Author |
Post |
|
#26 Thu Aug 22, 2024 10:20 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०५-०६ (2024-08-22) ---------------------------- onlinekhabar ले अर्थमन्त्रीसंग अन्तरबार्ता लिएछ,
त्यसमा सोधिएका २० प्रश्नमा,
share मार्केट र मौद्रिक नीति सम्बन्धि ७ वटा प्रश्न रहेछन,
अनि अन्तरबार्ताको शिर्षक पनि share market लाई जोडेर राखिएको छ,
बास्तबमै गाउँदेखि शहरसम्म र चिया पसलदेखि संसदसम्मै आजभोली,
share मार्केटकै कुरा हुन् थालेको छ,
पारिवारिक जमघटमा पहिला राजनीतिक दल र नेताहरुलाई
गाली गर्नमा अधिकांस समय खर्च हुन्थ्यो भने,
आजभोली त्यस्तो समय
share मार्केट र आफ्नो stock को price को बारेमा चर्चा गरेर बित्न थालेको छ l
Tiktok को प्रतिबन्ध हटेसँगै यसपालीको तीज थप रंगिन हुने देखियो,
यसपाली राखी बाँध्ने दिन भारत भ्रमणमा हुँदा हुँदै पनि,
परराष्ट्रमन्त्री आरजु राणाले 'बिजेपी'का भाइलाइ राखी बाँधेको समाचार पढ्न पाइएन,
जबकी २ बर्षअघि ति भाइ नेपाल भ्रमणमा आउदा उनले बाकाइदा राखी बाँधी दिएको तस्बिर र
समाचार पढ्न पाइएको थियो,
यसपाली मोदिजीले आरजुजीलाई राम्रै महत्व दिएको देखियो,
यहि निहुमा नेपालको सयको नोटमा छापिने भनेको चुचे नक्शा कतै
नछापिने पो होकी, या
भारतले परराष्ट्रमन्त्रीसंग खुशी भएर लिपुलेकनै फिर्ता पो गर्ने होकी ?
NEPSE:2,974.46..........................................Previous [2,968.44] (+6.01 / +0.20%)...................................Previous (+2.11 /+0.07%) SENSIND (533.86).........................................Previous (530.11) (+3.75 / +0.70%)........................................Previous (+1.25 / +0.23%) Turnover :19,160,652,085.56...................................Previous [18,906,373,792.01] Volume:40,951,720................................Previous [41,454,611]
|
|
#27 Wed Aug 21, 2024 7:51 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०५-०५ (2024-08-21) ---------------------------- पोहोर आजको दिन बिश्वमभर प्रसाद श्रेष्ठले प्रधानन्यायाधिस पदको सपथ लिएका थिए,
अघिल्लो बर्ष यो समयमा एमालेले निरन्तर संसद अबरुद्ध गरि रहेको थियो,
त्यो हटाउन आजकै दिन राष्ट्रपतिले सर्बदलीय बैठक आह्वान गरेका थिए,
त्यो बैठकमा एमाले सहभागी भएन, अनि त्यो दिन पनि संसद खुल्न सकेन,
कांग्रेस माओबादीलाई अर्थमन्त्रालय दिएर आफुले गृह लिन निकै जोडतोडले लागेको थियो,
पोहोर आजको दिन NEPSE 2,015 र Turnover चाही १अर्ब तेत्तिस करोडको थियो,
यसपालीको कुरा गर्दा धेरै पक्षहरु बजार बिकासका लागि सकारात्मक देखिन्छन्,
Share बेच्नेले अब Correction आउछ र Share किन्ने या hold गर्नेले चाही अब बजार त
बढ्नेनै हो भन्नु एकदम सामान्य कुरा हो, यसमा कसैले दिमाग घुमाइ रहनै परेन,
मौद्रिकनीतिको पहिलो त्रैमासिक समिक्षामा अझ डोरी खुकुलो हुन् सक्छ,
अहिलेसम्मको बाताबरणले त्यहि भन्छ l
NEPSE:2,968.44..........................................Previous [2,966.33] (+2.11 /+0.07%)...................................Previous (-34.47 / -1.14%) SENSIND (530.11).........................................Previous (528.85) (+1.25 / +0.23%)........................................Previous (-6.65 / -1.24%) Turnover :18,906,373,792.01...................................Previous [28,836,997,376.12] Volume:41,454,611................................Previous [65,475,366] « Last edit by nissan on Wed Aug 21, 2024 7:54 pm. »
|
|
#28 Sun Aug 18, 2024 10:54 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०५-०२ (2024-08-1 ---------------------------- भाद्र २ गतेलाई त कसैले भुलेको छैन होलानी,
२०७८ को भाद्र २ गते NEPSE ले All Time High को Record बनाएको थियो,
जुन आज पनि यथावतनै छ,
२०७८ शाल जेष्ठ ३१ गते पहिलो पटक NEPSE ले ३००० अंक कटाएको थियो,
त्यो दिन Turnover लगभग १९ अर्बको थियो,
त्यस दिनको सबैभन्दा बढी share कारोबार भएका 10 कम्पनीहर यस प्रकार छन् :
Hydro : NHPC, API, AHPC,AKPL, HDHPC,
Bank : SRBL, KBL,CBL,MEGA र NCCB
असार १ मा धितोपत्र बोर्डले ५१ वटा अयोग्य कम्पनीको नाम सार्बजनिक गर्यो र
भोलीपल्ट नेप्से २९०० को लाइनमा झर्यो,
२०७८ साउन १९ मा NEPSE ले पहिलो पटक ३१०० को अंक पार गरेको थियो,
३१०० अंक पार गरेको १२ औ दिनमा Nepse मा All Time High को Record बनेको थियो,
अहिलेसम्म जम्मा १४ दिन मात्र NEPSE ३१०० अंक माथी टिक्न सकेको छ l
NEPSE:2,966.33..........................................Previous [3,000.81] (-34.47 / -1.14%)...................................Previous (+43.05 / +1.45%) SENSIND (528.85).........................................Previous (535.51) (-6.65 / -1.24%)........................................Previous (+16.01 / +3.08%) Turnover : 28,836,997,376.12...................................Previous [29,958,519,216.95]Volume:65,475,366................................Previous [68,980,346]
|
|
#29 Fri Aug 16, 2024 7:19 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
यो साउन महिनामा २२ दिन कारोबार भएछ,
जस मध्ये १७ दिन बजार हरियो भयो भने ५ दिन मात्र रातो,
साउन १ गते NEPSE 2,310.59 अंकमा थियो भने
हिजो यो महिनाको अन्तिम कारोबारको दिन NEPSE 3,000.81 मा पुगेर अडिएको छ,
भनेपछि यो महिनामा NEPSE 690.22 अंकले बढेको छ,
यो महिनामा कुल 1,016,499,523 कित्ता share को कारोबार भयो भने
यो महिनाको कुल Turnover 418,203,070,798.61 भएको छ,
यो महिनाको सबैभन्दा कम Turnover 9,138,629,642.41 हो भने
सबैभन्दा धेरै Turnover 29,958,519,216.95 को हो,
यो महिनामा १० वटा कारोबार त २० अर्ब माथिको भएको छ जसमध्ये
२५ अर्ब माथिको ३ वटा कारोबार पर्छन l
|
|
#30 Thu Aug 15, 2024 7:43 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-३१ (2024-08-15) ---------------------------- पुराना सबै Turnover र Volume को Record तोडिएको छ आज,
लगभग ३० अर्बको Turnover पनि यति छिटै देख्न पाइयो,
५ दिनको लगालगको कारोबारमा एक खर्बको Turnover नाघेको छ,
यो हप्ता आइतबारदेखि बिहिबारसम्ममा 127,925,599,276.53 को अर्थात् १२ अंकको कारोबार भएको छ,
त्यस्तै यो हप्ता 298,173,058 कित्ता share को कारोबार भएको छ,
यसपाली NEPSE ले सबैलाई झुक्याएको अवस्था छ,
पोहोर आजको दिन NEPSE 2,025 अंकमा थियो भने
पोहोर अघिल्लो दिनको मन्त्रिपरिषद्को बैठकले देशभर जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको थियो,
त्यो निर्णयले अब मार्केटमा बुल आउछ भनेर खुब हल्ला थियो,
२०७८ शालमा आजको दिन भने बुलको उत्कर्षको समय या हप्ता चली रहेको थियो,
आजको दिन NEPSE 3,154 र
Turnover चाही अघिल्लो बुलको सबैभन्दा धेरै भएको दिन थियो,
त्यो दिन 21,647,600,654.50 को Turnover भएको थियो l
NEPSE:Turnover : 3,000.81..........................................Previous [2,957.75] (+43.05 / +1.45%)...................................Previous (+34.29 / +1.17%) SENSIND (535.51).........................................Previous (519.49) (+16.01 / +3.08%)........................................Previous (+8.34 / +1.63%) Turnover : 29,958,519,216.95...................................Previous [23,430,581,150.48] Volume:68,980,346................................Previous [51,230,340] « Last edit by nissan on Thu Aug 15, 2024 7:45 pm. »
|
|
#31 Thu Aug 15, 2024 3:30 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
|
|
#32 Wed Aug 14, 2024 8:53 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-३० (2024-08-14) ---------------------------- आज TRC बिधेयक संसदमा छलफल भएको र यो पास हुँदैछ भन्ने घटनालाई,
बजारले सकारात्मक तरिकाले लिएको छ,
राम्रा कुराहरुले सधै लगानीकर्ताहरुको मनोबल बढाउने काम गर्छ,
त्यसैले बजारलाई संबेदनशील भनिएको हो,
एक बर्ष अघि चाही आजको दिनमा यी कुरा भएका रहेछन :
NEPSE ३१ अंकले घटेर २,०४५ मा आइपुगेको थियो,
Turnover २ अर्ब १५ करोडको थियो,
मान्छेहरु आजको Turnover मात्र हेर्छन र प्याच्च संसदमा बोलि दिन्छन,
तिनीहरुले एक बर्षअघिको लगानीकर्ताहरुको दुख कस्तो थियो,
त्यसको कुनै पर्वाहनै गर्दैनन्,
पोहोर आजकै दिन,
एक क्विन्टल भनेको सुन गालेर जोख्दा ६०.७१६ kg निस्किएको थियो,
महराले फलफुल ब्यापारीको रुपमा सुन तस्कर भनिएका चिनिया नागरिकलाई चिनेको भनि बताएका थिए र
केशब स्थापित एमालेबाट अलग भएका पनि रहेछन l
आज अर्को एउटा Record बन्यो,
यस अघि NEPSE मा लगालग ५ दिनको Turnover 97,596,137,865 को थियो,
यो Turnover २०७८ शालमा NEPSE ले All Time High बनाएको हप्ताको हो,
तर खुशीको कुरो त्यो Turnover यसपाली ४ दिनमानै तोडिन पुगेको छ र
यो हप्ताको ४ दिनको Turnover 97,967,080,059.58 रहेको छ l
NEPSE:2,957.75..........................................Previous [2,923.46] (+34.29 / +1.17%)...................................Previous (-8.18 / -0.27%) SENSIND (519.49).........................................Previous (511.15) (+8.34 / +1.63%)........................................Previous (-1.32 / -0.25%) Turnover :23,430,581,150.48...................................Previous [21,515,010,633.31] Volume:51,230,340................................Previous [52,764,832]
|
|
#33 Tue Aug 13, 2024 7:12 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-२९ (2024-08-13) ---------------------------- २१ अर्बको Turnover आउदा पनि,
आज किन थोरै Turnover आयो भनि सम्झने दिन पनि आयो,
पोहोर आजको दिन अर्थमन्त्रीले banker हरुलाई बोलाएर किन ऋण लगानी हुन् सकेन भनेर सोधेका थिए,
पोहोर आजको दिन NEPSE 2,077 मा थियो,
परार पनि आजको दिनमा NEPSE 2,010 मा थियो,
त्यहि दिन भारतका सफल Share लगानीकर्ता राकेश झुनझुनवालाको ६२ बर्षको उमेरमा निधन भएको थियो l
NEPSE:2,923.46..........................................Previous [2,931.65] (-8.18 / -0.27%)...................................Previous (+70.81 / +2.47%) SENSIND (511.15).........................................Previous (512.47) (-1.32 / -0.25%)........................................Previous (+10.56 / +2.10%) Turnover :21,515,010,633.31...................................Previous [27,242,034,765.89]Volume:52,764,832................................Previous [64,876,217] « Last edit by nissan on Tue Aug 13, 2024 7:14 pm. »
|
|
#34 Mon Aug 12, 2024 10:05 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-२८ (2024-08-12) ----------------------------
Share Market मा आज फेरी अर्को Record बनेको छ,
Turnover र Volume दुबैले हिजोको आफ्नो Record तोडेका हुन्,
२०७८ माघ ४ गते मंगलबारका दिन Turnover लगभग साढे ८ अर्ब र NEPSE चाही 2,936.65 अंकमा थियो,
NEPSE ले All Time High को Record बनाएको ७३ औ कारोबार दिनमा नेप्से 2,281.67 अंकमा आइपुगेको थियो,
हो त्यसपछि बढ्दै - घट्दै NEPSE 2,947अंकसम्म पुगेको थियो,
हो त्यसपछि बल्ल ३० महिनापछि NEPSE ले २९०० को अंक देख्न पाएको हो,
हेर्दा छिटो-छिटो २९०० अंकमा पुगेको देखिए पनि लगानीकर्ताहरुले यो अंक देख्नका लागि अढाई बर्ष कुर्नु परेको छ l
NEPSE:2,931.65..........................................Previous [2,860.84] (+70.81 / +2.47%)...................................Previous (+94.46 / +3.41%) SENSIND (512.47).........................................Previous (501.91) (+10.56 / +2.10%)........................................Previous (+18.23 / +3.76%) Turnover : 27,242,034,765.89...................................Previous [25,779,453,509.90]Volume: 64,876,217................................Previous [60,321,323]
|
|
#35 Sun Aug 11, 2024 10:39 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-२७ (2024-08-11) ---------------------------- यस अघि न त ६ करोडको लाइनको Share को कित्ता कारोबार भएको थियो,
न त
कहिल्यै २५ अर्ब बढीको Turnover मार्केटमा देखिएको थियो l
र आजैनै NEPSE २८ सय कटेर त्यसैमा टिकेको छ,
NEPSE लाई २८ सयको अंकमा पुग्न अढाई बर्ष कुर्नु परेको थियो,
यस अघि २०७८-१०-२७ गते बिहिबारका दिन NEPSE 2,801.56 अंकमा थियो l
NEPSE: 2,860.84..........................................Previous [2,766.38] (+94.46 / +3.41%)...................................Previous (+6.70 / +0.24%) SENSIND (501.91).........................................Previous (483.6 (+18.23 / +3.76%)........................................Previous (+0.21 / +0.04%) Turnover : 25,779,453,509.90...................................Previous [20,070,434,103.38] Volume: 60,321,323................................Previous [50,946,832]
|
|
#36 Thu Aug 08, 2024 9:01 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-२४ (2024-08-0 ---------------------------- संबेदना सुन्य सांसदहरु भएको देश,
राजनीतिमा गरिने छल बाहेक केहि नजान्ने सांसद भएको देश,
बोलेर हिरो बन्न खोज्ने तर त्यसको असर कहाँसम्म पुग्छ भन्ने बाल नभएका सांसदहरुको देश,
उदाहरणका लागि आजको अर्थसमितिको बैठक चलेको समयलाई हेर्नुस,
आफ्नो विज्ञता नभएको क्षेत्रबारे बोल्दा र संवाद गर्दा त त्यो क्षेत्रका बिज्ञहरुसंग यसो भलाकुसारी गर्नु,
बजार दुई तिन बर्ष यसरी घट्दा कोहि चुइक्क नबोल्ने अनि,
अलिकता उँभो लाग्न थाल्यो कि,
कोहि share बेच्नेले दिएको चिर्कटो संसद्को बैठकमा पढ्ने त
कोहि अर्थ समितिको बैठक राखेर लगानीकर्ताहरुलाई निराश बनाउन खोज्ने ?
अरु बेला सांसद सुर्य थापाका कुराहरु त्यति चित्त नबुझे पनि,
आज भने उनले बजारकै पक्षमा आफ्नो कुरा राखेका छन्,
त्यसका लागि उनलाई धन्यबाद l
NEPSE:2,766.38..........................................Previous [2,759.67] (+6.70 / +0.24%)...................................Previous (+108.35 / +4.08%) SENSIND (483.6 .........................................Previous (483.46) (+0.21 / +0.04%)........................................Previous (+18.90 / +4.06%) Turnover :20,070,434,103.38...................................Previous [17,950,918,627.83] Volume:50,946,832................................Previous [38,041,267]
|
|
#37 Wed Aug 07, 2024 6:59 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-२३ (2024-08-07) ---------------------------- आज फेरी अर्को दुर्घटना भयो,
Air Dynasty को हेलिकप्टरका चालक सहित ४ चिनिया यात्रुको पनि निधन भयो,
हामी नेपालीहरु र नेपाललाई यो के दशा लागेको हो ?
बजारको कुरा गर्दा, केहि समयको लागि,
यसले पछाडी फर्कन चाहेको देखिएन,
धेरै आत्तिनेहरु र अर्काको लहै लहैमा लाग्नेहरुका लागि share मार्केट त्यति उपयुक्त ठाउं हुँदै होइन,
आफ्नो स्वअध्ययन र धैर्य नहुनेहरु यतातिर नलाग्दानै राम्रो !
पोहोर आजको दिनको कुरा गर्ने हो भने,
बल्ल आजको दिन संसद चलेको थियो, आजको दिन गृहमन्त्री(रबी लामिछाने सहकारी काण्डको बारे)ले
आफ्नो कुरा संसदमा राख्न पाएका थिए, तर जवाफ चित्त बुझेन भनेर कांग्रेसले पुन: संसद अबरुद्ध गरेको थियो,
महाबिर पुनले आफ्नो बिभूषण बेच्न लागेको भनेर सरकारले सचेत गराएको थियो,
पोहोर आजको दिन NEPSE 2,019.85 अंकमा थियो l
NEPSE:2,759.67..........................................Previous [2,651.32] (+108.35 / +4.08%)...................................Previous (-145.05 / -5.18%) SENSIND (483.46).........................................Previous (464.56) (+18.90 / +4.06%)........................................Previous (-27.22 / -5.53%) Turnover :17,950,918,627.83...................................Previous [ 23,716,716,874.10] Volume:38,041,267................................Previous [53,844,237]
|
|
#38 Tue Aug 06, 2024 8:51 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-२२ (2024-08-06) ---------------------------- नेपाली Share Market को लागि कालो दिन,
M.Adhikari भुलाउने दुई खलनायकहरु असंबेदनशील बन्दा,
बजार यसरी घट्न पुग्यो,
यत्रो समय थलिएको बजार खुट्टा तन्काउने तरखरमा मात्र के थियो,
बजारका खलनायकहरुले धावा बोलि हाले,
बजार घट्नै हुन्न भन्ने पक्षमा कोहि छैन तर उसले आफ्नो लयमा,
आफ्नो यात्रा तय गर्नु पर्छ,
तर यिनीहरुको यो प्रायोजित अभिव्यक्तिले केहि क्षेण असर गरे पनि,
बजारले आफ्नो गति भने लिनेछ,
छुटेकाहरुले सँगै अघि बढ्ने आबसर पाउने छन्,
Turnover ले आज इतिहास रचेको छ l
लाखौ लगानीकर्ताहरुले यी असंबेदनशीलहरुलाई भने सम्झिरहनु पर्छ, चुनाबमा काम लाग्छ l NEPSE:2,651.32..........................................Previous [2,796.38] ( -145.05 / -5.18%)...................................Previous (+40.76 / +1.47%) SENSIND (464.56).........................................Previous (491.7 (-27.22 / -5.53%)........................................Previous (-0.97 / -0.19%) Turnover : 23,716,716,874.10...................................Previous [21,864,992,277.64] Volume:53,844,237................................Previous [49,773,730]
|
|
#39 Tue Aug 06, 2024 8:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
Dubosi7 जी पापको घैंटो बंगलादेश र श्रीलंकामा जस्तै यता पनि भरिई सकेको हो तर,
त्यो बिष्फोट हुन् एउटा निहु मात्र चाहिएको छ,
त्यो निहु पनि अन्यत्र खोजी रहनै नपर्ला,
यिनीहरुलेनै उपलब्ध गराउने छन् l
|
|
#40 Tue Aug 06, 2024 9:43 am
|
Member
Registered: Mar 2018
Posts: 2362
|
के नेपालीहरु बंगलादेश र श्रीलंका तिर टुलु-टुलु हेर्दै बस्न्या हुन् ? "बहादुर" शब्दको अब अर्थ खोज्ने बेला भएन ?
|
|
#41 Mon Aug 05, 2024 7:24 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-२१ (2024-08-05) ---------------------------- २१ अर्ब माथिको Turnover ले ह्याट्रिक मारेको छ,
एउटा कुरा चाही के सत्य हो भने,
यसपालिको बढाईमा धर्का मास्टरहरु २-४ सय अंक अगाडिनै छुटे जस्तो देखिन्छ l
अमरेश सिंहले यस अघि नयाँ stock exchange आउनु हुन्न भनेर पनि संसदमा बोलेका थिए,
आफै मार्केट बारे जानकार छन् कि उनलाई टिपोट दिने चाही देशको ठुलै खेलाडी हो अलि भेउ पाउन सकिएन,
प्रेम सुवाल दाजुले पनि बोल्नु हुन्छ,
महत सरलाई चाही गभर्नरले आफुलाई सहयोग नगरेको,
नत्र आफ्नै पालामा बजार गुटुंगटुंग हुन्थ्यो भन्ने लागेर हो केके केके बोलेको l
पोहोर आजको दिन NEPSE 2,051 तिर र Turnover चाही २ अर्बको लाइनमा थियो,
२०७८ को यो बेला चाही NEPSE लगालग तिन दिनदेखि ३१ सय अंक माथी अडि रहेको थियो l
राजनीतिक कुरा गर्ने हो भने,
श्रीलंका र बंगलादेशको घटना हेर्दा,
हाम्रा नेताहरु बेलैमा नसुध्रने हो भने,
नेपालमा पनि उग्र खालको बिद्रोह हुने सम्भावना देखिन्छ है,
जनतामा भित्र-भित्र रहेको एक किसिमको उकुसमुकुस, बिष्फोट हुने चरणमा पुगी सकेको छ र
छिमेकमा भइ रहेका यस्ता घटनाले यता पनि त्यस्तै प्रेरणा मिल्ने कुरालाई नजर अन्दाज कदापी गर्नु हुन्न कसैले पनि l
NEPSE:2,796.38..........................................Previous [2,755.62] (+40.76 / +1.47%)...................................Previous (-5.29 / - 0.19%) SENSIND (491.7 .........................................Previous (492.75) (-0.97 / -0.19%)........................................Previous (-3.29 / -0.66%) Turnover :21,864,992,277.64...................................Previous [21,713,431,007.74] Volume:49,773,730................................Previous [51,321,629]
|
|
#42 Fri Aug 02, 2024 6:25 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-१७ (2024-08-01) ---------------------------- यो हप्ता Nepse मा सबैभन्दा धेरै Turnover को Record बनेको छ,
लगालग २ दिन २१ अर्ब बढीको Turnover पनि यसअघि कहिल्यै भएको थिएन,
यो आइतबार देखि बिहिबारसम्म बजारमा 96,311,099,053.51 को कारोबार भएको देखिन्छ,
यो पाँच दिनमा बजारमा 230,766,712 कित्ता share को कारोबार भएको छ l
अब कुरा गरौ अघिल्लो बुलको,
बजारले Turnover र Nepse मा All Time High को Record बनेको हप्ता,
पाँच दिनमा Total Turnover 97,596,137,865 को भएको थियो,
त्यो हप्ता 162,204,380 कित्ता share को कारोबार भएको थियो l
बजार मजाले बढेको अबस्य हो,
तर ३२०० नकटी बजार केकेन बढ्यो भनेर हल्ला पिटी रहनु पनि जरुरी देखिदैन l
NEPSE:2,755.62..........................................Previous [2,760.91] (-5.29 / - 0.19%)...................................Previous (+64.26 / +2.38%) SENSIND (492.75).........................................Previous (496.04) (-3.29 / -0.66%)........................................Previous (+10.66 / +2.19%) Turnover : 21,713,431,007.74...................................Previous [21,911,503,161.06]Volume:51,321,629................................Previous [50,967,951]
|
|
#43 Fri Aug 02, 2024 6:20 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-१६ (2024-07-31) ---------------------------- Turnover मा all time high को Record.NEPSE:2,760.91..........................................Previous [2,696.65] (+64.26 / +2.38%)...................................Previous (+35.55 / +1.33%) SENSIND (496.04).........................................Previous (485.3 (+10.66 / +2.19%)........................................Previous (+3.23 / +0.67%) Turnover : 21,911,503,161.06...................................Previous [17,266,391,542.97] Volume:50,967,951................................Previous [40,371,778]
|
|
#44 Fri Aug 02, 2024 6:19 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-१५ (2024-07-30) ---------------------------- -------------------- NEPSE:2,696.65..........................................Previous [2,661.09] (+35.55 / +1.33%)...................................Previous (-20.46 / -0.76%) SENSIND (485.3 .........................................Previous (482.15) (+3.23 / +0.67%)........................................Previous (-4.68 / -0.96%) Turnover :17,266,391,542.97...................................Previous [19,609,177,106.29] Volume:40,371,778................................Previous [47,790,837]
|
|
#45 Fri Aug 02, 2024 6:17 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-१४ (2024-07-29) ---------------------------- ...................... NEPSE:2,661.09..........................................Previous [2,681.56] (-20.46 / -0.76%)...................................Previous (+113.42 / +4.41%) SENSIND (482.15).........................................Previous (486.84) (-4.68 / -0.96%)........................................Previous (+26.78 / +5.82) Turnover :19,609,177,106.29...................................Previous [15,810,596,235.45] Volume:47,790,837................................Previous [40,314,517]
|
|
#46 Fri Aug 02, 2024 6:17 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-१३ (2024-07-2 ---------------------------- ..................... NEPSE:2,681.56..........................................Previous [2,568.13] (+113.42 / +4.41%)...................................Previous (+32.02 / +1.26%) SENSIND (486.84).........................................Previous (460.05) (+26.78 / +5.82)........................................Previous (+7.11 / +1.57%) Turnover :15,810,596,235.45...................................Previous [14,137,899,049.28] Volume:40,314,517................................Previous [35,594,868]
|
|
#47 Fri Jul 26, 2024 7:19 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
मौद्रिक नीति आयो, कति कुरा छुन बाँकि भए पनि धेरै कुरालाई यसले समेटेको छ,
अझ भनौ पुराना आफ्ना गल्तिहरुलाई यसले अब,
द्रुत गतिमा correction गर्न खोजेको देखिन्छ,
हामीले जेमा पनि आलोचना मात्र गर्न छाडेर,
राम्रा कुराको प्रसंशा पनि गर्न सिक्नु पर्छ,
तपाईहरुले याद गर्नु भाछ,
एमाले र कांग्रेसका जति पनि नेताहरुसंग पत्रकारले अन्तरबार्ता गरेका छन्,
तिनले यो गठबन्धनबाट जनतामा खुशी छाएको छ भन्छन र त्यसको प्रमाणको रुपमा share मार्केटको
उदाहरण दिने गरेका छन्,
र भन्ने गरेका छन् कि ५० लाखभन्दा बढी लगानीकर्ता भएको बजार बढ्नुको अर्थनै,
जनताले यो गठबन्धन रुचाएको हो भन्ने पुष्टि गर्छ,
केपी शर्मा ओली जस्तो कुटिल र चतुर नेताले यो कुरा नबुझ्ने कुरै भएन,
उनले महत्वका साथ् संसदको आफ्नो सम्बोधनमा पनि धितोपत्रको बारेमा बोलेकै हुन् l
मलाई लाग्छ कडा मौद्रिक नीति बनाएको अवस्था थियो भने,
यसपाली पनि गभर्नरले पाठ नगरी सिधै वेबसाइटमा पोष्टयाउने काम हुन्थ्यो,
नरमपनका कारणनै सारांश पाठ भएको हुनु पर्छ l
साउन ६, २०७९ मा शुक्रबारको दिन मौद्रिक नीति सार्बजनिक भएको थियो,
त्यसको भोलिपल्ट बजार ६१ अंकले बढेको थियो भने,
साउन ७, २०८०, पोहोर आइतबारको दिन मौद्रिक नीति सार्बजनिक भएको थियो,
यो पाठ नगरी सिधै वेबसाइटमा राखिएको थियो र बजार चलेकै समयमा सार्बजनिक गरिएको थियो,
त्यो दिन बजार ६३ अंकले बढेको थियो भने भोलीपल्ट २६ अंकले घट्न गएको थियो l
यसपाली राम्रो र लचक मौद्रिक नीति आउदै छ भन्ने बजारले पहिल्यै थाहा पाई सकेको थियो र
बजार पनि छोटो समयमै मज्जाले बढी पनि सकेको अवस्था छ,
यो मौद्रिक नीतिले सबै लगनकर्ताहरुको मुहारमा खुशी ल्याउन सकोस र
अढाई बर्षदेखिको कष्टको अन्त्य होस्, भन्ने कामना गरौ सबैले l
|
|
#48 Thu Jul 25, 2024 9:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-१० (2024-07-25) ---------------------------- २०७८ शाल साउन १० गते यो forum मा यस्तो कुरा लेखिएको रहेछ, २०७८-०४-१० (2021-07-25)
2078-03-31 मा NEPSE मा 3,025.83 को नयाँ रेकर्ड बनेको थियो, 'दबंग-51' शैलीको अनेक हण्डर खाएपछि, 42औ दिनमा 3,058,64 अंकको नयाँ रेकर्ड बन्न सम्भब भएको छ,
आजको Turnover पनि........असार २ गतेपछिको सबैभन्दा धेरै हो, Top 5 Volume मा सबै Mutual Fund छन् भने, Top 5 Turnover मा AKPL बाहेक सबै Commercial bank हरु परेका छन्,
NEPSE:3,058.64...........................................Previous [3,004.33]
(+54.31 / +1.81%)...................................Previous (+18.76 / +0.63%)
SENSIND :574.02.........................................Previous [562.28]
(+11.74 / +2.09%)........................................Previous (+4.09 / +0.73%)
Turnover :14,232,417,472.15..................................Previous [11,114,121,615.71]
Volume :43,939,212...................................Previous [55,964,062]
आजको कुरा गर्ने हो भने,
बिमान दुर्घटनामा मान्छे मरे भनेर सरकारले देशको झन्डा आधा झुकायो र
५ सदस्य रहने एउटा छानबिन समिति पनि बनायो, अब उसको काम सक्की पनि हाल्यो,
न त नागरिक उड्डयन प्राधिकरणका DG ले राजिनामा दिनु पर्यो, न त उद्धारमा ढिला सुस्ती भएकोमा कसैले क्षेमा नै मागे l
NEPSE चाही, परार आजको दिन २००० को लाइनमा र पोहोर चाही २१०० को लाइनमा हल्ली रहेको थियो l NEPSE:2,568.13..........................................Previous [2,536.11] (+32.02 / +1.26%)...................................Previous (-27.32 / -1.06%) SENSIND (460.05).........................................Previous (452.93) (+7.11 / +1.57%)........................................Previous (-6.25 / -1.36%) Turnover :14,137,899,049.28...................................Previous [16,208,577,314.53] Volume:35,594,868................................Previous [40,747,226]
|
|
#49 Wed Jul 24, 2024 7:05 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-०९ (2024-07-24) ----------------------------
आजको सुखद खबर : बाँसबारीको CG Group ले हडपेको जग्गा अन्तत: सरकारको नाममा आएको छ l
आजको अत्यन्तै दुखद एबम हृदय विदारक खबर : सौर्य air को बिमान दुर्घटनामा pilot बाहेक, co-pilot सहित १८
यात्रुको निधन,
एरपोर्ट भित्रै दुर्घटना हुँदा पनि समयमा उद्धार हुन् सकेन,
बर्षै पिच्छे एरपोर्टमा नक्कली विमानलाई आगो लगाएर उद्धार कार्यको अभ्यास गरेको भनेर,
प्रचारबाजी र पैसा सक्ने काम गर्छन तर साच्चै आपत आइलाग्दा भने,
समयमा केहि गर्न सक्दैनन,
त्रिशुलीमा खसेको दुईवटा बस खोज्न इंडियालाई गुहार्नु परेको छ,
विमानस्थलभित्रै भएको दुर्घटनामा फटाफट उद्धारको काम हुन् सक्दैन,
त्यहि माथी उद्धारकर्ताहरुलाई काम गर्न अबरोध पुग्ने गरि महामहिमहरु,
फौज लिएर दृष्यावलोकनका लागि निस्कन्छन,
अनि प्रधानमन्त्रीको काम प्राधिकरणका मान्छेसंग ब्रिफिंग मात्र लिएर बस्ने कि,
बारबार यसरी दुर्घटना भइ रह्यो,
EU को कालोसुचीबाट तिमीहरुले निकाल्न पनि सकेनौ भनेर,
उच्च अधिकारिको राजिनामा माग्ने ?
अनि खाली छानबिन समिति बनाएर झारो टारेर मात्र हुन्छ ?
यसमा त pilot जीवितै छन्,
मृत्यु भएको भए त छानबिन समितिले मानबिय त्रुटी भनेर उनलाई दोष दिएर,
आफ्नो काम फत्ते गर्थ्यो,
त्यो बिमान उडाउन मिल्थ्यो कि मिल्दैन थियो,
त्यसको जवाफ कसले दिने ?
सौर्य air आफै दोषी देखिए तिनलाई कसले कारबाही गर्ने ?
अयोग्य मान्छेको नियुक्तिले पनि यस्ता दुर्घटनाहरुमा वृद्धि भएको हो,
जताततै योग्यभन्दा आफ्नालाइ भर्ति गरिएको छ अनि सबैतिर यस्तै बेहाल र बिजोग छ l
भो आजको दिन बजारको चाही कुरा नगरौ l NEPSE:2,536.11..........................................Previous [2,563.43] (-27.32 / -1.06%)...................................Previous (+75.33 / +3.02%) SENSIND (452.93).........................................Previous (459.19) (-6.25 / -1.36%)........................................Previous (+10.40 / +2.31%) Turnover :16,208,577,314.53...................................Previous [14,116,330,995.76] Volume:40,747,226................................Previous [39,790,889]
|
|
#50 Tue Jul 23, 2024 6:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८१-०४-०८ (2024-07-23) ----------------------------
२०७७ शाल माघ २५ गते share मार्केटमा दुई वटा महत्वपूर्ण record बनेको थियो,
त्यो दिन Turnover पहिलो पटक १० अर्बभन्दा बढी भएको थियो भने त्यसै दिन NEPSE ले २५०० को अंक पार गरेको थियो l
र
२०७८ शाल चैत्र २० गतेपछि बल्ल NEPSE ले आज २५०० माथिको अंक देख्न पाएको छ,
यसका लागि २८ महिना लागेको छ,
असार १५ मा ओलीजी र देउवाजीले बालकोटमा दहि चिउरा खाएपछि,
2,037 अंकको NEPSE बढेर आज 2,563 अंकमा पुगेको छ,
जम्मा १८ कारोबार दिनमा NEPSE 526.34 अंकले बढेको हो,
र १८ कारोबार दिनमा १५ दिन हरियो र ३ दिन मात्र रातो भएको देखिन्छ,
अझ भनौ यो छोटो समयमा नेप्से २५% भन्दा बढीले बढेको देखिन्छ l
NEPSE:2,563.43..........................................Previous [2,488.09] (+75.33 / +3.02%)...................................Previous (+2.15 / +0.08%) SENSIND (459.19).........................................Previous (448.79) (+10.40 / +2.31%)........................................Previous (-0.89 / -0.19%) Turnover :14,116,330,995.76...................................Previous [13,915,535,440.98] Volume:39,790,889................................Previous [39,754,711]
|