Author |
Post |
|
#176 Mon Oct 21, 2024 12:00 am
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०७-०४ (2024-10-20) ---------------------------- ओलीजी एकदम जिद्धी मान्छे,
पहिला २-२ पटक संसद बिघटन गर्नु भयो,
अहिले पनि त्यो बेला मैले जे गरे ठिक गरे भन्न पछि पर्नु हुन्न l
फेरी अहिले अरबौ रुपैयाँ एउटा बिबादित ब्यापारीबाट सर्लक्क लिने,
अनि फेरी मैले जे गरे ठिक गरे रे,
असली डन त देशका दलहरु पो भए त l NEPSE:2,697.91..........................................Previous [2,745.36] (-47.44 / -1.72%)...................................Previous (+2.47 / +0.09%) SENSIND (487.39).........................................Previous (495.30) (-7.91 / -1.59%)........................................Previous (+1.31 / +0.26%) Turnover :8,180,262,572.12...................................Previous [7,192,792,166.86] Volume:20,868,919................................Previous [18,807,492] 
|
|
#177 Sat Oct 19, 2024 12:10 am
|
Member
Registered: Oct 2013
Posts: 1576
|
आज साँझ ८ बजेको कान्तिपुर समाचार हेरेको,
आधा घण्टा, साँढे आठ बजेसम्म एकै व्यक्तिको समाचार,
सन्दर्भ : रबी लामिछानेको गिरफ्तारी l
अब दल फुटाउन सहज हुने बिधेयक पनि ल्याउने रे, सरकारले l 
|
|
#178 Thu Oct 17, 2024 8:21 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०७-०१ (2024-10-17) ---------------------------- कार्तिक महिनामा बजारमा के भएको थियो,
तीन बर्षको इतिहास हेरौ,
पुरानो कुरा केलाउदा समय र परिस्थितिको आँकलन भने गर्न सक्नु पर्छ,
किनकी २०७८ को कार्तिक भनेको बुल मार्केट सकिएर ओह्रालो झर्दै गरेको महिना थियो भने
यो कार्तिक चाही उकालो चढ्ने तरखरको महिना हो,
२०७८ को कार्तिकमा १९ दिन कारोबार भएको थियो,
जसमा ९ दिन बजार रातो र १० दिन हरियो बनेको थियो,
सो महिना बजार 127.61 अंकले बढेको थियो,
२०७९ को कार्तिकमा १६ दिन कारोबार भएकोमा,
९ दिन बजार रातो र ७ दिन बजार हरियो बनेको थियो,
सो महिना बजार 52.93 अंकले बढेको थियो,
२०८० कार्तिकमा भने जम्मा १२ दिन मात्र कारोबार भएको थियो,
पोहोर कार्तिकमा दशैँ र तिहारको बिदा परेकाले कम दिन कारोबार भएको हो,
जसमा ७ दिन बजार रातो र ५ दिन हरियो बनेको थियो,
सो महिनामा 12.54 अंकले बजार घटेको थियो,
३ बर्षको कार्तिक महिनाको लेखाजोखा गर्दा बजार २ बर्ष बढेको र
एक बर्ष चाही झिनो अंकले घट्न गएको देखिन्छ,
यो बर्षको माहौल अघिल्ला कार्तिककोभन्दा फरक छ l NEPSE:2,745.36..........................................Previous [2,742.88] (+2.47 / +0.09%)...................................Previous (+43.22 / +1.60%) SENSIND (495.30).........................................Previous (493.9  (+1.31 / +0.26%)........................................Previous (+7.68 / +1.58%) Turnover :7,192,792,166.86...................................Previous [5,660,237,737.60] Volume:18,807,492................................Previous [13,224,322] 
|
|
#179 Thu Oct 17, 2024 12:27 am
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-३० (2024-10-16) ---------------------------- १६ दिन बजार खुलेको यो असोज महिनामा,
७ दिन बजार रातो र ९ दिन बजार हरियो बनेको छ,
बजारमा यो महिना ३ अर्ब देखि ७ अर्बको बिचमा कारोबार भएको देखिन्छ भने
Volume चाही ६४ लाखदेखि १ करोड ७५ लाखसम्म आएको देखिन्छ,
NEPSE को कुरा गर्दा,
2,464.40 देखि आजको 2,742.88 अंकसम्म रहेको देखिन्छ l
यो असोज महिनाको Total Turnover 84,239,349,749.44 रहेको छ,
जुन भाद्र महिनाकोभन्दा 166,331,152,238.70 ले कम हो,
भाद्र महिनामा १८ दिन कारोबार भएको थियो l
भाद्र १८ पछिको NEPSE को आजको अंक, सबैभन्दा उच्च हो l
पोहोर आजको दिन NEPSE 1,864.62 अंकमा थियो र,
इजरायलले गाजामा रहेको अस्पतालमा आक्रमण गर्दा ५०० प्यालेस्टिनीको मृत्यु भएको थियो l
परार २०७९ असोज ३० गते NEPSE 1,860.94 अंकमा थियो l NEPSE:2,742.88..........................................Previous [2,699.66] (+43.22 / +1.60%)...................................Previous (+31.48 / +1.17%) SENSIND (493.9  .........................................Previous (486.29) (+7.68 / +1.58%)........................................Previous (+5.90 / +1.23%) Turnover :5,660,237,737.60...................................Previous [3,062,337,799.24] Volume:13,224,322................................Previous [6,417,267] 
|
|
#180 Thu Oct 17, 2024 12:26 am
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-२९ (2024-10-15) ---------------------------- ............
२०८१ को दशैंपछिको पहिलो कारोबार l NEPSE:2,699.66..........................................Previous [2,668.17] (+31.48 / +1.17%)...................................Previous (+4.85 / +0.18%) SENSIND (486.29).........................................Previous (480.3  (+5.90 / +1.23%)........................................Previous (+0.15 / +0.03%) Turnover :3,062,337,799.24...................................Previous [3,761,512,706.84] Volume:6,417,267................................Previous [8,312,685] 
|
|
#181 Tue Oct 15, 2024 12:41 am
|
Member
Registered: Oct 2013
Posts: 1576
|
हामी नेपालीहरुका लागि यो बर्षको दशैँ खल्लो रह्यो,
तर नेकपा एमाले र त्यसका सुभचिन्तकका लागि भने,
यो दशैँ गज्जब भएको मान्नु पर्छ,
देशको प्रधानमन्त्रीको पार्टीले,
एउटा ब्यापारीबाट करोडौको जग्गा निशुल्क प्राप्त गरेको छ l
विदेशतिर भाको भए नैतिकताको कारण देखाएर केके भई सक्थ्यो,
अब प्रश्न उठ्छ,
अर्को ब्यापारीले कुनै सचिवलाई घर उपहार दिन पाउने कि नपाउने ?
कांग्रेस र माओबादी अनि राप्रपा र रास्वपा लगायतका दलले,
अर्को साहुबाट यसैगरी नजराना लिन पाउने कि नपाउने ?
मेरो बिचारमा अब दिपक मनांगेहरुलाई गाली गरेर,
समय बर्बाद पारि रहनुको कुनै तुक बाँकि रहेन l
भोलिबाट खुल्ने बजारले सबै लगानीकर्ताहरुको सुभ गरोस् l

|
|
#182 Tue Oct 15, 2024 12:41 am
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-२३ (2024-10-09) ---------------------------- ............... NEPSE:2,668.17..........................................Previous [2,663.32] (+4.85 / +0.18%)...................................Previous (-27.39 / -1.01%) SENSIND (480.3  .........................................Previous (480.23) (+0.15 / +0.03%)........................................Previous (-3.55 / -0.73%) Turnover :3,761,512,706.84...................................Previous [4,593,727,244.34] Volume:8,312,685................................Previous [10,330,502] 
|
|
#183 Tue Oct 15, 2024 12:40 am
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-२२ (2024-10-0  ---------------------------- ............. NEPSE:2,663.32..........................................Previous [2,690.72] (-27.39 / -1.01%)...................................Previous (+37.13 / +1.39%) SENSIND (480.23).........................................Previous (483.7  (-3.55 / -0.73%)........................................Previous (+7.32 / +1.53%) Turnover :4,593,727,244.34...................................Previous [7,095,953,027.17] Volume:10,330,502................................Previous [15,845,449] 
|
|
#184 Mon Oct 07, 2024 11:55 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-२१ (2024-10-07) ---------------------------- बाढी पहिरोले पनि मान्छेको गाउँ घर जाने तृष्णालाई रोक्न सकेन,
अनेक कष्ट सहेर भए पनि तिनीहरु आफ्नो गन्तब्यमा लागेको देखिन्छ,
तर सरकार र यातायात ब्यबसायीहरु भने,
तिनलाई के गरेर थोरै भए पनि तिनको यात्रा सहज बनाई दिन सकिन्छ भनेर कुनै चासो दिई रहेका छैनन्,
सरकारले छिमेकिसंग झन् टसल बढ्ला भनेर,
छापेर राखेको १०० रुपैयाको(नेपालको नयाँ नक्शा समेटिएको) नोट,
दशैमा जनतालाई बाडेन भनेर गाईगुई सुनिन थालेको छ,
सरकारले छाप्ने निर्णय गरेको नयाँ नोटनै छाप्न स्थगित गरेको होकी,
छापी सकेर बाँड्न चाही नचाहेको हो,
त्यो सत्य कुरो सरकारलाईनै थाहा होला,
अर्कोतिर इजरायलले कुन दिन इरान माथी आक्रमण गर्छ भनेर अनेक अड्कल काट्न थालिएको छ l
NEPSE:2,690.72..........................................Previous [2,653.58] (+37.13 / +1.39%)...................................Previous (+56.09 / +2.15%) SENSIND (483.7  .........................................Previous (476.46) (+7.32 / +1.53%)........................................Previous (+9.75 / +2.08%) Turnover :7,095,953,027.17...................................Previous [6,138,206,705.70] Volume:15,845,449................................Previous [15,046,710] 
|
|
#185 Sun Oct 06, 2024 11:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-२० (2024-10-06) ---------------------------- ठ्याक्कै एक बर्ष अगाडि आजकै दिन हमासले इजरायल माथी आक्रमण गरेको थियो,
नेपाली बिद्यार्थीहरु पनि त्यो आक्रमणमा मारिएका थिए,
त्यहि दिन अपहरणमा परेका बिपिन जोशीको अबस्था आजसम्म अज्ञातनै छ,
२०७८ शालमा ३२०० बाट झर्दा,
आजको दिन NEPSE को अंक 2,681.10 थियो भने,
आज पनि NEPSE उस्तै-उस्तै अंकमा आइ पुगेको छ l NEPSE:2,653.58..........................................Previous [2,597.49] (+56.09 / +2.15%)...................................Previous (-26.07 / -0.99%) SENSIND (476.46).........................................Previous (466.71) (+9.75 / +2.08%)........................................Previous (-4.10 / -0.87%) Turnover :6,138,206,705.70...................................Previous [6,778,195,881.11] Volume:15,046,710................................Previous [15,199,763] 
|
|
#186 Wed Oct 02, 2024 11:30 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-१६ (2024-10-02) ---------------------------- साम्राज्यवादको बिरोध गर्नेहरु आज रातिबाट केहि समयका लागि ब्यस्त हुने समय आएछ,
२०७८ शालमा असोज २६ गते फूलपाती थियो,
२४ र २५ गते बजार रातो बनेको थियो,
त्यस्तै २०७९ शालमा असोज १६ गते आइतबार फूलपाती थियो र
१२ र १३ गते बजार हरियो बनेको थियो,
२०८० कार्तिक ४ गते फूलपाती परेको थियो र
त्यस अघिको २ दिन
कार्तिक १ गते हरियो र २ गते बजार रातो बनेको थियो,
यसपाली चाही दशैँ अघिका सबै दिन बजार,
हरियो बनेको देख्न पाइयोस् l
NEPSE:2,597.49..........................................Previous [2,623.56] (-26.07 / -0.99%)...................................Previous (+114.70 / +4.57%) SENSIND (466.71).........................................Previous (470.81) (-4.10 / -0.87%)........................................Previous (+19.46 / +4.31%) Turnover :6,778,195,881.11...................................Previous [7,616,522,258] Volume:15,199,763................................Previous [17,507,555] 
|
|
#187 Tue Oct 01, 2024 10:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-१५ (2024-10-01) ---------------------------- २०७८ असोजमा पनि NEPSE सय अंकभन्दा बढीले हरियो बनेको थियो,
त्यसपछि २०७९ असोजमा सबभन्दा बढी भनेको 44.62अंकले बजार हरियो बनेको थियो,
त्यो दशैँ पछिको पहिलो कारोबार दिन थियो,
२०८० असोजमा पनि NEPSE धेरै बढेको भनेको 44.34 अंकले मात्र हो,
यस अर्थमा आजको NEPSE को बढाई ४ बर्षको असोज महिनाको तुलनामा सबभन्दा धेरै हो,
पोहोर यो बेला बजार १८००, १९०० र २००० को लाइनमा हल्ली रहेको थियो,
राष्ट्र बैंकको नीतिका कारण बजार बढ्न नसकेको निष्कर्षका साथ,
गभर्नर आलोचनाको केन्द्रमा थिए,
लगानीकर्ताहरुले अर्थमन्त्रीलाई भेट्ने र आफ्ना गुनासा सुनाउने क्रम पनि जारी राखेका थिए,
त्यहि क्रममा पोहोर आजको दिन यस्तो कुरा भनिएको रहेछ,
मैले राष्ट्र बैंकलाई १२ करोडको सिमा हटाऊ भनेकै हो,
मानेनन् त म के गरु l
NEPSE:2,623.56..........................................Previous [2,508.86] (+114.70 / +4.57%)...................................Previous (+44.45 / +1.80%) SENSIND (470.81).........................................Previous (451.34) (+19.46 / +4.31%)........................................Previous (+6.45 / +1.44%) Turnover :7,616,522,258...................................Previous [3,715,359,935.11] Volume:17,507,555................................Previous [9,717,959] 
|
|
#188 Mon Sep 30, 2024 9:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-१४ (2024-09-30) ---------------------------- पोहोर आजको दिन धेरै कुराहरु भएका थिए,
सुन तस्करी छानबिन गर्न आयोग गठन गरिएको थियो,
नेवानिलाई soaltee होटलको share बेचेर नयाँ बिमान ल्याउन सिफारिस गरिएको थियो,
उता अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा,
पशुपती क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिब डा.प्रदिप कुमार ढकाल र तत्कालिन कोषध्यक्ष मिलन कुमार थापा बिरुद्ध,
भ्रष्टाचार मुद्धा दायर गरेको थियो,
ग्यासमा सरकारले प्रति सिलिन्डर २१५ बढाएकोमा बिरोध थेग्न नसकेर आफ्नो निर्णय फिर्ता लिएको थियो,
अनि बजारमा चाही गभर्नरले १२ करोडको सिमा हटाउछन् कि हटाउदैनन् भनेर खुब चर्चा चुलिएको थियो,
त्यो बेला सामसुम पार्न जे गरिए पनि अहिले,
न त सुन आयोगको प्रतिबेदनको केहि काम देखियो नत अख्तियारको मुद्धाकोनै,
यसपालीको त झन् कुरै बेग्लै छ,
लैनो भैसीनै ल्याउछु भनेर अमेरिका गएका प्रमलाई,
एरपोर्टमा पत्रकारले खोई त दुध भनेर सोधे छन्,
नागढुंगामा बन्दै गरेको सुरुंग मार्गले यो संकटमा निकै ठुलो सहयोग गरेको छ,
यस्ता अन्य बैकल्पिक मार्गका बारेमा पनि सरकारले सोचोस् l NEPSE:2,508.86..........................................Previous [2,464.40] (+44.45 / +1.80%)...................................Previous (-22.36 / -0.89%) SENSIND (451.34).........................................Previous (444.89) (+6.45 / +1.44%)........................................Previous (-2.56 / -0.57%) Turnover :3,715,359,935.11...................................Previous [4,050,658,036.94] Volume:9,717,959................................Previous [10,311,885] 
|
|
#189 Sun Sep 29, 2024 10:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-१३ (2024-09-29) ---------------------------- एमाले, कांग्रेस र माओबादीका पार्टी सदस्यहरु कति लाख छन ?
अनि यो विपदको बेलामा ति कतै देखिए त ?
ति केवल आफ्नो पार्टीका नेताहरु शक्तिमा पुग्दा,
ठेक्का पट्टा र बिचौलिया बनेर सुभ-लाभ लिन मात्र तत: तत: पार्टीका सदस्य बनेका रहेछन भनेर,
यो दुर्घटनाले अझ प्रष्ट पारेको छ,
अब यिनीहरुलाई अर्काले जम्मा गरेको राहत बाडेर फोटो खिचेको भने अबस्य देख्न पाइने छ,
अनि कार्यबाहक प्रधानमन्त्रीले पनि आफ्नो क्षेमता देखाउनु भयो,
गणेशमानजीको परिवारमा जन्मिएको बाहेक अरु के रहेछ त खोइ ?
सिधकुराको प्रकाशक र सम्पादकलाई सर्बोच्चले ३ महिनाको जेल सजाय सुनायो र उनीहरु जेल चलान पनि भइसके l
नेपालका airlines हरुलाई साच्चिकै दशै लागेको छ,
आपत्मा परेका यात्रुहरुको ढाड सेक्न तिनले चाही किन बाँकि राख्थे र ?
प्रधानमन्त्री आरामसंग बिना हतारो स्वदेश फिर्ति हुनु हुँदैछ,
अब घाइतेहरुलाई उहाँको गफले मलम पट्टिको काम गर्नेछ भने,
अन्य बाढी पहिरोमा परेकाहरु चाही उहाँले राष्ट्रको नाममा गर्ने सम्बोधनले,
आल्हादित हुँदै आफ्ना सब पिडा भुल्ने छन्,
देश आँखिर जसरी नि जे गरेनी,
यस्तै गरि चल्नेनै रहेछ,
अब संबिधान संसोधन गरेर यस्ता प्राकृतिक प्रकोपलाई सदाका लागि,
बिदा गर्नु पर्छ कांग्रेस - एमालेले l
NEPSE:2,464.40..........................................Previous [2,486.76] (-22.36 / -0.89%)...................................Previous (-32.81 / -1.30%) SENSIND (444.89).........................................Previous (447.45) (-2.56 / -0.57%)........................................Previous (-5.34 / -1.17%) Turnover :4,050,658,036.94...................................Previous [4,841,407,720.14] Volume:10,311,885................................Previous [13,691,596] 
|
|
#190 Sat Sep 28, 2024 11:01 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
प्रकृतीले पनि हामीलाईनै,
साह्रै नराम्रोसँग झापड हान्यो,
असोज महिनाको झरीले देशभर यत्रो तान्ड़प मच्चाउला भनेर कल्पनासम्म गरिएको थिएन,
विपद ब्यबस्थापनमा हामीले गरेको लगानी पनि खेरै गएछ,
यस्तो अवस्थामा जनतालाई ढाडस दिने नेतृत्व खोइ हामीले कहिल्यै पाउन सकेनौ,
यस्तो बेलामा प्रधानमन्त्रिको टिमले उता आफ्नो भ्रमण सफल पार्दैछ,
नेपालीहरुको यसपालीको दशैँ, साह्रै खल्लो हुने भो !
|
|
#191 Thu Sep 26, 2024 10:07 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-१० (2024-09-26) ---------------------------- सप्तकोशीमा खसेको बसको सबै यात्रुको शकुशल उद्धार गरिएछ, खुशी लाग्यो,
सहकारी ठगी गर्नेहरु सबैले थुनामुक्त गर,
२-३ बर्षमा सबैको पैसा फिर्ता गर्छौ भनेर भनि रहेका छन्,
बिदेशी मुद्राको संचिति बढेको बढ्यै छ,
अमेरिकाको राष्ट्रपतीय निर्बाचन जति-जति नजिकिदै छ,
त्यति त्यति अमेरिका युद्ध भडकाउन उद्धत देखिन्छ,
इजरायल र उक्रेनको युद्धले त्यसै भन्छ l
NEPSE:2,486.76..........................................Previous [2,519.57] (-32.81 / -1.30%)...................................Previous (+49.18 / +1.99%) SENSIND (447.45).........................................Previous (452.80) (-5.34 / -1.17%)........................................Previous (+7.91 / +1.78%) Turnover :4,841,407,720.14...................................Previous [4,813,223,004.49] Volume:13,691,596................................Previous [12,498,989] 
|
|
#192 Wed Sep 25, 2024 9:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-०९ (2024-09-25) ---------------------------- 2078 भाद्र २ गते NEPSE 3,198.60 अंकमा पुगेर,
त्यो झर्दै, 2079 असोज ९ गते, आजकै दिन,
NEPSE 1,815.13 अंकको न्यून बिन्दुमा आएको थियो l
सहकारी संचालकहरुले बचतकर्ताहरुको पैसा फिर्ता गरे,
उनीहरु बिरुद्ध सरकारले मुद्धा नचलाउने र मिलापत्र गराई दिने रे,
महान्यायाधिबकताबाट आएको सर्कुलर हो यो l
छबिलाल जोशीले निमोनिया भयो भनेर बयान दिएनन रे,
प्रचण्ड र रबिन्द्र मिश्रको हिजोको भेटघाटको चर्चा थप चुलिने देखिन्छ भोलिका दिनमा l
NEPSE:2,519.57..........................................Previous [2,470.39] (+49.18 / +1.99%)...................................Previous (-58.93 / -2.33%) SENSIND (452.80).........................................Previous (444.8  (+7.91 / +1.78%)........................................Previous (-9.52 / -2.09%) Turnover :4,813,223,004.49...................................Previous [5,689,561,356.69] Volume:12,498,989................................Previous [15,504,929] 
|
|
#193 Tue Sep 24, 2024 7:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-०८ (2024-09-24) ---------------------------- पोहोर 'ई:' नाम गरेका मान्छे बालेनले footpath ब्यबसायीलाई सडकबाट हटाएको बिरोधमा,
राष्ट्रिय सभाको गेटमा बिरोध जनाउन उभिएका थिए, धेरै घण्टादेखि,
पोहोर आजकै दिन बालेनले लौन त बार्ता गरौ भनि उनलाई भित्र बोलाए तर
मसँग मात्र होइन मेरो team सँग बार्ता गर्नु पर्छ भनेर उनि बार्तामा गएनन् l
NEPSE ले एउटा सूचनाको झटारो हानेर,
केहि दिन अघिको अर्थमन्त्रीको NEPSE भ्रमण र उनले जनाएको चिन्ताको सम्बोधन गरे जस्तो गरेको छ,
आफ्नो अनुभब नभएका तर मार्केटमा लाग्न चाहने लगानीकर्ताहरुमा चाही,
यस्ता सूचना र जानकारीहरुले अन्यौलता सृजना गरि दिने काम गर्छन,
लौ ठिक छ अरु बिज्ञे भनाउदाहरुको कुरा कसैले नसुनुन रे,
तर NEPSE आफैले त share शिक्षाका कार्यक्रमहरु चलाउन सक्छ नी,
यहि मार्केटबाट NEPSE ले त्यत्रो आम्दानी गरि रहेको छ,
त्यत्रा कर्मचारीहरु पालिएका छन् यहीको पैसाले,
अनि आफ्नो अन्नदाता यो बजारको प्रबर्धनका लागि उसले केहि गर्नु नपर्ने,
खाली एउटा सूचनाको झटारो पेली दिएर मात्र हुन्छ ?
बिभिन्न स्कुल कलेजमा तालिमहरु संचालन गर्नु पर्दैन ?
स्कुल कलेजको पाठ्यक्रममा नेपालको share मार्केट बारेको बिषय राख्न पहल गर्नु पर्दैन ?
आफै नियामक बन्ने अनि आफै share मार्केटबाट कमाउने,
अनि लगानीकर्ताहरु किन शशंकित नहुन ? NEPSE:2,470.39..........................................Previous [2,529.33] (-58.93 / -2.33%)...................................Previous (-59.02 / -2.28%) SENSIND (444.8  .........................................Previous (454.40) (-9.52 / -2.09%)........................................Previous (-9.02 / -1.94%) Turnover :5,689,561,356.69...................................Previous [5,660,302,683.50] Volume:15,504,929................................Previous [13,535,903] 
|
|
#194 Tue Sep 24, 2024 12:05 am
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-०७ (2024-09-23) ---------------------------- साल्ट ट्रेडिग र खाध्यले दशैँ अघि भन्सार छुटको चिनी ल्याउन नसक्ने,
परराष्ट्रले अझै दिएन अनुमती,गत बर्षको कोटा पनि सकिदै,
यो ratopati ले छापेको समाचारको शिर्षक हो,
यो समाचार पढेपछि देश कस्तो निकम्माको हातमा छ भन्ने प्रष्ट हुन्छ,
भन्सार छुटको चिनी आए, कालोबजारी गर्न पाइन्न भनेर,
छुटको चिनी ल्याउने अनुमतीनै दिएनछन् l
NEPSE:2,529.33..........................................Previous [2,588.35] (-59.02 / -2.28%)...................................Previous (+11.58 / +0.44%) SENSIND (454.40).........................................Previous (463.43) (-9.02 / -1.94%)........................................Previous (+3.50 / +0.76%) Turnover :5,660,302,683.50...................................Previous [5,092,948,690.69] Volume:13,535,903................................Previous [12,485,731] 
|
|
#195 Sun Sep 22, 2024 8:16 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-०६ (2024-09-22) ---------------------------- २०७९, असोज ६ गते महानगरले बीर अस्पताल अगाडिको फार्मेसीहरु हटाई दिएको थियो,
त्यो दिन NEPSE भने 1,838 र Turnover चाही ६५ करोडको थियो l
२०७८, असोज ६ गते चाही NEPSE 104.88 अंकले बढेर 2,816 नाकमा पुगेको थियो,
त्यो दिन Turnover ६ अर्ब माथिको थियो,
अर्को प्रसंग,
एक थोपो रगत रहेसम्म केपी ओलीसंग दुर्गा प्रसाई लड्ने रे,
उनलाई प्रहरीले बिधुतिय कारोबार ऐन अन्तरगत आज भक्तपुरबाट पक्राउ गरेको थियो,
छबिलाल जोशी पक्राउ परेसँगै,रबी लामिछाने पनि आत्तिएछन्,
सबै कार्यकर्तालाइ यति राती पार्टी केन्द्रिय कार्यालयमा जम्मा हुन् सर्कुलर जारी भएछ l
NEPSE:2,588.35..........................................Previous [2,576.76] (+11.58 / +0.44%)...................................Previous (-4.00 / - 0.15%) SENSIND (463.43).........................................Previous (459.92) (+3.50 / +0.76%)........................................Previous (-0.19 / -0.04%) Turnover :5,092,948,690.69...................................Previous [5,669,194,961.88] Volume:12,485,731................................Previous [13,952,121] 
|
|
#196 Wed Sep 18, 2024 11:37 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०६-०२ (2024-09-1  ---------------------------- ओलीजीले ३२०० काटेपछि cake काट्ने हल्ला,
कुन मिडियाबाट शुरु भएको थियो,
त्यो पत्ता लगाउन गाह्रो छ र ?
SEBON को अध्यक्षको नियुक्ति गरेको खोइ ?
सिडियसको हालत किन यस्तो ?
तिमीहरुलाई भागबन्डा गर्न सजिलो हुन्छ भनेर,
सबै नियमकिय निकायको प्रमुख खाली भएपछि मात्र नियुक्ति गरिने हो एकै पटक ?
समस्या पारदर्शी छ, छर्लंग छ,
अझ भनौ समस्या तपाईहरुलेनै सृजना गरेको हो,
ऐनामा अनुहार हेर्न छाडेर,
कति न मार्केट र लगानीकर्ताहरुप्रति चिन्ता जनाए जस्तो गर्न,
NEPSE भ्रमणको नाटक गर्नुको के अर्थ,
सस्तो लोकप्रियताको पछि लागेर देश चल्दैन l
अर्को प्रसंग,
लेबनानको घटनाले मैले पनि आफ्नो पालाको पेजरलाई सम्झिन पुगे,
त्यो बेला नेपालमा पेजरका ४ वटा कम्पनी थिए,
आज पनि पेजर चल्दो रहेछ भनेर लेबनानमा भएको हिजोको बिष्फोटपछि मात्र थाहा पाए,
यसो सोचे मोबाइल त झन् सिरानमै राखेर सुत्ने बानी परेको छ l
पोहोर यो बेला Canada र भारतको सितयुद्धनै चलेको थियो,
Canada मा रहेका शिख नेताको हत्याको आरोप Canada ले भारत माथी लगाएको थियो र
भारतको राजदुतलाई देश निकाला गरेको थियो र त्यसको प्रतिउत्तरमा भारतले पनि,
Canada को कुटनीतिज्ञलाइ देश निकाला गरेको थियो l
NEPSE:2,576.76..........................................Previous [2,580.76] (-4.00 / - 0.15%)...................................Previous (-57.03 / -2.16%) SENSIND (459.92).........................................Previous (460.11) (-0.19 / -0.04%)........................................Previous (-8.54 / -1.82%) Turnover :5,669,194,961.88...................................Previous [7,361,988,383.74] Volume:13,952,121................................Previous [17,061,807] 
|
|
#197 Tue Sep 17, 2024 6:55 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
अघिल्लो ३ बर्षमा,असोज महिनामा के कस्तो गतिबिधि भएको रहेछ, हेरौ
२०८० असोज :
Turnover : 29,510,564,354.14
Total कारोबार दिन : 19 दिन
रातो भएको : 11 दिन
हरियो भएको : 8 दिन
NEPSE को उच्च अंक : 2,029.78
NEPSE को निम्न अंक : 1,851.43
धेरै Turnover : 3,293,921,368.32
थोरै Turnover : 870,444,156.82
घटस्थापना २८ गते परेकाले दशैँ कार्तिकमा परेको थियो,
२०७९ असोज :
Turnover : 12,263,947,400
Total कारोबार दिन : 15 दिन
रातो भएको : 8 दिन
हरियो भएको : 7 दिन
NEPSE को उच्च अंक : 1,898.38
NEPSE को निम्न अंक : 1,815.13
धेरै Turnover : 1,601,822,955
थोरै Turnover : 485,408,767.82
दशैँ अघिको अन्तिम र दशैँ पछिको पहिलो,
दुवै कारोबार चाही हरियो भएको थियो,
२०७८ असोज :
Turnover : 80,733,013,553.70
Total कारोबार दिन : 16 दिन
रातो भएको : 9 दिन
हरियो भएको : 7 दिन
NEPSE को उच्च अंक : 2,819.65
NEPSE को निम्न अंक : 2,517.81
धेरै Turnover : 8,493,401,009.27
थोरै Turnover : 1,497,375,371
दशैँ अघिको अन्तिम कारोबार रातो र दशैँ पछिको पहिलो कारोबार हरियो भएको थियो l

|
|
#198 Mon Sep 16, 2024 9:01 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०५-३१ (2024-09-16) ---------------------------- कारोबार दिनलाई आधार मान्ने हो भने,
यो महिना 68% समय बजार रातो भएको छ,
२०७९ को भाद्र महिनाको आँकडा पनि ठ्याक्क यस्तैनै थियो l
यो महिनाको NEPSE को तल्लो बिन्दु 2,580.76 को थियो, जुन आजको अंक हो भने
यो महिनामा NEPSE को उच्च बिन्दु(टिकेको)चाही 2,974.46 सम्मको थियो,
यो महिनामा NEPSE 420.05 अंकले घट्न पुगेको छ,
२०७८ मा जब बजार टुप्पोमा पुगेर झर्न थालेको थियो,
त्यो बेला भाद्र महिनामा 347.94 अंकले घटेको थियो NEPSE,
२०७८ र २०८१ भाद्रको समानताको कुरा गर्ने हो भने,
त्यो बेला पनि NEPSE ले रातो र हरियो गरेर २ पटक century कटाएको थियो भने
यसपाली पनि रातो र हरियो गरेर २ पटकनै century कटेको छ,
२०७८ भाद्र महिनाभरको Turnover 230,002,598,942 थियो भने,
२०८१ भाद्र महिनाको Total Turnover चाही 250,570,501,988.14 रहेको छ,
यो महिनामा १९ दिन कारोबार भएकोमा जम्मा ६ दिन बजार हरियो बनेको थियो l
सहकारी ठगी सम्बन्धि संसदिय छानबिन समितिले आफ्नो रिपोर्ट बुझाएको छ,
रबी लामिछानेले क्लिन चिट पाउनु भयो भनेर स्वर्णिम वाग्लेले भनेका छन्,
स्वयं लामिछानेले पनि आफु निर्दोष भएको पुष्टि भयो भनि सके,
बागमती नदि किनारमा २० मिटर छाड्नु पर्ने निर्णयको निर्णय उल्टाउन फेरी सरकारले मुद्धा दर्ता गराएको छ,
असोज महिनाका लागि पनि ब्याजदर घटेको छ l
NEPSE:2,580.76..........................................Previous [2,637.79] (-57.03 / -2.16%)...................................Previous (-50.73 / -1.88%) SENSIND (460.11).........................................Previous (468.65) (-8.54 / -1.82%)........................................Previous (-7.81 / -1.64%) Turnover :7,361,988,383.74...................................Previous [10,339,235,957.45] Volume:17,061,807................................Previous [24,846,782] 
|
|
#199 Sun Sep 15, 2024 11:52 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०५-३० (2024-09-15) ---------------------------- 2079 शाल आजको दिन जय नेपाल हल मुनि टुकुचा फेला परेको थियो,
त्यो समयमा यो घटनाले खुब खैलाबैला मचिएको थियो,
त्यो दिन पनि बजार ५७ अंकले घटेको थियो,
NEPSE चाही 1,924.48 अंकमा थियो,
पोहोर चाही एउटा कान नसुन्ने केटोले आफुलाई bike ले ठक्कर दिएको रिषले,
तिनकुने स्थित दिब्य समिलमा आएर चार जनाको हत्या गरेको थियो,
यो समाचारले पोहोर आजको दिनलाई शोकमग्न बनाएको थियो l NEPSE:2,637.79..........................................Previous [2,688.53] (-50.73 / -1.88%)...................................Previous (+78.31 / +3.00%) SENSIND (468.65).........................................Previous (476.47) (-7.81 / -1.64%)........................................Previous (+13.39 / +2.89%) Turnover :10,339,235,957.45...................................Previous [8,169,274,612.81] Volume:24,846,782................................Previous [19,433,154] 
|
|
#200 Thu Sep 12, 2024 8:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
२०८१-०५-२७ (2024-09-12) ---------------------------- २०७८ शालको भाद्र महिनामा बजार १३ दिन रातो र ७ दिन हरियो बनेको थियो,
यहि महिनाबाट बजार आफ्नो उचाई चुमेर झर्न थालेको थियो,
त्यो महिना NEPSE को उच्च बिन्दु 3,198.60 र तल्लो अंक 2,812.38 थियो,
Total कारोबार दिनको ६५% समय बजार रातो भएको देखियो l
त्यस्तै २०७९ शालको भाद्रमा बजार १७ दिन रातो र ८ दिन हरियो बनेको थियो,
त्यो महिना NEPSE को उच्च बिन्दु 2,068.26 र तल्लो अंक 1,910.38 थियो l
यो बर्ष चाही ६८% कारोबार दिन बजार रातो भएछ,
त्यसै गरि २०८० शालको भाद्रमा चाही बजार ११ दिन रातो र ७ दिन हरियो बनेको थियो,
त्यो महिना NEPSE को उच्च बिन्दु 2,045.45 र तल्लो अंक 1,932.45 थियो,
यो चाही Total कारोबार दिनको ५५% हो l
यो बर्षको भाद्र महिनाको चाही अझै २ दिन बाँकिनै छ,
र अहिलेसम्मको आँकडा हेर्दा चाही बजार लगभग ६५% दिन रातो भएको देखिन्छ l
लगानीकर्ताहरुले यसो फुर्सत निकालेर यस्ता कुराहरुको पनि अध्ययन गर्ने बानी निकाल्नु पर्छ l NEPSE:2,688.53..........................................Previous [2,610.21] (+78.31 / +3.00%)...................................Previous (-22.73 / -0.86%) SENSIND (476.47).........................................Previous (463.07) (+13.39 / +2.89%)........................................Previous (-4.30 / -0.92%) Turnover :8,169,274,612.81...................................Previous [6,851,179,051.18] Volume:19,433,154................................Previous [15,428,724] 
|