Page: « < ... 9 10 11 12 13 14 15 16 17 ... > »
Author | Post |
---|---|
#301 Thu Nov 24, 2022 11:25 am
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
अनि संसद मन्दिर जस्तो हुन्छ, यी जितेर जानेले बाध्य भएर भए पनि जनताको कुरो संसदमा नउठाई धरै पाउदैनन, बल्ल संसद अलिकति हेर्न लायक होला जस्तो छ, नत्र त तमासै तमासा सधै नाराबाजी सधै संसद अबरुद्ध, अनि हाजिर गरेर तलब भत्ता भने खल्तीमा l |
#302 Thu Nov 24, 2022 9:15 am
|
|
Member
Registered: Mar 2018
Posts: 2309
|
हाउसमा २० वोटा घन्टी बज्दा के होला ?
|
#303 Wed Nov 23, 2022 5:20 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०८-०७ (2022-11-23)
---------------------------- ४ जना 'राजा'हरु टिकी रहे पनि, तिनले आफ्ना भरपर्दा सेनामेनाहरु गुमाएका छन्, बोल्न सक्ने धेरै युवाहरु एक साथ् संसद प्रवेश गर्दैछन्, राजनीति गर्नेहरुमा 'धैर्य' र 'हार स्वीकार्ने' क्षेमता भएन भने केहि समयमा ती तासका घर सरी ढल्ने छन्, बिशेषगरि नयाँ सिराबाट राजनीति सुरु गरेकाहरुले यी कुराहरुमा बिबेक पुर्याउनु पर्छ, अहिले त्यो बिबेकशील पार्टी टुटफुट नभएको भए झन् कति राम्रो result आउथ्यो होला ? अहिलेको 'स्वतन्त्र' पार्टी 5 बर्षसम्म नमात्तिने हो र त्यसबाट जितेका सांसदहरु खसी-बोकाझैँ बिक्रि नहुने हो भने, अर्को चुनाब कस्तो हुनेछ भन्ने अहिलेनै अड्कल काट्न सकिन्छ, अब रबी लामिछानेको नागरिकताको केसले कुन मोड लिन्छ हेरौ, जे भए पनि अब सत्ताको चाबी यहि पार्टीसंग रहने पक्का छ, कति हार्नु पर्नेहरुले चुनाब जिते पनि, कयौले चुनाब हारेका पनि छन्, जसले मतदाताहरुको काम तिनलाई जिताउनु मात्र हो भनि सम्झेका थिए, बर्षौदेखि जरो गाडेर बसेको चिजलाई स्वाट्टै निकालेर फाल्न पनि कहाँ सकिन्छ र ? म अहिले आइरहेको परिणामबाट खुशीनै छु, अहिले धेरै कुरा गर्न अलि छिटो हुन्छ, यिनले देखाउने ब्यबहार र काम हेरेर थप मुल्यांकन गरौला नी, NEPSE:1,921.99..........................................Previous [1,929.70] (-7.72 / -0.40%)...................................Previous (-7.13 / -0.37%) SENSIND (377.90).........................................Previous (379.60] (-1.70 / -0.45%)........................................Previous (-1.46 / -0.38%) Turnover :1,022,293,552.83...................................Previous [1,352,885,779.65] Volume :2,839,373................................Previous [3,763,836] |
#304 Thu Nov 17, 2022 5:48 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०८-०१ (2022-11-17)
---------------------------- बजारले चुनाबको स्वागत गरेको छ, अब झन् ६ गते बजार खुल्दा त मत परिणामले पनि केहि आकार लिन थाली सकेको हुनेछ, अब यो दुइ दिनको मौन अवधिमा राम्रोसंग चिन्तन गरौ र देशको चिन्ता गर्ने उम्मेदवारलाई आफ्नो अमुल्य मत प्रदान गरौ, NEPSE:1,936.83..........................................Previous [1,911.26] (+25.57 / +1.34%)...................................Previous (+13.40 / +0.71%) SENSIND (381.06).........................................Previous (376.57] (+4.49 / +1.19%)........................................Previous (+2.86 / +0.77%) Turnover :1,715,419,286.42...................................Previous [859,468,158.30] Volume :4,384,004................................Previous [2,495,612] |
#305 Wed Nov 16, 2022 4:42 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०७-३० (2022-11-16)
---------------------------- कार्तिक महिनालाई फर्केर हेर्दा : लगभग अघिल्लो महिना जत्तिनै कारोबार भयो यो महिना पनि, एक दिन मात्र बढी, पहिलो दिनको स्वागत रातो भएर गरे पनि, बिदाई चाही हरियो भएर गरेको छ कार्तिक महिनाले, यो महिनामा जम्मा कारोबार भएको = १६ दिन एक अर्बको लाइनको कारोबार भएको = ७ दिन एक अर्बभन्दा मुनिको कारोबार भएको = ८ दिन दुइ अर्बको लाइनको कारोबार भएको = १ दिन यो महिनाको सबभन्दा धेरै Turnover = 2,109,163,384 (कार्तिक २१ गते ) यो महिनाको सबभन्दा कम Turnover = 507,689,561 (कार्तिक ३ गते) यो महिनाको सबभन्दा धेरै Volume = 4,944,076(कार्तिक २१ गते) यो महिनाको सबभन्दा थोरै Volume = 1,538,042 (कार्तिक ६ गते) रातो = ९ दिन ( १ आइतबार, १ सोमबार,२ मंगलबार,२ बुधबार, ३ बिहिबार) हरियो = ७ दिन ( २ आइतबार,२ सोमबार, १ मंगलबार, २ बुधबार) यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,845.51 यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,911.26 यो महिनामा बढेको NEPSE = 65.75 यो महिनाको Total Turnover = 16,864,175,585(असोज महिनाकोभन्दा 4,600,228,185 ले बढि) NEPSE:1,911.26..........................................Previous [1,897.86] (+13.40 / +0.71%)...................................Previous (-6.59 / -0.35%) SENSIND (376.57).........................................Previous (373.71] (+2.86 / +0.77%)........................................Previous (-1.33 / -0.36%) Turnover :859,468,158.30...................................Previous [1,023,609,960.42] Volume :2,495,612................................Previous [2,745,109] |
#306 Tue Nov 15, 2022 5:44 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7561
|
Add..........
Election commission ra police ko sahayog ma dhari gol mal garla jasto cha. Any golmal, and new parties should demand cancelation of candidacy of the criminal and re election in the area. How desperate they are: विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह: विकास निर्माण चौधरीमार्फत पठाउन प्रतिबद्धता |
#307 Tue Nov 15, 2022 5:08 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०७-२९ (2022-11-15)
---------------------------- यसपाली पनि ४८ घण्टाको मौन अवधिमा धेरै चलखेल हुने सम्भावना छदैछ पहिला जस्तै, मतदाताले सके जति लिए हुन्छ दिनेहरुबाट, तर मत चाही पैसा बाड्न आउने लुटेराहरुलाई होइन, थोरै भए पनि आश गर्न सकिने युवाहरुलाई दिनु पर्छ है, अबको 5 दिन बडो महत्वपूर्ण छ है, यो पाँच दिनमा धेरै सोच विचार गरौ, र उपलब्ध मध्ये राम्रोको पहिचान गरौ, यदि आउने 5 बर्ष पनि अहिले जस्तै खेर जान नदिने हो भने l NEPSE:1,897.86..........................................Previous [1,904.45] (-6.59 / -0.35%)...................................Previous (+21.29 / +1.13%) SENSIND (373.71).........................................Previous (375.04] (-1.33 / -0.36%)........................................Previous (+4.51 / +1.22%) Turnover :1,023,609,960.42...................................Previous [946,089,521.22] Volume :2,745,109................................Previous [2,452,084] |
#308 Mon Nov 14, 2022 5:41 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०७-२८ (2022-11-14)
---------------------------- अझै ३ दिन सुन्नु पर्छ बडाहरु बर्बराएको, गाउ जानेलाई फ्री बस संचालनमा आइ सक्यो, बाँकि 5 दिनमा कुनै दुर्घटनाको खबर सुन्नु नपरोस्, मंगसिर ४ युवा र स्वतन्त्रहरुको चमत्कार ! NEPSE:1,904.45..........................................Previous [1,883.16] (+21.29 / +1.13%)...................................Previous (-10.54 / -0.56%) SENSIND (375.04).........................................Previous (370.53] (+4.51 / +1.22%)........................................Previous (-1.83 / -0.49%) Turnover :946,089,521.22...................................Previous [774,911,706.65] Volume :2,452,084................................Previous [2,028,348] |
#309 Sun Nov 13, 2022 5:37 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०७-२७ (2022-11-13)
---------------------------- अघिल्लो चुनाबमा गगन थापाको घर-दैलो कार्यक्रममा हल्का फुल्का बिष्फोटन गरिएको थियो, कसले(शंकास्पद घटना) गरायो पत्ता लागेर कारबाही भएको थाहा भएन तर त्यो घटनाले मतदातामा एक किसिमको positive सेन्टिमेन्ट जगाएका कारण उनी काठमाडौँ क्षेत्र नं ४ बाट निर्बाचित हुन् सफल भए, अहिले चितवनमा पनि घन्टीको लहर चली रहेको बेला, गठबन्धनका बेवकुफहरुले उनको गाडीमा आक्रमण गरेछन, यो समाचार आगोझैँ देशभरि फैलीइ सक्यो, मलाई लाग्छ रविले ५००-१००० मतको अन्तरले जित्ने थिए होलान, अब त्यो अन्तर ह्वात्तै बढ्ने भो, एक हप्तापछि यो समयमा हामी र हाम्रो सन्ततीको भविष्यको, निर्णायक कडी मतपेटिका भित्र बन्द भइ सकेको हुने छ, समय छ, घरका सबै पुस्ता सल्लाह गरेर, नयाँ पुस्तालाई प्राथमिकतामा राखी मतदान प्रकृयामा भाग लिनु होला है l NEPSE:1,883.16..........................................Previous [1,893.70] (-10.54 / -0.56%)...................................Previous (-23.52 / -1.23%) SENSIND (370.53).........................................Previous (372.37] (-1.83 / -0.49%)........................................Previous (-4.17 / -1.11%) Turnover :774,911,706.65...................................Previous [1,119,461,411] Volume :2,028,348................................Previous [3,114,689] |
#310 Wed Nov 09, 2022 4:54 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०७-२३ (2022-11-09)
---------------------------- 11 दिन बाँकि छ, त्यसपछि 5 बर्षलाई यो अबसर हातबाट फुस्कन्छ, यो मौका हो, तपाई हामीले अपराधी ठानेकाहरुलाई सजाय गर्ने, मेरो १ मतले के हुन्छ भनि नठानौ, कसैको पनि २ पटक मतदान गर्न पाउन्नन, त्यसैले परिवार र आफन्तबीच सल्लाह गरेर उचित पात्रलाई मत दिने टुंगो गरौ, यसपटकको चुनाबले पक्कै केहि नौलो परिणाम दिनेछ l NEPSE:1,917.22..........................................Previous [1,956.36] (-39.15 / -2.00%)...................................Previous (-2.57 / -0.13%) SENSIND (376.53).........................................Previous (384.21] (-7.68 / -2.00%)........................................Previous (-1.12 / -0.29%) Turnover :1,407,395,437...................................Previous [1,053,137,467] Volume :3,697,723................................Previous [2,773,737] |
#311 Mon Nov 07, 2022 4:37 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०७-२१ (2022-11-07)
---------------------------- भाद्र ३० पछिको सबभन्दा धेरै Turnover आजको हो, त्यो दिन पनि NEPSE १९०० कै लाइनमा थियो र आज पनि उस्तै छ, त्यो दिन पनि रातो आज पनि रातो, र २ अर्बको Turnover भएको भोलिपल्ट जम्मा ९० करोडको मात्र Turnover भएको थियो, बिज्ञज्यूहरुले Turnover र Nepse बढ्नुको कारण, पनि खोतलिसक्नु भएको छ, उहाहरु सबै खाले लेखहरु तयारी अवस्थामा राख्नु हुँदो रहेछ, बढे यो, घटे यो भनेर, अहिले चाही नयाँ लाइसेन्स लिन जम्मा गरेको पैसा, अदालतले लाइसेन्स अहिलेलाई रोकेको कारण, त्यहि पैसो बजारमा आएको रे, अनि अर्को विचार पनि आएको छ, लाइसेन्स रोक्दा बजार नघटोस भन्ने broker ले चाहेकाले पनि यसो भएको रे, यी बिबिध कुरो सुन्नुस तर लगानी गर्दा धेरै उत्ताउलो चाही बनि नहाल्नुस, समय त्यस्तै छ l NEPSE:1,958.94..........................................Previous [1,965.36] (-6.43 / -0.33%)...................................Previous (+43.20 / +2.25%) SENSIND (385.33).........................................Previous (387.52] (-2.19 / -0.57%)........................................Previous (+8.09 / +2.13%) Turnover :2,109,163,384...................................Previous [1,548,032,561] Volume :4,944,076................................Previous [3,913,573] |
#312 Sun Nov 06, 2022 5:17 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०७-२० (2022-11-06)
---------------------------- ठुला दल र तिनका ठुला ठानिएका नेताहरु बिरुद्ध, जनताको असन्तोष र आवेग पहिला पनि नदेखीएको होइन तर यसपाली देखिएको जस्तो जनमानसको बितृष्णा र बिशेषगरि युवा पंक्तिको बिद्रोह, सायद यसअघिकोभन्दा आक्रामक र संगठित हो, अहिले एकातिर स्वतन्त्र भएर त अर्कातिर पार्टीनै दर्ता गरेर युबाहरु चुनाबी मैदानमा उत्रिएका छन्, यिन(युवा-नयाँ)ले गर्छन गर्दैनन त्येतातिर सोच्नुभन्दा, पुराना पुरै अयोग्य ठहरिएकाहरुलाई यसपटक रोक्नु मतदाताको प्राथमिकतामा पर्नु पर्छ, किनकी तिनले आफु-आफ्नो परिवार- आफन्त - आसेपासे र भेटि चढाउनेहरु बाहेक, बाँकि जनतालाई केनै गरे र ? पुरानाको सिन्डिकेट तोड्यौ भने नयाँको त कान निमोठ्न त्यति गाह्रो पनि हुँदैन, मंगसिर ४ लाई केहि बिशेष र उपलब्धिमुलक बनाऔ, एकपटक पुराना छाडेर राम्रा र नयाँलाई पुरष्कृत गरौ, यसमै सबैको भलो हुन्छ l NEPSE:1,965.36..........................................Previous [1,922.16] (+43.20 / +2.25%)...................................Previous (-16.14 / -0.83%) SENSIND (387.52).........................................Previous (379.43] (+8.09 / +2.13%)........................................Previous (-3.50 / -0.92%) Turnover :1,548,032,561...................................Previous [898,907,830] Volume :3,913,573................................Previous [2,767,539] |
#313 Thu Nov 03, 2022 5:04 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०७-१७ (2022-11-03)
---------------------------- चितवन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका 'हरि ढकाल'जीले राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा पत्रमा, 'दोश्रो स्टक मार्केटको स्थापना' भन्ने बुंदा राख्न लगाउनु भएछ, अब दलका घोषणा पत्रमा यी कुराभन्दा पनि, अदालतका न्यायाधिसहरुलाई नियुक्ति पत्र दिनु पूर्ब, ३ महिनाको share मार्केट तालिम अनिबार्य गरिनेछ भनि लेख्दा राम्रो होला नत्र, जहाँ जेजे गरे र भने पनि कुरो.................. अन्तिम अश्त्रको रुपमा अदालतनै पुग्ने रहेछ, अनि मार्केट नबुझ्ने मान्छेले के बुझेर, यसको फैसला गर्नु र ? अहिलेनै हेरौ न अदालतमा नयाँ ब्रोकर लाईसेन्स रोक्न अदालतमा मुद्धाका ताँती लागेको l अन्तमा, चितवनका मतदाताहरुले हरि ढकालजीलाई बिजयी गराउनु होला, १ जना मान्छे भए पनि संसदमा मार्केट बुझेको मान्छे पुगोस न l NEPSE:1,922.16..........................................Previous [1,938.30] (-16.14 / -0.83%)...................................Previous (+7.32 / +0.38%) SENSIND (379.43).........................................Previous (382.94] (-3.50 / -0.92%)........................................Previous (+0.79 / +0.21%) Turnover :898,907,830...................................Previous [1,467,914,875] Volume :2,767,539................................Previous [4,346,708] |
#314 Wed Nov 02, 2022 2:58 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7561
|
👌
|
#315 Wed Nov 02, 2022 1:28 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
हमने Investors को Red Tape के जाल में उल्झाने के बजाय, निवेश के लिए Red Carpet का माहौल बनाया l हमने नए-नए उलझाऊ कानून बनाने के बजाय उन्हे Rationalise बनाया l भारतका प्रम नरेन्द्र मोदीले 'कर्नाटक'मा दिएको यो speech सुनेर, नेपालका नीति निर्माता बिशेस गरि केन्द्रिय बैंकलाई झल्झली सम्झन पुगियो, जो आफ्नो ढिपी पुरा गर्न, एक पछि अर्को अंकुस लगाउन तत्पर रह्यो र अहिले पनि अबस्था जस्ताको तस्तै छ l |
#316 Tue Nov 01, 2022 5:47 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०७-१५ (2022-11-01)
---------------------------- भदौ 31 पछि NEPSE ले बल्ल 1900 को अंक टेक्न पाएको छ, श्रावण ८ गते NEPSE 61.05 अंकले बढेको थियो, त्यसपछि आजको अंक सबभन्दा धेरै हो, असोज 9 गतेपछि बल्ल 1 अर्ब माथीको Turnover भएको छ आज, Volume पनि असोज 9 पछिको धेरै आजै भएको छ, उता अदालतले broker license रोकिदिनु, यता बजारमा उछाल आउनु, संयोग मात्रै पक्कै होइन होला भन्ने मैले अनुमान गरेको छु, पोहोर आजकै दिन NEPSE : 2,819.86, Volume : 13,403,312 र Turnover चाही 7,777,510,778 रहेछ, सम्झिदा रमाईलै हुन्छ, NEPSE:1,930.97..........................................Previous [1,874.87] (+56.10 / +2.99%)...................................Previous (+16.39 / +0.88%) SENSIND (382.14).........................................Previous (370.86] (+11.28 / +3.04%)........................................Previous (+4.93 / +1.35%) Turnover :1,290,664,642...................................Previous [697,317,611] Volume :3,971,594................................Previous [2,574,975] |
#317 Mon Oct 31, 2022 6:24 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०७-१४ (2022-10-31)
---------------------------- NEPSE ले तिहार र छठको स्वागत पनि हरियो भएर गरेको थियो भने, ती पर्वको बिदाई पनि उसै गरि गरेको छ, अब भने पुरै माहौल चुनाबमय हुनेनै छ, घोषणापत्रको बाढी आएको छ, गर्नु पर्ने बेलामा केहि ननाप्ने र अहिले चाही यो गर्छु र त्यो गर्छु भनेर झुठको पुलिन्दा भर्न तछाड-मछाडनै चलेको देखिन्छ, कसैको बहुमत आउने हैन, बन्ने मिलिजुली सरकारनै हो, अनि घोषणापत्रवालालाई पनि आनन्दै भइ गो, गठबन्धन हुँदा हाम्रो मात्र नीति लागु गर्न सकेनौ भन्दिए भइ हाल्यो, यो समानुपातिकको ब्यबस्था हटाएर, पूर्णरुपमा प्रत्यक्ष चुनाबी प्रणालीनै लागु गर्नु पर्छ, किनकी समानुपातिक ब्यबस्थाको लाभ, अबसर नपाउनेले हैन, अवसरनै-अबसरले भरिभराउहरुकै लागि मात्र भयो, यो बर्षको चुनाब धेरै कुराले बिशेष हुनेछ, जनताहरु ...अझ युवा पंक्तिले आफ्नो मत मार्फत धेरै कुरामा हस्तक्षेप गर्ने पक्का-पक्क्की छ, NEPSE:1,874.87..........................................Previous [1,858.49] (+16.39 / +0.88%)...................................Previous (+14.35 / +0.78%) SENSIND (370.86).........................................Previous (365.93] (+4.93 / +1.35%)........................................Previous (+2.88 / +0.79%) Turnover :697,317,611...................................Previous [516,803,484] Volume :2,574,975................................Previous [1,538,042] |
#318 Mon Oct 17, 2022 4:37 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०६-३१(2022-10-17)
---------------------------- असोज महिनालाई फर्केर हेर्दा : हुन् त कुनै कोणबाट पनि यो फर्केर हेर्न र सम्झन लायक महिना रहेन, चाडको हिसाबले हिले दशैँ भयो भने बजार पनि पुरै महिना चिसै रह्यो, तरै पनि.............. यो महिनामा जम्मा कारोबार भएको = १५ दिन एक अर्बको लाइनको कारोबार भएको = ३ दिन एक अर्बभन्दा मुनिको कारोबार भएको = १२ दिन दुइ अर्बको लाइनको कारोबार भएको = छैन यो महिनाको सबभन्दा धेरै Turnover = 1,601,822,955 (असोज २ गते ) यो महिनाको सबभन्दा कम Turnover = 485,408,767.82 (असोज १२ गते) यो महिनाको सबभन्दा धेरै Volume = 9,296,445(असोज २ गते) यो महिनाको सबभन्दा थोरै Volume = 1,370,477 (असोज १२ गते) रातो = ८ दिन ( ३ आइतबार, २ सोमबार,२ मंगलबार,१ बिहिबार) हरियो = ७ दिन ( १ आइतबार,१ मंगलबार, ३ बुधबार,२ बिहिबार) यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,876.41 यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,858.33 यो महिनामा घटेको NEPSE = 18.08 यो महिनाको Total Turnover = 12,263,947,400( भाद्र महिनाकोभन्दा 19,476,775,359 ले कम) यो महिना भर NEPSE 1800 (1815 देखि 1898 बिचको अंकमा तल माथी गरि रह्यो) को लाइनमा मात्र रहेको देखिन्छ, NEPSE:1,858.33..........................................Previous [1,860.94] (-2.61 / -0.14%)...................................Previous (-9.69 / -0.52%) SENSIND (365.62).........................................Previous (365.42] (+0.20 / +0.05%)........................................Previous (-1.72 / -0.47%) Turnover :515,818,990...................................Previous [803,525,533] Volume :1,631,349................................Previous [2,574,785] |
#319 Wed Oct 12, 2022 5:34 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०६-२६(2022-10-12)
-------------------------------------- यसपाली जस्तै पोहोर पनि दशैँपछिको पहिलो कारोबार आइतबारनै भएको रहेछ, संयोग पनि उस्तै, आइतबार हरियो, सोम र मंगलबार रातो अनि फेरी ठ्याक्कै बुधबार हरियो यसपाली पनि, भोलीको चाही नमिलोस्, तर पोहोर यो समयमा 25 र 26 सयको लाइनमा रहेको नेप्से यसपाली चाही 18 सयको लाइनमा हल्लिरहेको छ. Nepse 1332.12 अंकले झरी सकेको छ, अब यो भन्दा कति खस्नु ? घटाउन चाहनेहरुसंग बजार घटाउनका लागि प्रयोग गर्न मिल्ने, लगभग सबै 'औजार'हरु रित्ति सकेका छन्, 'Propaganda' त तिनका आ-आफ्ना पोर्टलहरु मार्फत नियमित राख्नेनै छन्, अलि चनाखा लगानीकर्ताहरुले त्यति त बुझी पनि हाल्छन, NEPSE:1,866.48..........................................Previous [1,855.16] (+11.32 / +0.61%)...................................Previous (-16.06 / -0.86%) SENSIND (366.19).........................................Previous (363.63] (+2.56 / +0.70%)........................................Previous (-3.21 / -0.88%) Turnover :691,737,894...................................Previous [552,809,985] Volume :2,085,284................................Previous [1,768,692] |
#320 Wed Sep 28, 2022 11:36 am
|
|
Member
Registered: Mar 2014
Posts: 320
|
Happy Dashain Nissan Ji and forum friends. You updated actively.
|
#321 Sun Sep 25, 2022 6:20 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
सबै मित्रहरुलाई भोलीबाट शुरु हुने दशैँको धेरै धेरै सुभकामना ! मैले चाही अब २ हप्ताको लागि यो फोरमबाट बिदा लिने निर्णय गरे, सबैको सुभ होस् l |
#322 Tue Sep 20, 2022 4:33 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०६-०४(2022-09-20)
-------------------------------------- चाडबाड मान्नै पर्यो, पैसाको अभाब छ, Share market मात्र होइन सबै क्षेत्रकोनै बेहाल देखिन्छ, मार्केटको कुरा गर्ने हो भने बजारका खेलाडीहरुको रणनीति, अप्ठ्यारोमा परेका लगानीकर्ताहरुबाट, दशैँको मुखमा सस्तोमा कित्ता उम्काउने देखिन्छ, झन् ब्याजदरले आगोमा घिउ थपिदिने काम गरेकै छ, साना लगानीकर्ताहरु आत्तिएकाले धेरै त, जति घाटा लागेनी लागोस् अब चाही यो बजारमा कहिल्यै फर्कने छैन भनि निस्कने सम्भावना पनि देखिदैछ, नियामकहरु 'कर' उठाउनमै मस्त छन् ! NEPSE:1,837.60..........................................Previous [1,876.41] (-38.81 / -2.07%)...................................Previous (-33.97 / -1.78%) SENSIND (358.87).........................................Previous (365.86] (-7.00 / -1.91%)........................................Previous (-6.04 / -1.62%) Turnover :1,229,669,722...................................Previous [1,601,822,955] Volume :3,856,538................................Previous [9,296,445] |
#323 Fri Sep 16, 2022 5:32 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०५-३१(2022-09-16)
---------------------------- भाद्र महिनालाई फर्केर हेर्दा : यो महिनामा जम्मा कारोबार भएको = २५ दिन एक अर्बको लाइनको कारोबार भएको = १४ दिन एक अर्बभन्दा मुनिको कारोबार भएको = ७ दिन दुइ अर्बको लाइनको कारोबार भएको = ४ दिन तीन अर्बको लाइनको कारोबार भएको = छैन यो महिनाको सबभन्दा धेरै Turnover = 2,125,655,787.39 (भाद्र ३० गते) यो महिनाको सबभन्दा कम Turnover = 698,805,950.93 (भाद्र १७ गते) यो महिनाको सबभन्दा धेरै Volume = 6,940,596 (भाद्र ३० गते) यो महिनाको सबभन्दा थोरै Volume = 1,801,273 (भाद्र १७ गते) रातो = १७ दिन ( ३ आइतबार, ३ सोमबार,१ मंगलबार, ३ बुधबार, ४ बिहिबार, ३ शुक्रबार) हरियो = ८ दिन ( १ आइतबार,१ सोमबार,३ मंगलबार, २ वटा बुधबार,१ बिहिबार) यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 2,040.70 यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,910.38 यो महिनामा घटेको NEPSE = 130.32 यो महिनाको Total Turnover = 31,740,722,759(श्रावण महिनाभन्दा 40,875,385,647 ले कम) यो महिना भर NEPSE 1900 को लाइनमा १७ दिन र 2000 को लाइनमा ८ दिन रहेको देखिन्छ, NEPSE:1,910.38..........................................Previous [1,924.48] (-14.10 / -0.73%)...................................Previous (-57 / -2.88%) SENSIND (371.90).........................................Previous (374.13] (-2.23 / -0.59%)........................................Previous (-11.23 / -2.91%) Turnover :908,186,488...................................Previous [2,125,655,787.39] Volume :2,916,271................................Previous [6,940,596] |
#324 Sun Sep 11, 2022 6:26 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7561
|
Since you said 'twin tower, 9/11', how many people know that during that exact time, there was a third big building which also crashed????
Now the question is, why CIA media never talks about the crash of third building? |
#325 Sun Sep 11, 2022 5:33 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७९-०५-२६(2022-09-11)
-------------------------------------- निरश र उजाड share मार्केट, कुनै पनि लगानीकर्ताको मुहारमा कान्ति छैन, कतिले अलिकता बजार बढी दिए, दशैँ खर्च जोहो गरिन्थ्यो भन्ने सोचेका थिए होलान, यो दशैका लागि सो अबसर पनि अब आउला या नआउला त्यसै भन्न सक्ने अवस्था रहेन, बजारकै समयमा मैले चाही आज 9/11 को twin tower आक्रमण youtube मा गएर, दोहोर्याई तेहर्याई हेरे, यो बजारमा पनि लगभग यस्तै खालको आक्रमण नियामकहरुबाट घरि-घरि नभएको भए, सायद बजार आजको अबस्थाबाट अलि बेग्लै हुन्थ्यो कि ? तरै पनि आफ्नो सम्पत्ती कौडीको भाउमा नफाली टिकाउन सक्यौ भने, भोली परीस्थिति सुध्रेको बेला, यी पिडाहरुमा अबस्य मल्हम लगाउने अबसर मिल्नेछ, 'धैर्य धैर्य धैर्य' यो बाहेक अन्य बिकल्प छैन है अहिलेको लागि, म आफुले पनि त्यहिनै गर्दैछु, NEPSE:1,926.28..........................................Previous [1,937.74] (-11.46 / -0.59%)...................................Previous (-2.13 / -0.11%) SENSIND (374.73).........................................Previous (376.84] (-2.10 / -0.56%)........................................Previous (-0.54 / - 0.14%) Turnover :747,226,625...................................Previous [1,044,440,647] Volume :2,524,224................................Previous [3,401,762] |
Page: « < ... 9 10 11 12 13 14 15 16 17 ... > »
Sharesansar Forum Powered By Miracle Hub