Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०४-०७ (2024-07-22)
----------------------------

हामीले चाही बत्तिको पैसा समयमा तिर्न छुटायौ भने त्यसमा जरिवाना तिर्नु पर्छ,

पहिला समयमा महशुल तिर्नेलाइ ३% छुट दिने गरिएकोमा अहिले २% मा झारिएको छ,


हामीले २० घण्टा लोडसेडिङ भोग्दा उद्योगहरुलाई चाही डेडीकेटेड लाइनबाट बिजुली दिईयो,


उद्योगहरुले त्यसको पैसा तिरेनन्,

प्राधिकरणको दायित्व तिनीहरुसंग त्यो पैसा उठाउनु हो,

तर प्रधानमन्त्री चाही त्यो पैसा उठाउनु भन्दा पनि दलको स्वार्थ पूर्ति गर्न,

उद्योगीहरुलाई रिझाउन तिर लागेका छन्,


यो सिधा-सिधा हामी करदाता माथिको अन्याय हो l



उद्योगीहरुलाई त्यो रकम मिनाहा गर्ने हो भने,

त्यो बापतको रकमको सोध भर्ना एमाले भन्ने पार्टीले गर्नु पर्छ l




अर्को कुरा अदालतले newroad को footpath विस्तार गर्न खुला गरेको र

त्यो पैदल यात्रीहरुको हितमा हुँदा हुँदै,

एमाले फेरी त्यसमा पनि अबरोध गर्न अग्रसर बन्यो,

यो कुरा पनि धेरैले मन पराएका छैनन् l


अब मौद्रिक नीतिको कुरा गरौ,


शुक्रबार सार्बजनिक गर्न अर्थमन्त्रिले green signal दिई सकेको मौद्रिक नीति,

युबराज खतिवडाको entry सँगै पछि धकेलिएको छ,

त्यो किन ?


एक थरि भन्छन, अर्थमन्त्री पौडेललाई फास्लांग फुस्लुंग पारेर,

गभर्नरले पुरानै शैलीको मौद्रिक नीति ल्याउदै थिए,

त्यो ठिक भएन भनेर खतिवडाले रोके,


अर्काथरी भन्छन, मौद्रिक नीति एकदम खुकुलो तयार भएको थियो,

गभर्नरको यो अन्तिम मौद्रिक नीति भएकाले उनि, पुरानो गल्ति सुधार्न चाहन्थे,

तर खतिवडाले धेरै लचक मौद्रिक नीति रुचाएनन र correction गर्न अग्रसर भए,


बास्तबमा कुरो के हो मौद्रिक नीति आएपछिनै खुल्छ होला सायद,

तर शंकर पोखरेलको रुचिमा बिष्णु पौडेललाई dominate गरिएको भान हुन्छ,

खतिवडाजीलाई प्रयोग गरेर, लुम्बिनी प्रदेशको मुख्यमन्त्रि छनौटलाइ हेर्दा पनि यो कुरो प्रष्ट हुन्छ l



बजारलाई चाही यिनीहरु जुधेको होइन मिलेको अबस्थामा मात्र लाभ हुन्छ l








NEPSE:2,488.09..........................................Previous [2,485.94]


(+2.15 / +0.08%)...................................Previous (+61.61 / +2.54%)




SENSIND (448.79).........................................Previous (449.68)


(-0.89 / -0.19%)........................................Previous (+13.53 / +3.10%)




Turnover :13,915,535,440.98...................................Previous [15,238,271,290.98]


Volume:39,754,711................................Previous [41,195,534]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०४-०६ (2024-07-21)
----------------------------


आजको बिस्वासको मत :

Total उपस्थित सांसद - 263

पक्षमा - 188

बिपक्षमा - 74

तटस्थ - प्रेम सुवाल



संसदमा प्रमले आज जवाफ दिंदा कुलमान र गिरीबन्धुको बिषयमा धेरै समय खर्चिए,

राज्यलाई जति चुना लागे पनि लागोस् तर ब्यापारीले हाम्रो पार्टीलाई चन्दा दिए हुन्छ जस्तो

भान भयो बत्तिको महशुल बारे कुरा सुन्दा,

धेरै प्रश्नको जवाफ भोली संसदको प्रश्नोत्तरमा दिने रे,


प्रमले संसदमा share मार्केटको कुरा उठाए,

मार्केटमा खेल्ने ठाउ हुन्छ भन्ने बुझेरनै धितोपत्रमा आफ्नो मान्छे राख्न अनन्तलाइ दवाब दिएको रहेछ,

अब खतिवडा र पौडेलबीच द्वन्द नआईदिए हुन्थ्यो बजारको सुखद भविष्यको लागि,

गभर्नर त अब यसै size मा आइ हाले l







NEPSE:2,485.94..........................................Previous [2,424.32]


(+61.61 / +2.54%)...................................Previous (+59.68 / +2.52%)




SENSIND (449.68).........................................Previous (436.14)


(+13.53 / +3.10%)........................................Previous (+16.37 / +3.90%)




Turnover :15,238,271,290.98...................................Previous [15,548,800,738.21]


Volume:41,195,534................................Previous [39,938,237]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386



2079-04-04 : NEPSE 2,050.59

2080-04-04 : NEPSE 2,163.92



2078-12-24 गते NEPSE 2,464.35 अंकमा थियो,

त्यसपछि हिजोको NEPSE सबैभन्दा उच्च हो,




भन्सार चेक जाँच भएर Taxi मा चढाई सकेको १०० केजी सुन,

तस्करीको भनेर समातिएको थियो साउन ३, २०८० मा,

नयाँ पत्रिकाले त्यो सुन दिपक मलहोत्राको भनेर छपाए पछि,

उनले पोहोर आजको दिन पत्रकार सम्मेलन गरेर आफ्नो संलग्नता नरहेको बताएका थिए,


अहिलेसम्म खोइ कसको सुन हो, को चाही कारबाहीमा परे केहि पत्तो भएन l



परार मौद्रिक नीति साउन ६ गते आएको थियो,

पोहोर मौद्रिक नीति साउन ७ गते आयो,

यसपाली ६ गते आउला त ?






:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०४-०३ (2024-07-18)
----------------------------

२०७८ भाद्र १३ गते NEPSE 3,044.86 अंकमा थियो,

त्यो दिनको Volume 24,888,313 कित्ता थियो र

Turnover चाही 15,651,244,505 को थियो,

आजको Turnover त्यो दिनको भन्दा १० करोडले मात्र कम हो l



Volume चाही असार ३१, २०७८ मा 58,502,109 कित्ताको भएको थियो,

त्यसपछिको सबभन्दा धेरै Volume आजको हो,


Turnover को कुरा गर्ने हो भने,

अहिलेसम्म २० अर्बको एक दिन र २१ अर्बको २ दिन मात्र कारोबार भएको छ l


२०७७ माघ २५ गते NEPSE मा पहिलो पटक १० अर्ब माथिको Turnover भएको थियो,




Volume र Turnover हेर्दा लगानीकर्ताहरु यो बुलमा आफु छुटिने पो होकी भनेर,

आक्रामक तरिकाले अघि बढेको देखिन्छ l











NEPSE:2,424.32..........................................Previous [2,364.63]


(+59.68 / +2.52%)...................................Previous (+54.04 / +2.33%)




SENSIND (436.14).........................................Previous (419.77)


(+16.37 / +3.90%)........................................Previous (+10.25 / +2.50%)




Turnover :15,548,800,738.21...................................Previous [12,059,266,113.47]


Volume:39,938,237................................Previous [32,095,937]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०४-०२ (2024-07-17)
----------------------------

२०७८, भाद्र १५ गते NEPSE 2,975.84 अंकमा थियो,

त्यो दिनको Turnover 13,259,696,107 को थियो भने,

share volume 23,109,713 कित्ताको थियो,


त्यो दिन पछिको अर्थात् ३४ महिनापछिको सबभन्दा धेरै Turnover आजको हो l



२०७८,भाद्र २ गते NEPSE ले All Time High (3,198.60) को Record बनाएको त सबैलाई थाहा नै छ l

अर्को महत्वपूर्ण कुरा, आजको Volume २०७८,भाद्र २ गतेपछिको सबैभन्दा धेरै हो,

भाद्र २, २०७८ मा 36,509,751 कित्ता share कारोबार भएको थियो l


अन्तिममा भन्नु पर्दा Turnover धेरै उत्ताउलो तरिकाले बढ्नु पनि त्यति जरुरी छैन,

आस्थे आस्थे बढेको दिगो हुन्छ l











NEPSE:2,364.63..........................................Previous [2,310.59]


(+54.04 / +2.33%)...................................Previous (+70.18 / +3.13%)




SENSIND (419.77).........................................Previous (409.51)


(+10.25 / +2.50%)........................................Previous (+12.33 / +3.10%)




Turnover :12,059,266,113.47...................................Previous [9,138,629,642.41]


Volume:32,095,937................................Previous [25,836,285]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०४-०१ (2024-07-16)
----------------------------

.............................


NEPSE:2,310.59..........................................Previous [2,240.41]


(+70.18 / +3.13%)...................................Previous (-17.18 / -0.76%)




SENSIND (409.51).........................................Previous (397.18)


(+12.33 / +3.10%)........................................Previous (-4.07 / -1.01%)




Turnover :9,138,629,642.41...................................Previous [8,731,436,037.15]


Volume:25,836,285................................Previous [25,079,079]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-३१ (2024-07-15)
----------------------------



...............



NEPSE:2,240.41..........................................Previous [2,257.59]


(-17.18 / -0.76%)...................................Previous (+52.97 / +2.40%)




SENSIND (397.18).........................................Previous (401.25)


(-4.07 / -1.01%)........................................Previous (+9.59 / +2.44%)




Turnover :8,731,436,037.15...................................Previous [7,620,498,520.87]


Volume:25,079,079................................Previous [22,047,327]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-३० (2024-07-14)
----------------------------


................



NEPSE:2,257.59..........................................Previous [2,204.61]


(+52.97 / +2.40%)...................................Previous (+29.21 / +1.34%)




SENSIND (401.25).........................................Previous (391.66)


(+9.59 / +2.44%)........................................Previous (+5.90 / +1.53%)




Turnover :7,620,498,520.87...................................Previous [7,080,698,146.05]


Volume:22,047,327................................Previous [20,237,780]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386

2079-03-28 : एमालेका अर्थ बिभागका सदस्य M.Adhikari, गभर्नर भएको शंकाले पुरा दिन तातेको थियो

NEPSE चाही 11.68 अंक बढेर 1927.28 मा पुगेको थियो l






2080-03-28 : पत्नी शोकका कारण प्रचन्डले ३ दिन औपचारिक कार्यक्रममा भाग नलिने निर्णय,

सांसद तोशिमा कार्कीले सीता दाहालको मलामी जाँदा बोलेको कुराले,

सबैतिर उनलाई खेदेको खेदयै थिए l

हेलिकप्टरहरु फटाफट दुर्घटनामा पर्न थालेपछि, Share holder ले हेलिकप्टर

उडाउन नपाउने नियम पनि यसै दिन आएको थियो l






2081-03-28 : पहिरोले २ वटा Night Bus बगायो,

प्रधानमन्त्री प्रचण्डले डेढ बर्षमा ५ पटक बिस्वासको मत लिए

र अन्तिम पटक भने जम्मा ६३ मात्र मत पाएर, प्रम पदबाट पदमुक्त भए,

राष्ट्रपती ७६(२) कि ७६(३) कुन धारा आकर्षित हुन्छ भन्ने छलफलमा,

जोखिम देखिएको जिल्लामा night bus संचालनमा गृह मन्त्रालयले रोक लगायो,

भैरहवा एरपोर्टमा बुद्ध air को बिमान चिप्लिएर धावन मार्ग अबरुद्ध l






:) :)
« Last edit by nissan on Fri Jul 12, 2024 7:07 pm. »
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-२७ (2024-07-11)
----------------------------


पोहोरको कुरा गर्दा आजको दिन, प्रचण्डकि पत्नी सीता दाहालको मृत्यु भएको थियो,

TMS मा समस्या आएको पनि थियो त्यो दिन,


बालेनले footpath ब्यबसायी हटाएको भन्दै,

पोहोर आजकै दिन, 'चमेली ग्यांग' महानगरपालिकाको कार्यालय घेर्न पुगेको थियो,

यहि समुहले बागमती किनारको सुकुम्बासी बस्ती हटाउन खोज्दा पनि बिरोध जनाएको थियो,

NEPSE 2,097.55 अंकमा थियो भने त्यो दिन NEPSE 25.31 अंकले बढेको थियो l



परार आजको दिन चाही NEPSE 1,915.61 अंकमा थियो र त्यो दिन NEPSE 77.01 अंकले घटेको थियो l




आजको कुरा गर्ने हो भने,


२०८०-०४-०८ गतेपछि आज पहिलो पटक NEPSE ले २२०० को अंक पार गर्न सफल भएको छ,

र साउन ७ गतेपछिको NEPSE को यो सबभन्दा उच्च अंक हो,

साउन ७ गते Monetary policy सार्बजनिक भएको थियो र

त्यो दिन NEPSE अघिल्लो दिनको 2,163.92 अंकबाट 63.24 अंक बढेर 2,227.16 अंकमा पुगेको थियो,

हो त्यो दिनपछि आजको NEPSE सबैभन्दा उच्च हो l



Turnover ले पनि माघ ७, २०८० पछि पहिलो पटक ७ अर्बको आँकडा कटाएको छ l




आजका Top 10 Turnover :


CHDC-GBIMEP-HRL-SGIC-NRN-JFL-STC-MBJC-UAIL-MEN



आजको Top 10 Volume :


GBIMEP-SAGF-NICSF-SFEF-SIGS3-KBL-MBJC-PRVU-GHL-SGIC



आजको Top 10 Gainers :


BHL-C30MF-NIBLSTF-JFL-CMF2-KSY-NIBSF2-PMLI-SMFBS-KBLD89



आजको Top 10 Losers :


SAMAJ-SDLBSL-NMB50-CCBD88-GFCL-ANLB-BNT-CYCL-MKJC-MLBSL









NEPSE:2,204.61..........................................Previous [2,175.40]


(+29.21 / +1.34%)...................................Previous (+23.25 / +1.08%)




SENSIND (391.66).........................................Previous (385.75)


(+5.90 / +1.53%)........................................Previous (+4.82 / +1.26%)




Turnover :7,080,698,146.05...................................Previous [5,744,083,391.51]


Volume:20,237,780................................Previous [15,296,739]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-२६ (2024-07-10)
----------------------------


पोहोर आजको दिन मनांग air को हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो,

त्यो दुर्घटनामा Captain CB Gurung सहित ५ जना Mexican नागरिकको मृत्यु भएको थियो,


पोहोरको अरु कुरा सम्झनु पर्दा KP ओली 'ललिता निवास' र 'नक्कली भुटानी शरणार्थी काण्ड' सरकारको स्टन्ट मात्र हो भन्दै थिए,

त्यो बेला तपाईहरुलाई याद होला,

आरजु देउबालाई नक्कली शरणार्थी काण्डमा संलग्न देखाउने खालको एउटा audio सार्बजनिक भएको थियो,

पछि उनले त्यो audio आफुलाई फसाउन खोजिएको नक्कली audio भएको भनेर सार्बजनिक रुपमा बोलेकी थिईन,

त्यो audio को आवाज भने संदेश शर्मा जो यहि case मा जेलमा परेका थिए,

उनीसंग मिलेको थियो l




यो महिनामा अहिलेसम्म भएको सबभन्दा कम Turnover भनेको २ अर्ब ९९ करोडको हो,

पोहोर असार महिनामा चाही कम Turnover भनेको २ अर्ब ३७ करोडको भएको थियो,

परार असार महिनामा चाही सबभन्दा कम Turnover ७३ करोडको मात्र भएको रहेछ l


आज मुकुल ढकालले आफुलाई कारबाही गरेको रिष पोखेछन,

कुन दिन कसलाई सांसद बनाउन कति पैसा लिएको भनेर पनि कुरा खोल्लान जस्तो छ l





NEPSE:2,175.40..........................................Previous [2,152.14]


(+23.25 / +1.08%)...................................Previous (+15.79 / +0.73%)




SENSIND (385.75).........................................Previous (380.96)


(+4.82 / +1.26%)........................................Previous (+3.50 / +0.92%)




Turnover :5,744,083,391.51...................................Previous [5,535,958,885.31]


Volume:15,296,739................................Previous [11,661,208]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-२५ (2024-07-09)
----------------------------


आजको Top 10 Gainers मा,

एउटा hydro बाहेक बाँकि सबै microfinance परेछन l


जेष्ठ १ गतेदेखि NEPSE २००० अंक माथी टिकी रहेको छ,


नयाँ आर्थिक बर्षसँगै नयाँ सरकार आउने भयो,

यत्रो समय पाएको बेला कोको मन्त्रि बन्ने हो त्यो चाही अहिलेनै टुंग्याएर बसेदेखि,

फटाफट नियुक्ति र काम गर्न सहज हुन्थ्यो,



नयाँ आउने अर्थमन्त्रीले पनि मन्त्रि बन्नासाथ्,

share मार्केटलाई आफुले प्राथमिकतामा राख्ने कुरा बोल्न चाही नटुटाउलान,


लगानीकर्ताहरुका संगठनका मान्छेले पनि अर्थमन्त्रीसंग भेटेर फोटो खिचाउनेनै छन्,

र अर्थमन्त्रीलाई आफुहरुले सकारात्मक पाएको भनेर आफ्नै पोर्टलमा अन्तरबार्ता पनि छपाउने छन्,



तर आफु भने उधारो कुरो होइन, खनखन्ती cash मा कुरो आयो भने मात्र पत्याउने निर्णयमा पुगिएको छ l



पोहोर आजको दिन प्रचण्ड संसदमा उभिएर,

प्रितम सिंहका बारेमा स्पष्टीकर दिंदै थिए l




NEPSE:2,152.14..........................................Previous [2,136.35]


(+15.79 / +0.73%)...................................Previous (-4.62 / -0.21%)




SENSIND (380.96).........................................Previous (377.45)


(+3.50 / +0.92%)........................................Previous (-0.76 / -0.20%)




Turnover :5,535,958,885.31...................................Previous [4,569,836,106]


Volume:11,661,208................................Previous [10,475,181]


:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-२४ (2024-07-08)
----------------------------

......................



NEPSE:2,136.35..........................................Previous [2,140.97]


(-4.62 / -0.21%)...................................Previous (+21.27 / +1.00%)




SENSIND (377.45).........................................Previous (378.22)


(-0.76 / -0.20%)........................................Previous (+3.52 / +0.93%)




Turnover :4,569,836,106...................................Previous [6,002,931,854.71]


Volume:10,475,181................................Previous [14,014,622]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-२३ (2024-07-07)
----------------------------

बर्षात भर्खरै शुरु हुँदैछ,

यतिमै यत्रो क्षेती र डुबान भइ सक्यो,

दलहरु चारतिर फर्केर बसेका छन्,

सरकार चलाउनेहरुको प्रमुख चासो, कसरी आफुलाई धोखा दिनेलाई पछार्न सकिन्छ भन्नेमै देखिन्छ,


यो बिपतबाट बच्न केके तयारी गर्ने हो त्यो बारे कुनै महत्वपूर्ण तयारी भएको देखिन्न,


त्यो बेचन झा भन्ने मान्छेको समाचार आउदैन त खोइ ?




माघ ४, २०८० मा NEPSE 2,155.82 अंकमा थियो, त्यसपछि नेप्सेको सबभन्दा माथिल्लो अंक आजको हो l




परार साउन ६ गते शुक्रबार र पोहोर साउन ७ गते आइतबार मौद्रिक नीति सार्बजनिक भएको थियो l








NEPSE:2,140.97..........................................Previous [2,119.70]


(+21.27 / +1.00%)...................................Previous (+15.47 / +0.73%)




SENSIND (378.22).........................................Previous (374.70)


(+3.52 / +0.93%)........................................Previous (+1.84 / +0.49%)




Turnover :6,002,931,854.71...................................Previous [6,482,546,980.64]


Volume:14,014,622................................Previous [22,167,678]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-२० (2024-07-04)
----------------------------

पोहोर यो समय पनि प्रचण्डका लागि खाशै सुखद थिएन,

प्रितम सिंह नाम गरेका एक जना भारतीय ब्यापारीको पुस्तक विमोचनको क्रममा,

प्रचण्डले बोलेको कुरोलाई लिएर,

एमालेले चारैतिर बबण्डर मच्चाउदै थियो,




प्रचण्डले, सिंहले आफुलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्लीमा दौडधुप गरेको बताएका थिए l




ओलीजीसंगको यो गठबन्धन गर्दा, प्रचण्डले माधब नेपाललाइ थाहा पत्तासम्म दिएनन्,

अझ भनौ वास्तै गरेनन,

अहिले यो घडीमा प्रचण्ड तिनै माधब नेपालको व्यग्रताका साथ् प्रतिक्षा गरि रहेछन,

महाधिबेसनबाट सर्वसम्मत अध्यक्षमा चुनिई हाले,

अब एक राउण्ड उनले पनि प्रचण्डको पक्षमा माहौल बनाउन दौड चलाउने पक्का छ l



Turnover :



2080-3-20 : 3,073,992,136.78


2079-3-20 : 4,349,273,593



2080-10-07 गते ७ अर्ब माथिको Turnover भएको थियो,

आजको Turnover त्यसपछिको सबैभन्दा ठुलो हो l







NEPSE:2,119.70..........................................Previous [2,104.22]


(+15.47 / +0.73%)...................................Previous (+3.79 / +0.18%)




SENSIND (374.70).........................................Previous (372.85)


(+1.84 / +0.49%)........................................Previous (+2.13 / +0.57%)




Turnover :6,482,546,980.64...................................Previous [5,083,528,935.17]


Volume:22,167,678................................Previous [17,134,082]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-१९ (2024-07-03)
----------------------------

संक्रमणकाल दुई चार दिन लम्बिने भो,

माओबादीले एक डेढ बर्ष सत्ता बाहिर बसेर संगठन निर्माणमा लागे भइ हाल्यो त,


७-८ महिनामा ओलीजीसंग कांग्रेसको खटपट शुरु भइ हाल्छ,

अनि आफ्नो म्याजिक देखाए भइगो त प्रचन्डले,



त्यति बेलासम्म बजारले पनि केहि काँचुली फेर्थ्यो कि ?


अरुलाई भन्दा बढी, हाम्रो बजारलाई चाही माओबादीको सरकार पटक्कै फापेन,




NEPSE :


2080-3-19 : 2,088.70 (12.73 अंक बढेको)


2079-3-19 : 2,086.42 (57.65 अंक बढेको)










NEPSE:2,104.22..........................................Previous [2,100.43]


(+3.79 / +0.18%)...................................Previous (+47.04 / +2.29%)




SENSIND (372.85).........................................Previous (370.71)


(+2.13 / +0.57%)........................................Previous (+8.94 / +2.47%)




Turnover :5,083,528,935.17...................................Previous [4,576,831,720.09]


Volume:17,134,082................................Previous [11,645,905]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-१८ (2024-07-02)
----------------------------

एमालेमा शंकर पोखरेल र बिष्णु पौडेलको टकराव कुनै लुकेको बिषय होइन,

ओलीजीले उनै पोखरेललाइ बिद्या भण्डारीजीपछि पार्टी अध्यक्ष बनाउने रोलक्रममा राखेका छन्,

अहिले कांग्रेससंगको गठबन्धन बनाउनमा पनि बिष्णु पौडेल होइन शंकर पोखरेलनै सक्रिय भएको देखिन्छ,

अनि शंकर पोखरेलले दुख गरेर बनाएको गठबन्धनमा,

खुरुक्क उपप्रधान तथा अर्थमन्त्रि चाही बिष्णु पौडेलजीलाई बनाईएला भनेर मलाई चाही विश्वास लाग्दैन,




तर एमालेबाट जो अर्थमन्त्री भए पनि 'बा' प्रम भएपछि,

उनले नियुक्ति दिएका, उनका प्रिय गभर्नर साबले भने मौद्रिक नीति राम्रो ल्याईदिने आशा गर्न सकिन्छ l




प्रचन्डले अहिले गर्दिन भने पनि अलि कुल down भएपछि राजिनामा गर्छननै,



कांग्रेस र एमालेको गठबन्धन पनि चुनाबसम्म त जाँदैन होला,



बरु माओबादीलाई केहि समय सत्ता बाहिर राखेर अत्याएर,

bargaining powerघटाएर, फेरी पार्टी एकीकरण गर्ने भनेर,

चुनाबमा गठबन्धन चाही गरेरै जान्छन्,

त्यसका लागि बिद्या भण्डारीजीलाइ अध्यक्ष बनाउने भनेपछि, प्रचन्डले पनि मानि हाल्छन् l




रास्वपालाई चाही ओलीजीले यति छिटै 'बिबेकशिल' बनाई दिए l


यो महिनामा NEPSE पहिलो चोटी २१०० मा पुगेको छ,










NEPSE:2,100.43..........................................Previous [2,053.38]


(+47.04 / +2.29%)...................................Previous (+16.29 / +0.80%)




SENSIND (370.71).........................................Previous (361.77)


(+8.94 / +2.47%)........................................Previous (+3.01 / +0.84%)




Turnover :4,576,831,720.09...................................Previous [2,999,965,021.53]


Volume:11,645,905................................Previous [7,165,735]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-१७ (2024-07-01)
----------------------------


राजनीतिक घटनाक्रम तिब्र गतिले अगाडि बढी रहेको छ,

आजको रात यिनीहरुले अनेक तिकडम गरेर बिताउने छन्,


ओली-देउबा र दाहालमा सबभन्दा लचकदार प्रचण्ड छन्,

उनले पनि अन्तिम चाल त अबस्यंनै चाल्लान l


मुख्य कुरो हामीलाई के त ?







NEPSE:2,053.38..........................................Previous [2,037.09]


(+16.29 / +0.80%)...................................Previous (-14.83 / -0.72%)




SENSIND (361.77).........................................Previous (358.75)


(+3.01 / +0.84%)........................................Previous (-2.42 / -0.67%)




Turnover :2,999,965,021.53...................................Previous [3,607,198,407.66]


Volume:7,165,735................................Previous [9,178,895]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-१६ (2024-06-30)
----------------------------

बेचन झा पक्राउ परेसंगे कांग्रेसमा बेचैनी सुरु भयो भन्ने हल्ला छ,




एमाले र माओबादीले धितोपत्र बोर्डको अध्यक्ष पदका लागि,

सर्बांग नांगिन पनि कुनै संकोच मानेनन्,

बाहिर भन्ने बेलामा सुशासन, पारदर्शिता र भ्रष्ट्राचारमा 'सुन्य' सहनशीलता भन्ने,

अनि भित्र-भित्र चाही आफ्नो मान्छे ल्याएर अरबौ घप्ला गर्ने योजना बनाउने,

तर लगानीकर्ता र देशको पुँजी बजार बारे चाही यत्ति पनि चासो र चिन्ता छैन l






पहिला हरिबोल गजुरेल कृषिमन्त्री हुँदा,

गमलामा रोपाई गरेथे,

हिजो चाही राष्ट्रपतीज्यूले शितल निवासलाइनै खेत बनाएछन,

देशका बास्तबिक कृषकहरु छाक टार्नका लागि रोपाई गर्छन,

हामी रमितेहरुलाई चाही 'खाको पचाउन' रोपाई गरेको फोटो खिचाएर हिंड्नु परेको छ,

बाध्यता आ-आफ्नै !




ओलीजी र देउबाजीले हिजो खाएको दहि चिउराको चिसोले,

प्रचण्डजीको पेट गडबड भए जस्तो छ,

नजिककाहरु औषधी खोज्न दौडीसके रे l








NEPSE:2,037.09..........................................Previous [2,051.92]


(-14.83 / -0.72%)...................................Previous (-8.24 / -0.40%)




SENSIND (358.75).........................................Previous (361.18)


(-2.42 / -0.67%)........................................Previous (-1.56 / -0.43%)




Turnover :3,607,198,407.66...................................Previous [3,715,903,824.54]


Volume:9,178,895................................Previous [8,901,195]



:) :)
« Last edit by nissan on Sun Jun 30, 2024 6:51 pm. »
Member
Registered: Oct 2013
Posts: 7682
If they needed 3 candidates, why did not they include the 6th person???
Member
Registered: Oct 2013
Posts: 1386


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न, नाम सिफारिस गर्न भनेर बनेको समितिले ४ महिना लगाएर,

बिभिन्न बैठकका नाममा भत्ता पचाएर ,आज ४ महिनापछि अहिलेसम्म गरेका सबै प्रकृया रद्ध भएको

बिज्ञप्ति निकालेछ अर्थ मन्त्रालयले l


अब कुनै दिन फेरी अर्को समिति बन्ला, अध्यक्षका लागि नाम सिफारिस गर्न भनेर,

तर सेटिंग गरेर Presentation मा दुई-दुई पटक अनुपस्थित हुने यी तिन जनालाई,

फेरी आबेदन दिन अयोग्य ठहर्याउनु उपयुक्त हुन्छ l


एमाले र माओबादीको धितोपत्र बोर्डको अध्यक्ष लिने होडबाजीले,

केहि राम्रो होलाकी भनेर आश गरेर बसेका लगानीकर्तालाइ,

फेरी एकपटक नराम्रोसंग निराश बनाएको छ l


खुलेआम यसरी setting गर्न त अलिकता सरम लाग्नु पर्ने हो यिनीहरुलाई ?






:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-१३ (2024-06-27)
----------------------------

पोहोर आजको दिन प्रतिनिधि सभामा पहिलो पटक बजेट पारित गर्न मतदान भएको थियो,

१४७ मत सहित बजेट पारित भएको थियो र

राष्ट्रपती पौडेल ११ दिनको अस्पताल बसाई पछि आज discharge भएका थिए l



NEPSE चाही आजकोभन्दा पोहोर आजको दिन लगभग सय अंकले बढी थियो l


SEE को Result ले देशको शिक्षा नीति गलत रहेको एकपटक फेरी पुष्टि गरेको छ,



आजका Top 10 Gainers :



1) TVCL

2) MLBLD89

3) ADBLD83

4) MKJC

5) SBID83

6) SABLD83

7) HBLD83

8) PBLD84

9) CCBD88

10) NMBD2085



Top 10 Gainers मा २ वटा Hydro र बाँकि ८ वटा चाही Debenture परेछन l










NEPSE:2,051.92..........................................Previous [2,060.16]


(-8.24 / -0.40%)...................................Previous (-11.60 / -0.56%)




SENSIND (361.18).........................................Previous (362.74)


(-1.56 / -0.43%)........................................Previous (-2.27 / -0.62%)




Turnover :3,715,903,824.54...................................Previous [4,058,047,734.22]


Volume:8,901,195................................Previous [8,727,164]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-१२ (2024-06-26)
----------------------------

..........


NEPSE:2,060.16..........................................Previous [2,071.77]


(-11.60 / -0.56%)...................................Previous (+5.60 / +0.27%)




SENSIND (362.74).........................................Previous (365.02)


(-2.27 / -0.62%)........................................Previous (+0.20 / +0.05%)




Turnover :4,058,047,734.22...................................Previous [4,187,796,833.89]


Volume:8,727,164................................Previous [9,435,454]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-११ (2024-06-25)
----------------------------




आजका समाचारहरुका headline यसो पढ्ने होकी


काठमाडौँका सडकमा संघ सरकारले छुट्यायो किल्ला !

कोशीका मुख्यमन्त्री बिरुद्ध परेको रिट खारेज !

साउनदेखि सिंहदरबारको गेट पास online बाट लिनु पर्ने !

सबै सार्बजनिक सेवा लिन अब राष्ट्रिय परिचय पत्र अनिबार्य !

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित !

मामको योजनामा भान्जाको घरबार २ करोडको लुटपाट !

एकिकृत समाजबादीको भावी अध्यक्षका लागि माधब र झलनाथ तिब्र दौडधुपमा !

पतंजलिको हदबन्दी छुटको जग्गाबारे अनुसन्धान गर्न सिआईबीको टोली काभ्रेमा !


लचिलो मौद्रिक नीतिको पुर्ब तयारी शुरु, सबै आरोपबाट मुक्त हुने गभर्नरको चाहना - bizshala !


तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउछ, भविष्यवाणी नगरौ - bizpati !


महान्यायाधिवक्ताको कार्यालयले भन्यो २ जनाको नाम सिफारिस गर्न मिल्दैन, बाँकि कानून पढ्नु - singhadarbar !

आगामी आर्थिक बर्षको मौद्रिक नीति बजेटले लिएको सुधारलाई केन्द्रमा राखेर आउछ - capitalnepal !

ऋणको भारले थिचिएकाहरु मौद्रिक नीतिमा आफ्नो स्वार्थ ठोक्काउन खोजी रहेका छन् - clickmandu !



अर्थमन्त्री बर्षमान पुनको दाबी, आगामी मौद्रिक नीति खुकुलो आउछ, share बजार फेरी लयमा फर्कन्छ - arthasarokar !

मौद्रिक नीति देश र अर्थतन्त्रको हित हुने गरि आउछ : गभर्नर - arthasarokar !

तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउछ, भविष्यबाणी नगरौ : गभर्नर - arthasansar !




NEPSE:2,071.77..........................................Previous [2,066.16]


(+5.60 / +0.27%)...................................Previous (+3.21 / +0.15%)




SENSIND (365.02).........................................Previous (364.81)


(+0.20 / +0.05%)........................................Previous (+0.39 / +0.10%)




Turnover :4,187,796,833.89...................................Previous [5,077,255,116.15]


Volume:9,435,454................................Previous [10,707,878]



:) :)
Member
Registered: Oct 2013
Posts: 1386
२०८१-०३-१० (2024-06-24)
----------------------------

DIG पोषराज पोखरेललाई AIG बनाउन सिफारिस गरिएछ,

त्यो पनि २ दिनका लागि,

यो केका लागि थाहा छ ?

बढी सेवा सुबिधा र पेन्सनका लागि,


अनि सिफारिस गर्ने स्वाँठहरु चाही आफ्नो बाउ-बाजेको सम्पत्ती जसरी,

२ दिनका लागि AIG बनेस भनेर आशिर्बाद दिन्छन,


अनि तिनको खर्चको भार चाही हामी जनताले उठाउनु पर्ने l



अहिले अख्तियारले मुद्धा हालेको मुख्यसचिबले पनि अवकाशको २ दिन अघि मात्र नियुक्ति पड्काएका रहेछन l




अलि अगाडि ......मैनालीले सचिब पदबाट अवकास हुने ७ दिन अगाडि मात्र,

स्वैक्छिक अवकाश रोजेर ७ बर्षको तलब भत्ता लिएका थिए र ७ वर्षपछि नियमित पेन्सन पनि चालु भएको थियो l



यसरी यिनीहरु आफुले लुट्ने र आफ्नाहरुलाई लुट्न दिनमै मस्त छन्,

कुनै कुराको सुधारमा यिनको कुनै चासो छैन l






अहिले अख्तियारले मुख्य सचिवलाई बिशेष अदालतमा मुद्धा दायर गरि रहँदा,

पोहोर आजकै दिनको एउटा घटना याद आयो,

पोहोर आजकै दिन, अख्तियारले पशुपतीनाथको मन्दिरमा सेना खटाएर,

सबै ढोका बन्द गरेर, दर्शन गर्न जान पनि नदिएर, जलहरिको सुनको तौल लिएको थियो,

अहिले त्यो काण्डका आरोपी सबै अदालतबाट सफाई पाएर आ-आफ्नो काममा फर्कीसके l



यिनले पनि सफाई पाए भने अनौठो नमान्दा हुन्छ, त्यसकै लागि योजना आयोगमा पद पनि सृजना गरि सकिएको छ l






NEPSE:2,066.16..........................................Previous [2,062.94]


(+3.21 / +0.15%)...................................Previous (-5.37 / -0.25%)




SENSIND (364.81).........................................Previous (364.42)


(+0.39 / +0.10%)........................................Previous (-0.63 / -0.17%)




Turnover :5,077,255,116.15...................................Previous [4,374,597,458.65]


Volume:10,707,878................................Previous [9,561,727]



:) :)

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Sharesansar Forum Powered By Miracle Hub