Author |
Post |
|
#176 Mon Jan 01, 2024 5:43 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०९-१७(2024-01-02) ---------------------------- 2023 Jan 1st र 2024 Jan 1st मा केहि समानता देखिन्छ,
पोहोर पनि यो दिनमा NEPSE दुइ हजार अंक माथी थियो,
पोहोर पनि आजको दिनको Volume एक करोड माथिको थियो भने ,
Turnover पनि चार अर्ब माथिकै थियो,
अलिकता फरक भने पोहोर आजको दिन NEPSE १७ अंकले बढेको थियो भने आज
चाही दिनभरी हरियो भएर पनि बन्द हुने बेलामा ८ अंकले घट्न पुगेको छ l
पोहोर Jan 1st मा पोखरा एरपोर्टको उद्घाटन भएको थियो र त्यसको केहि दिनमै त्यत्रो ठुलो बिमान दुर्घटना पनि भएको थियो,
अहिले त मरेर जानेलाई दोष थोपरेर final रिपोर्ट पनि बुझाई सके l
आजको Top 10 Turnover :
SHIVM-SONA-HATHY-SCIC-RNLI-NRN-HDL-SNLI-ILI-VLUCL
आजको Top 10 Volume :
SONA-HDHPC-SHIVM-AKPL-NRN-HATHY-SGIC-NRM-NMB50-RNLI
यो २०२४ शालमा अबस्य पनि लगानीकर्ताहरुले, गएको २ बर्ष जस्तो पिडा र दुखमा बस्नु पर्ने छैन l
NEPSE:2,060.15..........................................Previous [2,068.90] (-8.75 / -0.42%)...................................Previous (-1.93 / -0.09%) SENSIND (385.07).........................................Previous (385.44] (-0.37 / -0.09%)........................................Previous (-1.62 / -0.42%) Turnover :4,483,982,461.34...................................Previous [4,290,932,297.60] Volume:11,892,559................................Previous [11,658,110] « Last edit by nissan on Mon Jan 01, 2024 5:47 pm. »
|
|
#177 Thu Dec 28, 2023 5:39 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०९-१२(2023-12-2 ---------------------------- आज बजारले यो आर्थिक बर्षको सयौ कारोबारको दिन पुरा गरेको छ l
यो सय दिनमा बजारमा 207,650,930,994 (२ खर्ब ७ अर्ब ....) को कारोबार भएको छ l
यो सय दिनको Total Turnover मा पछिल्लो २५ कारोबार दिनको योगदान
82,330,695,783 ( बयासी अरब तेत्तिस करोड....)को रहेको छ l
NEPSE:2,068.90..........................................Previous [2,070.84] (-1.93 / -0.09%)...................................Previous (-17.23 / -0.82%) SENSIND (385.44).........................................Previous (387.07] (-1.62 / -0.42%)........................................Previous (-4.25 / -1.08%) Turnover :4,290,932,297.60...................................Previous [5,248,782,611.37] Volume:11,658,110................................Previous [14,337,738]
|
|
#178 Wed Dec 27, 2023 6:27 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०९-११(2023-12-27) ---------------------------- लगालग सातौ दिन बजार दुइ हजार अंक माथी बसेको छ,
७ कारोबार दिनमा आजसम्म लगभग ४४ अर्बको कारोबार भएको देखिन्छ यो महिनामा,
जबकी कार्तिक महिनामा १० अर्ब र मंगसिर महिनामा ३६.४ अर्बको मात्र Turnover भएको थियो l
लगानीकर्ताहरु राम्रा कम्पनीभन्दा पनि खेलाडीहरुले चलाएका कम्पनीहरुमा झुम्मिन थालेको देखिन्छ l
हुन् पनि राम्रा कम्पनीको २ रुपैया नबढ्दा, यस्ता कम्पनीहरुमा दैनिक सर्किट लागेको लाग्यै देखिन्छ l
छिरेर निस्कन जाने त यस्तामा फाईदै होला,
हैन अझ बढ्छ भनि लोभ गरेर बसे फेरी २-४ बर्षनै साथमा राख्नु पर्ने अवस्था पनि आउन सक्छ l
पैसा आफ्नो, बिबेक पनि आफ्नै लगाउनु होला l NEPSE:2,070.84..........................................Previous [2,088.07] (-17.23 / -0.82%)...................................Previous (-21.03 / -0.99%) SENSIND (387.07).........................................Previous (391.33] (-4.25 / -1.08%)........................................Previous (-5.29 / -1.33%) Turnover :5,248,782,611.37...................................Previous [7,111,733,829.80] Volume:14,337,738................................Previous [18,589,379]
|
|
#179 Sun Dec 24, 2023 6:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०९-०८(2023-12-24) ----------------------------
यो एक बर्षमा जम्मा ३ दिन मात्र ७ अर्बको लाइनको Turnover भएको छ,
अघिल्लो बर्षको पुषमा १ दिन र यो बर्षको पुषमा २ दिन l
आजको,
Top 10 Turnover :
SHIVM-HATHY-SONA-GCIL-ILI-NICL-RNLI-HDL-NTC-SHL
Top 10 Volume :
HDHPC-SONA-SHIVM-UPCL-GCIL-AKPL-HATHY-ILI-API-RNLI
समाचार पनि हेर्दै जानु होला,
बालकृष्ण खाँड धरौटीमा छुटी सके, कोइरी छुटेर अब संसद छिर्ने तरखरमा छन्,
FPO र merger बापत कर उठेको देखेर सरकार हौसिएको छ र
अब डेडीकेटेड लाइनमा पनि त्यसै गरि उठाउनु पर्छ भनेर कुलमानले बत्तिको लाइन काटी सके,
अब उद्योगी अदालत जान पनि डराउछन फ्याट्ट २ दिनभित्र तिरी हाल भन्ने आदेश आउने डरले,
१४ किलो सुन ल्याउने समुहले १३८ किलो सुन ल्याई सकेको कुरा आएको छ,
तर त्यहाको cctv फुटेज पनि अर्थ मन्त्रालयकोझैँ मुसाले चपाए जस्तो छ l
सन्दीप लामिछानेको मुद्धाको बहश भोलिसम्मलाई तन्किएको छ र
जसको इजलासमा उनको मुद्धा चल्दैछ ती न्यायाधिसले,
१४ बर्षकी नाबालिकालाई बलात्कार गर्ने र प्रमाण पुगेको आरोपितलाई धरौटीमा छाड्न आदेश दिएका रहेछन l
प्रधानमन्त्री अर्थमन्त्री लगायतका मन्त्रिहरुलाई फेर्न चाहन्छन रे,
देउबाजी चाही अर्को लट मन्त्रि छान्दा शेखर समुहले बखेडा निकाल्छ भनेर,
अहिले मन्त्रिमण्डल पुनर्गठन नगरु भन्छन रे l
NEPSE:2,088.07..........................................Previous [2,109.10]
(-21.03 / -0.99%)...................................Previous (-32.77 / -1.53%)
SENSIND (391.33).........................................Previous (396.62]
(-5.29 / -1.33%)........................................Previous (-6.00 / -1.49%)
Turnover :7,111,733,829.80...................................Previous [6,274,324,811.90]
Volume:18,589,379................................Previous [17,172,149]
|
|
#180 Mon Dec 18, 2023 5:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०९-०२ (2023-12-1 ---------------------------- २०७९, पौष २६ गते प्रचण्डले बिस्वासको मत पाएका थिए र
सोहि दिन बजारको Turnover 7,658,823,579.86 भएको थियो l
आजको Turnover त्यसपछिको सबभन्दा ठुलो Turnover हो र त्यस यता जम्मा २ वटा कारोबार दिनमा मात्र,
६ अर्ब माथीको Turnover भएको छ l
Volume को कुरा गर्ने हो भने,
२०७८, भाद्र २० पछिको सबैभन्दा ठुलो Volume आजको हो र
त्यो दिनपछि २ करोड बढी कित्ताको कारोबार भएको पनि आजै हो l
त्यो दिन NEPSE 2,818 मा थियो भने, Turnover चाही ११ अर्ब माथीको थियो र NEPSE १०८ अंकले घटेको थियो l
आजको Top 10 Turnover :
HDHPC - SONA - SHL - SHIVM - GCIL - RNLI - AKPL - API - NHPC - LSL
आजको Top 10 Volume :
HDHPC - NHPC - AKPL - API - SONA - LEC - LSL - SHL - UPCL - KBL NEPSE:2,060.49..........................................Previous [2,022.35] (+38.14 / +1.88%)...................................Previous (+27.75 / +1.39%) SENSIND (390.63).........................................Previous (381.07] (+9.56 / +2.51%)........................................Previous (+4.70 / +1.24%) Turnover :6,868,177,565.83...................................Previous [5,157,846,979.05] Volume:21,497,619................................Previous [17,166,465]
|
|
#181 Sun Dec 17, 2023 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 7697
|
मलाई लाग्छ 2500 सजिलै पुग्छ।
मलाई आशा छ 2700-3000 बीचमा ठूलो लेनदेन हुन्छ।
नेप्सेले सन् २०२४ मा कीर्तिमान तोड्न सक्छ ।
PS- I had to try half a dozen times to remember password of this forum.
|
|
#182 Sun Dec 17, 2023 5:06 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०९-०१ (2023-12-17) ---------------------------- २०८०, असोज १० पछि NEPSE २००० अंक माथी उक्लेर अडिन सक्यो आज,
त्यस्तै Turnover पनि २०८० असार १७ गते आइतबारको दिनपछि,
आज आइतबारकै दिन ५ अर्ब माथी पुग्न सफल भएको छ,
FPO र Merger को करका कारण धेरैले आज नेप्से ४०-५० अंकले घट्ने पो होकी भनि ठानेका थिए तर
बजारले त्यो करको काण्डलाई सहजै पचाएको जस्तो देखिन्छ l
कोहि यो दौडमा २२०० सम्म नेप्से पुग्छ भन्छन भने कतीले २५०० मा भन्न थालेका छन् l
अरुका कुरा पनि सुन्ने र बिगतको अनुभबलाई पनि प्रयोग गरेर अगाडी बढ्दा राम्रो होला भनि मैले ठानेको छु l
NEPSE:2,022.35..........................................Previous [1,994.60] (+27.75 / +1.39%)...................................Previous (+6.55 / +0.32%) SENSIND (381.07).........................................Previous (376.36] (+4.70 / +1.24%)........................................Previous (+1.06 / +0.28%) Turnover :5,157,846,979.05...................................Previous [3,151,635,750.12] Volume:17,166,465................................Previous [9,637,455]
|
|
#183 Sun Dec 17, 2023 3:20 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
यो Forum मा पनि सेन्सरसिप लाग्न लागेको त होइन नी,
धेरै दिन अबरोध भयो त ? « Last edit by nissan on Sun Dec 17, 2023 3:23 pm. »
|
|
#184 Wed Nov 29, 2023 6:10 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०८-१३ (2023-11-29) ---------------------------- बजारको हालत उत्तराखण्डको सुरुंगमा अस्तिसम्म फसेका मजदुरहरुको जस्तै छ,
तर फरक के छ भने,
उता सबै लागेर तिनको उद्धार गरे, र बिजेताको मुडमा आज खुशी मनाउदैछ पुरा देश l
यता भने, अक्सिजन लिने बाटो पनि खोजी खोजी थुनिदैछ,
अब उद्धार हुन्छ कि भन्यो, उल्टो अर्को ठुलो ढिस्को खोजेर भत्काउने काम गरिन्छ, उद्धार गर्नु पर्नेहरुबाट l
NEPSE:1,876.60..........................................Previous [1,894.53] (-17.93 / -0.94%)...................................Previous (-2.17 / -0.11%) SENSIND (358.89).........................................Previous (361.85] (-2.96 / -0.81%)........................................Previous (-0.86 / -0.23%) Turnover :1,236,642,242.76...................................Previous [1,280,228,971.86] Volume:4,900,897................................Previous [4,727,902]
|
|
#185 Tue Nov 28, 2023 5:33 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०८-१२ (2023-11-2 ---------------------------- रास्वपा फेरी सरकारमा सामेल हुने चर्चा चल्न थालेछ,
कथं कदाचित सो पार्टीबाट अर्थमन्त्री बनेर स्वर्णिम वाग्ले भित्रिए भने चाही,
बजारको साँढेसाती झन् तन्कने पक्का छ,
हाम्रो देशलाई अर्थशास्त्रका ज्ञाताभन्दा जनतासंग भिजेका र अर्थतन्त्र ठिक्क बुझेका अर्थमन्त्रीनै फाप्ने देखिन्छ l
ज्ञाताहरुले देश परिवेश नहेरी-नबुझी,
आफ्नो सबै बिद्या प्रयोग गरेर, बनाउने भनेको 'उँट अर्थतन्त्र'नै रहेछ l
पोहोर आजको दिन थापाथली सुकुम्बासी बस्तीमा नगर प्रहरी माथी आक्रमण भएको थियो,
एक बर्ष बित्दा पनि सुकुम्बासीहरुलाई त्यहाँबाट स्थानान्तरण गर्न कुनै चासो दिएको देखिन्न l
पोहोर मंगसिर ११ गते मौद्रिक नीतिको समिक्षा आएको थियो र भोलिपल्ट आजको दिन NEPSE १५ अंकले घटेको थियो l
NEPSE:1,894.53..........................................Previous [1,896.67] (-2.17 / -0.11%)...................................Previous (-11.27 / -0.59%) SENSIND (361.85).........................................Previous (362.69] (-0.86 / -0.23%)........................................Previous (-2.12 / -0.58%) Turnover :1,280,228,971.86...................................Previous [1,754,750,755.82] Volume:4,727,902................................Previous [6,017,397]
|
|
#186 Mon Nov 27, 2023 4:17 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०८-११ (2023-11-27) ---------------------------- तीन दिनमा 78 अंक बढेपछि, 11 अंक घट्नु सामान्य कुरा हो,
यसपाली चाही लगानीकर्ताहरुले बजारको लय अनुसार आफुलाई ढाल्छन जस्तो लाग्दैछl
जो ३२०० को बुलमा फसेका थिए तिनले त झन् नयाँ रणनीति बनाउछन नै होला अब आउने बुलका लागि l NEPSE:1,896.67..........................................Previous [1,907.95] (-11.27 / -0.59%)...................................Previous (+47.75 / +2.56%) SENSIND (362.69).........................................Previous (364.81] (-2.12 / -0.58%)........................................Previous (+7.83 / +2.19) Turnover :1,754,750,755.82...................................Previous [2,011,763,358.52] Volume:6,017,397................................Previous [6,530,643]
|
|
#187 Sun Nov 26, 2023 6:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०८-१० (2023-11-26) ---------------------------- दुइवटा सुखद संयोग एकै चोटी जुर्यो आज,
असोज ७ पछि पहिलो पटक Turnover २ अर्बमा उक्लियो र
कार्तिक २ पछि NEPSE ले बल्ल १९०० को अंक पार गर्न सक्यो l
बैंक तथा लघुवित्तको ऋण नतिरौ भन्ने अराजक आन्दोलन तुहिनुलाई,
NEPSE ले स्वागत गरे जस्तो छ,
तर धेरै हौसी हाल्ने अबस्था चाही छैन l NEPSE:1,907.95..........................................Previous [1,860.20] (+47.75 / +2.56%)...................................Previous (+9.87 / +0.53%) SENSIND (364.81).........................................Previous (356.98] (+7.83 / +2.19)........................................Previous (+2.76 / +0.78%) Turnover :2,011,763,358.52...................................Previous [1,348,347,430.30] Volume:6,530,643................................Previous [4,420,518]
|
|
#188 Fri Nov 24, 2023 5:55 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
दुर्गा प्रसाईको आन्दोलन चल्दै गर्दा,
अब केहि दिनमा सायद डा.गोबिन्द केसीले सत्याग्रह सुरु गर्लान l
त्यसपछि जनजातीहरु तयार भएर बसेका छन् l
अनि फुत्त प्रभु शाह दुलाबाट निस्कन्छन, अनि उपेन्द्र यादबले तराईमा आन्दोलन गर्ने होला l
नागरिक समाज औला ठड्याउदै पद यात्रा गर्नै बाँकि छ l
तर मूल चुरो कुरो र जनताको समस्यामा कसैको ध्यान छैन, न समस्याको पहिचान गर्ने बुद्धि छ,
न सहि सल्लाह दिन सक्ने भरौटेहरुनै छन्,
अनि केवल लुट्न मात्र माहिर शासकहरु भएको देशमा,
दुर्गा प्रसाईहरुलाई नेता नमानेर जनताले गरुन पनि त के ?
|
|
#189 Thu Nov 23, 2023 6:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०८-०७ (2023-11-23) ---------------------------- आज दुवै पक्षको आन्दोलन देखियो l
दुर्गा प्रसाई जम्मा भएको भिडलाई भडकाएर,
प्रहरीबाट आक्रमण गराउन चाहन्छन,
अझ एक दुइ जनाको मृत्यु भएमा त भोलीदेखि अझ भिड थपिन्छ भनि सोच्दै होलान,
अन्य बेथितिको बिरोध ठिक छ तर दुर्गा प्रसाईले ऋण मिनाहा गराई देलान भनि
तिनको पछि लाग्नेहरु चाही एक नम्बरका मुर्खहरुनै हुन्,
यो आन्दोलनले अरु केहि नभए पनि,
सार्बजनिक यातायातमा यात्रा गर्नेले दुख पाउने र स्कुल जाने बिद्यार्थीहरुले चाही पढ्न नपाउने भए,
विप्लबले पनि स्कुल बन्द गराउथे, यी प्रसाई पनि त्यहि बाटोमा लागे l
सरकार र सडक सबैतिर निकम्मा निकम्माकै कब्जा छ l NEPSE:1,860.20..........................................Previous [1,850.33] (+9.87 / +0.53%)...................................Previous (+20.67 / +1.13%) SENSIND (356.9 .........................................Previous (354.21] (+2.76 / +0.78%)........................................Previous (+2.15 / +0.61%) Turnover :1,348,347,430.30...................................Previous [1,087,098,495.59] Volume:4,420,518................................Previous [4,213,285]
|
|
#190 Thu Nov 23, 2023 9:51 am
|
Member
Registered: Mar 2018
Posts: 2366
|
भुषण दाहालले लिएको यो अन्तरबार्ता सुन्नुहोला https://www.youtube.com/watch?v=NCkWbE-CyYg
|
|
#191 Wed Nov 22, 2023 6:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०८-०६ (2023-11-22) ---------------------------- एउटा दुर्गा प्रसाईले एमालेको सातो लियो l
आफु सहि भइदिएको भए, यस्तो अबस्था आउथ्यो ?
सारा पार्टी पुरा बल लगाएर उसलाई असफल पार्न खोज्दैछ,
हुँदा हुँदा AP1 TV ले, आज राती प्रसारण हुने भनिएको,भुषण दाहालले दुर्गा प्रसाईसंग लिएको अन्तरबार्ता पनि रोकिदिएछ,
अर्कातिर माओबादी भने दुर्गा प्रसाईले एमालेलाई सत्तो सराप गरेकोमा मखलेल परेर बसेको देखिन्छ l
मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा आउदैछ,
सदाझैँ यसपाली पनि राष्ट्र बैंकले share मार्केटका लागि गज्जबको फेरबदल गर्दैछ आफ्नो समिक्षामा भनेर हल्ला पिट्न थालिएको छ,
नीति आएपछि मात्र पत्याउनु होला है l
NEPSE:1,850.33..........................................Previous [1,829.65] (+20.67 / +1.13%)...................................Previous (-23.82 / -1.28%) SENSIND (354.21).........................................Previous (352.05] (+2.15 / +0.61%)........................................Previous (-4.48 / -1.25%) Turnover :1,087,098,495.59...................................Previous [950,479,583.91] Volume:4,213,285................................Previous [3,675,101]
|
|
#192 Tue Nov 21, 2023 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०८-०५ (2023-11-21) ---------------------------- परार यो बेला NEPSE २७ सयको लाइनमा थियो भने पोहोर
१९ सयको लाइनमा तल माथी गर्दै थियो l
नीति निर्माता र सरकार बल्ल समस्या सुरु भए जस्तो गर्दैछ,
यस्तो अबस्थामा सक्रिय हुनु पर्ने अर्थमन्त्री चाही अब अर्थतन्त्र लयमा फर्कियो भनेर मख्ख छन्,
प्रधानमन्त्री भने अब चाही थेग्न सकिदैन भनेर गहन छलफलमा जुटेका छन् l
भ्रस्ट्राचार गर्न पाइने र कमिसन प्राप्त हुने क्षेत्र बाहेक,
बाँकि सब क्षेत्र भगवान भरोसे चलेका छन्, भोली के हुने कुनै टुंगो छैन l NEPSE:1,829.65..........................................Previous [1,853.48] (-23.82 / -1.28%)...................................Previous (+1.39 / +0.07%) SENSIND (352.05).........................................Previous (356.54] (-4.48 / -1.25%)........................................Previous (-0.50 / -0.14%) Turnover :950,479,583.91...................................Previous [1,099,318,029.70] Volume:3,675,101................................Previous [3,319,558]
|
|
#193 Mon Nov 20, 2023 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०८-०४ (2023-11-20) ---------------------------- असोज महिनामा १ दिन मात्र एक अर्ब मुनिको Turnover भएको थियो भने,
कार्तिक महिनामा एक दिन पनि एक अर्ब माथीको कारोबार हुन् सकेन तर
मंगसिर महिनाको पहिलो Turnover नै एक अर्ब माथीको भएको छ l
अर्को प्रसंगमा,
मंगसिरमा किसानहरु धान भित्र्याई सकेपछि केहि महिना फुर्सदमा हुन्छन,
सोहि समयको उपयोग गरि हाम्रो देशमा,यो बेला बिभिन्न खाले आन्दोलनहरु गर्ने गरिन्छ पहिल्यै देखि l
७ गतेबाट यसपाली पनि सुरु हुने भएछ अब l
जनताहरुमा पनि बितृष्णा अत्यधिक बढेको छ,
हेरौ केहि न केहि नयाँ घटनाक्रम त अबस्य विकास होला ?
NEPSE:1,853.48..........................................Previous [1,852.08] (+1.39 / +0.07%)...................................Previous (-11.85 / -0.63%) SENSIND (356.54).........................................Previous (357.04] (-0.50 / -0.14%)........................................Previous (-1.36 / -0.38%) Turnover :1,099,318,029.70...................................Previous [836,005,656.08] Volume:3,319,558................................Previous [2,833,731]
|
|
#194 Thu Nov 09, 2023 6:03 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०७-२३ (2023-11-09) ---------------------------- तिहारले गर्दा महिनाभरमा जम्मा १२ दिन मात्र कारोबार भएको र
महिनाभरको Turnover जम्मा 10,217,336,531.74 मात्र भएको ऐतिहासिक महिना बन्न पुग्यो यो कार्तिक महिना l
यो महिनामा कुनै पनि दिनको Turnover ले १ अर्ब कटाउन सकेनन l
सबैलाई तिहारको सुभकामना !
अब तिहार सकिएपछि मात्र भेट हुन्छ l NEPSE:1,852.08..........................................Previous [1,863.94] (-11.85 / -0.63%)...................................Previous (+5.17 / +0.27%) SENSIND (357.04).........................................Previous (358.40] (-1.36 / -0.38%)........................................Previous (+0.21 / +0.05%) Turnover :836,005,656.08...................................Previous [782,743,264.94] Volume:2,833,731................................Previous [3,157,062]
|
|
#195 Tue Nov 07, 2023 6:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०७-२१ (2023-11-07) ---------------------------- नियामक, अल्पज्ञानी बिज्ञ र सर्बज्ञानी नेताहरु,
सब मिलेर हुँडारलेझैँ घेरेर आक्रमण गरेको गर्यै छन् लगानीकर्ताहरुलाई,
यिनै मान्छेहरुले यसैगरि गजधम्म कुर्सी ओगटेर बसिन्जेल बजारले टाउको उठाउन पाउला जस्तो देखिन्न l
खराब दिनहरु सकिने जुन सुकै बाटो खुले पनि त्यसको स्वागत गरिन्छ l NEPSE:1,858.76..........................................Previous [1,847.54] (+11.22 / +0.60%)...................................Previous (+21.30 / +1.16%) SENSIND (358.19).........................................Previous (355.73] (+2.46 / +0.69%)........................................Previous (+3.33 / +0.94%) Turnover :996,586,291.90...................................Previous [938,929,040.59] Volume:4,331,229................................Previous [3,555,670]
|
|
#196 Tue Nov 07, 2023 8:39 am
|
Member
Registered: Mar 2018
Posts: 2366
|
के बोल्नु र खोइ तिमि ठोक हो म सहुँला होइ भन्दै बस्न अब बन्द गर्नु पर्छ, नत्र भिरबाट झरे पछि राम राम बाहेक अरु उपाय नहोला
|
|
#197 Mon Nov 06, 2023 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०७-२० (2023-11-06) ---------------------------- परार आजको दिन तिहारको भाइटिका परेको थियो,
पोहोर पनि आजको दिन NEPSE हरियो बनेको थियो,
NEPSE को अंक चाही 1965.36 थियो l
यो महिनाभर आजसम्म Turnover १ अर्ब कट्न सकेको छैन l
भुइचालोले तहस-नहस बनेको जाजरकोट, हेलिकप्टरमा पहुँच बनेकाहरुका लागि,
गज्जबको आन्तरिक पर्यटनको गन्तब्य बन्न पुगेको छ l
राष्ट्रपतीलाई पनि जनताको पिडा आफ्नै आँखाले देख्न मन लाग्यो रे,
युरोप यात्रा स्थगित भएपछि, भोली उता जाने कार्यक्रम रहेछ l
प्रधानमन्त्रीको दल पनि सडक आन्दोलनको तयारीमा जुटेको छ,
तर लगानीकर्ताहरुको लगानीमा आएको भुइचालोको कसलाई के मतलब,
यता त नीतिगत राहतको साटो उल्टै, सनकमा अन्य पराकम्पन ल्याएको ल्यायै छन् l NEPSE:1,847.54..........................................Previous [1,826.23] (+21.30 / +1.16%)...................................Previous (-21.46 / -1.16%) SENSIND (355.73).........................................Previous (352.39] (+3.33 / +0.94%)........................................Previous (-5.36 / -1.49%) Turnover :938,929,040.59...................................Previous [972,367,278.92] Volume:3,555,670................................Previous [3,558,554]
|
|
#198 Thu Nov 02, 2023 6:14 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०७-१६ (2023-11-02) ---------------------------- अदालतले आज आफैलाई सच्याएको छ र कैद मिनाहा हुँदा परिवारको स्वीकृति चाहिने बुँदा थपेको छ,
अदालतले रिगलको कैद माफीलाई बदर गरेर,
सरकार र राष्ट्रपतीलाई एक साथ् ताजन लगाएको छ,
सरकारबाट अब आइन्दा यस्तो नहोस् l
र SEBON ले अब IPO र Right share रोकेर,
मार्केट बढाउने रे, चिनीको भाउ जस्तै l
NEPSE:1,847.70..........................................Previous [1,858.56] (-10.86 / -0.58%)...................................Previous (-5.83 / -0.31%) SENSIND (357.76).........................................Previous (359.95] (-2.19 / -0.60%)........................................Previous (-0.83 / -0.23%) Turnover :964,477,711.41...................................Previous [812,089,291.31] Volume:3,749,954................................Previous [3,364,056]
|
|
#199 Wed Nov 01, 2023 5:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०७-१५ (2023-11-01) ---------------------------- दलका चियापान कार्यक्रमहरु खाश कसका लागि र किन गरिने हो ?
जनतालाई त्यस्ता कार्यक्रमको कुनै अर्थ छ र ?
साधारण जनताले बजारमा १ किलो चिनी नपाउने अनि
दलहरुले चाही कहाँबाट ल्याउ छन् हजारौलाई चिया खुवाउने चिनी ?
म जनताले १ किलो चिनी नपाउदा दलको नाममा चाही बोराका बोरा वितरण हुने पनि 'गणतन्त्र' हुन्छ ?
चिनी त उदाहरण मात्र हो,
यहाँ हरेक कुरामा जनता ठगिएका छन्, जनता अभाबमा छन् तर तिनीहरुलाई भने सधै मस्ती,
देशको यस्तो अबस्था छ, खोइ कसलाई चिन्ता छ,
सबै पालै-पिलो चिया खुवाउदै फुर्सदको समय कटाएझैँ गरि रहेछन l
कर्मचारी र नेताहरुलाई कुनै पनि मन्दीले नछुने रहेछ l
NEPSE:1,858.56..........................................Previous [1,864.40] (-5.83 / -0.31%)...................................Previous (-14.29 / -0.76%) SENSIND (359.95).........................................Previous (360.78] (-0.83 / -0.23%)........................................Previous (-2.34 / -0.64%) Turnover :812,089,291.31...................................Previous [571,483,276.48] Volume:3,364,056................................Previous [2,824,007]
|
|
#200 Tue Oct 31, 2023 5:10 pm
|
Member
Registered: Oct 2013
Posts: 1393
|
२०८०-०७-१४ (2023-10-31) ---------------------------- लगानीकर्ताहरुको खराब बर्षको अन्त्य हुने कुनै छाँटकाँट देखिदैन l
यी सब कुराको प्रमुख कारक भनेको,
यी दलहरु र तिनीहरुका बीच भइ रहने,
अस्वस्थ राजनीतिक खिचातानी र एकले अर्काको अस्तित्वलाई पटक्कै स्वीकार गर्न नसक्ने,
तिनको इगोनै हो l
सरकारमा रहेकाहरुको सम्पूर्ण समय कसरी सत्ता जोगाउने भनेर
उपाय सोच्दानै बित्छ भने बिपक्षीले त सधै जाल बुन्ने भइगो l
अर्थशास्त्रीहरु पनि कस्ता भने,
जे बोल्दा आफ्नो दललाई लाभ हुन्छ त्यहि बोली दिन्छन l
५० करोडको लाइनको कारोबार बैशाख महिनामा २ दिन भएको थियो तर आजको भन्दा बढीनै थियो,
आजको भन्दा कम Turnover भएको त अघिल्लो बर्षको कार्तिक महिनामा मात्र हो l
NEPSE:1,864.40..........................................Previous [1,878.70] (-14.29 / -0.76%)...................................Previous (+3.04 / +0.16%) SENSIND (360.7 .........................................Previous (363.13] (-2.34 / -0.64%)........................................Previous (+1.18 / +0.32%) Turnover :571,483,276.48...................................Previous [694,222,217.37] Volume:2,258,187................................Previous [2,824,007]
|