Page: « < ... 11 12 13 14 15 16 17 18 19 ... > »
Author | Post |
---|---|
#351 Fri Jun 24, 2022 8:46 am
|
|
Member
Registered: Mar 2018
Posts: 2309
|
ब्यवसायीलाई महँगो पर्छ भनेर ब्याज दरलाई जबर्जस्ती थामेर राख्ने काम पनि गर्दैन। अहिलेको वास्तविकता स्वीकार गर्नु पर्छ। पहिलो प्राथमिकता बाह्य क्षेत्रलाई सन्तुलनमा ल्याउने हो। त्यो ल्याउन जे गर्नु पर्छ सबै गर्ने
|
#352 Thu Jun 23, 2022 5:54 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०३-०९ (2022-06-23)
---------------------------- यो Bull को त कुरै भएन, ६ बर्षअघिको Bull को रेकर्डबाट पनि NEPSE लाई तल झारी छोडे, बजारमा NEPSE को प्रत्यक अंक झराईमा गभर्नर साबको ठुलो देन छदै थियो, हिजो फेरी यसलाई थप सहयोग पुग्ने गरि, देशलाई श्रीलंका बनाएरै छाड्ने घोषणा गर्नु भो indirectly, सायद बजारप्रति यति नकारात्मक गभर्नर न पहिला थिए, न भोलीनै होलान, मेरो बुझाईमा 'इच्छाराज तामांग'ले जनताको पैसा सहकारीमा जम्मा गरेर सकिदिए, हाम्रा गभर्नरले जनताका पैसा...............Policy level मा छेडखानी गरेर सकी दिए, दुबैले जनताको पैसा डुबाएका छन्, तामांगलाई कारबाहीको कुरा हुँदा, त्यो भन्दा कहाँ हो कहाँ बढी जनताको पैसा डुबाईदिने(नीति र अभिव्यक्ति मार्फत)गभर्नर साबलाई चाही, अजै समय बाँकि छ भनेर शीरमा राखिरहनु पर्ने यो कस्तो बाध्यता हो हाम्रो ? NEPSE:1,848.28..........................................Previous [1,893.53] (-45.25 / -2.39%)...................................Previous (-31.21 / -1.62%) SENSIND (362.09).........................................Previous [369.15] (-7.06 / -1.91%)........................................Previous (-5.94 / -1.58%) Turnover :1,499,709,635.................................Previous [843,773,459] Volume :5,008,771.................................Previous [3,034,483] |
#353 Tue Jun 21, 2022 6:36 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०३-०७ (2022-06-21)
---------------------------- SEBON ले ढोकामै आएर बसेका लगानीकर्ताहरुसंग बार्ता गर्नु साटो, पत्रकार जम्मा गरेर रमाइलो गरेछ, अर्थमन्त्रालयले त्यहि उपाय सुझायो होला, setting मा व्यक्तिगत लाभका लागि हुने काम फुत्त - फुत्त हुन्छन, सबै जनतालाई अप्ठ्यारो परेको कुरामा, यो र त्यो निहु निकालेर समय तन्काउने मात्र काम गरिन्छ, 'हाम्रो 'कर' खाएर जिबिका चलाउनेहरु, हामीले बढेको भाउमा इन्धन खरिद गरि रहदा, त्यहि इन्धन निशुल्क प्रयोग गर्नेहरु, लाजै नपचाई आफुलाई 'मालिक' सम्झन्छन, SEBON किन खडा गरिएको हो, त्यसको ज्ञान नहुनेहरु त्यहि ठाउमा पुग्दा हुने यहिनै हो, आउने चुनाबमा नचिताएको कुरा हुनेवाला छ, NEPSE:1,924.74..........................................Previous [1,884.81] (+39.93 / +2.12%)...................................Previous (-49.31 / -2.55%) SENSIND (375.09).........................................Previous [366.19] (+8.90 / +2.43%)........................................Previous (-7.66 / --2.05%) Turnover :1,238,518,201.................................Previous [1,750,600,171] Volume :3,712,746.................................Previous [6,186,941] |
#354 Mon Jun 20, 2022 5:41 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
"घर जग्गामा कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश"
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार भू-उपयोग नियमावलीलाई आधार देखाएर बैंकहरुको कर्जा प्रवाह रोक्ने कार्य नागरिकको मौलिक हकमा अनुचित असर पर्ने भएकाले उक्त निर्णय कार्यान्वयन नगर्न भनेको हो। share पनि नागरिकको सम्पत्ती हो, यसमा चाही नियामकहरुले जति सुकै अन्याय र अत्याचार गरे पनि, नागरिकको मौलिक हकमा अनुचित असर नपर्ने रहेछ हैन त ? |
#355 Fri Jun 17, 2022 5:18 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०३-०३ (2022-06-17)
---------------------------- जेष्ठ महिनालाई फर्केर हेर्दा : यो महिनामा जम्मा कारोबार भएको = २१ दिन एक अर्बको लाइनको कारोबार भएको = १७ दिन एक अर्बभन्दा मुनिको कारोबार भएको = ४ दिन यो महिनाको सबभन्दा धेरै Turnover = 1,644,096,193 (जेष्ठ ३ गते) यो महिनाको सबभन्दा कम Turnover = 889,834,909 (जेष्ठ १२ गते) यो महिनाको सबभन्दा धेरै Volume = 5,005,814 (जेष्ठ २५ गते) यो महिनाको सबभन्दा थोरै Volume = 2,324,665 (जेष्ठ १२ गते) रातो = १६ दिन (४ शुक्रबार , ४ मंगलबार, ४ सोमबार,३ बिहिबार र एक बुधबार ) हरियो = ५ दिन (3 वटा बुधबार,मंगलबार र बिहिबार एकएक दिन) यो महिनाको पहिलो कारोबार दिनको NEPSE = २२६५.५२ यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = १९९६.२५ यो महिनामा घटेको NEPSE = २६९.२७ यो महिनाको Total Turnover = 25,876,815,612 NEPSE:1,971.38..........................................Previous [1,978.94] (-7.56 / -0.38%)...................................Previous (+12.57 / +0.64%) SENSIND (381.14).........................................Previous [381.83] (-0.69 / -0.18%)........................................Previous (+2.93 / +0.77%) Turnover :736,312,158.................................Previous [1,187,145,519] Volume :2,355,001.................................Previous [3,594,594] |
#356 Thu Jun 16, 2022 6:25 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०३-०२ (2022-06-16)
---------------------------- 2078-03-01 गते, SEBON ले NEPSE 3,022.11 अंकमा रहेको बेला, योजनाबद्ध रुपमा बजारलाई घात गर्ने उद्धेश्यले, आफ्नो एक बिज्ञप्ति मार्फत, .......साबधान !.................. भनेर...... 51 वटा company को नाम सार्बजनिक गरिदिएको थियो, त्यसको भोलीपल्ट आजकै दिन, त्यो list को ३८ औ नम्बरमा परेको कम्पनीको 1,570077 कित्ता share कारोबार भयो, त्यसपछिका २ दिन पनि यहि कम्पनीका धेरै share किनबेच भए, हो लगानीकर्ताहरुको मनोबल गिराउने कामको थालनी यहि list बाट सुरु भएको थियो, त्यो कालो दिनको सांकेतिक बिरोध स्वरुप पनि, तिलकजीले आफ्नो अनसनको सुरुवातका लागि, असार १ गतेलाई छानेको हुनु पर्छ, NEPSE:1,978.94..........................................Previous [1,966.37] (+12.57 / +0.64%)...................................Previous (-29.89 / -1.50%) SENSIND (381.83).........................................Previous [378.90] (+2.93 / +0.77%)........................................Previous (-4.60 / -1.20%) Turnover :1,187,145,519.................................Previous [1,491,758,817] Volume :3,594,594.................................Previous [4,182,369] |
#357 Tue Jun 14, 2022 6:06 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०२-३१ (2022-06-14)
---------------------------- ठ्याक्कै १ बर्ष अघि आजकै दिन NEPSE ले 3000 अंक कटाएर नयाँ रेकर्ड बनाएको थियो, आज भने 2000 को अंकबाट पनि तल उत्रन सफल भएको छ, त्यो बेला Turnover १८-१९ अर्बको थियो भने आज, Turnover ले १ अर्ब कटाउदा पनि खुशी हुनु पर्ने अवस्था आएको छ, NEPSE:1,996.25..........................................Previous [2,032.34] (-36.08 / -1.78%)...................................Previous (-15.82 / -0.77%) SENSIND (383.51).........................................Previous [389.98] (-6.48 / -1.66%)........................................Previous (-2.27 / -0.58%) Turnover :1,185,546,179.................................Previous [998,674,262] Volume :4,147,255.................................Previous [2,920,705] |
#358 Mon Jun 13, 2022 3:18 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2309
|
हल्लै हल्लाले धेरै नै हल्लायो
नब्बेको भुइँचालोले हल्लाउन नसकेको पनि हल्लायो ,हल्लियो ओली र काजी बीच भेटवार्ता भेटबार्तामा सत्ताका हर्ता कर्ता ठुलै भुइँचालो जान लग्यो कि के हो चुनाब अघि ? कस् कस्लाई जोड्ने हो कस् कस्लाई फोड्ने हो |
#359 Sun Jun 12, 2022 3:36 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
आजको आइतबार भूपी सेरचनको 'हल्लै हल्लाको देश' शिर्शकको कविता पढेर मनाउनुस है,
आजभन्दा ५५ बर्षअघिको कविता ......आजै लेखिएझैँ लाग्ने, हल्लै हल्लाको देश यो हल्लै हल्लाको देश हो कानमा इयर फोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन काठका खुट्टाहरु जहाँ रेसका बिजेता हुन्छन र त्यहाँ प्लाष्टर गरिएका हातहरुमा सुरक्षाको सङ्गीन थमाईन्छ जहाँ बाटो र अटटालिकाहरुमा ढोका अगाडी डोकोका डोको, र खर्पनका खर्पन, ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ, स्टक एक्सचेन्जका शेयर जस्तै आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु जहाँ नेता हुन्छन र जहाँ निधारभरि कर्कटपाताजस्तै चाउरी परि सकेकाहरु तन्नेरीहरुका अगुवा हुन्छन जहाँ जति सुकै व्यभिचारीको पनि इज्जतको 'वाश एन बियर क्रिज' कहिल्यै बिग्रन्न जहाँ जतिसुकै पाप गरेका बेश्याको पनि अनुहारको टेरेलिनको छाला कल्हिल्यै खुम्चिन्न जहाँ कृषि मेलाहरुमा दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ, जहाँ बागमती र विष्णुमतीका साटोमा अब बियर र ह्विश्की बग्द्छ्न, र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग तिनका प्रसाद खानमा कम, र तिनका पछाडिका बनहरुमा आडम् र इभको 'वर्जित फल' खानमा बार्ता गरिन्छ, जहाँ चिनीको कारखानाले चिनी होइन रक्शी मात्र बनाउछ र जहाँका स्वतन्त्र आमाहरुले छोरा होइन लाहुरे मात्र जन्माउछन् जहाँ ऋण तिर्नको लागि महकबिले असमयमै मर्नुपर्दछ, जहाँ स्वदेशको पिरले बहुलाएको कविले बिदेशी अस्पतालको सरण पर्नु पर्दछ, र जहाँ सरस्वतीकि एक्ली छोरीले बिना उपचार बैशमै कुजिएर जीवन बिताउनु पर्दछ, जहाँ गाइडले टुरिष्टलाई नेपालको विदेशलाई देन सम्झाउंछ र बिदाको बेलामा उससित उसको बिदेशी क्यामेराको देन माग्दछ, जहाँ तन्नेरीहरू किल्ला कांगडा र नालापानीको गीत गाउदै अब कवाज खेल्छन् टाई र कोटको कलरमा खुकुरी भिरेर यो देशमा मलाई भन्न कर लाग्छ आफ्नो मुटु चिरेर कि ए मेरो देशबासीहरु हो ए मेरो देशका राष्ट्रकविहरु हो ए मेरा देशका सम्माननीय नेताहरु हो भन्न मन लाग्छ भने भन मलाई स्वदेशनिन्द्क वा घृणाचिन्तक तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड टुक्राहरु मध्ये एउटा टुक्रामाथि मेरो पनि छाप्रो हुनेछ यहि भावनाले मलाई यो भन्न बाध्य गराउंछ र आँट दिलाउछ यो भन्न कि 'यो हल्लै हल्लाको देश हो' खनेर हेर्ने हो भने यहाँका प्रत्यक घरहरुका जगमा त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ l त्यसैले यो हल्लै हल्लाको देश हो यो हल्लै हल्लामाथि उभिएको देश हो यो हल्लै हल्लामाथि उठेको देश हो यो हल्लै हल्लाको देश हो l (बि.सं. २०२४ - रुपरेखा) |
#360 Tue Jun 07, 2022 6:28 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०२-२४ (2022-06-07)
---------------------------- धेरै लगानीकर्ताहरुलाई राष्ट्र बैंक, बिमा समिती, SEBON र NEPSE ले यसरी आत्याईदिए कि, ति कुन दशाले share market मा लगानी गर्न आईएछ भन्ने अबस्थामा पुगेका छन्, राज्यले त नागरिक र नागरिकको सम्पत्तिको संरक्षण पो गर्ने हो त, यस्तो अपराध गर्नेहरुलाई, हाम्रै 'कर'बाट सेवा, सुबिधा र तलब खुवाएर पाल्नु पर्ने, यो कस्तो बाध्यता हो ? NEPSE:2,020.23..........................................Previous [2,065.82] (-45.59 / -2.21%)...................................Previous (-12.89 / -0.62%) SENSIND (389.12).........................................Previous [400.36] (-11.24 / -2.81%)........................................Previous (-3.12 / -0.77%) Turnover :1,312,806,563.................................Previous [1,273,385,277] Volume :3,887,748.................................Previous [4,409,691] |
#361 Mon Jun 06, 2022 8:25 am
|
|
Member
Registered: Mar 2018
Posts: 2309
|
"पासो थाप्ने बजार किन चाहियो ? बरु संधैका लागि बन्द गरिदेऊ"
तिलकजीले थालनी गर्न लागेको आन्दोलन छायामा पार्न साखुल्य पल्टिन आउने मल्सांप्रा देखि सर्बसाधारण लगानीकर्ता साबधान रहनु पर्छ। किन येस्ता मान्छेले नया ब्रोकर थप्ने कुरा , मार्जिन लोनका कुरा र ब्रोकर कमिसन घटाउने कुरा कहिल्य्यै गर्दैनन , एक पटक सोचेर हेरौं |
#362 Fri Jun 03, 2022 6:24 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०२-२० (2022-06-03)
---------------------------- एक बर्ष आघि आजकै दिन Turnover 16,907,020,286 र Volume 34,691,312 को थियो, NEPSE ले 2,856.77 को नया रेकर्ड बनाएको थियो, त्यो दिन Qty का आधारमा Top मा कारोबार हुने सबै Bank र Dev. बैंक मात्र थिए, Civil बैंक नम्बर १ मा परेको थियो, NRIC Turnover को नम्बर एकमा थियो, Hydro बाट SHPC मात्र top मा परेको थियो, १ बर्ष धेरै परको समय पनि हैन, कसरी नियामकले चाह्यो भने गलत नीति थोपरेर, त्यो नीतिले खराब गर्दैछ भन्ने प्रमाणित हुँदा हुँदै पनि, एकोहोरो जिद्धि र थप आक्रोश पोखेर, सम्पूर्ण लगानीकर्ताहरुलाई घरको न घाटको बनाउन कोसिस गर्दो रहेछ भनि सम्झाउन पनि, एक बर्ष अगाडिको कुरा निकालेको हुँ, जेष्ठ महिनाको १४ दिनको Turnover जोड्दा जम्मा 17,099,232,055 हुन्छ, जबकी १ बर्ष अघि यहि दिन 16,907,020,286 को कारोबार भएको थियो, यस्ता कुरा भुल्नु हुँदैन सम्झी रहनु पर्छ र सम्झाई रहनु पनि पर्छ, ताकी मौका आउनासाथ तिनलाई यो गुनको भर्पाइ ब्याज सहित फिर्ता गर्न सकियोस् NEPSE:2,078.70..........................................Previous [2,112.47] (-33.76 / -1.60%)...................................Previous (-18.26 / -0.86%) SENSIND (403.4.........................................Previous [410.66] (-7.18 / -1.75%)........................................Previous (-3.81 / -0.92%) Turnover :1,307,359,541.................................Previous [1,161,514,169] Volume :3,848,508.................................Previous [3,566,819] |
#363 Thu Jun 02, 2022 5:52 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०२-१९ (2022-06-02)
---------------------------- गएको १४ महिनामा जम्मा ५ पटक, NEPSE लगालग पांच दिन रातो भएको देखिन्छ, त्यो मध्ये १ पटक चाही लगालग छैठौ दिन पनि NEPSE रातो भएको छ, यस पटक पनि आजसम्म गरेर NEPSE घटेको यो पाँचौ दिन हो, पुरानो Data लाई विश्वास गर्ने हो भने भोली मार्केट रातो हुने २०% र हरियो हुने ८०% सम्भावना देखिन्छ, तर मार्केटलाई आफ्नो बाटोमा हिंड्न नदिई, भीरको बाटोमा घचेटी रहेको अबस्थामा के नै भन्न सकिन्छ र ? NEPSE:2,112.47..........................................Previous [2,130.73] (-18.26 / -0.86%)...................................Previous (-7.19 / -0.34%) SENSIND (410.66).........................................Previous [414.47] (-3.81 / -0.92%)........................................Previous (-1.16 / -0.28%) Turnover :1,161,514,169.................................Previous [1,078,484,182] Volume :3,566,819.................................Previous [3,020,067] |
#364 Wed Jun 01, 2022 6:30 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०२-१८ (2022-06-01)
---------------------------- पुराना र अनुभबी लगानीकर्ताहरु जो आफ्नो जीवनयापनका लागि, Fund छुट्टयाएर मात्र लगानी गर्छन तिनीहरु बजार बढेपछि बेचौला भनेर अलि कम चिन्तित छन् तर नयाँ लगानीकर्ताहरु जो सरकारकै प्रेरणाले लगानीकर्ता भए ति धेरै पिडामा छन्, धेरैले आफुसंग केहि नराखी उल्टो ऋण पनि गरेर, आफ्नो सर्वस्व बजारमा लगाएका छन्, तिनलाई बजार घट्ने र बजार बढ्ने नियमित प्रक्रिया हो भन्ने धेर थोर थाहा नभएको पनि हैन, तर तिनले अभिभावकहरुनै जानी-जानी गलत नीति ल्याउछन र त्यो नीतिले समग्र अर्थतन्त्र, र दलहरुप्रतिनै लगानीकर्ताहरुमा बितृष्णा जाग्दा पनि, निरोझैँ बाँसुरी बजाएर नियामकहरु बस्न सक्छन भन्ने तिनले सोच्न सक्ने कुरा पनि भएन, काठमाडौँ महानगरपालिकामा बालेन शाहले पाएको मतमा कति प्रतिशत मत, share लगानीकर्ताहरुबाट गएको छ, तिनले थोरै पनि आँकलन गरेको देखिएन, अब आउने monetary policy share market का लागि झन् खराब आउन सक्छ, तिलक कोइरालाको अभियानलाई समग्र लगानीकर्ताहरुको अभियान बनाउन आजैबाट आ-आफ्नो ठाउबाट पहल गरौ, सिधा तरिकाले कसैले सुन्नेवाला छैनन् l NEPSE:2,130.73..........................................Previous [2,137.92] (-7.19 / -0.34%)...................................Previous (-35.53 / -1.63%) SENSIND (414.47).........................................Previous [415.63] (-1.16 / -0.28%)........................................Previous (-7.11 / -1.68%) Turnover :1,078,484,182.................................Previous [1,317,699,090] Volume :3,020,067.................................Previous [3,769,812] |
#365 Fri May 27, 2022 6:00 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
आजको कुरा गर्ने रुची भएन,
त्यसैले १ बर्ष अघि आजकै दिन के भएको थियो, सम्झन मन लाग्यो l २०७८-०२-१३ (2021-05-27) --------------------------- NEPSE नाम मात्रको अंकले घटेको छ, Turnover 14.5 अरब माथी र Volume 4 करोड माथी देखिन्छ, Turnover अघिल्लो रेकर्ड भन्दा 1,593,455,304 ले बढी हो भने Volume 16,650,334 कित्ताले बढी हो, 'Yaas' Cyclone को असर Share Market मा राम्रै परेको देखियो, राष्ट्र बैकको निर्देशन लगानीकर्ताहरुको हितमा छ भनी, NEPSE ले स्वागत गरेको रुपमा यसलाई मान्ने कि Turnover मा रेकर्ड तोडिनुको कारण अरुनै केहि हो ? त्यो अर्को हप्ताको कारोबारले संकेत गर्नेनै छ, आजको कारोबारमा share qty का हिसाबले, Top 10 मा Hydro power मात्र परेका छन् भने Turnover को Top 10 मा पनि, NRIC बाहेक सबै Hydro नै रहेका छन्, NHPC, API र UMHL को 10 लाख भन्दा बढी कित्ता कारोबार भएको छ भने, Top 10 मा परेका बाँकि सबैको पनि 5 लाख भन्दा बढी कित्ता कारोबार भएको देखिन्छ, NEPSE :2,815.39...........................................Previous [2,816.56] (-1.20 / - 0.04%)...................................Previous (-6.50 / -0.23%) SENSIND :503.70..........................................Previous [503.99] (- 0.28 / -0.06%)........................................Previous (-4.51 / -0.89%) Turnover :14,768,808,492................................Previous [11,133,398,108] Volume :41,813,994...................................Previous [23,465,675] « Last edit by nissan on Fri May 27, 2022 6:02 pm. » |
#366 Mon May 23, 2022 6:22 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०२-०९ (2022-05-23)
---------------------------- आजको ठ्याक्कै १ बर्ष अगाडी NEPSE ले 2820 अंकको नयाँ Record बनाएको रहेछ, त्यो दिन Turnover : 11,695,034,728 र Volume चाही 25,163,660 को रहेछ, अहिलेको कुरो बेग्लै छ, अभिभाबक हुनु पर्ने नियामकहरुनै, लाखौ लगानीकर्ताहरुलाई 'सौतेला' ब्यबहार गर्न कम्मर कसेर लागेका छन्, मार्केट बुझ्ने कुनै पनि बिज्ञ .........यी ठुला दलहरुमा रहेन छन्, 'कुण्ठाग्रस्त' मान्छेहरुलाई राज्य संचालनको, डाडु पन्यू जिम्मा लगाईए छ, लगानीकर्ताहरुको बलियो संजाल बनाएर, अब संघको चुनाबको तयारीमा लागि हाल्दा राम्रो होला, तर फेरी पनि प्रश्न आउछ चुनाबमा आउनेलाई त पराजित गरेर सजाय दिउला, अनि, आफुलाई Test गर्नु नपर्ने नियुक्तिवालाहरुलाई चाही कतिन्जेल झेली रहनु ? NEPSE:2,200.88..........................................Previous [2,235.09] (-34.21 / -1.53%)...................................Previous (-15.82 / -0.70%) SENSIND (429.05).........................................Previous [434.73] (-5.69 / -1.31%)........................................Previous (-2.47 / -0.57%) Turnover :1,369,513,192.................................Previous [932,206,084] Volume :3,917,655.................................Previous [2,524,268] |
#367 Fri May 20, 2022 6:15 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०२-०६ (2022-05-20)
---------------------------- ऐतिहासिक शुक्रबारले, उपहार पनि ऐतिहासिकनै दियो, Turnover लाई जम्मा ९ अंकमा झारी दिएर, अस्थिर निर्णयकर्ताहरुबाट, अब २ दिनको बिदा फिर्ता लिने कुरो पनि आई सकेछ, बेकम्माहरुको मनलाग्दीको परिणाम अझै के के भोग्नु पर्ने हो जनताले ? NEPSE:2,235.09..........................................Previous [2,250.91] (-15.82 / -0.70%)...................................Previous (-23.51 / -1.03%) SENSIND (434.73).........................................Previous [437.21] (-2.47 / -0.57%)........................................Previous (-3.88 / -0.88%) Turnover :932,206,084.................................Previous [1,300,981,996] Volume :2,524,268.................................Previous [3,798,263] |
#368 Fri May 20, 2022 2:46 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7561
|
Fun fact:
On friday in Nepal, share market never increase. That's how 'Black Friday' began. |
#369 Thu May 19, 2022 6:37 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०२-०५ (2022-05-19)
---------------------------- हतार-हतार गरेर टिका-टालो सकिएपछि, त्यो केटिसंग बिहे त गर्दै गर्दिन भनेर, बाउसंग रोई कराई गर्ने प्रौढलाई, ठुला बाउले के सुंगाई दिए कुन्नि, त्यति सालिन र सज्जन युवती पाउनु मेरो अहो भाग्य हो,म त उहीसंग बिहे गर्ने हो भन्न थालेछन् l यो बिचमा लगानीकर्ताहरुले बेहोरेको तनाब(खाशमा NBB), अदालतको अमुल्य समय ....... त्यसको कसैलाई मतलब छैन, जसले जे गर्दा नी हुनी, कसैले कसैप्रति जवाफदेहिता बहन गर्न नपर्ने, पक्कै यो केश पनि प्रकाशमानजीले, 'श्रीमती'को नाम मेयरको लागि पक्का गरेर, देउबाजीलाई समर्थन गरे जस्तै हुनु पर्छ, मर्ज पछि खुल्ला के पाउन चाही यत्रो मुद्धा मामिला र अन्तरिम आदेशको नाटक मन्चन भएको रहेछ भनेर, NEPSE:2,250.91..........................................Previous [2,274.42] (-23.51 / -1.03%)...................................Previous (+8.90 / +0.39%) SENSIND (437.21).........................................Previous [441.09] (-3.88 / -0.88%)........................................Previous (+2.41 / +0.55%) Turnover :1,300,981,996.................................Previous [1,326,320,346] Volume :3,798,263.................................Previous [3,156,913] |
#370 Thu May 19, 2022 9:00 am
|
|
Member
Registered: Mar 2018
Posts: 2309
|
दश बर्ष देखि बैंकलाई ब्रोकर लाईसेन्स दिएर लाखौं सर्बसाधारण लगानीकर्ताको कारोबार सहज बनाई दिनुस भन्दा कानमा तेल हालेर बस्नेहरु केहि ब्येक्ति पोस्ने निर्णय त सेकेन्डमा गर्दा रहेछन त
|
#371 Wed May 18, 2022 6:20 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०२-०४ (2022-05-1
---------------------------- अब TMS बापत पनि ब्रोकरले पैसा उठाउन पाउने रे, धितोपत्र र Broker हरु बिचको जुगलबन्दि, Full फेजमा अघि बढ्ने छाँटकाँट देखिदैछ, लगानीकर्ताहरुलाई डस्नलाई कुनै ठाउँ बाँकि नराख्ने भए, १५ गते बजेट भाषणको दिन आई सक्यो, लगानीकर्ताहरुको सबै संगठन एक ठाउँ बसेर, आफ्ना कुरा राख्न खोइ पहल गरेको ? सधै भोट गनेर बसि रहने ? NEPSE:2,274.42..........................................Previous [2,265.52] (+8.90 / +0.39%)...................................Previous (-84.90 / -3.61%) SENSIND (441.09).........................................Previous [438.68] (+2.41 / +0.55%)........................................Previous (-15.28 / -3.37%) Turnover :1,326,320,346.................................Previous [1,644,096,193] Volume :3,156,913.................................Previous [3,595,748] |
#372 Tue May 17, 2022 6:11 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०२-०३ (2022-05-17)
---------------------------- केन्द्रिय बैंकले पेलेकै थियो बजारलाई, अहिले बिमा समितिले पनि यहि बेला, उसैगरि लौरो चलायो, Merger हुने कुरामा मेरो कुनै बिमती छैन तर, Merger को नाममा लगानीकर्ताहरुको लगानी बर्षौ फ्रिज हुनु भनेको, लगानीकर्ताहरु माथीको घोर अत्याचारनै हो, के २ महिनामा Merger प्रक्रिया सक्न सकिन्न ? तिमीहरु छिटो गर, हामीहरु यो यो ठाउ(प्रक्रियामा) मा सहज पारी दिन्छौ भनेर, केन्द्रिय बैंक र बिमा समितिहरुले कहिल्यै हात बढाएका छन् ? नियामकले Merger छिटो छरितो गराउन चाही कुनै पहल नगर्ने, खाली Merger मा जान मात्र बाध्य पारेर हुन्छ ? NIBL र HBL Merger नहुनुमा लगानीकर्ताहरुको के दोष छ ? अनि त्यसको घाटा पनि साधारण लगानीकर्ताहरुको टाउकोमा थोपरी रहने ? यत्र, तत्र, सर्बत्र ....... बिचौलियानै बिचौलिया l NEPSE: 2,265.52..........................................Previous [2,350.42] (-84.90 / -3.61%)...................................Previous (-18.64 / -0.79%) SENSIND (438.6.........................................Previous [453.96] (-15.28 / -3.37%)........................................Previous (-2.70 / -0.59%) Turnover :1,644,096,193.................................Previous [2,328,434,273] Volume :3,595,748.................................Previous [5,227,359] |
#373 Tue May 17, 2022 4:58 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
|
#374 Tue May 17, 2022 3:50 pm
|
|
Member
Registered: Jan 2017
Posts: 50
|
Can you tell me which index is this?
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.२७ अंकले घटेर ४३९.६९ को विन्दुमा ओर्लेको छ??? |
#375 Thu May 12, 2022 4:45 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०१-२९ (2022-05-12)
---------------------------- बैशाख महिनाभर जम्मा १८ दिन कारोबार भएछ, त्यस मध्ये १० दिन रातो र ८ दिन चाही हरियो भा रहेछ, यो महिनाको पहिलो कारोबारको दिन NEPSE 2,385.64 थियो भने आज यो महिनाको अन्तिम कारोबार दिन NEPSE 2,350.42 अंकमा आएको छ, Turnover को कुरा गर्ने हो भने, १८ दिन मध्ये १४ दिन १ अर्बको लाईनमा कारोबार भएको रहेछ भने बाँकि ४ दिन चाही २ अर्बको लाईनमा कारोबार भएछ, Volume हेर्ने हो भने, सबभन्दा Low बैसाख १४ गते 2,885,039 र High बैसाख ११ गते 6,639,504 (यो महिनाको सबभन्दा बढी Turnover भएको दिन) रहेको छ, यो महिनाको Total Turnover चाही : 28,505,391,754 भएको देखिन्छ, यी सब आँकडा हेरे पछि बजारको बर्तमान अबस्था छर्लंग भइ-हाल्छ, अन्तमा, भोली चुनाब छ, फेरी यो मौका आउन ५ बर्ष कुर्नु पर्छ, म चाही बजारलाई केन्द्रबिन्दुमा राखेर मतदान गर्ने छु यसपाली, मौन अबधीमा बढी बोल्ने र लेख्ने कुरा भएन, तर बुझ्नेलाई इसारानै काफी भन्ने उखानै छ, अब चुनाबपछि नयाँ उमंग र उत्साहका साथ् भेटौला है त l NEPSE:2,350.42..........................................Previous [2,369.06] (-18.64 / -0.79%)...................................Previous (+56.06 / +2.42%) SENSIND (453.96).........................................Previous [456.66] (-2.70 / -0.59%)........................................Previous (+9.52 / +2.13%) Turnover :2,328,434,273.................................Previous [2,163,990,743.33] Volume :5,227,359.................................Previous [5,333,109] « Last edit by nissan on Thu May 12, 2022 4:47 pm. » |
Page: « < ... 11 12 13 14 15 16 17 18 19 ... > »
Sharesansar Forum Powered By Miracle Hub