Author |
Post |
|
#126 Thu Apr 04, 2024 6:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-१२-२२ (2024-04-04) ---------------------------- परार चैत्र २२ गते NEPSE 2,452 मा थियो, त्यो दिनको Turnover दुई अर्ब ६७ करोड थियो भने, बजार चाही,
४६ अंकले घटेको थियो l
पोहोर चैत्र २२ गते चाही रबी लामिछानेले फेरी उम्मेदवार बन्न पाउने कि नपाउने भनेर हल्ली खल्ली थियो र ४ वटा उजुरी पनि परेको थियो,
आजकै दिन उनको उम्मेदवारी कायमै रहेको निर्णय आएको थियो l त्यो दिन चाही NEPSE 1,875 मा थियो भने,
Turnover चाही ८१ करोडको थियो र बजार ८ अंक बढेर हरियो बनेको थियो l
आज चैत्र २२ मा पनि उनै रविको चर्चा छ, गृहमन्त्रिबाट जसरी पनि हट्नु पर्छ भनेर l
आजको कुरा गर्दा वाइड बडी जहाज खरिदमा भ्रष्ट्राचार भएको भनेर, अख्तियारले मुद्धा दायर गरेको छ,
रेशम चौधरी र उनको श्रीमतीको दिनहुको राजनीतिक लफडाले झन् रफ्तार बढाएको छ,
मुख्यमन्त्रि को बन्ने भनेर सदाबहार हानाथाप चली रहेकै छ,
सांसद किनबेचको शृंखला पहिलाभन्दा झन् झन् बढी रहेको प्रष्ट रुपले देखिन्छ l
अर्थमन्त्रीले बजार विकास, विस्तार र दिगो सुधारका लागि उपयुक्त निर्णय गर्न गरेको ढिलाईका कारण,
हाम्रो बजारलाई जण्डिसले छुन थालेको छ,
अरु खुशी हुने कुनै ठाउँ देखिन्न,
म चाही भोली र पर्सी बजार नघट्ने भो भनेर दंग परेको छु,
के गर्ने खुशी हुने उपाय त खोज्नै पर्यो l
NEPSE:2,004.05..........................................Previous [2,006.78] (-2.73 / -0.13%)...................................Previous (-3.43 / -0.17%) SENSIND (355.42).........................................Previous (355.77) (-0.34 / -0.09%)........................................Previous (-0.43 / -0.12%) Turnover :3,037,267,307.85...................................Previous [2,536,233,986.67] Volume:6,963,359................................Previous [6,481,834]
|
|
#127 Wed Apr 03, 2024 6:16 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-१२-२१ (2024-04-03) ---------------------------- पहिला एक ठाउँमा मात्र सरकार परिबर्तन हुन्थ्यो,
केहि समयमा सरकार परिबर्तनको असर सकिन्थ्यो l
अहिले त केन्द्रमा फेरबदल हुनासाथ सातै प्रदेशमा फेरबदल हुनु परिगो,
त्यसको लागि न्वारनदेखिको बल लगाएर प्रदेशका नेताहरु मल्ल युद्धमा उत्रि हाल्छन,
महिनौ लगाएर जब प्रदेशको सेटिंग मिल्छ,
अनि फेरी केन्द्रमा कुर्सि डगमगाउन थाली हाल्छ,
यस्तै अबस्था रही रहने हो भने,
प्रदेश आशिर्बाद होइन देशका लागि अभिशाप सिद्ध हुनेछ,
यो केवल नेताहरुको settlement को अखडा मात्र बन्नेछ,
नेताहरुको ध्याउन्न भनेको,
केवल पद पड्काउने, आफन्त र आसेपासेहरुलाई अबसर शृजना गर्ने र पैसा कमाउने मात्र देखिन्छ l
नीतिगत सुधारका काम कति छन् कति,
सब छिर्कीदाउमै व्यस्त बनेको बन्यै छन् l NEPSE:2,006.78..........................................Previous [2,010.21] (-3.43 / -0.17%)...................................Previous (-1.85 / -0.09%) SENSIND (355.77).........................................Previous (356.20) (-0.43 / -0.12%)........................................Previous (+0.53 / +0.15%) Turnover :2,536,233,986.67...................................Previous [2,291,645,585.49] Volume:6,481,834................................Previous [6,131,621]
|
|
#128 Tue Apr 02, 2024 6:30 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-१२-२० (2024-04-02) ---------------------------- परार चैत्र महिनामा २० दिन कारोबार हुँदा १५ दिन बजार रातो भएको थियो,
पोहोर चैत्र महिनामा २१ दिन कारोबार भएको थियो,
जसमा १३ दिन बजार रातो बनेको थियो,
यो चैत्र महिनामा चाही अहिलेसम्म १३ दिन कारोबार भएकोमा १० दिन बजार रातो बन्यो l
NEPSE:2,010.21..........................................Previous [2,012.07] (-1.85 / -0.09%)...................................Previous (-6.26 / -0.31%) SENSIND (356.20).........................................Previous (355.66) (+0.53 / +0.15%)........................................Previous (-0.91 / -0.25%) Turnover :2,291,645,585.49...................................Previous [2,874,754,305.75] Volume:6,131,621................................Previous [7,290,200]
|
|
#129 Mon Apr 01, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-१२-१९ (2024-04-01) ---------------------------- बर्षमान पुनजीले किन अर्थमन्त्रालयमा त्यत्रो मरिहत्ते गर्नु भएको रहेछ,
किन बिष्णु पौडेलजीलाइ छाड्न नचाहनु भएको रहेछ,
केहि पत्तो पाउन सकिएन l
उहाँसंग अर्थतन्त्र सुधारका केहि योजना भए त त्यो सार्बजनिक हुनु पर्थ्यो र
कार्यान्वयनको दिशामा अघि बढाईनुपर्थ्यो,
त्यो सब केहि भएको र गरेको देखिन्न l
ध्यान जति सबै यो नयाँ गठबन्धन टुट्ने होकी भन्नेमै देखिन्छ l
नत्र अर्थमन्त्री बनेको आज त २६ दिन पो पुगी सक्यो त,
अर्थमन्त्री बनेको दिन NEPSE 2,030.55 अंकमा थियो भने
अहिले त NEPSE खिइदै(आश गर्दै फेरी निराश हुँदै) 2,012 मा पो आइ पुग्यो त l
NEPSE:2,012.07..........................................Previous [2,018.33] (-6.26 / -0.31%)...................................Previous (-17.30 / -0.85%) SENSIND (355.66).........................................Previous (356.5 (-0.91 / -0.25%)........................................Previous (-2.51 / -0.70%) Turnover :2,874,754,305.75...................................Previous [3,205,332,324.76] Volume:7,290,200................................Previous [7,957,659]
|
|
#130 Wed Mar 27, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-१२-१४ (2024-03-27) ---------------------------- एमाले, माओबादी र माधब नेपाल लगायतको,
अबको ध्यान भनेको २०८४ को चुनाब अगावै,
कसरी कम्युनिष्ट पार्टीलाई एक बनाउने र
फेरी अर्को ५ बर्षका लागि मस्ती गर्ने भन्नेमा मात्र देखियो l
यिनले जति बल्ड्याग खाए पनि नचेत्ने रहेछन l
अहिले हेरौ न नारायणकाजी श्रेष्ठ अहिले चीन भ्रमणमा छन् र यतिनै बेला
बिष्णु पौडेल पनि उही पुगेका छन् l
देशका नेताहरुले उत्तर र दक्षिणको बिचमा सन्तुलित कुटनीति गरेर देश र जनतालाई लाभ दिलाउनु पर्ने ठाउँमा,
आफ्नो व्यक्तिगत र पार्टीको हितलाई केन्द्रमा राखेर 'छुलिया' कुटनीति मात्र गरेको देखिन्छ l
जुन हामी जनता र देशको अहितमा छ l
सम्पूर्ण उर्जा कुर्सि बचाउनमै खर्च गर्नु पर्ने अबस्था आएपछि,
यिनले देशको अर्थतन्त्रको समस्या र तिनको समाधानको उपाय बारे कतिखेर सोचून र ?
कुन प्रदेशमा कसलाई मुम बनाउने कसलाई पछार्ने, कतिवटा मन्त्रालय लिने, कतिवटा अर्कोलाई दिने,
यो बिषयनै कहिल्यै समाप्त हुने देखिदैन l
बास्तबमा कर्णालीको पुलबाट लाइन लागेर हामफाल्नु पर्नेहरुलाई,
तिनले मान्ने कुनै गुरुले यसो motivate गर्दे पनि हुने,
नत्र कहिलेसम्म र कसरी थेगी रहनु हो हामीले ? NEPSE:2,030.86..........................................Previous [2,041.70] (-10.83 / -0.53%)...................................Previous (+10.14 / + 0.49%) SENSIND (359.46).........................................Previous (361.63) (-2.17 / -0.60%)........................................Previous (+0.86 / +0.23%) Turnover :2,235,485,534.30...................................Previous [2,354,348,503.01] Volume:6,047,021................................Previous [6,842,392]
|
|
#131 Fri Mar 22, 2024 6:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
आजको सुखद समाचार :
सरकारको नाममा ल्याइयो चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी जग्गा l
Character Certificate पनि मजाले हेरियो l
|
|
#132 Wed Mar 20, 2024 6:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-१२-०७ (2024-03-20) ---------------------------- यो पानीले निकै राम्रो काम गर्यो,
एक त डढेलो निभ्ने भयो भने अर्कातिर धुम्म भएको आकास पनि खुल्ने भयो l
बजारका लागि पनि यस्तै खालको सकारात्मक नीतिगत वर्षाको आबश्यकता देखिन्छ l
तर हाम्रोमा झाट्झुट कुनै पनि निर्णय गर्न सक्दैनन्,
प्रकृयामा गएपछि, कागजी घोडालाई टेबल-टेबल दौडाउदा दौडाउदै हप्तौ बिती हाल्छ l
बजारलाई माथी उकास्ने नीतिनै बनाउने हो भने पनि,
नीति निर्माताको team ले पनि पहिला सस्तोमा share उठाउने मौका पाउनु पर्यो क्यारे l
नत्र मार्केट बढेर हामीलाई चाही के फाइदा भनि दिन्छन l
आजका Top 5 Gainers :
GUFL (LTP = 946).................10%
BNHC (LTP = 605).................10%
SARBTM (LTP = 672.70)..........9.99% ... GLBSL (LTP = 1507)...............9.94%
DLBS (LTP = 1280) ................9.28%
NEPSE:2,063.95..........................................Previous [2,067.29] (-3.34 / -0.16%)...................................Previous (-6.24 / -0.30%) SENSIND (368.03).........................................Previous (368.39) (-0.36 / -0.09% )........................................Previous (-1.16 / -0.31%) Turnover :3,496,284,036.16...................................Previous [3,633,936,554.87] Volume:9,445,697................................Previous [9,478,933]
|
|
#133 Tue Mar 19, 2024 6:24 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-१२-०६ (2024-03-19) ---------------------------- कांग्रेस र माओबादीको सरकार हुँदा एमालेले संसदमा सधै जसो अबरोध गरि रहने,
अहिले एमाले र माओबादी लगायत पार्टीहरुको सरकार छ,
अब संसदलाइ अबरोध गर्ने जिम्मा कांग्रेसले लिएको छ l
यो निर्बाचन प्रणालीमा परिबर्तन नगरेसम्म,
सधै भइ रहने यस्तै हो l
भन्ने बेलामा जनताको लागि राजनीति गरेको भन्ने तर
संसदबाट भटाभट बनाउनु पर्ने कानूनहरुलाई यसरी संसद अबरोध गरेर अघि बढ्नै नदिने l
पहिला ओलीजीले पनि सत्ता गुमाएपछि यसै गरे,
अहिले देउबजीको ताल पनि उस्तै l
यी सब कुरा गरि रहनु सट्टा बरु एमालेले लोकमार्गको यात्रा गरे जस्तै,
कांग्रेस पनि १-२ महिनाको लागि यस्तै यात्रामा निस्कन मिल्दैन ?
आजका Top 5 Gainers :
BNHC, SARBTM, DLBS,ILBS, BGWT
यो सरकारको नीति तथा कार्यक्रम पनि सार्बजनिक भएछ l
आफ्ना बाचा केहि पुरा गर्ने होइनन क्यार,
के के गफ दिएका रहेछन भनेर पढेर हास्नलाइ चाही काम लाग्छ l
NEPSE:2,067.29..........................................Previous [2,073.53] (-6.24 / -0.30%)...................................Previous (+3.27 / +0.15%) SENSIND (368.39).........................................Previous (369.56) (-1.16 / -0.31%)........................................Previous (+1.30 / +0.35%) Turnover :3,633,936,554.87...................................Previous [2,885,637,818.91] Volume:9,478,933................................Previous [7,459,424]
|
|
#134 Mon Mar 18, 2024 6:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-१२-०५ (2024-03-1 ---------------------------- एकातिर राजनीतिबाट आएका महराजी सुन तस्करी अनुसन्धानमा फेरी तानिएर पक्डाउ परेका छन् आज भने,
अर्कातिर गुन्डागर्दीको ब्याकग्राउन्डबाट आएका मनांगेजीले भौतिक योजना.....मन्त्रीको सपथ खाएका छन् आजै l
सुख्खायाम र डढेलोको असर काठमाडौँको आकासमा पनि देखिन थालेको छ l
आजका Top 5 Gainers :
GUFL (LTP 863.50) ..... Volume = 292,380 kitta
SAPDBL (LTP 315.80) ..... Volume = 197,296 kitta
PPL (LTP 376.20) ..... Volume = 174,150 kitta
DLBS (LTP 1,064.90) ..... Volume = 14,718 kitta
PHCL (LTP 350.20) ..... Volume = 37,842 kitta
NEPSE:2,073.53..........................................Previous [2,070.25] (+3.27 / +0.15%)...................................Previous (-10.62 / -0.51%) SENSIND (369.56).........................................Previous (368.25) (+1.30 / +0.35%)........................................Previous (-1.55 / -0.42%) Turnover :2,885,637,818.91...................................Previous [3,387,980,384.33] Volume:7,459,424................................Previous [8,406,076]
|
|
#135 Sun Mar 17, 2024 6:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-१२-०४ (2024-03-17) ---------------------------- यस्तो सुख्खायाममा पनि 'कोशी'मा बाढी आएछ आज l
हुन् त रुची र रणनीति आ-आफ्नै हुन्छ क्यार l
NEPSE:2,070.25..........................................Previous [2,080.87] (-10.62 / -0.51%)...................................Previous (-27.84 / -1.32%) SENSIND (368.25).........................................Previous (369.81) (-1.55 / -0.42%)........................................Previous (-4.83 / -1.29%) Turnover :3,387,980,384.33...................................Previous [3,943,592,302.13] Volume:8,406,076................................Previous [11,483,617]
|
|
#136 Fri Mar 15, 2024 5:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
|
|
#137 Fri Mar 15, 2024 5:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
भर्खर मन्त्रिमण्डल गठन भएको छ,
सबैले नभए पनि १-२ जना मन्त्रीले राम्रै काम गर्लान जस्तो देखिन्छ,
तर कांग्रेसलाई सत्ताबाट बिमुख हुनु परेको पिडाले आतिनै सताए जस्तो छ,
आफुले चाही प्रमको अफर गर्ने अनि आफुसंग आएन भनेर फेरी उही मान्छेको राजिनामा चाहियो कि चाहियो भनेर
सदन पो अबरोध गर्न थाल्यो त l
महरा लगायतलाई सुन काण्डमा मुद्धा चल्न लाग्यो भनेर पीर परे जस्तो छ l
अस्थिरताका बाहकहरु, बरु निर्बाचन प्रणाली परिबर्तन गर्ने बारे बहस गर न,
यहि निर्बाचन प्रणाली रहिन्जेल हुने यस्तै हो l
|
|
#138 Thu Mar 14, 2024 6:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-१२-०१ (2024-03-14) ---------------------------- सुख्खा याम !NEPSE:2,080.87..........................................Previous [2,108.72] (-27.84 / -1.32%)...................................Previous (-2.48 / -0.11%) SENSIND (369.81).........................................Previous (374.65) (-4.83 / -1.29%)........................................Previous (-0.48 / -0.12%) Turnover :3,943,592,302.13...................................Previous [4,248,523,332.22] Volume:11,483,617................................Previous [10,889,634]
|
|
#139 Wed Mar 13, 2024 5:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-११-३० (2024-03-13) ---------------------------- 2078 फागुन ३० गते TMS बिगारेर कारोबारलाई अबरुद्ध गरियो,
जबकी २९ गते NEPSE सय अंकभन्दा बढीले बढेको थियो भने,
अझ अघिल्लो दिन ५२ अंकले बढेको थियो l
त्यसपछि त NTC को २०% बोनस काण्डले बजार घटाउनेनै भयो किनकी हल्ला १००% को चलाइएको थियो l
पोहोर आजको दिन पनि कम्ति रमाइलो भएको थिएन,
तपाईहरुले कत्तिको सम्झनु भएको छ,
रामचन्द्र पौडेलको गालाबाट कोठी र घाँटीबाट चाउरी हटाएर,
देशभरका कार्यालयमा राख्न भनेर फोटो सार्बजनिक भएको थियो l
त्यसपछि त के चाहिन्थ्यो आलोचना सुरु भईगो,
अहिले सबैतिर राखिएको राष्ट्रपतीको तस्बिर त्यो विरोधका कारण correction भएको तस्बिर हो l
अघिल्लो महिनाभन्दा यस महिना Total Turnover 35 अर्बभन्दा बढीले घटेको देखिन्छ l
आजको TOP 10 Gainers :
WNLB, USLB, ANLB, SAMAJ, JSLBB, GUFL, GLBSL, GMFBS, DLBS, GLH
एउटा Finance र एउटा Hydro बाहेक बाँकि आठ वटै लघुवित्त Top Gainers मा परेका छन् l
NEPSE:2,108.72..........................................Previous [2,111.21] (-2.48 / -0.11%)...................................Previous (+58.55 / +2.85%) SENSIND (374.65).........................................Previous (375.13) (-0.48 / -0.12%)........................................Previous (+10.60 / +2.90%) Turnover :4,248,523,332.22...................................Previous [4,551,632,347.82] Volume:10,889,634................................Previous [10,609,597]
|
|
#140 Tue Mar 12, 2024 6:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-११-२९ (2024-03-12) ---------------------------- परार आजको दिन NEPSE 101.07 अंकले बढेको थियो र
त्यसको भोलिपल्ट TMS बिगारेर कारोबार हुन् दिईएन,
त्यो बेला NEPSE २६६७ .९७ मा थियो l
पोहोर आजको दिन NEPSE १९५१.२१ अंकमा थियो,
पोहोर आजको दिन रामचन्द्र पौडेलले राष्ट्रपतिको सपथ लिएका थिए भने बिद्या भण्डारीले शितल निवास छाडेकी थिइन् l
अहिलेको समयमा चाही अर्थमन्त्रीले लगानीकर्ताहरुलाई केहि उर्जा दिन खोजे जस्तो देखिन्छ,
राजस्व डबल गर्छु भनेपछि राजस्व उठ्ने ठाउँलाइ पनि चलाएमान त बनाउनै पर्यो l
महतजीसंग बिच्किएका लगानीकर्ताहरु पूनजीसंग केहि सकारात्मक भएको देखिन्छ l
त्यसको केहि न केहि रिजल्ट त १५ दिनभित्र देखिनु पर्ने हो l
आज राष्ट्रिय सभाको अध्यक्षका लागि चुनाब भयो,
कृष्णप्रसाद सिटौलाजीको मुखैमा आएको गाँस,
नारायण दाहालजीको पेटमा पुग्यो सर्लक्क,
राजनीतिमा जे पनि सम्भब हुने रहेछ l
NEPSE:2,111.21..........................................Previous [2,052.65] (+58.55 / +2.85%)...................................Previous (+22.10 / +1.08%) SENSIND (375.13).........................................Previous (364.53) (+10.60 / +2.90%)........................................Previous (+4.26 / + 1.18%) Turnover :4,551,632,347.82...................................Previous [2,922,771,558.91] Volume:10,609,597................................Previous [7,043,457]
|
|
#141 Thu Mar 07, 2024 6:01 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-११-२४ (2024-03-07) ---------------------------- एक बर्ष अघि आजको दिन २५ गते हुने राष्ट्रपतिको निर्बाचनका कारण,
खुब चहल पहल थियो l
माओबादीले राष्ट्रपतीमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेका कारण,
फागुन १५ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो र
त्यसपछि बजार ५ दिन लगातार रातो बनेको थियो l
प्रचन्डले पोहोर चैत्र ६ गतेका दिन बिस्वासको मत लिएका थिए l
NEPSE:2,030.55..........................................Previous [2,017.03] (+13.51 / +0.67%)...................................Previous (+9.33 / +0.46%) SENSIND (360.27).........................................Previous (358.37) (+1.90 / +0.53%)........................................Previous (+1.06 / +0.29%) Turnover :3,199,205,820.35...................................Previous [3,450,838,357.20] Volume:8,929,152................................Previous [9,138,154]
|
|
#142 Thu Mar 07, 2024 1:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
Happy Anniversary! ShareSansar.
|
|
#143 Thu Mar 07, 2024 8:51 am
|
Member
Registered: Mar 2018
Posts: 2362
|
कलेजो परिबर्तनसंगै सोचाई पनि परिबर्तन भएको होला भन्ने आशा गरौँ
|
|
#144 Wed Mar 06, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-११-२३ (2024-03-06) ---------------------------- मन्त्रि बन्न र तिनलाई सपथ खुवाउन भ्याई-नभ्याई छ,
अझै मन्त्रीका सिटहरु खालीनै छन्,
अब अझै २-४ दिन मधेसी दल र माधब नेपालको पार्टीले मन्त्रालय र अन्य बार्गेनिंग गर्न लगाउलान जस्तो छ l
ल भन्नुस त एमाले,माओबादी,रास्वपाबाट जो मन्त्रि बन्दैछन्,
ती मध्ये कसको चाही अली आश गर्न सकिन्छ होला ?
मैले चाही रस्वपाकि सुमना श्रेष्ठलाई उत्सुकताका साथ हेरेको छु,
संसदमा त राम्रोसंग प्रस्तुत हुन्थिन l
जहाँसम्म अनन्तको कुरा छ, उनी मन्त्रि भइन्जेल फेरी उनको पुरानो रोग जण्डिस देखा नपरोस,
फटाफट अर्थतन्त्र सुधारका काम र निर्णयहरु गरुन र गर्न लगाउन l
NEPSE:2,017.03..........................................Previous [2,007.69] (+9.33 / +0.46%)...................................Previous (-70.31 / -3.38%) SENSIND (358.37).........................................Previous (357.30) (+1.06 / +0.29%)........................................Previous (-11.97 / -3.24%) Turnover :3,450,838,357.20...................................Previous [4,113,676,958.02] Volume:9,138,154................................Previous [11,467,599]
|
|
#145 Tue Mar 05, 2024 5:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-११-२२ (2024-03-05) ---------------------------- मंगसिर २४ को positive सर्किटपछि, भोलिपल्ट २५ गते NEPSE 15.4 अंकले घटेको थियो,
र त्यसपछि भने लगातार ७ दिन बजार हरियो बनेको थियो l
आज पनि बजार रातो बनेको छ,
अब को अर्थमन्त्रीभन्दा पनि,
केन्द्रिय बैंकले, आफुलाई नियुक्ति दिनेको पनि सरकार भएकाले,
केहि खुकुला नीति ल्याउछ कि भन्ने आश गर्न सकिन्छ l
बर्षमान पुनले त यसअघि पनि hydro को share हुनेलाई खोजी खोजी ज्वाई बनाउने दिन आउछ भनेकै हुन् l
बिष्णु पौडेल पनि मार्केटलाई फापेकै अर्थमन्त्रीमा पर्छन,
अब ओलीजीले भरेका share का पनि चर्चा होलान l
समग्रमा भन्नु पर्दा, लगानीकर्ताहरुका लागि नेपाली कांग्रेससंगको सरकारभन्दा,
एमालेसंगको यो सरकार 'अनुकुल' र 'दाहिना' होस् l NEPSE:2,007.69..........................................Previous [2,078.00] (-70.31 / -3.38%)...................................Previous (+117.70 / +6.00%) SENSIND (357.30).........................................Previous (369.27) (-11.97 / -3.24%)........................................Previous (+19.54 / +5.58%) Turnover :4,113,676,958.02...................................Previous [375,209,978.32] Volume:11,467,599................................Previous [934,919]
|
|
#146 Mon Mar 04, 2024 5:21 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-११-२१ (2024-03-04) ---------------------------- मंगसिर २४, २०८० मा पनि जम्मा ९ मिनेट जति कारोबार भएर बजारमा ६% को सर्किट लागेको थियो l
त्यो बेला बजारमा धेरै दिनदेखि ल्यांग ल्यांग चली रहेको थियो,
Turnover कहिले एक-दुई अर्ब माथी त कहिले एक अर्ब मुनिको मात्र हुन्थ्यो l
नेप्से ६% सर्किट लाग्दा 1,852.77 बाट 111.2 अंक बढेर 1,963.98 मा पुगेको थियो l
त्यसपछि बढ्न थालेको बजारको Turnover झन्डै-झन्डै 10 अर्ब नजिक पुगेको थियो भने,
NEPSE चाही 2,175.17 मा एकदिन अडेर अनि झर्नतिर लागेको थियो l
भनेपछि यसअघिको ६% को Positive सर्किटपछि NEPSE 322.4 अंकले बढेको देखिन्छ,
यी सब कामका लागि २४ वटा कारोबारको दिन लागेको रहेछ l
आजपनि त्यसै गरि ६%को सर्किट लागेको छ,
NEPSE पनि सर्किट लाग्नु पुर्ब दुई हजार मुनिनै थियो l
यस पटक पनि पहिलाको जत्तिकै अंक बढ्यो भने,
NEPSE 2,282.7 अंक पुग्ने रहेछ l
तर फेरी कुरो चल्दै गर्दा अर्थमन्त्री चाही रास्वपाका वाग्लेजीलाई दिने भनेर खबर आयो भने,
६% कै negative सर्किट पनि लाग्न सक्छ,
नेपालको अर्थतन्त्रलाइ phd वाला अर्थमन्त्री फाप्दैन रहेछ l
NEPSE:2,078.00..........................................Previous [1,960.30] (+117.70 / +6.00%)...................................Previous (-11.78 / -0.59%) SENSIND (369.27).........................................Previous (349.73) (+19.54 / +5.58%)........................................Previous (-1.92 / -0.54%) Turnover :375,209,978.32...................................Previous [2,082,786,089.08] Volume:934,919................................Previous [5,574,207] « Last edit by nissan on Mon Mar 04, 2024 5:24 pm. »
|
|
#147 Mon Mar 04, 2024 10:28 am
|
Member
Registered: Oct 2013
Posts: 1385
|
|
|
#148 Sun Mar 03, 2024 6:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
२०८०-११-२० (2024-03-03) ---------------------------- माओबादी र एमाले मिलेर सरकार बनाई दिए हुन्थ्यो भन्ने मुडमा लगानीकर्ताहरु देखिन्छन,
त्यस्तो हुँदा एकातिर राष्ट बैंक पनि आफ्नो नीतिमा अलि नरम हुने र
निकम्मा अर्थमन्त्रीबाट पनि छुटकारा मिल्ने आश गर्नु स्वाभाविक पनि होला l
तर सेटिंगमा खान पल्केकाहरुले,
यो गठजोडलाइ त्यतिकै भत्कन के दिन्थे र ?
हाम्रो समय चाही यिनै मदारीहरुले हामी जनतालाई बाँदरझैँ नचाएको हेर्न र
अब को अर्थमन्त्री बन्ला भनि जोखाना हेर्नमै बित्ला जस्तो छ l NEPSE:1,960.30..........................................Previous [1,972.09] (-11.78 / -0.59%)...................................Previous (-28.68 / -1.43%) SENSIND (349.73).........................................Previous (351.65) (-1.92 / -0.54%)........................................Previous (-4.79 / -1.34%) Turnover :2,082,786,089.08...................................Previous [2,598,737,228.86] Volume:5,574,207................................Previous [7,446,991]
|
|
#149 Fri Mar 01, 2024 6:11 pm
|
Member
Registered: Oct 2013
Posts: 7680
|
कसैले --- बिना धितो ऋण दिएकोमा सीईओहरूलाई पक्राउ गर्न सीबीआईलाई जानकारी दिनुहोस्
|
|
#150 Fri Mar 01, 2024 5:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1385
|
बिना धितो १५ प्रतिशत ब्याजमा ऋण पाउनेहरू कसरी 'लघुवित्त पीडित'?https://www.setopati.com/kinmel/economy/323862
|