Author |
Post |
|
#101 Tue May 21, 2024 7:05 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०२-०८ (2024-05-21) ---------------------------- अर्को मंगलबार बजेट भाषण छ,
नाथेहरु कसैलाई त्यसको केहि मतलब छैन,
कस्ता हल्लुड़ाहरुलाई जनताले छानेर पठाएछन् हँ ?
मेरो लागि गगन थापा, रबी लामिछाने दुवै महत्वपूर्ण होइनन तर यी दुइको गाँड कोराकोरले
देशको संसदनै ठप्प हुनु पर्ने ?
अनि नागरिकता जस्तो सम्बेदनशील मुद्धामा कैलाश सिरोहियालाइ पक्राउ पूर्जी जारी हुँदा,
कांग्रेसका सांसदहरु लाइन लागेर 'कैलाश पर्बत'माझैँ दर्शन गर्न जान सुहाउछ ?
२०८० माघ १६ गते NEPSE 2,119.61 अंकमा पुगेको थियो, त्यो दिन Turnover ५ अर्ब ५४ करोडको थियो,
त्यसपछिको दोश्रोमा पर्छ आजको नेप्सेको अंक l
पोहोर आजको दिन चाही SEBON को संचालक समितिको बैठकले ७ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको थियो,
यसै दिन नक्कली भुटानी शरणार्थी case मा प्रहरीले आफ्नो अनुसन्धान प्रतिबेदन,
सरकारी वकिललाई बुझाएको थियो l
र आज चाही नागरिकता सम्बन्धि मुद्धामा कैलाश सर पक्राउ पर्नु भएछ l NEPSE:2,115.94..........................................Previous [2,092.00] (+23.94 / +1.14%)...................................Previous (+27.54 / +1.33%) SENSIND (377.60).........................................Previous (374.07) (+3.53 / +0.94%)........................................Previous (+7.31 / +1.99%) Turnover :5,206,208,111.56...................................Previous [5,854,354,212.19] Volume:13,241,217................................Previous [14,370,689]
|
|
#102 Mon May 20, 2024 6:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०२-०७ (2024-05-20) ---------------------------- माघ ८, २०८० मा ६ अर्बको Turnover भएको थियो,
३ गते लगभग १० अर्ब पुगेको Turnover,
४ गते ८ अर्बको लाइनमा,
७ गते ७ अर्बको लाइन हुँदै
८ गते ६ अर्बको लाइनमा झरेको थियो,
आजको Turnover त्यसपछिको सबैभन्दा धेरै हो l
पोहोर आजको दिन NEPSE 1,883.30 अंकमा थियो,
त्यो दिन ओलीजीले संसदमा लामो भाषण गरेर सरकारको नीति तथा कार्यक्रमको बिरोध र
भुटानी शरणार्थीको कहानी सुनाएका थिए,
त्यो बेला नक्कली भुटानी शरणार्थी काण्डले बजार पिटेको थियो l
संसद र सांसदहरुले दिनप्रति दिन निराशा मात्र छर्दै छन्,
यिनले निजि इगोलाइ संसदमा प्रस्तुत नगरे हुन्थ्यो,
संसद बाहिर जुधे हुनी जति जुध्न मन लाग्छ,
संसदिय ब्यबस्था भनेको छ,
दिनहु संसदमा हुलहुज्जत गरेर भत्ता पचाएको छ,
अझ बजेट पनि अबरोध गर्ने रे l
बिनाशकाले बिपरित बुद्धि भनेको यहि होला l NEPSE:2,092.00..........................................Previous [2,064.45] (+27.54 / +1.33%)...................................Previous (+45.69 / +2.26%) SENSIND (374.07).........................................Previous (366.76) (+7.31 / +1.99%)........................................Previous (+8.39 / +2.34%) Turnover :5,854,354,212.19...................................Previous [5,251,024,786.63] Volume:14,370,689................................Previous [12,240,802]
|
|
#103 Sun May 19, 2024 6:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०२-०६ (2024-05-19) ---------------------------- 2080-11-29 मा NEPSE 58.55 अंकले बढेको थियो,
Turnover पनि साढे ४ अर्बको थियो,
NEPSE चाही 2,111 अंकमा थियो l
त्यो दिन राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्बाचित भएका थिए भने
अर्थमन्त्री बर्षमान पुनले 'गफैमा भएपनि' मार्केटको बारेमा positive कुरा गर्दै थिए l
2080-10-17 पछि आज बजारले ५ अर्बको Turnover कटाएको छ,
त्यो बेला Re-Insurance को पुँजी २० अर्ब पुर्याउने हल्ला चलाईएको थियो l
आजको दिनको कुरा गर्ने हो भने दलहरु, सहकारी ठगी बारे छानबिन समिति बनाउने भनेर लागेका लाग्यै छन्,
यस अघि सुन आयोग पनि बनाएका थिए,
CCTV फुटेज आयोग पनि बनाएका थिए,
नतिजा भने सुन्य,
बजेटको बेला छ, संसदमा त्यसबारे छलफल र चर्चा गर्नुको सट्टा,
सबै सत्ताको राजनीतिमा मात्र व्यस्त छन्,
अब भोली प्रमले बिस्वासको मत कसरी लेलान र यस्तो अबस्थामा ?
NEPSE:2,064.45..........................................Previous [2,018.76] (+45.69 / +2.26%)...................................Previous (+0.79 / +0.03%) SENSIND (366.76).........................................Previous (358.37) (+8.39 / +2.34%)........................................Previous (+0.27 / +0.07%) Turnover :5,251,024,786.63...................................Previous [4,233,816,403.71] Volume:12,240,802................................Previous [8,282,556]
|
|
#104 Fri May 17, 2024 1:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
अन्त, अरु देशमा कुकुरले आफ्नो पुच्छर हल्लाउछ,
नेपालमा चाही पुच्छरले कुकुरलाइ हल्लाउने काम गर्छ l
अर्थ नीतिले कोरेको बाटोमा सहयोगी बनेर मौद्रिक नीति हिंड्नु पर्ने हो,
यता त अर्थ नीति पुर्ब र मौद्रिक नीति पश्चिम, बिपरित दिशामा l
केहि बोल्यो भने स्वायत्त संस्थामाथी हस्तक्षेप भयो भनेर आरोप लगाउ छन् l
हामीलाई यसपाली पनि,
हात्ती आयो, हात्ती आयो फुस्सा !
|
|
#105 Thu May 16, 2024 6:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०२-०३ (2024-05-16) ---------------------------- 2078-02-03 : NEPSE 2,759.21, त्यो बेलाको All-Time High
2079-02-03 : NEPSE 2,265.52, स्थानीय चुनाबपछिको पहिलो कारोबार दिन (84.9 अंकले घटेको)
2080-02-03 : NEPSE 1,845.01 (रेसम चौधरी, टोप बहादुर रायमाझी, बादल पुत्र, खाँडको खुब चर्चा थियो त्यो बेला)
र आज
2081-02-03 : NEPSE 2,018.76 (दुईवटा लामिछाने, गिरी बन्धु टि स्टेट, नीति तथा कार्यक्रम,कांग्रेसको संसद अबरोध)
नक्कली भुटानी शरणार्थी(देबेन्द्र भट्टराई र मातृका दाहाल), बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा(दिपा दाहाल) र
शेयर बजारमा हुने इन्साईडर खरीद बिक्रि बारे(रमेश कुमार) खोजमुलक समाचार प्रकाशन र प्रसारण गर्ने यी पत्रकारहरु पुरष्कृत भएछन, खुशी लाग्यो l
रबी लामिछाने बोलेपछि कांग्रेसले बोल्न पाउने कि नपाउने भन्ने बिषयमा फेरी कुरो मिलेन रे,
भातमाराहरुले यो नीति तथा कार्यक्रम र बजेट आउने बेला छलफल गर्न छाडेर गाँड कोराकोर गरेरै समय बिताउने भए l
आजको संसद बैठकको तमाशा देखेपछि भन्न मन लाग्यो,
यी कुनै पनि सांसद जनताका प्रतिनिधि भनि कहलाउन योग्य छैनन्, लाजमर्दो छि !
NEPSE:2,018.76..........................................Previous [2,017.97] (+0.79 / +0.03%)...................................Previous (-9.54 / -0.47%) SENSIND (358.37).........................................Previous (358.09) (+0.27 / +0.07%)........................................Previous (-2.17 / -0.60%) Turnover :4,233,816,403.71...................................Previous [3,708,430,055.17] Volume:8,282,556................................Previous [8,490,722]
|
|
#106 Wed May 15, 2024 5:57 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०२-०२ (2024-05-15) ---------------------------- पोहोर आजको दिन अदालतबाट रेसम चौधरीको जन्मकैदको फैसला सदर भएको थियो,
पछि राष्ट्रपतिको निगाहामा मात्र उनी जेलबाट छुटेका हुन्,
त्यस्तै अघिल्लो दिन पक्डाउ परेका टोप बहादुर रायमाझीलाई,
हिरासतमा राखेर अनुसन्धान गर्न भनेर समय माग गर्न अदालतमा पेश गरिएको थियो,
उनले हिरासत बस्नबाट छुट पाइन्छ कि भनेर,
आफुलाई हर्निया भएको भनेर न्यायाधिसलाइ भने,
न्यायाधिसले पनि मलाई पनि हर्निया छ भनेर जवाफ फर्काएका थिए l
पोहोर आजको दिन NEPSE १,८२१ र Turnover चाही ६४ करोडको थियो l
र अन्तमा अनेक प्रयत्नपछि सन्दिप लामिछानेले सफाई पाएछन पाटन जिल्ला अदालतबाट,
बिचरी ती छोरी, पैसा र power को अगाडि टिक्नै सकिनन्,
अरु नेपाली खेलाडीहरुसंग माफी माग्न चाहन्छु,
गहना team मा भइन्जेल न त नेपालको कुनै खेल हेर्नेछु न जितको खुशीनै मनाउने छु l
NEPSE:2,017.97..........................................Previous [2,027.51] (-9.54 / -0.47%)...................................Previous (+28.62 / +1.43%) SENSIND (358.09).........................................Previous (360.26) (-2.17 / -0.60%)........................................Previous (+3.60 / +1.01%) Turnover :3,708,430,055.17...................................Previous [4,088,853,664.80] Volume:8,490,722................................Previous [9,855,285]
|
|
#107 Tue May 14, 2024 6:30 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०२-०१ (2024-05-14) ---------------------------- राष्ट्रपती पदमा पनि धेरै बृद्ध र अस्वस्थ मान्छेलाइ पुर्याउनु नहुने रहेछ l
आजको 'नीति तथा कार्यक्रम' पाठ गर्न बर्तमान राष्ट्रपतीलाइ निकै असहज भएको देखिन्थ्यो,
बोल्दा जिब्रो लरबरीएर कहिले नागढुंगा नौबिसे 'कालखण्ड', कहिले 'प्रधानमन्त्रीकि छोरी आत्मनिर्भर.....',
'बुटक्याम्प' भन्न पनि निकै अप्ठेरो परेको देखिन्थ्यो l
'नीति तथा कार्यक्रम' र 'बजेट भाषण' जस्ता कुरा गीत-संगीत जस्तो रसिलो हुने कुरै भएन,
त्यसैले होला सांसदहरुको मुहारमा यो बाचन कहिले सकिन्छ ? भन्ने भाव र छटपटी प्रष्टसंग देखिन्थ्यो l
सरकारको 'नीति तथा कार्यक्रममा' बजारको कुरा पनि समेटियो भनेर,
लगानीकर्ताहरु २-४ दिन मक्ख पर्नेनै भए,
पोहोर यो समयमा मौद्रिक नीतिको समिक्षाबाट लगानीकर्ताहरु निराश भनेर online मा समाचारहरु आएका थिए ,
पोहोर आजको दिन NEPSE 1,818.31 को बिन्दुमा पुगेर अड्किएको थियो,
जुन २०७९-०६-०९ को 1,815.13 को Low पछिको सबैभन्दा थोरै थियो l
२०८०-०८-२१ पछि आजको दिनसम्म NEPSE ले १८०० को अंकमा झर्नु परेको छैन l
मेरो मनमा चाही राष्ट्रपतीले आज चढेको गाडीको मुल्य कति करोड पर्ने रहेछ भनि प्रश्न उब्जि रहेछ l
NEPSE:2,027.51..........................................Previous [1,998.89] (+28.62 / +1.43%)...................................Previous (+24.39 / +1.23%) SENSIND (360.26).........................................Previous (356.65) (+3.60 / +1.01%)........................................Previous (+5.83 / +1.66%) Turnover :4,088,853,664.80...................................Previous [3,408,608,157.91] Volume:9,855,285................................Previous [9,541,017] « Last edit by nissan on Tue May 14, 2024 6:34 pm. »
|
|
#108 Sun May 12, 2024 6:51 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-३० (2024-05-12) ---------------------------- ०६२ / ०६३ शालको आन्दोलन ताका यी दल र यिनका नेताहरुले हामी अब सुध्रन्छौ भनि जनतासंग माफी मागेका थिए,
त्योभन्दा अगाडि दिनहु गिरिजाप्रसादले रत्नपार्क to बागबजार आन्दोलन गर्दा फिटिक्क मान्छेनै आउदैन थिए,
बागबजारका ब्यापारीहरु यो आन्दोलनले हत्तु बनेका थिए,
दिनहु पसल बन्द गर्नु पर्यो भनेर l
आज त्यत्रो बर्ष बिती सक्यो,
पुराना त जति ढुंग्रोमा हाले पनि सिधा नहुने कुकुरको पुच्छर जस्तो भइ हाले,
नयाँ आएकाहरु पनि काटीकुटी, हुबहु र अझ उग्र तिनको क्लोंननै भएर निस्किए l
आज संसद हेर्यो लाजमर्दो छ अवस्था,
दलहरुको टुटफुट झन् गन्हाउने खालको छ,
फटा र भ्रष्टहरुकै रजगज छ चारैतिर,
नीति नियमहरु देशको हित हेरेर बनाईदैन,
प्रदेशले झन् बिजोगनै बनाई सक्यो, कुन दिन सातैवटा प्रदेशका मुमहरुलाई अदालतमा मुद्धा खेपेर बसेको भेटिन बेर छैन,
चुनाबमा हामीनै यिनैलाई जिताएर पठाउछौ,
हैन यिनीहरुबाट मुक्ति पाउने केहि उपाय छैन ?
NEPSE:1,974.50..........................................Previous [1,966.23] (+8.26 / +0.42%)...................................Previous (+5.63 / +0.28%) SENSIND (350.82).........................................Previous (350.60) (+0.21 / +0.06%)........................................Previous (+1.19 / +0.34%) Turnover :3,155,142,168.43...................................Previous [3,121,286,362.59] Volume:7,857,031................................Previous [7,058,399]
|
|
#109 Thu May 09, 2024 6:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-२७ (2024-05-09) ---------------------------- बालमन्दिरको जग्गा काण्डमा CIB ले सम्बन्धित व्यक्तिहरुलाई पकड्न,
पक्डाउ पूर्जी जारी गरेको छ,
बालबालिकाका लागि भनेर छुट्टयाईएको जग्गा,
बालमन्दिरका संचालकहरुले निजि लाभ लिएर सस्तो दाममा बृहस्पति स्कुललाइ लिजमा दिएका थिए,
बालबालिका चाही टहरामा बस्दै आएका छन् l
देशको हालत कस्तो छ भने छोटो समयमा हिक्मतकुमार कार्की कोशी प्रदेशमा तेश्रो पटक मुख्यमन्त्रि बनेका छन् l
अनि मुख्यमन्त्रिबाट खुस्कने चाही रिट लिएर सर्वोच्चमा,
सम्पूर्ण समय यस्तै जालझेल, तिकडम अनि मुद्धा मामिलामानै बित्छ यिनीहरुको,
फेरी चुनाब आउछ, यिनै निर्बाचित भएर आउछन, अनि फेरी उही पुरानो खेल दोहोरिन्छ l
जसपा फेरी फुटेछ,
रबी लामिछानेलाइ भोली संसदमा बोल्न दिने रे,
नयाँ कुरो केहि आउने छैन,कांग्रेसले पहिला जस्तै जवाफ चित्त बुझेन भनेर फेरी संसद अबरुद्ध गर्ने त होला ?
पोहोर आजको दिन बालकृष्ण खाँड पक्राउ परेका थिए भने,
टोप बहादुर रायमाझी पार्टीबाट निलम्बनमा परेका थिए,
के रिता सिंह बैद्य आज पक्राउ पार्छिन त ?
NEPSE:1,966.23..........................................Previous [1,960.60] (+5.63 / +0.28%)...................................Previous (-0.20 / -0.01%) SENSIND (350.60).........................................Previous (349.40) (+1.19 / +0.34%)........................................Previous (-0.17 / -0.04%) Turnover :3,121,286,362.59...................................Previous [2,547,030,825.50] Volume:7,058,399................................Previous [5,874,967]
|
|
#110 Tue May 07, 2024 6:40 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-२५ (2024-05-07) ---------------------------- सिधकुरालाई अडियो उपलब्ध गराउने तिमिल्सिनाजी धरौटीमा छुटेछन्,
कांग्रेसले संसदिय समिति नबनाई मान्दै नमान्ने रे,
कैलाश सिरोहियाले मैले समाचार छपाएको प्रतिसोध साँध्न म माथी धरपकड हुन् सक्छ भनेर,
त्यो रोक्न अदालतमा रिट निबेदन दर्ता गरेछन,
रबी लामिछाने मैले संसदमा बोल्न पाउनु पर्छ भनेर कराएको करायै छन्,
दुवै जसपाले सरकारलाई समर्थन गर्ने रे,
कुलमानले पदीय दुरुपयोग गरेर अकुत सम्पत्ती कमाएको भनेर सम्पत्ती छानबिनमा परेको खबर,
समाचारपत्रले छपाएको छ,
गण्डकी प्रदेशको ६० सदस्यीय संसदमा ३० जनाले दिएको बिस्वासको मतलाई त्यहाका सभामुखले अनुमोदन गरेका छन्,
प्रत्यक त्रैमाश सकिएको ३० दिनभित्र मौद्रिक नीतिको समिक्षा आउनु पर्ने नियम रहेछ,
यो पटक ३० दिनभित्र ल्याउन नभ्याउने रे,
समयानुकुल मौद्रिक नीति परिमार्जन गरेर जनतालाई छिटोभन्दा छिटो राहत दिनु त कता हो कता,
खाली बरालिएर समय कटाउछन्,
सबैकाम गभर्नरले मात्र गर्ने होइन क्यार, त्यत्रो जनशक्तिलाइ जनताले तलब सुबिधा दिएर पालेकै छन्,
अनि एउटा team बनाएर पहिलो दिनदेखि काम गर्न सकिदैन ?
गृह मन्त्रालयले,
'सार्बजनिक प्रदर्शन, हड्ताल तथा बिरोधका कार्यक्रमबाट हुने क्षेती मुल्यांकन सम्बन्धि कार्यविधि २०८१' जारी गरेछ,
अब जसले आन्दोलन आब्हान गर्छ, व्यक्तिगत र सार्बजनिक सम्पत्तिमा क्षेती पुर्याए,
उसैबाट त्यसको क्षेतीपूर्ति तिराइने भएछ, यो एउटा चाही राम्रो काम हुने भो l
NEPSE:1,960.81..........................................Previous [1,958.75] (+2.06 / +0.10%)...................................Previous (-15.62 / -0.79%) SENSIND (349.5 .........................................Previous (347.80) (+1.77 / +0.51%)........................................Previous (-3.38 / -0.96%) Turnover :2,140,502,621.77...................................Previous [2,891,319,979.88] Volume:5,064,038................................Previous [6,978,321]
|
|
#111 Mon May 06, 2024 6:27 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-२४ (2024-05-06) ---------------------------- एक दुई दिनका लागि घरमूली यसो के बाहिर गएको थियो,
उ नफर्कदै घरको त अंशबण्डा पो भइ सकेछ,
सन्दर्भ उपेन्द्र यादबको पार्टीको हो,
उनि अम्रिकातिर गएका थिए क्यार,
यता हिजो मात्र पार्टी फुटेको थियो,
आज त निर्बाचन आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र पो दिई सकेछ,
कति छिटो अनि कति हतारो हो ?
अनि नयाँ दलको नाम पनि 'जनता समाजबादी पार्टी' रे l
माधब नेपाल र केपी ओलीजीको एक अर्कालाई सक्ने रणनीतिको शिकार 'जसपा' बन्यो, मेरो बिचारमा l
यत्रो मिहिनेत र उर्जा जनताको जीवनस्तर कसरी सुधार्ने भन्ने कुरामा लगाई दिएको भए धन्यबाद भन्नु हुन्थ्यो l
नत्र हामीलाई तात्तो न छारो !
यो महिनाको १४ कारोबार दिनमा,
११ दिन NEPSE १९०० को लाइनमा बसेछ l
NEPSE:1,958.75..........................................Previous [1,974.37] (-15.62 / -0.79%)...................................Previous (-24.58 / -1.23%) SENSIND (347.80).........................................Previous (351.1 (-3.38 / -0.96%)........................................Previous (-4.86 / -1.36%) Turnover :2,891,319,979.88...................................Previous [3,795,748,296.39] Volume:6,978,321................................Previous [9,762,803]
|
|
#112 Sun May 05, 2024 6:27 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-२३ (2024-05-05) ---------------------------- प्रश्न :बजारप्रति लगानीकर्ताहरुमा किन निराशा छाएको ?
उत्तर : सयको नोटमा चुच्चे नक्शा नभएकाले
प्रश्न :+2 सकेपछि सबैले किन विदेश जान चाहेको ?
उत्तर : सयको नोटमा चुच्चे नक्शा नभएकाले
प्रश्न :लगानी सम्मेलन किन सफल भएन ?
उत्तर : सयको नोटमा चुच्चे नक्शा नभएकाले
प्रश्न :भ्रष्टहरु किन जेलमा नपरेको ?
उत्तर : सयको नोटमा चुच्चे नक्शा नभएकाले
प्रश्न :देश दिनप्रति दिन किन अधोगती लागेको ?
उत्तर : सयको नोटमा चुच्चे नक्शा नभएकाले
महंगी किन बढेको ?
व्यापार घाटा किन बढेको ?
कर्मचारीलाई तलब खुवाउन किन ऋण लिनु परेको ?
त्यो क्षेत्रको ज्ञान सुन्य भएको मान्छे किन त्यहि गएर मन्त्रि बनेको ?
अदालतका न्यायाधिसले किन घुस खाएको ?
बोक्सीको घरले पैसा कमाउदा किन अरु धेरै नेपाली सिनेमाहरुले चाही लगानीसम्म नउठाएको ?
बिरामीका आफन्तले घरीघरी किन डाक्टर कुटेको ?
सबै समस्याको जड त सयको नोटमा रहेको नेपालको पुरानो नक्शा पो रहेछ l
समस्या पत्ता लगाई हाले,
अब चाही देशमा केहि हुन्छ हुन्छ l
NEPSE:1,974.37..........................................Previous [1,998.96] (-24.58 / -1.23%)...................................Previous (-7.31 / -0.36%) SENSIND (351.1 .........................................Previous (356.05) (-4.86 / -1.36%)........................................Previous (-1.48 / -0.41%) Turnover :3,795,748,296.39...................................Previous [4,133,362,726.23] Volume:9,762,803................................Previous [9,498,298]
|
|
#113 Fri May 03, 2024 6:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
पोहोर यो समयमा नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाएको भनेर
गज्जबले अनुसन्धानहरु चली रहेको थियो l जनताबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रसंशित भइ रहदा,
शक्तिकेन्द्रहरु भने उनलाई पदबाट हटाउने तयारीमा लागि सकेका थिए l
२० गते टोप बहादुर रायमाझी र उनको छोराको नाममा पक्डाउ पूर्जी जारी भएको थियो र छोरा चाही पक्डाउ पनि परेका थिए l
आजको दिन २१ गते भने ओलीजीले प्रचन्डलाई भेटेर टोप बहादुरको बारेमा कुरा गरेको भनेर,
सबैतिर समाचार आएका थिए l उनले भने आफुहरु बीच TRC विधेयक बारे चर्चा भएको बताएका थिए l
नक्कली भुटानी शरणार्थी काण्डमा त्यो बेला मन्जु खाँड, आरजु देउबा र बालकृष्ण खाँडको नाम पनि जोडिएको थियो l
पछि बालकृष्ण खाँड पक्डाउ परेर पनि अहिले धरौटीमा छुटी सके l
अहिले आएर पक्डेको जातिलाई विस्तार छाड्ने र थप अनुसन्धान अगाडि नबढाउने योजनामा सरकार पुगे जस्तो देखिन्छ,
नभए खोइ त ठुला-ठुला कुरा गर्ने अहिलेका गृहमन्त्रीले अनुसन्धान र कारबाही अगाडि बढाएको ?
बजारको त के कुरा गर्नु र अब आउने मौद्रिक नीतिको समिक्षाले पनि 'हात्ती आयो हात्ती आयो फुस्सा' हुने त होला ?
|
|
#114 Tue Apr 30, 2024 6:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-१८ (2024-04-30) ---------------------------- पोहोर बैसाखमा तनहुमा भएको उपनिर्वाचनमा स्वर्णिम वाग्ले ३४९१९ मत पाएर बिजयी भएका थिए भने
कांग्रेसको २०१२२ र एमालेले पाएको मत ८४८८ थियो l
त्यस्तै रबी लामिछानेले ५४१७६ मत पाएकोमा,
कांग्रेसको ११२१४ र एमालेले पाएको मत संख्या जम्मा १०९३६ मात्र थियो l
कामभन्दा कुरो ठुलो, प्रचण्ड र ओलीजीकै आशिर्बाद लिएर गृहमन्त्री बन्ने हतारो र सहकारीको काण्डका कारण,
एक बर्षमा स्वतन्त्र पार्टी 'जमानतै' जफत हुने तहमा ओर्लियो l
माघ १७ २०८० मा पाँच अर्ब माथिको Turnover भएको थियो,
जुनबेला reinsurance को पूंजी २० अर्ब पुर्याउने भनेर हल्ला चलाईदै थियो,
त्यसपछि आजको दिनसम्म बजारले ११ पटक ४ अर्ब माथिको Turnover गरेको देखिन्छ,
त्यस मध्ये पनि आजको Turnover सबैभन्दा धेरै हो,
पोहोर जस्तै, परार जस्तै मौद्रिक नीतिलाई खुकुलो पारेर देशको अर्थतन्त्रलाई चलाएमान बनाउनु पर्छ भनेर,
यसपाली पनि चर्चा शुरु भएको छ,
यसपाली पनि मौद्रिक नीतिको समिक्षापछि 'लगानीकर्ताहरु निराश' भनेर ठुला-ठुला समाचारका headline बन्ने त होलान ?
त्यस्तो नहोस् भनि आशामुखी बन्ने कोशिस गरौ l
हर क्षेत्रमा तमाशा छ,
अहिले चाही अदालत र प्रेस एक अर्काको आमने सामने भएका छन्,
सिधाकुरालाई समाचार डिलिट गर्न लगाएर l
कोहि न्यायाधिसले पैसा खाएको छ भनि आरोप लागेमा,
न्यायाधिस माथी छानबिन गर्नेकी,
समाचारनै हटाउन लगाउने ?
सायद जनता र नेताहरुलाई यहि फण्डाले बैशाख महिनाका बाँकि दिनहरु कटाउन सहज पार्ने छ l
NEPSE:2,006.28..........................................Previous [1,980.34] (+25.93 / +1.30%)...................................Previous (+0.07 / +0.00%) SENSIND (357.54).........................................Previous (351.95) (+5.58 / +1.58%)........................................Previous (+1.14 / +0.32%) Turnover :4,800,044,601.66...................................Previous [2,959,458,501.43] Volume:11,838,150................................Previous [7,341,177] « Last edit by nissan on Tue Apr 30, 2024 6:34 pm. »
|
|
#115 Mon Apr 29, 2024 6:40 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-१७ (2024-04-29) ---------------------------- पोहोर आजको दिन सरकारले महाबिर पुनसंग बार्ता गरेको थियो,
उनी अविष्कार केन्द्रको केहि मागहरु लिएर अनसन बसेका थिए l
त्यस्तै त्यो बेला नयाँ Stock Exchange को खुब चर्चा थियो,
कोहि पक्ष र कोहि बिपक्षमा छदै थिए,
दुई जना सांसद अमरेश कुमार सिंह र सोविता गौतमले नयाँ Stock Exchange को खुब बिरोध गरेका थिए,
नयाँ ल्याएर सरकारले आम्दानी गुमाउने होइन बरु,
NEPSE लाईनै सुधार गरेर अगाडि बढ्नु पर्छ भन्ने उनीहरुको राय थियो l
लगानी सम्मेलन सकियो आज,
बिहानैदेखि लगानी सम्मेलन सफल भो, लगानी सम्मेलन सफल भो, भनेर अनन्तजी उफ्रेको उफ्रेयै हुनुहुन्छ l
कान्तिपुर र अन्नपूर्णका साहूहरु र न्यायमूर्तिहरुको अहिले चली रहेको चर्चा हेर्दा र सुन्दा,
देशमा पक्कै केहि न केहि खिचडी पाक्दै गरेको अनुभुती हुन्छ l
अब उपनिर्वाचनका दुवै सिट एमालेको पोल्टामा परेपछि,
ओलीजीले फेरी हौसिएर कोकोलाई तथानाम गाली गर्ने हुन् कुनी,
अनि साँच्ची,
उद्धब पौडेलजीको भवन बनाउन चाही बिदेशी लगानी भित्रेछ कि भित्रिएनछ ? NEPSE:1,980.34..........................................Previous [1,980.27] (+0.07 / +0.00%)...................................Previous (+14.33 / +0.72%) SENSIND (351.95).........................................Previous (350.80) (+1.14 / +0.32%)........................................Previous (+2.62 / +0.75%) Turnover :2,959,458,501.43...................................Previous [2,682,586,955.82] Volume:7,341,177................................Previous [6,878,159]
|
|
#116 Fri Apr 26, 2024 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
पहिला चौधरी ग्रुपबाट बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउन र
अहिले बृहस्पति विद्या सदनसँग भएको बालमन्दिरको जग्गा लिज सम्झौता खारेज गराउन,
ukaalo.com को खोज समाचारले ठुलो योगदान पुर्याएको छ,
ukaalo team लाइ धेरै धेरै बधाई तथा धन्यबाद छ है,
अर्को महत्वपूर्ण कुरा यो बिज्ञापन रहित पोर्टल पनि हो l
|
|
#117 Thu Apr 25, 2024 6:57 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
11. Migration Card
12. Marriage Certificate
|
|
#118 Thu Apr 25, 2024 6:24 pm
|
Member
Registered: Oct 2013
Posts: 7682
|
7: Garib card 8: Student Id 9: Birth certificate 10: Death certificate
In future: 1: Senior citizen 2: Widow card
|
|
#119 Thu Apr 25, 2024 6:05 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-१३ (2024-04-25) ---------------------------- एउटा सामान्य नेपाली नागरिकलाई सरकारले दिएको Cardको माला,
1) Voter Card
2) Driving License
3) Citizenship
4) Passport
5) NID Card
6) Pan Card
Voter कार्ड लिन कम्ति दुख दिएन, दुई दुई पटक,
अनि चुनाबको बेला चाही नागरिकता देखाएर मत दिनुहोस भन्छ निर्बाचन आयोग l
Driving License लिँदाको दुख र Card हात पार्न लाग्ने समय त सबैलाई थाहै छ,
NID Card लिन पनि एक बर्षभन्दा बढी कुर्नु पर्छ, print गर्न नभ्याएर l
जनताले पाउने यी सब झामेलाका बाबजुद,
भविष्यमा सरकारले जनतालाई अरु कुन कुन Card भिडाउन सक्ला ?
यसो अड्कल काटौ त l
NEPSE:1,965.93..........................................Previous [1,969.17] (-3.24 / -0.16%)...................................Previous (+0.15 /+0.00%) SENSIND (348.1 .........................................Previous (348.55) (-0.37 / -0.10%)........................................Previous (+0.60 / +0.17%) Turnover :2,366,975,594.12...................................Previous [2,536,431,998.50] Volume:6,312,552................................Previous [7,284,272]
|
|
#120 Wed Apr 24, 2024 6:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-१२ (2024-04-24) ---------------------------- कतारका राजा पनि गए,
कतारको जनसंख्या थोरै छ,
त्यसमा पनि कतारकै नागरिकको संख्या चाही १२-१३% मात्र छ रे l
सम्भावनाकै कुरा गर्ने हो भने त कतारमाभन्दा नेपालमा कति धेरै चिज छन्,
नेतृत्वनै बिचौलिया जस्तो भएपछि हुने यस्तै रहेछ l NEPSE:1,969.17..........................................Previous [1,969.02] (+0.15 /+0.00% )...................................Previous (-15.41 / -0.77%) SENSIND (348.55).........................................Previous (347.95) (+0.60 / +0.17%)........................................Previous (-2.80 / -0.80%) Turnover :2,536,431,998.50...................................Previous [2,058,305,185.19] Volume:7,284,272................................Previous [5,656,282]
|
|
#121 Mon Apr 22, 2024 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-१० (2024-04-22) ---------------------------- लगानीकर्ताहरु सबैलाई बधाई छ, भोली सरकारले बजार घट्न नदिने भयो,
अनि कसरी भन्न मिल्छ सरकार ६० लाख लगानीकर्ताहरुको चिन्ता गर्दैन भनेर l
नेकपा स्थापनाको ७५ बर्ष पुरा भएको अबसर पारेर, पुर्बराष्ट्रपती बिद्या भण्डारीलाई सम्मान गरिएको कार्यक्रममा,
आफुहरु सत्तामा पुग्दा पनि मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको भनेर देउबाले प्रश्न गरेका छन् l
इलामको उपनिर्वाचनको प्रचार र हल्लाले मेडिया र सामाजिक संजाल रंगिएका छन् l
त्यहाँबाट जल्ले जितेनी राष्ट्रिय राजनीतिमा उसको भूमिका खाशै केहि हुने देखिदैन तर
पनि सबैले यसलाई आफ्नो इज्जतको बिषय बनाएका छन्,
कतारका राजाले के के कोशेली ल्याउने रहेछन हेरौ,
अब दुई दिन ट्राफिक जाम त मस्तले गराउलान जस्तो छ l
NEPSE:1,969.02..........................................Previous [1,984.43] (-15.41 / -0.77%)...................................Previous (+12.29 / +0.62%) SENSIND (347.95).........................................Previous (350.75) (-2.80 / -0.80%)........................................Previous (+0.28 / +0.08%) Turnover :2,058,305,185.19...................................Previous [2,259,959,456.89] Volume:5,656,282................................Previous [6,393,245]
|
|
#122 Thu Apr 18, 2024 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-०६ (2024-04-1 ---------------------------- पोहोर बैशाख १० गते चितवन र तनहुँमा उपनिर्वाचन हुँदै थियो,
एमाले र कांग्रेस बीच,
चितवनमा एमालेलाई कांग्रेसले सहयोग गर्ने र तनहुँमा चाही एमालेले कांग्रेसलाई सहयोग गर्ने भित्रि सहमति तुहिएपछि,
पोहोर आजको दिन देउबा,प्रचण्ड,नेपाल र बाबुरामहरु तनहुँमा गोबिन्द भट्टराईका लागि भोट माग्न गएका थिए l
आज इलामको चुनाबमा सब छिन्नभिन्न भएका छन् l
अघिल्लो बर्षनै बैशाख ४ गते रबी लामिछानेका driver ३ तल्लाबाट खसेको अबस्थामा भेटिएका थिए,
र बैशाख १९ मा उनको निधन भएको थियो l
बजारको कुरा गर्ने हो भने आजको दिन,
पोहोर र परार NEPSE हरियो बनेको थियो l
माधब नेपाल र ओलीजीबीच निम्न स्तरको छेडखानी चलेको देख्दा,
र सुपको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई हिजो हुँदैन भन्ने एमालेले आज मन नलागी
नलागी समर्थन गरेको देख्दा,
यो गठबन्धन, धेरै परसम्म जाने सम्भावना क्षीण बन्दै गएको छ l
NEPSE:1,972.14..........................................Previous [1,991.71] (-19.56 / -0.98%)...................................Previous (-14.81 / -0.73%) SENSIND (350.47).........................................Previous (353.51) (-3.04 / -0.86%)........................................Previous (-2.26 / -0.63%) Turnover :2,093,612,792.78...................................Previous [2,103,019,218.58] Volume:5,344,613................................Previous [5,471,068]
|
|
#123 Tue Apr 16, 2024 6:11 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-०४ (2024-04-16) ---------------------------- दुई दिन के माधब नेपालले निहु खोजेका थिए,
अब सुदूरपश्चिमको मुख्यमन्त्री उनको दललाई दिने रे,
यो सरकार, यी मन्त्रीहरु र नेताहरुको काम भनेकै रिसाएर ठुस्केकाहरुलाई मनाउनु मात्र भएको छ l
कुर्सी जोगाउनमै सबै उर्जा र समय खर्चिएपछि,
जनताले त ऐना अगाडि उभिएर आफैले आफैलाई 'ई खाइस' भने हुनेभो l
फाल्गुण २० पछिको २८सौ कारोबार दिनमा फेरी NEPSE १९ सयको लाइनमा झरेको छ,
अब एकलट धर्का सर-म्यामहरुले लगानीकर्ताहरुलाई अत्याउछन् l NEPSE:1,991.71..........................................Previous [2,006.52] (-14.81 / -0.73%)...................................Previous (-16.82 / -0.83%) SENSIND (353.51).........................................Previous (355.7 (-2.26 / -0.63%)........................................Previous (-2.42 / -0.67%) Turnover :2,103,019,218.58...................................Previous [2,797,577,432.68] Volume:5,471,068................................Previous [7,223,773]
|
|
#124 Sun Apr 14, 2024 5:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०१-०२ (2024-04-14) ---------------------------- २०७९ बैशाखको पहिलो कारोबारमा NEPSE २९.६ अंकले घटेको थियो.
२०८० बैशाखको पहिलो कारोबारमा चाही NEPSE २.८ अंकले झरेको थियो,
र आज २०८१ शालको पहिलो कारोबार दिनमा पनि NEPSE रातोनै बनेको छ,
लगालग यी तिनवटै कारोबार आइतबारकै दिन परेका रहेछन् l
पोहोर बैशाखमा १९ दिन कारोबार हुँदा बजार जम्मा ५ दिन मात्र हरियो बनेको रहेछ भने
NEPSE चाही ११०.०४ अंकले घटेको रहेछ l
त्यस्तै परार बैशाखमा चाही १८ दिन कारोबार हुँदा ८ दिन चाही बजार हरियो बनेको रहेछ,
र त्यो समयमा NEPSE चाही ३५.२२ अंकले घटेको रहेछ l
हिजोबाट इरानले इजरायलमाथी आक्रमण शुरु गरेको छ त्यसको असर पनि इजरायललाईभन्दा पहिले,
हाम्रो बजार र हाम्रा बिज्ञहरुलाई पर्ने होला फेरी l NEPSE:2,023.35..........................................Previous [2,025.30] (-2.35 / -0.11%)...................................Previous (-10.71 / -0.52%) SENSIND (358.20).........................................Previous (358.19) (+0.01 / +0.00%)........................................Previous (-1.96 / -0.54%) Turnover :3,063,770,943.62...................................Previous [3,485,660,640.32] Volume:7,795,023................................Previous [8,696,918]
|
|
#125 Fri Apr 12, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
भोलीदेखि शुरु हुने नयाँ बर्षको,
सबै सबैमा हार्दिक मंगलमय शुभकामना !
लगानीकर्ताको हिसाबले गत बर्ष जस्तो तनाब अनि पिडा नपाईयोस,
देश भ्रष्ट र अनैतिकहरुबाट छुटकारा पाउने दिशामा लागोस्,
तर आशा भने १% पनि छैन, के गर्ने सुभ त सोच्नै पर्यो l
|