12] Volume :2,975,920................................Previous [3,144,573]
|
|
#192 Mon Apr 17, 2023 6:18 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-०४ (2023-04-17) ---------------------------- 3rd qtr को रिपोर्ट,
राष्ट्र बैंकले ऋण र ब्याजतिर्न दिएको एक महिनाको थप बोनस समय र NPL,
अहिले लगानीकर्ताहरुको टाउको दुखाईको मुख्य कारण चाही यहि हो जस्तो लाग्छ,
अनि यस्तो संक्रमणकालमा पनि देशको अर्थतन्त्र र अन्य इन्डिकेटरहरुको सुधार गर्न सक्ने,
चामत्कारिक नेतृत्व नहुनु पनि जनता निराश हुनुको अर्को कारण हो,
कुर्सीमा आसिनहरु,
केहि हतार नगरी, चलेकै छ र चली हाल्छनी भन्ने शैलीमै मस्त देखिन्छन l NEPSE:1,908.05.........................................Previous [1,931.68] (-23.63 / -1.22%)...................................Previous (-2.80 / -0.14%) SENSIND (362.87).........................................Previous (367.73] (-4.87 / -1.32%)........................................Previous (-0.26 / -0.07) Turnover :920,078,571.12....................................Previous [974,599,061.51] Volume :3,144,573................................Previous [3,056,775]
|
|
#193 Sun Apr 16, 2023 5:24 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०८०-०१-०३ (2023-04-16) ---------------------------- पोहोरको नयाँ वर्षपछिको पहिलो कारोबार बैशाख ४ गते आइतबार भएको थियो,
त्यो दिन पनि NEPSE रातो भएको थियो र NEPSE 29.6 अंकले घटेको थियो भने Turnover एक अर्ब ४४ करोडको थियो,
त्यो हेर्दा आजको घटाई निकै थोरै मान्नु पर्छ,
अघिल्लो बैशाखको कुरो गर्ने हो भने,
त्यो महिनामा नेप्से एकैदिन 95.52 अंकसम्मले बढेको थियो भने,
घट्न चाही 48.73 अंकसम्मले घटेको देखिन्छ,
मंगसिर २७,२०७८ को 2,281.67 को low भन्दा अझ तल,
बैशाख २२, २०७९ मा, 2,238.62 अंकमा NEPSE झरेको थियो,
जबकी चुनाबको बेला Stock market मालामाल हुन्छ भनि जताततै हल्ला चलाईएको थियो,
अघिल्लो बैशाख महिनामा जति धेरै उतारचढाब आए पनि त्यो महिनाभर NEPSE जम्मा 35.22 अंकले मात्र घटेको देखिन्छ,
यसपालिको बैशाख अलि फरक छ,
सबैखालका खराब कुराहरु आउनु आइसके, अब विस्तार सुखद खबरहरु आउन थालेका छन्,
लगानीकर्ताहरु पहिलाभन्दा चनाखा भएझैँ लाग्छ,
तिनलाई अझ अरु सकारात्मक संदेश चाहिएको छ,
त्यसपछि त बजारले एउटा गति लिन्छनै, पुराना सबै चोट भुलाउने गरेर l NEPSE:1,931.68.........................................Previous [1,934.47] (-2.80 / -0.14%)...................................Previous (-29.07 / -1.48%) SENSIND (367.73).........................................Previous (367.98] (-0.26 / -0.07)........................................Previous (-5.72 / -1.53%) Turnover :974,599,061.51....................................Previous [1,653,334,665.77] Volume :3,056,775................................Previous [4,913,702]
|
|
#194 Fri Apr 14, 2023 12:18 pm
|
Member
Registered: Mar 2014
Posts: 320
|
Happy New Year 2080. Thank You nissan sir for regular update.
|
|
#195 Thu Apr 13, 2023 6:33 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०७९-१२-३०(2023-04-13) ---------------------------- अगिल्लो बर्ष चैत्र ३० गते NEPSE ३०.२४ अंकले बढेको थियो भने
यसपाली लगभग त्यस्तै अंकले घट्न पुगेको छ, हिजोको बढाईलाई balance मिलाई दिएको होला,
सबै-सबैमा बि.सं. २०८० शालको आगमनको उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु,
यो नयाँ शाललाई बजारले पनि व्यग्रताका साथ प्रतिक्षा गरि रहेको थियो,
२०८० शाल २०७९ को ठिक बिपरित हुनेछ,
भन्ने मैले आशा लिएको छु,
किनकी बाताबरण त्यसै अनुकुल निर्माण हुँदै जाने देखिन्छ l
NEPSE:1,934.47.........................................Previous [1,963.55] (-29.07 / -1.48%)...................................Previous (+92.22 / +4.93%) SENSIND (367.9 .........................................Previous (373.71] (-5.72 / -1.53%)........................................Previous (+18.25 / +5.14%) Turnover :1,653,334,665.77....................................Previous [1,976,076,732.34] Volume :4,913,702................................Previous [6,107,425]
|
|
#196 Wed Apr 12, 2023 6:16 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०७९-१२-२९(2023-04-12) ---------------------------- यो एक बर्षमा,
पोहोरको चैत्रबाट यता NEPSE मा ९० अंक माथीको उतार-चढाब जम्मा तीन पटक मात्र भएको देखिन्छ,
अझ भनौ ९० अंकभन्दा बढीले त NEPSE यो अवधिमा घटेको छैन, बरु तिनै पटक बढेको मात्र छ,
२०७९ बैशाख ११ गते आइतबार NEPSE 95.52 अंकले बढेको थियो,
त्यो बेला NEPSE 2,325.45 अंकबाट बढेर 2,420.96 अंकमा पुगेको थियो,
२०७९ असार १२ गते NEPSE 94.92 अंकले बढेको थियो,
यो तिलक कोइरालाको १० दिने अनसन टुंगिएपछिको पहिलो कारोबारको दिन थियो भने,
NEPSE चाही अहिलेको जस्तै 1,862.06 बाट बढेर 1,965.98 अंकमा पुगेको थियो,
र आज तेश्रो पटक त्यो सन्जोग जुरेको छ र NEPSE 92.22 अंकले बढ्न पुगेको छ,
यसमा ब्याजदरलेनै प्रमुख भूमिका खेलेको हुनु पर्छ,
अब यो दिगो कत्तिको हुने हो त्यो चाही महत्वपूर्ण होला,
NEPSE:1,963.55.........................................Previous [1,871.33] (+92.22 / +4.93%)...................................Previous (+27.31 / +1.48%) SENSIND (373.71).........................................Previous (355.45] (+18.25 / +5.14%)........................................Previous (+5.79 / +1.66%) Turnover :1,976,076,732.34....................................Previous [945,249,179.36] Volume :6,107,425................................Previous [3,315,720]
|
|
#197 Tue Apr 11, 2023 6:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०७९-१२-२८(2023-04-11) ---------------------------- यति पुछारमा आइ पुगेको नेप्से, जाबो २७ अंकले बढ्न पनि,
प्रधानमन्त्री र अर्थमन्त्रीले घोक्रो सुक्ने गरि पालै-पिलो कराउनु पर्ने अवस्था आयो,
M. Adhikari ले लगानीकर्ताहरुलाई कति साह्रो बिच्काए छन् त ?
NEPSE:1,871.33.........................................Previous [1,844.02] (+27.31 / +1.48%)...................................Previous (+5.54 / +0.30%) SENSIND (355.45).........................................Previous (349.66] (+5.79 / +1.66%)........................................Previous (+0.88 / +0.25%) Turnover :945,249,179.36....................................Previous [911,976,049.12] Volume :3,315,720................................Previous [2,960,863]
|
|
#198 Tue Apr 11, 2023 1:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
मेरो policy ले गर्दानै अहिले देशको अवस्था यत्तिको छ,
नत्र उहिल्यै श्रीलंका बनि सक्थ्यो भन्न होला पत्रकार सम्मेलन गर्न लागेको,
उनलाई अहिले चौतर्फी दवाब छ,
एमालेले चाहेर मात्र पनि उनले अब धेरै समय सरकारलाई असहयोग गरि रहन सक्ने अबस्था छैन,
उनले विस्तार ब्याज दर घट्दै जान्छ भनि फेरी दोहोर्याउने छन् र
सके यहि अबस्थालाई २-३ महिना तन्काउने कोसिस गर्ने छन्,
यहि पत्रकार सम्मेलन पनि ३ बजेपछि राखिदिएको भए हुन्थ्यो नी l
|
|
#199 Tue Apr 11, 2023 12:24 pm
|
Member
Registered: Oct 2013
Posts: 7559
|
NRB's pressmeet may prevent Rocket today.
NO body likes NRB, no body trusts NRB.
NRB make policy influenced by jealousy, anger, hate, revenge, incompetency .......
NRB should be abolished, it should be turned into a subsidy of finance ministry.
Nepal can stop all elections. Why we need election when supreme power of Nepal are- NRB, President And supreme court and non of them are elected and they are final decision makers ........ legally they have no authority to make decision. They have to flow procedure.
|
|
#200 Mon Apr 10, 2023 6:08 pm
|
Member
Registered: Oct 2013
Posts: 1294
|
२०७९-१२-२७(2023-04-10) ---------------------------- धितोपत्र बोर्डले अर्थमन्त्रीले मागेको सुझाब दियो कि दिएन ?
अदालतले रिट खारेज गरेपछि तुरुन्त धितोपत्र बोर्डले रोकिएको काम किन शुरु गरेन ?
यसका लागि पनि madam कै green signal चाहिने होकी के हो ?
संसदमा सांसदहरुको प्रस्तुती पनि खाशै वजनदार देखिएन,
खाली तत्कालको घटनाको प्रतिकृया दिने मात्र काम भो,
कसैलाई अमृतपालको चिन्ता देखियो त कसैलाई ढाका कुमारको मात्र,
तर उठाउनु पर्ने मुद्धा जुन थियो त्यसमा खासै सांसदहरुको चासो देखिएन,
बालेनले मलाई कसैले सहयोग गरेनन, भनेर घटना सहित सार्बजनिक गर्दा,
खोइ सांसदहरुले मन्त्रि र प्रधानमन्त्रीसंग जवाफ मागेको ?
एमाले बाहेकको सबै सरकारलाई असहयोगको नीति लिएका राष्ट्र बैंकको गभर्नर माथी खोइ प्रश्न उठाएको ?
पहिला ब्याजदर उकास्न चाही सबै अश्त्र प्रयोग गर्ने गभर्नरले,
ब्याजदर घटाउनु पर्दा चाही, त्यो काम बजारलाई छाडीदिउ आफै विस्तार घट्दै जान्छ, भन्न मिल्छ ?
पुराना सबै अश्त्र फिर्ता गरेर ब्याजदर घटाउन सहयोग गर्नु पर्दैन ?
देशको सानो-सानो नियुक्ति माथी दक्षिणको हस्तक्षेप माथी खोइ प्रश्न उठाएको ?
कुनै तयारी नगरी हल्का फुल्का कुरा गर्न मात्रै त,
किन चुनाबका नाममा त्यत्रो अरबौ खर्च गरेर तपाइँहरुलाई छानी रहनु पर्यो र ?
NEPSE:1,844.02.........................................Previous [1,838.48] (+5.54 / +0.30%)...................................Previous (-28.31 / -1.52%) SENSIND (349.66).........................................Previous (348.79] (+0.88 / +0.25%)........................................Previous (-4.24 / -1.20%) Turnover :911,976,049.12....................................Previous [1,159,448,411.72] Volume :2,960,863................................Previous [3,843,713]
|