Author |
Post |
|
#276 Sun Jan 01, 2023 4:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०९-१७ (2023-01-01) ---------------------------- ई.सं. 2022 को नयाँ बर्ष सनिबारको दिन परेको थियो,
त्यसैले अघिल्लो बर्षको पहिलो कारोबार भोलिपल्ट आइतबार मात्र भयो,
अघिल्लो र यो बर्षको पहिलो कारोबारमा दुई वटा संयोग मिलेको छ,
पहिलो : पोहोर र अहिले दुवै कारोबार, ४ अर्बको लाईनमा भएको छ भने,
दोश्रो : नयाँ बर्षको दुवै कारोबार आइतबारकै दिन भएको छ,
तर पोहोर 2021 को अन्तिम कारोबारभन्दा नेप्से ६० अंकले बढेको थियो भने,
आज चाही १७ अंकले मात्र बढेको छ,
पोहोरको पौष महिनाको कारोबार भने बडो बिचित्रको देखिन्छ,
एकै महिनामा कुनै दिनको Turnover दुई अर्ब ३० करोड छ भने,
त्यहि महिनाको अर्को दिन ८ अर्ब माथीको Turnover भएको पनि देखिन्छ,
NEPSE:2,046.26..........................................Previous [2,029.03] (+17.24 / +0.85%)...................................Previous (+56.88 / +2.88%) SENSIND (394.01).........................................Previous (391.30] (+2.71 / +0.69%)........................................Previous (+9.98 / +2.62%) Turnover :4,048,879,510.19....................................Previous [2,860,345,781.68] Volume :10,880,904................................Previous [8,024,559] « Last edit by nissan on Sun Jan 01, 2023 5:09 pm. »
|
|
#277 Thu Dec 29, 2022 4:53 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०९-१४ (2022-12-29) ---------------------------- ई.सं. 2023 लाई NEPSE ले राम्रैसंग स्वागत गरेको देखिन्छ,
हेर्दै जाँदा रमाइलो data भेटियो,
अघिल्लो बर्षको पौष महिना भरमा NEPSE 498.94 अंकले बढेको रहेछ,
पौष ५ गते सबभन्दा कम 2358.81 अंकमा रहेको NEPSE,
पौष २९ गते सो महिनाको सबैभन्दा बढी 2857.75 अंकमा पुगेको रहेछ,
यो बर्ष भने यो महिनामा अहिलेसम्म NEPSE 173.97 अंकले बढेको देखिन्छ,
जबकी पोहोर १ देखि १४ गतेसम्म NEPSE 232.61 अंकले बढेको थियो,
NEPSE:2,029.03..........................................Previous [1,972.15] (+56.88 / +2.88%)...................................Previous (-11.81 / -0.60%) SENSIND (391.30).........................................Previous (381.32] (+9.98 / +2.62%)........................................Previous (-4.72 / -1.22%) Turnover :2,860,345,781.68....................................Previous [2,153,547,207.91] Volume :8,024,559................................Previous [6,530,415]
|
|
#278 Wed Dec 28, 2022 4:52 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०९-१३ (2022-12-2 ---------------------------- अतिनै तानातानमा सकियो आजको बजारको समय,
हेर्दा, घट्न मन छैन तर घट्नु पर्ने बाध्यता जस्तो देखियो,
थोरै थोरै घट्दै उकालो लागेको राम्रै हो,
आजको ठ्याक्कै एक बर्ष अघि आजकै दिन Volume (5,828,783) आजभन्दा कम र
Turnover(3,125,575,631) चाही आजभन्दा केहि बढी तर हिजोको भन्दा कम रहेछ,
तर NEPSE चाही 2518.99 मा थियो,
साथीहरुले कत्तिको याद गर्नु भो,
हिजोको Volume यो बर्षकै सबभन्दा धेरै मात्र होइन,
२०७८-१०-२५(6 अर्ब बढीको Turnover र NEPSE २८ सय माथी भएको दिन) पछिको सबभन्दा धेरै हो,
NEPSE:1,972.15..........................................Previous [1,983.95] (-11.81 / -0.60%)...................................Previous (+59.87 / +3.11%) SENSIND (381.32).........................................Previous (386.04] (-4.72 / -1.22%)........................................Previous (+10.59 / +2.82%) Turnover :2,153,547,207.91....................................Previous [3,884,396,997.98] Volume :6,530,415................................Previous [12,029,603]
|
|
#279 Mon Dec 26, 2022 5:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०९-११ (2022-12-26) ---------------------------- साउन ८, २०७९ पछि आज NEPSE सबैभन्दा बढी अंकले बढेको छ,
बिचमा कार्तिक १५ मा पनि बढेको हो तर आजभन्दा केहि कम,
Turnover चाही कार्तिक २१ पछिको यो धेरै हो,
त्यस्तै पौष महिनामा पहिलो पटक NEPSE १९०० अंक पार गर्न सफल भएको छ,
हुन् त बजार घटेर निकै तल आइसकेकोनै हो, योभन्दा कति घट्नु,
तर
कारोबार समयमानै बिष्णु पौडेल अर्थमन्त्री बन्दैछन् भन्ने हल्लाले पनि काम गर्यो होला,
सायद लगानीकर्ताहरुलाई त्यो भन्दा बढी प्रेरणा चाही,
बेलुन मन्त्रि बाटो लाग्नु र,
'ब्याजप्रसादजी'ले अब अर्थमन्त्रिको आदेश पालना गर्छन भन्ने कुराले दिए जस्तो लाग्छ,
अर्को कुरा 'हरि ढकाल'जीको दल सरकारमा गएको हुनाले पनि,
अब लगानीकर्ताको आवाज सजिलै सम्बन्धित निकायमा पुग्छ र
संसदमा घन्कन्छ भन्ने कुराले पनि यसरी बजार बढ्नमा काम गर्यो होला,
अब अर्थमन्त्रीको पहिलो statement कस्तो आउने हो,
प्रचण्डले 'पूंजीपती बर्ग'को कुरो कत्तिको गर्छन,
जे भए पनि अब २ बर्ष सरकार स्थिर हुने कुरा त सत्य हो,
लगानीकर्ताहरुको लागि यो समय पर्याप्त नभए पनि कम चाही होइन,
यो बढाईको फाइदा सबैलाई होस्,
यो सात दिन हेरेर लगानीकर्ताहरुले आगामी दिनको लागि रणनीति बनाउनु होला, NEPSE:1,924.09..........................................Previous [1,867.21] (+56.88 / +3.05%)...................................Previous (-0.01 / - 0.00%) SENSIND (375.45).........................................Previous (367.06] (+8.38 / +2.28%)........................................Previous (+1.72 / +0.47%) Turnover :2,097,049,941.35....................................Previous [1,119,797,921.31] Volume :5,653,053................................Previous [3,111,833]
|
|
#280 Thu Dec 22, 2022 4:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०९-०७ (2022-12-22) ---------------------------- देखिनलाई रातो भए पनि, आज बजार अंकको हिसाबले स्थिरनै रह्यो,
साधारण सभा, dividend र पौष महिनाको चटारो आफ्नो ठाउमा छदैछ,
Banker र ब्यबसायीहरु खुल्लम खुल्ला आरोप प्रत्यारोपमा उत्रन थाले,
दुवै एक आपसमा भन्दा पनि, मिलेर अर्थमन्त्रालय र ब्याजप्रसादको बिरुद्ध चाही उत्रिनु पर्नेथ्यो,
अर्को प्रसंग : हिजोदेखि फेरी चार्ल्स सोभराज एक्कासी चर्चामा आएका छन्,
७९ बर्षको बृद्धले पनि छुटेपछि गर्ने कामको list बनाई सकेछन,
अरु जे जस्तो भए पनि यिनको आत्मविश्वास र हिम्मतलाई चाही मान्नै पर्छ,
हाम्रो बजार त तन्नेरीनै छ,
आजै सांसदहरुले सपथ पनि खाएका छन्,
नयाँ सांसदहरु त्यो भवनभित्र छिरेपछि सेलाए कि झन् उर्जावान भए अब संसद अधिबेशन सुरु भएपछि
तिनको प्रस्तुतीबाट अड्कल काट्न सकिएला,
यस्तै हो यसैगरि यो पौष महिना बिताउनु पर्नेछ, नआत्तीकन l
NEPSE:1,867.21..........................................Previous [1,867.22] (-0.01 / - 0.00%)...................................Previous (-5.89 / -0.31%) SENSIND (367.06).........................................Previous (365.34] (+1.72 / +0.47%)........................................Previous (-1.31 / -0.36%) Turnover :1,119,797,921.31....................................Previous [863,816,561.06] Volume :3,111,833................................Previous [2,440,307]
|
|
#281 Thu Dec 22, 2022 4:21 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
मैले पनि मार्केट अन्तमा ८-१० अंकले घटेर बन्द हुनेभो भन्ने सोचेको थिए, एकछिनमा सुन्यमा झरेको देखियो, ३ दिन छुट्टि त्यसपछि खुल्दा सरकारले आकार लिने भएकाले बढाउन मन लाग्यो कि ? NTC चाही 58 ले मज्जाले ओइर्याएछ, लाभांस घोषणाको खुशीमा l
|
|
#282 Thu Dec 22, 2022 3:03 pm
|
Member
Registered: Oct 2013
Posts: 7561
|
-.65% bata -.00% kasari ayo under one minute?????
Kunchai share le lyo or technical problem?
|
|
#283 Wed Dec 21, 2022 4:45 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०९-०६ (2022-12-21) ---------------------------- SEBON ले नेपाली कांग्रेससंग स्पष्टिकरण सोध्नु पर्ने भो,
तपाईहरुको संसदीय दलको नेता छान्ने निर्बाचन,
किन ३ बजेपछि नगरेर, कारोबार समयभित्र गरेको भनेर,
त्यहि चुनाबलेनै यताको बजार थोरै घटायो भने,
उता तस्बिरवाला सांसदहरुको rate चाही सर्किट लाग्ने गरि बढाए जस्तो छ, NEPSE:1,867.22..........................................Previous [1,873.11] (-5.89 / -0.31%)...................................Previous (+14.22 / 0.76%) SENSIND (365.34).........................................Previous (366.65] (-1.31 / -0.36%)........................................Previous (+2.68 / 0.74%) Turnover :863,816,561.06....................................Previous [930,839,901.14] Volume :2,440,307................................Previous [3,022,052]
|
|
#284 Mon Dec 19, 2022 5:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०९-०४ (2022-12-19) ---------------------------- राष्ट्रपतीबाट सरकार बनाउन ७ दिनको समय तोकिदिएसंगै,
नेपालका दलहरु र नेताहरुले मात्र होइन बिदेशी शक्तिहरुले पनि
यहाँ आफ्नो खेल सुरु गरिसकेका छन्,
झन् दलका टाउकेहरुले त सकेको जाल झेल, साम, दाम के मात्र प्रयोग गर्दैनन होला र कुर्सिका लागि,
अहिले जसले गठबन्धन गर्न सक्यो उनीहरुकै भागमा ३५ वटा प्रमुख पदहरु पनि पर्ने हुनाले,
यसपालीनै आफ्नो पक्षको गठबन्धन बनाउन सबै मरिमेटेर लागेका छन्,
'बा'ले त दिनहु प्रचण्ड र माधब नेपाललाई फकाउन मान्छे लगाएका लगाएकै छन्,
सरकार जसको बने पनि,
यसपाली संसद भने केहि बिशेष अबस्य हुने सोचेको छु, हेरौ,
तर सरकार बन्नुभन्दा पहिल्यै,
आफुलाई भने मध्याबधी चुनाबको झल्को आउन थाली सक्यो,
त्यसो नहोस्, र अब आउने चुनाबमा 'समानुपातिक' निर्बाचन प्रणाली चाही खारेज होस्,
यसले आफ्ना आसेपासेलाई मौका दिने र
निर्बाचनमा कसैको बहुमत आउन नदिने बहेक, अर्को राम्रो काम गर्न सकेको देखिएन l NEPSE:1,858.89..........................................Previous [1,855.06] (+3.83 / +0.21%)...................................Previous (-27.54 / - 1.46%) SENSIND (363.97).........................................Previous (362.82] (+1.15 / +0.32%)........................................Previous (- 5.22 / - 1.42%) Turnover :886,098,568.38...................................Previous [1,157,155,099..09] Volume :2,699,331................................Previous [3,778,951]
|
|
#285 Sun Dec 18, 2022 4:35 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०९-०३ (2022-12-1 ---------------------------- आज पौष महिनाको पहिलो कारोबार,
यो चिसो महिनाले थप चिसो गर्नेनै भयो सबैतिर,
अब अघिल्लो महिनालाई पनि सरसर्ती हेरौ न कस्तो भएछ भनेर, मंसिर महिनालाई फर्केर हेर्दा :
यो महिनाको १८ कारोबार दिनमा NEPSE जम्मा ४ दिन चाही १९०० अंकबाट तल झरेको देखिन्छ,
यहि महिनामानै संघ र प्रदेशको आम निर्बाचन सम्पन्न हुनेदेखि त्यसको अन्तिम मत परिणामसम्म घोषणा गर्ने काम भएको छ,
यो महिनामा जम्मा कारोबार भएको = १८ दिन
एक अर्बको लाइनको कारोबार भएको = ११ दिन
एक अर्बभन्दा मुनिको कारोबार भएको = ६ दिन
दुइ अर्बको लाइनको कारोबार भएको = १ दिन
यो महिनाको सबभन्दा धेरै Turnover = 2,025,489,052.14 (मंसिर ११ गते )
यो महिनाको सबभन्दा कम Turnover = 727,877,897.36 (मंसिर २८ गते)
यो महिनाको सबभन्दा धेरै Volume = 8,092,719(मंसिर २१ गते)
यो महिनाको सबभन्दा थोरै Volume = 2,058,510 (मंसिर २७ गते)
रातो = ११ दिन ( १ आइतबार, २ सोमबार,३ मंगलबार,४ बुधबार, १ बिहिबार)
हरियो = ७ दिन ( २ आइतबार,१ सोमबार, १ मंगलबार, ३ बिहिबार)
यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,936.83
यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,882.60
यो महिनामा घटेको NEPSE = 54.23
यो महिनाको Total Turnover = 22,677,413,614.95(कार्तिक महिनाकोभन्दा 5,813,238,029.95 ले बढि)
सबैले सम्झेकै होला २०७८-०४-३१ गते एकै दिनमा(लगभग अहिलेको एक महिनाको कारोबार बराबर)नै 21,647,600,654.50 को Turnover भएको थियो,
जुन दिन NEPSE 3,154.34 अंकमा थियो,
यहि महिनामा थापाथली सुकुम्बासी बस्तीमा नगर प्रहरीमाथी आक्रमण,
मौद्रिक नीतिको प्रथम त्रैमासिकको समिक्षा,
चोलेन्द्र सम्शेरलाई महाभियोगबाट क्लिन चिट दिने नाटक देखि
महाभियोगको टुंगो नलागी उनको कार्यकालको अन्त पनि यहि महिनामा हुन् पुगेको छ,
रेसम चौधरी देखि अफताब आलमसम्मलाई जेलमुक्त गर्न मिल्ने गरि सरकारले यहि महिनामानै ल्याएको अध्यादेस,
प्रमाणित नभई राष्ट्रपती कार्यालयमा थन्किएर बसेको छ,
हाम्रो सम्बेदनशील share मार्केटलाई यी तत्वहरुले पनि प्रभाव पार्ने भएकाले,
यी घटनाहरुलाई पनि यहाँ उल्लेख गर्न मन लागेको हो l
NEPSE:1,855.06..........................................Previous [1,882.60] (-27.54 / - 1.46%)...................................Previous (-14.48 / -0.76%) SENSIND (362.82).........................................Previous (368.04] (- 5.22 / - 1.42%)........................................Previous (-2.15 / -0.58%) Turnover :1,157,155,099..09...................................Previous [1,192,616,187.82] Volume :3,778,951................................Previous [4,804,279] « Last edit by nissan on Sun Dec 18, 2022 4:38 pm. »
|
|
#286 Wed Dec 14, 2022 5:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-२८ (2022-12-14) ---------------------------- एक बर्षअघि आजकै दिन NEPSE 137.17 अंकले बढेको थियो भने,
Turnover चाही लगभग ४ अर्बबाट, एक अर्ब ८४ करोडमा झरेको थियो,
त्यो दिन नेप्से चाही 2,418.84 अंकको थियो,
'पुष्प-कामरेड'ले पोहोर यहि समयमा लगानीकर्ताहरुलाई 'ईलाईट बर्ग' र सामन्ती भन्न पनि भ्याएका थिए,
त्यति पुरानो पनि होइननी, सम्झना आउनेनै भयो, NEPSE:1,897.08..........................................Previous [1,899.70] (-2.62 / -0.14%)...................................Previous (-2.57 / -0.13%) SENSIND (370.19).........................................Previous (371.30] (-1.12 / -0.30%)........................................Previous (-1.63 / -0.44%) Turnover :727,877,897.36...................................Previous [777,089,165.15] Volume :2,087,876................................Previous [2,058,510]
|
|
#287 Tue Dec 13, 2022 4:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-२७ (2022-12-13) ---------------------------- यो महिनाको सबभन्दा चुत्थो Turnover आजको,
अब के होला, अब के होला,
सधैको अनिश्चितता यतै हुने रहेछ,
तरै पनि,
सरकार गठनसंगै पक्कै सबैतिर केहि राम्रो हुनेछ भनि आशा गर्न नछाडौ,
NEPSE:1,899.70..........................................Previous [1,902.27] (-2.57 / -0.13%)...................................Previous (+16.96 / +0.90%) SENSIND (371.30).........................................Previous (372.93] (-1.63 / -0.44%)........................................Previous (+5.57 / +1.52%) Turnover :777,089,165.15...................................Previous [1,366,010,464.02] Volume :2,058,510................................Previous [4,470,625]
|
|
#288 Mon Dec 12, 2022 5:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-२६ (2022-12-12) ---------------------------- पहिला ओलीजीले नचाहिदा अध्यादेश ल्याए भनेर बिरोध गर्थे,
अहिले आफै यस्तो अध्यादेश ल्याए, हल्ला रेशमको चलाए पनि यसको लहरो तन्किएर अफताब आलमसम्म पुग्न सक्छ,
आजै धेरै जस्तो 'अर्थ' पोर्टलहरुले परशुराम कुंवर क्षेत्रीको विचार भनेर, पौष महिनामा मज्जाले ब्याज दर घट्छ भनेर लेखेका छन्,
अब सरकार कहिले बन्ने हो, कस्तो बन्ने हो,
को प्रम र को अर्थमन्त्री बन्ने हो,
यो बजारमा कतिधेरै चनाखो बन्नु पर्ने हो ?
उता रसिया र उक्रेनको युद्धले असर गर्ने,
कोहि world cup को सिजनमा दिनभर लगानीकर्ता सुत्ने हुनाले यस्तै हो भन्छन,
कोहि आयात खुल्यो अब टेन्सन भनि हल्ला पिट्छन,
सरकार त्यति सस्तोमा पेट्रोल किनेर पनि अझ नाफा पुगेन भनेर भाउ घटाउदैन,
30% लाभांस कम भएर होला, Number one bank को मुल्य स्वाट्ट घट्छ,
१-२ कुरा जानेर मात्र 'नाफाको' लगानीकर्ता बन्न नसकिने रहेछ,
घाम चर्को लागे किन लाग्यो र यसले बजारमा के असर पार्छ र
पानी दर्के किन यसरी पानी पर्यो र बजारले यसलाई कसरी रियाक्ट गर्छ,
सबको ज्ञान हुनु पर्ने रहेछ,
सिक्न र जान्न धेरै कुरा बाँकि छ l NEPSE:1,902.27..........................................Previous [1,885.31] (+16.96 / +0.90%)...................................Previous (-31.97 / -1.67%) SENSIND (372.93).........................................Previous (367.36] (+5.57 / +1.52%)........................................Previous (-6.28 / -1.68%) Turnover :1,366,010,464.02...................................Previous [1,103,404,045.08] Volume :4,470,625................................Previous [3,512,834]
|
|
#289 Wed Dec 07, 2022 4:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-२१ (2022-12-07) ---------------------------- चुनाब र त्यसको मत गणना र हार-जीतको नतिजा अनि
नयाँ बन्ने सरकारका बारेमा सबै व्यस्त भएर,
सायद सबैले भुलिसकेका थिए होलान,
देशका प्रधानन्यायाधिसलाई महाभियोग लगाउने प्रस्ताब संसदमा अड्केर बसेको छ भनेर,
आज एक जना कर्मचारीले उनै प्र.न्या.लाई लेखेको 'Love Letter'का कारण,
आजको दिन पुरै 'चोलेन्द्रमय' बन्न पुग्यो,
अब उनको कार्यकाल सकिन पनि एक हप्ता न बाँकी रहेछ,
हैन एउटा कर्मचारीले यसरी आफ्नो सुरले 'पत्र' लेख्न सम्भब होला र ?
NEPSE:1,917.28..........................................Previous [1,933.88] (-16.61 / -0.86%)...................................Previous (-4.87 / -0.25%) SENSIND (373.64).........................................Previous (378.08] (-4.44 / -1.17%)........................................Previous (-1.56 / -0.41%) Turnover :1,654,662,550.99...................................Previous [965,210,899.14] Volume :8,092,719................................Previous [2,581,425]
|
|
#290 Wed Dec 07, 2022 11:25 am
|
Member
Registered: Oct 2013
Posts: 1298
|
यस पटकको 'हाउस'मा हुने नयाँ(पहिला कतै परिक्षण नभएकाहरुको)हरुको प्रतिनिधित्वले, युटुबरहरुलाई सबभन्दा बढी प्रेरणा मिल्नेछ सायद, प्रतिनिधिसभामा ब्यबहारिक कुराको घन्टी बजाउन, तत्कालै गर्न सकिने कुरा छाडेर, ठुल ठुला कुरा गरेर 'बा'ले जस्तो प्रतिनिधिसभाको समय बर्बाद नगरुन l
|
|
#291 Wed Dec 07, 2022 8:12 am
|
Member
Registered: Mar 2018
Posts: 2309
|
हाउसमा २० वोटा घन्टी बज्दा के होला भनेर १७ दिन अघि भनेको अधिकारीहरुले सुनेछन कि, ठ्याक्कै मिलेछ ?
|
|
#292 Tue Dec 06, 2022 4:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-२० (2022-12-06) ---------------------------- यो मंगसिर महिनाको १२ दिनमा NEPSE न 1965.98 अंकबाट बढ्न सक्यो,
न त 1921.99 अंकभन्दा तल झर्ननै सकेको छ,
खेला 44 अंक भित्रनै चली रहेको देखिन्छ,
अब गठबन्धन(अहिलेकैमा केहि अरु थपिएर) कै सरकार बन्ने पक्का पक्कि भए जस्तो देखिन्छ,
लगानीकर्ताहरुको खाश चासो पनि को प्रधानमन्त्री बन्ने हो र अर्थमन्त्रालयमा को आउने हो भन्नेमानै देखिन्छ,
अहिले भएका दल थप टुक्रने सम्भावना पनि छदै छ,
नयाँ सरकार बन्ने कामले रफ्तार लिनासाथ्,
NEPSE ले पनि आफ्नो मुड सार्बजनिक गर्न थाली हाल्ने देखिन्छ l
NEPSE:1,933.88..........................................Previous [1,938.76] (-4.87 / -0.25%)...................................Previous (-24.46 / -1.25%) SENSIND (378.0 .........................................Previous (379.64] (-1.56 / -0.41%)........................................Previous (-5.19 / -1.35%) Turnover :965,210,899.14...................................Previous [1,670,455,034.63] Volume :2,581,425................................Previous [4,127,286]
|
|
#293 Mon Dec 05, 2022 4:59 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-१९ (2022-12-05) ---------------------------- गठबन्धनका दलहरुमा चित्रबहादुर केसीजीको दलको सायद कुनै माग(संघियताको बिरोध बाहेक) छैन होला,
तर बाँकि ४ दललाई राष्ट्रपती तिनकै दलबाट चाहिएको छ,
दुइ दललाई अहिल्यै शुरुमै प्रधानमन्त्री नभई भा छैन,
तानतुन गरेर बहुमत पुर्यायो,
२ - ३ महिनापछि आफुले तानेकोलाई अर्कोले तानेर कता पुर्याई सकेको हुन्छ,
फेरी राष्ट्रिय दलनै यति धेरै भए,
बरु सबै मिलेर यो समानुपातिक निर्बाचन प्रणालीलाई हटाऊ र प्रतक्ष्य निर्बाचन प्रणाली लागु गरौ,
नत्र भ्याकुताको धार्नी कहिल्यै नपुग्ने तर जोखीचाई सधै रहनु पर्ने,
यहि चुनाबी प्रणाली रहुन्जेल जति पटक मध्याबधि गरे पनि result उही हो,
बजार पनि पुरा कन्फ्युजनमा देखियो,
कस्तो सरकार बन्छ कस्तो भनेर,
NEPSE:1,938.76..........................................Previous [1,963.22] (-24.46 / -1.25%)...................................Previous (+2.16 / +0.11%) SENSIND (379.64).........................................Previous (384.83] (-5.19 / -1.35%)........................................Previous (+1.17 / +0.30%) Turnover :1,670,455,034.63...................................Previous [1,561,702,992.01] Volume :4,127,286................................Previous [3,694,084]
|
|
#294 Fri Dec 02, 2022 8:23 am
|
Member
Registered: Mar 2018
Posts: 2309
|
चिन्ता नगर्नुस , दुइ मध्ये एकको अर्थमन्त्री हुने सम्भावना धेरै छ
|
|
#295 Thu Dec 01, 2022 5:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-१५ (2022-12-01) ---------------------------- मंसिरपछिका २-३ महिना फुर्सदि महिना हुने हुनाले बर्षभरिका लागि चाहिने आन्दोलन यसै समयमा गर्ने गरिन्छ,
Auto व्यवसायीले आन्दोलन गर्ने रे,
चेम्बरले आन्दोलन गर्ने,
बागबजारमा सडकमा बाइक राख्न नपाउनेले अन्दोलन गर्ने,
'सु'को नाममा हुकुम्बासीले आन्दोलन गर्ने,
सहकारी पिडितले आन्दोलन गर्ने,
यहि चिसोमा फेरी उखु किसानलाई काठमाडौँ भित्र्याउन बेर छैन,
यी गतिविधिले चिसो बाताबरणलाई गर्मागरम त बनाउनेनै भए,
यता बजार पनि भित्र-भित्र आन्दोलित छ,
लगानीकर्ताहरुमा उकुस मुकुस बढ्दो छ,
तिनको छट्पटाहटले बजारमा केही सकारात्मक(नीतिगत) कुराको guarantee खोजी रहेको प्रष्ट हुन्छ,
आफुलाई पनि अब नयाँ सरकार बन्दा, अर्थमन्त्रालय माओबादी(जसले सरकार बनाए पनि उहाँहरु नछुट्ने देखिन्छ) लाई नदिएर,
केन्द्रिय बैंकमा पनि देश परिस्थितीलाई सहि ढंगले ट्याकल गर्न सक्ने मनुवा ल्याईदिए हुन्थ्यो भन्ने लागिराछ,
हेरौ
NEPSE:1,961.06..........................................Previous [1,949.85] (+11.22 / +.58%)...................................Previous (-3.51 / -0.18%) SENSIND (383.66).........................................Previous (381.84] (+1.82 / +0.48%)........................................Previous (-0.85 / -0.22%) Turnover :1,322,972,185.65...................................Previous [842,695,301.99] Volume :3,865,961................................Previous [2,355,845]
|
|
#296 Wed Nov 30, 2022 5:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-१४ (2022-11-30) ----------------------------
यताको बजार स्थिर, सुन्य र चिसो भएपनि,
उताको राजनीतिको बजार चाही तातो र बुलिस ट्रेन्डमा जाने देखिन्छ,
सांसदहरुको मुल्यले पुराना सबै रेकर्ड तोड्दै ..... कति दिन हरियो सर्किट हान्ने हो पत्तो छैन,
राजनीतिका दिर्घकालीन र अल्पकालीन, दुवै खाले लगानीहरु खुब फष्टाउने देखियो, NEPSE:1,949.85..........................................Previous [1,953.35] (-3.51 / -0.18%)...................................Previous (+2.99 / +0.15%) SENSIND (381.84).........................................Previous (382.69] (-0.85 / -0.22%)........................................Previous (+0.08 / +0.02%) Turnover :842,695,301.99...................................Previous [957,060,225.96] Volume :2,355,845................................Previous [2,589,997]
|
|
#297 Tue Nov 29, 2022 5:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-१३ (2022-11-29) ---------------------------- बाजा बजाएर सिंहदरवार छिर्ने भन्ने मान्छेले,
बाजा बजाई दिने मान्छे खोजेको खोज्यै हुनु हुन्छ रे,
अहिले जसले गठबन्धनमा सरकार बनाउन सक्छ उसैले भाग बण्डामा,
राष्ट्रपती, उपराष्ट्रपती, सभामुख, उपसभामुख लगायतका पद पाउने हो,
राष्ट्रिय सभामा पनि त्यहि भइ हाल्छ,
अनेक नियुक्तिहरु भिन्दै छन् फेरी,
त्यसैले अबको १ महिना निकै रमिता हेर्न पाइनेवाला छ है,
मार्केटले पनि फुर्सदि बनाई दिएको हुनाले यताबाट भए पनि मनोरंजन त लिनै परो,
२ बर्ष अगाडी आजकै दिन NEPSE 1,968.27 र एक बर्ष अघि चाही 2,630 रहेछ l
NEPSE:1,953.35..........................................Previous [1,950.37] (+2.99 / +0.15%)...................................Previous (-15.61 / -0.79%) SENSIND (382.69).........................................Previous (382.61] (+0.08 / +0.02%)........................................Previous (-3.65 / -0.95%) Turnover :957,060,225.96...................................Previous [1,494,394,613.66] Volume :2,589,997................................Previous [3,761,299]
|
|
#298 Tue Nov 29, 2022 5:51 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-१३ (2022-11-29) ---------------------------- बाजा बजाएर सिंहदरवार छिर्ने भन्ने मान्छेले,
बाजा बजाई दिने मान्छे खोजेको खोज्यै हुनु हुन्छ रे,
अहिले जसले गठबन्धनमा सरकार बनाउन सक्छ उसैले भाग बण्डामा,
राष्ट्रपती, उपराष्ट्रपती, सभामुख, उपसभामुख लगायतका पद पाउने हो,
राष्ट्रिय सभामा पनि त्यहि भइ हाल्छ,
अनेक नियुक्तिहरु भिन्दै छन् फेरी,
त्यसैले अबको १ महिना निकै रमिता हेर्न पाइनेवाला छ है,
मार्केटले पनि फुर्सदि बनाई दिएको हुनाले यताबाट भए पनि मनोरंजन त लिनै परो,
NEPSE:1,953.35..........................................Previous [1,950.37] (+2.99 / +0.15%)...................................Previous (-15.61 / -0.79%) SENSIND (382.69).........................................Previous (382.61] (+0.08 / +0.02%)........................................Previous (-3.65 / -0.95%) Turnover :957,060,225.96...................................Previous [1,494,394,613.66] Volume :2,589,997................................Previous [3,761,299]
|
|
#299 Sun Nov 27, 2022 5:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-०८-११ (2022-11-27) ---------------------------- आजको ठ्याक्कै २ बर्षअघि NEPSE ले आफ्नो पुरानो रेकर्ड तोडेको थियो 1,893.25 अंकमा पुगेर, राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने दिन राम्रै छनौट गरेछ भन्नु पर्ला, [२०७७-०८-११ गते भएको कारोबारमा,
२३ हजार ५० लगानीकर्ता सहभागी भएका रहेछन,
र ८७.७५% कारोबार अनलाइन मार्फत भएको रहेछ]
मंगसिर महिना केहि बिशेस छ किनकी,
२०७७ मंसिर १६ गते NEPSE पहिलो पटक 2000 अंक माथी टिकेको थियो,
जबकी NEPSE ले 2000 अंकलाई पार चाही मंसिर १५ गतेनै गरेको हो,
अहिले पनि नेप्से फेरी 2000 माथी उक्लिन निकै कसरत गर्दैछ,
राष्ट्र बैंकको मौद्रिक नीति आएपछि ,
२०७७ मंसीर २१ गते NEPSE 123.34(6%) अंकले घटेको थियो र बजार किन यसरी घट्यो भनेर,
अर्थ समितिले गभर्नरलाई छलफलका लागि बोलाउने नाटक पनि गरेको थियो,
पुराना कुरा सम्झदा पनि रमाईलै हुन्छ,
आजको मौद्रिक नीतिको प्रतिफल(राम्रो आएमा) स्वरुप के थाहा भोली नेप्से 123 अंक(जसरी खराब नीति ल्याउदा घटेको थियो)ले बढ्छ कि त ?
NEPSE:1,965.98..........................................Previous [1,933.55] (+32.43 / +1.68%)...................................Previous (+11.56 / +0.60%) SENSIND (386.26).........................................Previous (380.92] (+5.34 / +1.40%)........................................Previous (+3.02 / +0.80%) Turnover :2,025,489,052.14...................................Previous [925,174,380.45] Volume :4,223,867................................Previous [2,569,229] « Last edit by nissan on Sun Nov 27, 2022 5:48 pm. »
|
|
#300 Fri Nov 25, 2022 11:42 am
|
Member
Registered: Oct 2013
Posts: 1298
|
यस पटक जनताको पक्षमा भने खुव आवाज उठाउनेछन् सांसदहरुले,
काम भने उस्तै-उस्तै होला,
बजारको कुरा गर्दा हरि ढकालले आफु र आफ्नो दल मार्फत लगानीकर्ताहरुको पक्षमा वकालत गर्लान भनि ठानिएको छ,
सरकार बन्ने कुरा त फेरी उही पुरानो तरिकाले हुने भो,
सांसद किनबेच गरेर,
अहिलेको दलहरुको निर्बाचित संख्या हेर्दा २ बर्षपछि देश मध्यावधिमा जाने सम्भावना उत्तिकै छ,
यी सबको कारक अहिलेको समानुपातिक निर्बाचन प्रणालीनै हो,
पूर्ण समानुपातिकमा जाँदा अबस्था झन् जटिल र गन्जागोल हुने देखिन्छ,
बरु प्रतक्ष्य निर्बाचन प्रणालीमा मात्र जाँदा एउटाको बहुमत आउने सम्भावना रहन्थ्यो l
अर्को कुरा अब बामगठबन्धनको कुरा खुब चल्छ,
किनकी अहिले जसले गठबन्धन गर्न सक्यो उनीहरुकै team बाट राष्ट्रपती, उपराष्ट्रपति, सभामुखहरु छानिने हुन्,
हेरौ राजनीतिक घटनाक्रम कसरी अघि बढ्नेछ l
|