Author |
Post |
|
#251 Wed Dec 14, 2022 5:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-२८ (2022-12-14) ---------------------------- एक बर्षअघि आजकै दिन NEPSE 137.17 अंकले बढेको थियो भने,
Turnover चाही लगभग ४ अर्बबाट, एक अर्ब ८४ करोडमा झरेको थियो,
त्यो दिन नेप्से चाही 2,418.84 अंकको थियो,
'पुष्प-कामरेड'ले पोहोर यहि समयमा लगानीकर्ताहरुलाई 'ईलाईट बर्ग' र सामन्ती भन्न पनि भ्याएका थिए,
त्यति पुरानो पनि होइननी, सम्झना आउनेनै भयो, NEPSE:1,897.08..........................................Previous [1,899.70] (-2.62 / -0.14%)...................................Previous (-2.57 / -0.13%) SENSIND (370.19).........................................Previous (371.30] (-1.12 / -0.30%)........................................Previous (-1.63 / -0.44%) Turnover :727,877,897.36...................................Previous [777,089,165.15] Volume :2,087,876................................Previous [2,058,510]
|
|
#252 Tue Dec 13, 2022 4:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-२७ (2022-12-13) ---------------------------- यो महिनाको सबभन्दा चुत्थो Turnover आजको,
अब के होला, अब के होला,
सधैको अनिश्चितता यतै हुने रहेछ,
तरै पनि,
सरकार गठनसंगै पक्कै सबैतिर केहि राम्रो हुनेछ भनि आशा गर्न नछाडौ,
NEPSE:1,899.70..........................................Previous [1,902.27] (-2.57 / -0.13%)...................................Previous (+16.96 / +0.90%) SENSIND (371.30).........................................Previous (372.93] (-1.63 / -0.44%)........................................Previous (+5.57 / +1.52%) Turnover :777,089,165.15...................................Previous [1,366,010,464.02] Volume :2,058,510................................Previous [4,470,625]
|
|
#253 Mon Dec 12, 2022 5:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-२६ (2022-12-12) ---------------------------- पहिला ओलीजीले नचाहिदा अध्यादेश ल्याए भनेर बिरोध गर्थे,
अहिले आफै यस्तो अध्यादेश ल्याए, हल्ला रेशमको चलाए पनि यसको लहरो तन्किएर अफताब आलमसम्म पुग्न सक्छ,
आजै धेरै जस्तो 'अर्थ' पोर्टलहरुले परशुराम कुंवर क्षेत्रीको विचार भनेर, पौष महिनामा मज्जाले ब्याज दर घट्छ भनेर लेखेका छन्,
अब सरकार कहिले बन्ने हो, कस्तो बन्ने हो,
को प्रम र को अर्थमन्त्री बन्ने हो,
यो बजारमा कतिधेरै चनाखो बन्नु पर्ने हो ?
उता रसिया र उक्रेनको युद्धले असर गर्ने,
कोहि world cup को सिजनमा दिनभर लगानीकर्ता सुत्ने हुनाले यस्तै हो भन्छन,
कोहि आयात खुल्यो अब टेन्सन भनि हल्ला पिट्छन,
सरकार त्यति सस्तोमा पेट्रोल किनेर पनि अझ नाफा पुगेन भनेर भाउ घटाउदैन,
30% लाभांस कम भएर होला, Number one bank को मुल्य स्वाट्ट घट्छ,
१-२ कुरा जानेर मात्र 'नाफाको' लगानीकर्ता बन्न नसकिने रहेछ,
घाम चर्को लागे किन लाग्यो र यसले बजारमा के असर पार्छ र
पानी दर्के किन यसरी पानी पर्यो र बजारले यसलाई कसरी रियाक्ट गर्छ,
सबको ज्ञान हुनु पर्ने रहेछ,
सिक्न र जान्न धेरै कुरा बाँकि छ l NEPSE:1,902.27..........................................Previous [1,885.31] (+16.96 / +0.90%)...................................Previous (-31.97 / -1.67%) SENSIND (372.93).........................................Previous (367.36] (+5.57 / +1.52%)........................................Previous (-6.28 / -1.68%) Turnover :1,366,010,464.02...................................Previous [1,103,404,045.08] Volume :4,470,625................................Previous [3,512,834]
|
|
#254 Wed Dec 07, 2022 4:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-२१ (2022-12-07) ---------------------------- चुनाब र त्यसको मत गणना र हार-जीतको नतिजा अनि
नयाँ बन्ने सरकारका बारेमा सबै व्यस्त भएर,
सायद सबैले भुलिसकेका थिए होलान,
देशका प्रधानन्यायाधिसलाई महाभियोग लगाउने प्रस्ताब संसदमा अड्केर बसेको छ भनेर,
आज एक जना कर्मचारीले उनै प्र.न्या.लाई लेखेको 'Love Letter'का कारण,
आजको दिन पुरै 'चोलेन्द्रमय' बन्न पुग्यो,
अब उनको कार्यकाल सकिन पनि एक हप्ता न बाँकी रहेछ,
हैन एउटा कर्मचारीले यसरी आफ्नो सुरले 'पत्र' लेख्न सम्भब होला र ?
NEPSE:1,917.28..........................................Previous [1,933.88] (-16.61 / -0.86%)...................................Previous (-4.87 / -0.25%) SENSIND (373.64).........................................Previous (378.08] (-4.44 / -1.17%)........................................Previous (-1.56 / -0.41%) Turnover :1,654,662,550.99...................................Previous [965,210,899.14] Volume :8,092,719................................Previous [2,581,425]
|
|
#255 Wed Dec 07, 2022 11:25 am
|
Member
Registered: Oct 2013
Posts: 1266
|
यस पटकको 'हाउस'मा हुने नयाँ(पहिला कतै परिक्षण नभएकाहरुको)हरुको प्रतिनिधित्वले, युटुबरहरुलाई सबभन्दा बढी प्रेरणा मिल्नेछ सायद, प्रतिनिधिसभामा ब्यबहारिक कुराको घन्टी बजाउन, तत्कालै गर्न सकिने कुरा छाडेर, ठुल ठुला कुरा गरेर 'बा'ले जस्तो प्रतिनिधिसभाको समय बर्बाद नगरुन l
|
|
#256 Wed Dec 07, 2022 8:12 am
|
Member
Registered: Mar 2018
Posts: 2290
|
हाउसमा २० वोटा घन्टी बज्दा के होला भनेर १७ दिन अघि भनेको अधिकारीहरुले सुनेछन कि, ठ्याक्कै मिलेछ ?
|
|
#257 Tue Dec 06, 2022 4:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-२० (2022-12-06) ---------------------------- यो मंगसिर महिनाको १२ दिनमा NEPSE न 1965.98 अंकबाट बढ्न सक्यो,
न त 1921.99 अंकभन्दा तल झर्ननै सकेको छ,
खेला 44 अंक भित्रनै चली रहेको देखिन्छ,
अब गठबन्धन(अहिलेकैमा केहि अरु थपिएर) कै सरकार बन्ने पक्का पक्कि भए जस्तो देखिन्छ,
लगानीकर्ताहरुको खाश चासो पनि को प्रधानमन्त्री बन्ने हो र अर्थमन्त्रालयमा को आउने हो भन्नेमानै देखिन्छ,
अहिले भएका दल थप टुक्रने सम्भावना पनि छदै छ,
नयाँ सरकार बन्ने कामले रफ्तार लिनासाथ्,
NEPSE ले पनि आफ्नो मुड सार्बजनिक गर्न थाली हाल्ने देखिन्छ l
NEPSE:1,933.88..........................................Previous [1,938.76] (-4.87 / -0.25%)...................................Previous (-24.46 / -1.25%) SENSIND (378.0 .........................................Previous (379.64] (-1.56 / -0.41%)........................................Previous (-5.19 / -1.35%) Turnover :965,210,899.14...................................Previous [1,670,455,034.63] Volume :2,581,425................................Previous [4,127,286]
|
|
#258 Mon Dec 05, 2022 4:59 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-१९ (2022-12-05) ---------------------------- गठबन्धनका दलहरुमा चित्रबहादुर केसीजीको दलको सायद कुनै माग(संघियताको बिरोध बाहेक) छैन होला,
तर बाँकि ४ दललाई राष्ट्रपती तिनकै दलबाट चाहिएको छ,
दुइ दललाई अहिल्यै शुरुमै प्रधानमन्त्री नभई भा छैन,
तानतुन गरेर बहुमत पुर्यायो,
२ - ३ महिनापछि आफुले तानेकोलाई अर्कोले तानेर कता पुर्याई सकेको हुन्छ,
फेरी राष्ट्रिय दलनै यति धेरै भए,
बरु सबै मिलेर यो समानुपातिक निर्बाचन प्रणालीलाई हटाऊ र प्रतक्ष्य निर्बाचन प्रणाली लागु गरौ,
नत्र भ्याकुताको धार्नी कहिल्यै नपुग्ने तर जोखीचाई सधै रहनु पर्ने,
यहि चुनाबी प्रणाली रहुन्जेल जति पटक मध्याबधि गरे पनि result उही हो,
बजार पनि पुरा कन्फ्युजनमा देखियो,
कस्तो सरकार बन्छ कस्तो भनेर,
NEPSE:1,938.76..........................................Previous [1,963.22] (-24.46 / -1.25%)...................................Previous (+2.16 / +0.11%) SENSIND (379.64).........................................Previous (384.83] (-5.19 / -1.35%)........................................Previous (+1.17 / +0.30%) Turnover :1,670,455,034.63...................................Previous [1,561,702,992.01] Volume :4,127,286................................Previous [3,694,084]
|
|
#259 Fri Dec 02, 2022 8:23 am
|
Member
Registered: Mar 2018
Posts: 2290
|
चिन्ता नगर्नुस , दुइ मध्ये एकको अर्थमन्त्री हुने सम्भावना धेरै छ
|
|
#260 Thu Dec 01, 2022 5:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-१५ (2022-12-01) ---------------------------- मंसिरपछिका २-३ महिना फुर्सदि महिना हुने हुनाले बर्षभरिका लागि चाहिने आन्दोलन यसै समयमा गर्ने गरिन्छ,
Auto व्यवसायीले आन्दोलन गर्ने रे,
चेम्बरले आन्दोलन गर्ने,
बागबजारमा सडकमा बाइक राख्न नपाउनेले अन्दोलन गर्ने,
'सु'को नाममा हुकुम्बासीले आन्दोलन गर्ने,
सहकारी पिडितले आन्दोलन गर्ने,
यहि चिसोमा फेरी उखु किसानलाई काठमाडौँ भित्र्याउन बेर छैन,
यी गतिविधिले चिसो बाताबरणलाई गर्मागरम त बनाउनेनै भए,
यता बजार पनि भित्र-भित्र आन्दोलित छ,
लगानीकर्ताहरुमा उकुस मुकुस बढ्दो छ,
तिनको छट्पटाहटले बजारमा केही सकारात्मक(नीतिगत) कुराको guarantee खोजी रहेको प्रष्ट हुन्छ,
आफुलाई पनि अब नयाँ सरकार बन्दा, अर्थमन्त्रालय माओबादी(जसले सरकार बनाए पनि उहाँहरु नछुट्ने देखिन्छ) लाई नदिएर,
केन्द्रिय बैंकमा पनि देश परिस्थितीलाई सहि ढंगले ट्याकल गर्न सक्ने मनुवा ल्याईदिए हुन्थ्यो भन्ने लागिराछ,
हेरौ
NEPSE:1,961.06..........................................Previous [1,949.85] (+11.22 / +.58%)...................................Previous (-3.51 / -0.18%) SENSIND (383.66).........................................Previous (381.84] (+1.82 / +0.48%)........................................Previous (-0.85 / -0.22%) Turnover :1,322,972,185.65...................................Previous [842,695,301.99] Volume :3,865,961................................Previous [2,355,845]
|
|
#261 Wed Nov 30, 2022 5:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-१४ (2022-11-30) ----------------------------
यताको बजार स्थिर, सुन्य र चिसो भएपनि,
उताको राजनीतिको बजार चाही तातो र बुलिस ट्रेन्डमा जाने देखिन्छ,
सांसदहरुको मुल्यले पुराना सबै रेकर्ड तोड्दै ..... कति दिन हरियो सर्किट हान्ने हो पत्तो छैन,
राजनीतिका दिर्घकालीन र अल्पकालीन, दुवै खाले लगानीहरु खुब फष्टाउने देखियो, NEPSE:1,949.85..........................................Previous [1,953.35] (-3.51 / -0.18%)...................................Previous (+2.99 / +0.15%) SENSIND (381.84).........................................Previous (382.69] (-0.85 / -0.22%)........................................Previous (+0.08 / +0.02%) Turnover :842,695,301.99...................................Previous [957,060,225.96] Volume :2,355,845................................Previous [2,589,997]
|
|
#262 Tue Nov 29, 2022 5:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-१३ (2022-11-29) ---------------------------- बाजा बजाएर सिंहदरवार छिर्ने भन्ने मान्छेले,
बाजा बजाई दिने मान्छे खोजेको खोज्यै हुनु हुन्छ रे,
अहिले जसले गठबन्धनमा सरकार बनाउन सक्छ उसैले भाग बण्डामा,
राष्ट्रपती, उपराष्ट्रपती, सभामुख, उपसभामुख लगायतका पद पाउने हो,
राष्ट्रिय सभामा पनि त्यहि भइ हाल्छ,
अनेक नियुक्तिहरु भिन्दै छन् फेरी,
त्यसैले अबको १ महिना निकै रमिता हेर्न पाइनेवाला छ है,
मार्केटले पनि फुर्सदि बनाई दिएको हुनाले यताबाट भए पनि मनोरंजन त लिनै परो,
२ बर्ष अगाडी आजकै दिन NEPSE 1,968.27 र एक बर्ष अघि चाही 2,630 रहेछ l
NEPSE:1,953.35..........................................Previous [1,950.37] (+2.99 / +0.15%)...................................Previous (-15.61 / -0.79%) SENSIND (382.69).........................................Previous (382.61] (+0.08 / +0.02%)........................................Previous (-3.65 / -0.95%) Turnover :957,060,225.96...................................Previous [1,494,394,613.66] Volume :2,589,997................................Previous [3,761,299]
|
|
#263 Tue Nov 29, 2022 5:51 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-१३ (2022-11-29) ---------------------------- बाजा बजाएर सिंहदरवार छिर्ने भन्ने मान्छेले,
बाजा बजाई दिने मान्छे खोजेको खोज्यै हुनु हुन्छ रे,
अहिले जसले गठबन्धनमा सरकार बनाउन सक्छ उसैले भाग बण्डामा,
राष्ट्रपती, उपराष्ट्रपती, सभामुख, उपसभामुख लगायतका पद पाउने हो,
राष्ट्रिय सभामा पनि त्यहि भइ हाल्छ,
अनेक नियुक्तिहरु भिन्दै छन् फेरी,
त्यसैले अबको १ महिना निकै रमिता हेर्न पाइनेवाला छ है,
मार्केटले पनि फुर्सदि बनाई दिएको हुनाले यताबाट भए पनि मनोरंजन त लिनै परो,
NEPSE:1,953.35..........................................Previous [1,950.37] (+2.99 / +0.15%)...................................Previous (-15.61 / -0.79%) SENSIND (382.69).........................................Previous (382.61] (+0.08 / +0.02%)........................................Previous (-3.65 / -0.95%) Turnover :957,060,225.96...................................Previous [1,494,394,613.66] Volume :2,589,997................................Previous [3,761,299]
|
|
#264 Sun Nov 27, 2022 5:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-११ (2022-11-27) ---------------------------- आजको ठ्याक्कै २ बर्षअघि NEPSE ले आफ्नो पुरानो रेकर्ड तोडेको थियो 1,893.25 अंकमा पुगेर, राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने दिन राम्रै छनौट गरेछ भन्नु पर्ला, [२०७७-०८-११ गते भएको कारोबारमा,
२३ हजार ५० लगानीकर्ता सहभागी भएका रहेछन,
र ८७.७५% कारोबार अनलाइन मार्फत भएको रहेछ]
मंगसिर महिना केहि बिशेस छ किनकी,
२०७७ मंसिर १६ गते NEPSE पहिलो पटक 2000 अंक माथी टिकेको थियो,
जबकी NEPSE ले 2000 अंकलाई पार चाही मंसिर १५ गतेनै गरेको हो,
अहिले पनि नेप्से फेरी 2000 माथी उक्लिन निकै कसरत गर्दैछ,
राष्ट्र बैंकको मौद्रिक नीति आएपछि ,
२०७७ मंसीर २१ गते NEPSE 123.34(6%) अंकले घटेको थियो र बजार किन यसरी घट्यो भनेर,
अर्थ समितिले गभर्नरलाई छलफलका लागि बोलाउने नाटक पनि गरेको थियो,
पुराना कुरा सम्झदा पनि रमाईलै हुन्छ,
आजको मौद्रिक नीतिको प्रतिफल(राम्रो आएमा) स्वरुप के थाहा भोली नेप्से 123 अंक(जसरी खराब नीति ल्याउदा घटेको थियो)ले बढ्छ कि त ?
NEPSE:1,965.98..........................................Previous [1,933.55] (+32.43 / +1.68%)...................................Previous (+11.56 / +0.60%) SENSIND (386.26).........................................Previous (380.92] (+5.34 / +1.40%)........................................Previous (+3.02 / +0.80%) Turnover :2,025,489,052.14...................................Previous [925,174,380.45] Volume :4,223,867................................Previous [2,569,229] « Last edit by nissan on Sun Nov 27, 2022 5:48 pm. »
|
|
#265 Fri Nov 25, 2022 11:42 am
|
Member
Registered: Oct 2013
Posts: 1266
|
यस पटक जनताको पक्षमा भने खुव आवाज उठाउनेछन् सांसदहरुले,
काम भने उस्तै-उस्तै होला,
बजारको कुरा गर्दा हरि ढकालले आफु र आफ्नो दल मार्फत लगानीकर्ताहरुको पक्षमा वकालत गर्लान भनि ठानिएको छ,
सरकार बन्ने कुरा त फेरी उही पुरानो तरिकाले हुने भो,
सांसद किनबेच गरेर,
अहिलेको दलहरुको निर्बाचित संख्या हेर्दा २ बर्षपछि देश मध्यावधिमा जाने सम्भावना उत्तिकै छ,
यी सबको कारक अहिलेको समानुपातिक निर्बाचन प्रणालीनै हो,
पूर्ण समानुपातिकमा जाँदा अबस्था झन् जटिल र गन्जागोल हुने देखिन्छ,
बरु प्रतक्ष्य निर्बाचन प्रणालीमा मात्र जाँदा एउटाको बहुमत आउने सम्भावना रहन्थ्यो l
अर्को कुरा अब बामगठबन्धनको कुरा खुब चल्छ,
किनकी अहिले जसले गठबन्धन गर्न सक्यो उनीहरुकै team बाट राष्ट्रपती, उपराष्ट्रपति, सभामुखहरु छानिने हुन्,
हेरौ राजनीतिक घटनाक्रम कसरी अघि बढ्नेछ l
|
|
#266 Fri Nov 25, 2022 9:08 am
|
Member
Registered: Mar 2018
Posts: 2290
|
रात भरि कराउनेको दक्षीण। हराउला जस्तो छ। छिट पुट जित बाहेक उल्लेख्य नतिजा देखिएन आशा गरेको पक्षमा। पुराना पार्टीको पात हल्लिए पनि जग राम्रै रहेको देखियो। आउने ५ बर्ष गएको ५ बर्ष भन्दा धेरै फरक होला भन्ने अपेक्षा मैले त गरिन।
|
|
#267 Thu Nov 24, 2022 5:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-०८ (2022-11-24) ---------------------------- 'बा' धेरै अभिमानी नभएका र छोरा-छोरीहरुले पनि त्यो अहंकारमा मलजल नगरेका भए,
सायद यी सबै(केहिले हारे पनि) नेताहरुले चुनाब हार्दैन थिए,
शंकर पोखरेल, इश्वर पोखरेल, राजन भट्टराई, शेर बहादुर तामांग, कोमल ओली, निरु देबी पाल, महेश बस्नेत, भानुभक्त ढकाल, लालबाबु पण्डित, कमल थापा, अग्निप्रसाद खरेल, बिशाल भट्टराई, शेरधन राई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे,
त्यस्तै स्थानीय चुनाबको अंकगणित केलाएर हामी त गठबन्धन(ओली र देउबा गठबन्धन)का हौ नी भनि सम्झेका यी नेताहरुले पनि आफु हारिन्छ भनि चिताएका थिएनन् होला,जीवनराम श्रेष्ठ, दुर्गा पौडेल, बिरोध खतिवडा, रामकुमारी झाँक्री, पुष्पा भुसाल, बलबहादुर केसी, जगन्नाथ खतिवडा, सुनिल बहादुर थापा, सोमप्रसाद पाण्डे, अनिल कुमार झा, देब गुरुङ, पम्फा भुषाल, ओनसरी घर्ती, गिरिराजमणि पोखरेल, बिना मगर, चक्रपाणी खनाल, उमेश श्रेष्ठ, विश्व पौडेल, कृष्णप्रसाद सिटौला, लक्ष्मणलाल कर्ण, उपेन्द्र यादब
तर जे भयो अति राम्रो भयो, हार्नै पर्ने केहिले यो चुनाब जितेको पनि देखियो, अहिलेको चुनाबी नतिजा त्यसै आएको भने होइन, यसको श्रेय काठमाडौँको मेयरमा उम्मेदवारी दिने बालेन शाह र उनलाई जिताउने काठमाडौँका जनताहरुलाई जान्छ, ओलीजीले गरेको संसद बिघटन र त्यसपछि देखा परेको राजनैतिक भद्रगोलका कारण, काठमाडौँले लौरो र देशले 'घन्टी' उपहार पाएको छ, जनताले यो उपहार पनि तबसम्म सम्हालेर जतन गरेर राख्ने छन्, जबसम्म यिनीहरु ठिक बाटामा छन् भन्ने ठान्ने छन्, नत्र 5 बर्ष आउन त्यति समय पनि लाग्दैन नी l यी सब चुनाबी नतिजामा शंकर पोखरेल र देब गुरुङको हार र,
केन्द्रिय बैंकको गलत नीतिका बिरुद्ध,
बिद्रोही भएर उम्मेदवारी दिने 'हरि ढकाल'को जीत अझ महत्वपूर्ण छ, NEPSE:1,933.55..........................................Previous [1,921.99] (+11.56 / +0.60%)...................................Previous (-7.72 / -0.40%) SENSIND (380.92).........................................Previous (377.90] (+3.02 / +0.80%)........................................Previous (-1.70 / -0.45%) Turnover :925,174,380.45...................................Previous [1,022,293,552.83] Volume :2,569,229................................Previous [2,839,373] « Last edit by nissan on Thu Nov 24, 2022 5:49 pm. »
|
|
#268 Thu Nov 24, 2022 11:25 am
|
Member
Registered: Oct 2013
Posts: 1266
|
अनि संसद मन्दिर जस्तो हुन्छ,
यी जितेर जानेले बाध्य भएर भए पनि जनताको कुरो संसदमा नउठाई धरै पाउदैनन,
बल्ल संसद अलिकति हेर्न लायक होला जस्तो छ,
नत्र त तमासै तमासा सधै नाराबाजी सधै संसद अबरुद्ध, अनि हाजिर गरेर तलब भत्ता भने खल्तीमा l
|
|
#269 Thu Nov 24, 2022 9:15 am
|
Member
Registered: Mar 2018
Posts: 2290
|
|
|
#270 Wed Nov 23, 2022 5:20 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-०७ (2022-11-23) ---------------------------- ४ जना 'राजा'हरु टिकी रहे पनि, तिनले आफ्ना भरपर्दा सेनामेनाहरु गुमाएका छन्,
बोल्न सक्ने धेरै युवाहरु एक साथ् संसद प्रवेश गर्दैछन्,
राजनीति गर्नेहरुमा 'धैर्य' र 'हार स्वीकार्ने' क्षेमता भएन भने केहि समयमा ती तासका घर सरी ढल्ने छन्,
बिशेषगरि नयाँ सिराबाट राजनीति सुरु गरेकाहरुले यी कुराहरुमा बिबेक पुर्याउनु पर्छ,
अहिले त्यो बिबेकशील पार्टी टुटफुट नभएको भए झन् कति राम्रो result आउथ्यो होला ?
अहिलेको 'स्वतन्त्र' पार्टी 5 बर्षसम्म नमात्तिने हो र त्यसबाट जितेका सांसदहरु खसी-बोकाझैँ बिक्रि नहुने हो भने,
अर्को चुनाब कस्तो हुनेछ भन्ने अहिलेनै अड्कल काट्न सकिन्छ,
अब रबी लामिछानेको नागरिकताको केसले कुन मोड लिन्छ हेरौ,
जे भए पनि अब सत्ताको चाबी यहि पार्टीसंग रहने पक्का छ,
कति हार्नु पर्नेहरुले चुनाब जिते पनि,
कयौले चुनाब हारेका पनि छन्,
जसले मतदाताहरुको काम तिनलाई जिताउनु मात्र हो भनि सम्झेका थिए,
बर्षौदेखि जरो गाडेर बसेको चिजलाई स्वाट्टै निकालेर फाल्न पनि कहाँ सकिन्छ र ?
म अहिले आइरहेको परिणामबाट खुशीनै छु,
अहिले धेरै कुरा गर्न अलि छिटो हुन्छ, यिनले देखाउने ब्यबहार र काम हेरेर थप मुल्यांकन गरौला नी,
NEPSE:1,921.99..........................................Previous [1,929.70] (-7.72 / -0.40%)...................................Previous (-7.13 / -0.37%) SENSIND (377.90).........................................Previous (379.60] (-1.70 / -0.45%)........................................Previous (-1.46 / -0.38%) Turnover :1,022,293,552.83...................................Previous [1,352,885,779.65] Volume :2,839,373................................Previous [3,763,836]
|
|
#271 Thu Nov 17, 2022 5:48 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०८-०१ (2022-11-17) ---------------------------- बजारले चुनाबको स्वागत गरेको छ,
अब झन् ६ गते बजार खुल्दा त मत परिणामले पनि केहि आकार लिन थाली सकेको हुनेछ,
अब यो दुइ दिनको मौन अवधिमा राम्रोसंग चिन्तन गरौ र
देशको चिन्ता गर्ने उम्मेदवारलाई आफ्नो अमुल्य मत प्रदान गरौ,
NEPSE:1,936.83..........................................Previous [1,911.26] (+25.57 / +1.34%)...................................Previous (+13.40 / +0.71%) SENSIND (381.06).........................................Previous (376.57] (+4.49 / +1.19%)........................................Previous (+2.86 / +0.77%) Turnover :1,715,419,286.42...................................Previous [859,468,158.30] Volume :4,384,004................................Previous [2,495,612]
|
|
#272 Wed Nov 16, 2022 4:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०७-३० (2022-11-16) ---------------------------- कार्तिक महिनालाई फर्केर हेर्दा :लगभग अघिल्लो महिना जत्तिनै कारोबार भयो यो महिना पनि,
एक दिन मात्र बढी,
पहिलो दिनको स्वागत रातो भएर गरे पनि, बिदाई चाही हरियो भएर गरेको छ कार्तिक महिनाले,
यो महिनामा जम्मा कारोबार भएको = १६ दिन
एक अर्बको लाइनको कारोबार भएको = ७ दिन
एक अर्बभन्दा मुनिको कारोबार भएको = ८ दिन
दुइ अर्बको लाइनको कारोबार भएको = १ दिन
यो महिनाको सबभन्दा धेरै Turnover = 2,109,163,384 (कार्तिक २१ गते )
यो महिनाको सबभन्दा कम Turnover = 507,689,561 (कार्तिक ३ गते)
यो महिनाको सबभन्दा धेरै Volume = 4,944,076(कार्तिक २१ गते)
यो महिनाको सबभन्दा थोरै Volume = 1,538,042 (कार्तिक ६ गते)
रातो = ९ दिन ( १ आइतबार, १ सोमबार,२ मंगलबार,२ बुधबार, ३ बिहिबार)हरियो = ७ दिन ( २ आइतबार,२ सोमबार, १ मंगलबार, २ बुधबार)यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,845.51
यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,911.26
यो महिनामा बढेको NEPSE = 65.75
यो महिनाको Total Turnover = 16,864,175,585(असोज महिनाकोभन्दा 4,600,228,185 ले बढि)
NEPSE:1,911.26..........................................Previous [1,897.86] (+13.40 / +0.71%)...................................Previous (-6.59 / -0.35%) SENSIND (376.57).........................................Previous (373.71] (+2.86 / +0.77%)........................................Previous (-1.33 / -0.36%) Turnover :859,468,158.30...................................Previous [1,023,609,960.42] Volume :2,495,612................................Previous [2,745,109]
|
|
#273 Tue Nov 15, 2022 5:44 pm
|
Member
Registered: Oct 2013
Posts: 7488
|
Add..........
Election commission ra police ko sahayog ma dhari gol mal garla jasto cha.
Any golmal, and new parties should demand cancelation of candidacy of the criminal and re election in the area.
How desperate they are: विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह: विकास निर्माण चौधरीमार्फत पठाउन प्रतिबद्धता
|
|
#274 Tue Nov 15, 2022 5:08 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०७-२९ (2022-11-15) ---------------------------- यसपाली पनि ४८ घण्टाको मौन अवधिमा धेरै चलखेल हुने सम्भावना छदैछ पहिला जस्तै,
मतदाताले सके जति लिए हुन्छ दिनेहरुबाट,
तर मत चाही पैसा बाड्न आउने लुटेराहरुलाई होइन,
थोरै भए पनि आश गर्न सकिने युवाहरुलाई दिनु पर्छ है,
अबको 5 दिन बडो महत्वपूर्ण छ है,
यो पाँच दिनमा धेरै सोच विचार गरौ,
र उपलब्ध मध्ये राम्रोको पहिचान गरौ,
यदि
आउने 5 बर्ष पनि अहिले जस्तै खेर जान नदिने हो भने l
NEPSE:1,897.86..........................................Previous [1,904.45] (-6.59 / -0.35%)...................................Previous (+21.29 / +1.13%) SENSIND (373.71).........................................Previous (375.04] (-1.33 / -0.36%)........................................Previous (+4.51 / +1.22%) Turnover :1,023,609,960.42...................................Previous [946,089,521.22] Volume :2,745,109................................Previous [2,452,084]
|
|
#275 Mon Nov 14, 2022 5:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1266
|
२०७९-०७-२८ (2022-11-14) ---------------------------- अझै ३ दिन सुन्नु पर्छ बडाहरु बर्बराएको,
गाउ जानेलाई फ्री बस संचालनमा आइ सक्यो,
बाँकि 5 दिनमा कुनै दुर्घटनाको खबर सुन्नु नपरोस्,
मंगसिर ४ युवा र स्वतन्त्रहरुको चमत्कार !
NEPSE:1,904.45..........................................Previous [1,883.16] (+21.29 / +1.13%)...................................Previous (-10.54 / -0.56%) SENSIND (375.04).........................................Previous (370.53] (+4.51 / +1.22%)........................................Previous (-1.83 / -0.49%) Turnover :946,089,521.22...................................Previous [774,911,706.65] Volume :2,452,084................................Previous [2,028,348]
|