Author |
Post |
|
#251 Wed May 31, 2023 5:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०२-१७ (2023-05-31) ----------------------------
share market बाट घाटा खाएर पलाएन भएकाहरु चुपचाप बस्ने,
तिनले खाशै मेडियाबाजी पनि नगर्ने,
तर बजारबाट कमाएकाहरुको फुर्तिनै बेग्लै,
सामाजिक संजाल, youtube, online र TV Channel हरुमा गएर,
फलानो सालमा यतिमा यो share किने र यतिमा बेचेर,
यति कमाई र फलानो ठाउमा जग्गा जोडे,
फलानो ठाउमा घर किने,
बाउको जन्मदिनमा यति लाखको गाडी दिए,
अबको बुलमा अरबपति बन्ने हो, यो २५-३० करोडको Portfolio त के हो र भन्ने,
हल्ला अलि बढी भएकै हो,
अनि के चाहियो, राष्ट्र बैंककालाई इर्ष्या लाग्ने भइ हाल्यो,
राजस्व कार्यालयकालाई डाहाले पोल्ने भइ-हाल्यो,
गएको बुलमा सबभन्दा बढी फलानोले यति अरब कमायो भनेर पनि सुनिएकै हो,
खोइ गुमेको चर्चा,
बजार कहाँबाट कहाँ आइपुग्यो, कति गुम्यो कति लगानीकर्ताहरुको सम्पत्ती,
अनि नीति बनाउनेहरुले पनि त्यहि कमाउनेहरुलाई देखे,
तिनको फुर्तिफार्ती यिनलाई सहि नसक्नु भयो, अनि 'नीति'को बज्र प्रहार गरे,
हाम्रो जस्तो आरिसेहरुको देशमा, प्रदर्शन कम गर्नु पर्छ भन्ने ज्ञान यो 'कर-काण्ड'ले दिएको छ,
खातिवडाजी, शर्माजी र महतजी सबै टन्न सम्पत्ती भएका बजार पीडक भनेर आफैलाई प्रमाणित गरे,
कर्मचारी, नेता र बिचौलिया बाहेक अरुलाई यो देशमा टिक्न निकैनै मुश्किल बन्दै गएको छ l
NEPSE:1,849.79..........................................Previous [1,888.61]
(-38.83 / -2.06%)...................................Previous (-53.16 / -2.74%
SENSIND (353.43).........................................Previous (360.71]
(-7.28 / -2.02%)........................................Previous (-8.72 / -2.36%)
Turnover :2,315,169,571.94....................................Previous [2,341,777,844.61]
Volume :8,736,128................................Previous [7,074,255]
|
|
#252 Tue May 30, 2023 5:18 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०२-१६ (2023-05-30) ---------------------------- सरकारको नजर 'कर' कसरी धेरै जम्मा गर्नेमै हुन्छ,
करको निर्धारण गर्ने तहमा पुगेकाहरु भनेका,
कर्मचारी र नेताहरुनै हुन्,
यो तहका नेता कर्मचारीहरु पहिला गरिबनै थिए तर जागिर खाएको र राजनीति गरेको भरमा ती अहिले धनी छन्,
तिनलाई २-४ करोड कमाउन, न त उद्योगीले जस्तो उद्योग चलाउनु पर्छ
नत लगानीकर्ताहरुले जस्तो आफ्नो सम्पत्ती डुब्ने होकी भनेर riskनै लिनु पर्छ,
बिचौलिया भइ दिए पुग्छ,
तिनले मार्केटमा पनि लगानी गर्छन, नीति आफै बनाउने भएपछि,
महंगोमा बेच्छन र तिनले ल्याएको नीतिका कारण बजार तल गएको बेला फेरी उठाउ छन्,
तिनीहरु जस्ता सिमित बर्गका मान्छे यस्तो बेला सधै लाभमै हुन्छन,
तिन स्थानीय तह, प्रदेश र संघ भनेर बेहिसाब खर्च गर्ने,
अनेकौ नचाहिने नियुक्तिहरु वितरण गर्ने अनि
तिनको खर्च धान्न हामीले आफ्नो पेट काट्नु पर्ने,
यसरी मार्केटलाई पेल्न गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्री, अर्थमन्त्रालयका कर्मचारीहरु हौसीनुमा,
सुलसुले लगानीकर्ताहरु, केहि आर्थिक पोर्टलहरु पनि कम जिम्मेवार छैनन्,
अनि ८-१० जनाको एउटा ग्यांग छ, तिनको केहि काम छैन,
न लगानीकर्ताहरुको हितमा लबिंग गर्न सक्छन,
नेताहरुको घर-घर चहारेर फोटो खिच्यो अनि समाचार बन्यो,
तिनीहरुको अन्तिक लक्ष्य भनेकै फोटो सुट मात्र हो,
एउटा बलियो संगठन बनाए पो नीति बनाउनेसंग जुध्न सकिन्छ,
खाली insider मात्र गरेर मार्केटको हित कहिल्यै हुँदैन,
नेपालमा अर्काको पैसामा मस्ती गर्नेहरुलाई मात्र सहज छ,
जो बैंकको ऋण लिई लिई र आफ्नो कमाइ र बचत हालेर केहि गर्न चाहन्छ,
तिनलाई यसै गरि हतोत्साही र पाइला पाइलामा ठेस लगाउने काम गरिन्छ l इतिहासलाई पनि फर्केर हेर्नु पर्छ,
पोहोर बजेट आउनु एक दिन अघिदेखि रातो भएको बजार लगालग ८ दिन रातो भएको थियो र
त्यो बेला बजार 2,239.60 बाट घटेर 2,020.23 सम्म गरेर जम्मा 219.37 अंक घटेको थियो,
बजेटपछिको पहिलो कारोबार दिन भने आजकै जस्तो 50.33 अंकले घटेको थियो,
र बजेट भाषणको छैठौ कारोबार दिनदेखि लगानीकर्ताहरुको आन्दोलन शुरु भएको थियो,
सो आन्दोलनले बजार थप घटेर १८०० को लाइनमा पुगेको थियो l
अहिलेलाई त अब केहि सम्भब छैन अब, बजेट पास भइ हाल्छ,
तर पहल गर्न सके केहि करका दरमा ६ महिनापछि correction हुन् सक्छ,
यदि त्यसको लागि लागि राम्रैसंग लबिंग गर्न सक्यो भने l
NEPSE:1,888.61..........................................Previous [1,941.77] (-53.16 / -2.74%)...................................Previous (-17.35 / -0.89%) SENSIND (360.71).........................................Previous (369.42] (-8.72 / -2.36%)........................................Previous (-1.90 / -0.51%) Turnover :2,341,777,844.61....................................Previous [2,639,509,697.70] Volume :7,074,255................................Previous [7,049,699]
|
|
#253 Sun May 28, 2023 5:21 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०२-१४ (2023-05-2 ---------------------------- NEPSE लगालग सात दिन बढेको कुरा पनि भुल्नु हुँदैन,
आगामी रातो र हरियो त भोलीको बजेट भाषणले तय गर्ने कुरा भयो क्यार,
अघिल्लो बर्षको बजेट भाषणको ठिक अघिल्लो कारोबारको दिन पनि NEPSE रातै भएको थियो,
त्यो दिन पनि लगभग आजकै हाराहारीमा 15.82 अंकले बजार घटेको थियो l
NEPSE:1,941.77..........................................Previous [1,959.12] (-17.35 / -0.89%)...................................Previous (+16.49 / +0.85%) SENSIND (369.42).........................................Previous (371.31] (-1.90 / -0.51%)........................................Previous (+3.58 / +0.97%) Turnover :2,639,509,697.70....................................Previous [1,873,018,024.09] Volume :7,049,699................................Previous [4,865,475]
|
|
#254 Tue May 23, 2023 5:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०२-०९ (2023-05-23) ---------------------------- २०७९ चैत्र २९ गते NEPSE 1,963.55 अंकमा थियो,
त्यसपछिको NEPSE को माथिल्लोअंक आजको हो,
त्यो दिन नेप्से 92.22 अंकको दबंग शैलीले बढेको थियो,
१९०० माथी उक्लिएको चाही, बैसाख १२ गतेपछि हो,
2 अर्बको Turnover चाही फागुन १४-२०७९ पछि आज मात्र देख्न पाइयो,
NEPSE:1,942.63..........................................Previous [1,891.31] (+51.31 / +2.71%)...................................Previous (+8.10 / +0.43%) SENSIND (367.72).........................................Previous (358.88] (+8.83 / +2.46%)........................................Previous (+0.54 / +0.15%) Turnover :2,200,023,945.87....................................Previous [1,278,704,726.38] Volume :6,067,432................................Previous [3,495,752]
|
|
#255 Mon May 22, 2023 5:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०२-०८ (2023-05-22) ---------------------------- आजसम्म बजार लगातार ५ दिन हरियो बनेको छ,
यसअघि २०७९ साउन, ११ देखि १६ गतेसम्मको ५ कारोबार दिनमा पनि NEPSE हरियो बनेको थियो,
त्यो बेलाको घटना हेर्ने हो भने,
१२ साउन : SEBON को नीति तथा कार्यक्रम सार्बजनिक,
१३ साउन : बजेट निर्माण प्रकृयामा अर्थमन्त्री जनार्दन शर्मालाई सफाई,
१५ साउन : राजिनामा गरेको २६ औ दिनमा शर्मा पुन: अर्थमन्त्री नियुक्त,
जस्ता घटना घटेका थिए,
गत जेष्ठ महिनामा चाही ८ दिनसम्म बजार रातो बनेको देखिन्छ,
बजेट भाषण अघि १ दिन र बाँकि ७ दिन चाही बजेट भाषणपछि l
NEPSE:1,891.31..........................................Previous [1,883.20] (+8.10 / +0.43%)...................................Previous (+5.88 / +0.31%) SENSIND (358.8 .........................................Previous (358.33] (+0.54 / +0.15%)........................................Previous (+0.14 / +04%) Turnover :1,278,704,726.38....................................Previous [1,600,492,731.53] Volume :3,495,752................................Previous [4,828,776]
|
|
#256 Sun May 21, 2023 6:18 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०२-०७ (2023-05-21) ---------------------------- एक बर्ष अगाडीको कुरो कत्तिको याद छ तपाईहरुलाई,
बिदेशी मुद्रा संचिति घटेको र सोधानान्तर घाटा बढेकोले,
सार्बजनिक बिदा बढाएर खर्च कटौतीको नीति सरकारले लिएको थियो र
सनिबार र आइतबार बिदाको घोषणा गरिएको थियो,
यसकै असर स्वरुप,
पोहोर जेष्ठ (2079-2-6) ६ गतेबाट शुक्रबार पनि share कारोबार गराउने निर्णय NEPSE ले गरेको थियो,
जम्मा १५ वटा शुक्रबार, मार्केट खुलेको देखिन्छ,
पछि २ दिनको सार्बजनिक बिदाले पनि खर्च कटौती हुन् नसकेपछि,
त्यो बिदाको निर्णय ढुस भएको थियो भने,
NEPSE ले भने केहि समय जिद्धि गरेरै पनि ६ दिननै बजार खोलेको थियो,
१५ वटा शुक्रबारे बजारमा, १२ दिन बजार रातो र ३ दिन मात्र हरियो बनेको थियो l NEPSE:1,883.20..........................................Previous [1,877.32] (+5.88 / +0.31%)...................................Previous (+32.30 / +1.75%) SENSIND (358.33).........................................Previous (358.18] (+0.14 / +04%)........................................Previous (+5.23 / +1.48%) Turnover :1,600,492,731.53....................................Previous [1,474,765,388.21] Volume :4,828,776................................Previous [4,422,186]
|
|
#257 Thu May 18, 2023 4:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०२-०४ (2023-05-1 ---------------------------- संसदमा, सांसद र प्रधानमन्त्रीको प्रश्नोत्तरको कार्यक्रम राखिएको रहेछ,
त्यसका लगि पहिल्यै प्रश्न दिनु पर्ने रहेछ,
अनि त्यो प्रश्नको उत्तर प्रमका सहयोगीले लेखि दिने रहेछन,
अनि प्रमले चाही त्यो पाठ गर्ने मात्र रहेछन,
answer sheet लिएर प्रम जवाफ दिने डेस्कमा जाने,
अनि answer sheet को क्रम अनुसार सभामुखले प्रश्न राख्न लगाउने रहेछन,
नियम चाही प्रतिप्रश्न गर्न नपाउने रहेछ,
कतिपय अबस्थामा प्रम उत्तर पढ्न ready भएर बसेको तर,
पहिल्यै Out भएको प्रश्नभन्दा फरक प्रश्न एमालेका सांसदहरुले सोध्न लागेका हुन् कि भनेर,
प्रधानमन्त्री उत्तर लेखेको पाना यता र उता पल्टाएर छट्पटाएको जस्तो आभास हुन्थ्यो,
खाशै गाह्रो प्रश्न कसैले गरेनन,
शिशिर खनालजीले चुनाबी प्रचारको बेला चढेको हेलिकप्टरको भाडा तपाइले आफै तिरेको हो भनि सोधेको प्रश्नको उत्तर आएन,
उता संसदमा यी सब कुरा चलिरहदा,
यता भने NEPSE ले चैत्र ३० पछिको २४ सौ कारोबार दिनमा,
एक अर्बभन्दा बढीको Turnover पुर्याउन कम्मर कसेर लागेको देखिन्थ्यो l NEPSE:1,877.32..........................................Previous [1,845.01] (+32.30 / +1.75%)...................................Previous (+23.39 / +1.28%) SENSIND (358.1 .........................................Previous (352.94] (+5.23 / +1.48%)........................................Previous (+4.00 / +1.15%) Turnover :1,474,765,388.21....................................Previous [857,624,318.46] Volume :4,422,186................................Previous [2,577,210]
|
|
#258 Wed May 17, 2023 5:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०२-०३ (2023-05-17) ---------------------------- ठ्याक्कै एक बर्ष अघि आज(2079-2-3)कै दिन NEPSE,
84.9 अंकले रातो भएको थियो, र त्यो स्थानीय चुनाबपछिको पहिलो कारोबार दिन थियो,
२ बर्षअघि ठिक आजकै दिन(2078-2-3) NEPSE ले ,
All-Time High (2,759.21) को Record बनाएको थियो,
आजको NEPSE को अंक चाही ,
परारभन्दा 914.2 ले कम र पोहोरभन्दा 420.51 ले थोरै हो l
NEPSE:1,845.01..........................................Previous [1,821.62] (+23.39 / +1.28%)...................................Previous (+3.31 /+0.18%) SENSIND (352.94).........................................Previous (348.93] (+4.00 / +1.15%)........................................Previous (-0.08 / -0.02%) Turnover :857,624,318.46....................................Previous [640,117,260.52] Volume :2,577,210................................Previous [2,063,737]
|
|
#259 Tue May 16, 2023 6:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०२-०२ (2023-05-16) ---------------------------- टोपजीले आफुलाई हर्नियाले सताएको छ भनि अस्पताल बस्न खोजेछन,
न्यायाधिसले म पनि हर्नियाको बिमारी हुँ भनि सटिक जवाफ दिएछन,
यो जवाफ मलाई साह्रै मन पर्यो,
हामी जनताका हर्निया, पायल्स, ट्युमर, क्यान्सर भनेको चाही यी भ्रष्ट नेताहरु र बिचौलिया कर्मचारीहरु हुन्,
त्यसको उपचार भनेको, त्यसलाई काटेर फाल्नेनै त होला,
काटेर फाल्न पनि आफु मात्र तयार भएर नहुने रहेछ,
डाक्टरहरु औषधी खाए ठिक हुन्छ भनि काटेर फाल्नै मान्दैनन,
यता यी रोगहरु भने घट्नु सट्टा बढेको बढ्यै l NEPSE:1,821.62..........................................Previous [1,818.31] (+3.31 /+0.18% )...................................Previous (-3.34 / -0.18%) SENSIND (348.93).........................................Previous (349.01] (-0.08 / -0.02%)........................................Previous (-0.57 / -0.16) Turnover :640,117,260.52....................................Previous [724,969,980.40] Volume :2,063,737................................Previous [2,341,240]
|
|
#260 Mon May 15, 2023 7:11 pm
|
Member
Registered: Oct 2013
Posts: 7678
|
Baburam was an experiment- media made him god and his board first helped them.
After he failed- they experimented with yuraj k. His job in ingo and dalali gave him many many high posts for his whole life. He destroyed Nepal's economy for 15-20 year as a bureaucrat. Even after retirement he was able to destroy sitting on many high govt jobs. And still media made him hero and became Finance minister. During early days- media called him future PM (after success as FM, people will make him PM- said media). We all know how that went? He is the main reason- Oli got destroyed. His job in Ingo and some govt high jobs- helped media in fooling people into believing him as an expert country desperately looking for.
Golden boy is the on going experiment. Already experimented him in Yojana ayog. He produced nothing and still- crowd believes in him.
Current economic/share market/liquidity crisis was brewing while Golden boy had reach to top politicians of NC. NC was PM and still he did not warned them, advised them, never said anything in public.
During previous economic/share market/liquidity crisis- he was in youana ayao. Never said anything as if everything was fine.
His job in ingos, board second and media stunt is the reason- people think he is an expert Nepal desperately waiting for.
I think, he has been in high position for at least last 10 year and still- nothing has happened and during that time, Nepal has already seen 3 economic crisis.
"यदि सत्तामा रहेका व्यक्तिको निम्न विचारहरू छन् भने, उनको नेतृत्वमा अर्थव्यवस्था/सेयर बजार क्र्यास हुनेछ: १: शेयर बजारलाई बेवास्ता गरे वा सेयर बजार विरोधी भएमा २: उत्पादनशील क्षेत्र र अनुत्पादक क्षेत्रको बारेमा कुराकानी ३: देशको आर्थिक स्वाधीनता वा उत्पादनमा आत्मनिर्भर बनाउने कुरा गर्छ भने 4: यदि अरूको लाभलाई घृणा गर्दछ ५: समाजवाद वा कम्युनिष्ट अर्थतन्त्रको कुरा गर्ने हो भने ६: राष्ट्रियकरणको कुरा गर्छ भने 7: यदि नि: शुल्क सामानहरू वितरण गर्न महत्त्वपूर्ण दिन्छ 8: यदि नियन्त्रणको बारेमा कुरा गर्छ "- परमेश्वरको लागि दोस्रो
Nepal's future is hopeless. If some govt approach SECOND TO GOD then only Nepal will see miracle. Or, one failed experiment will only be replaced by another failed experiment.
|
|
#261 Mon May 15, 2023 6:01 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०२-०१ (2023-05-15) ---------------------------- देशको हर क्षेत्र(राजनीति र बिचौलिया बाहेक) डिप्रेसनमा गएको अबस्थामा,
हाम्रा सांसदहरुलाई चाही,
यसबाट देश र जनतालाई मुक्त कसरी बनाउने भनेर छलफल चलाएर उचित निर्णयमा पुग्नुको सट्टा,
उल्टै बिचौलिया र भ्रष्टहरुलाई कसरी उन्मुक्ति दिने भन्ने पिरलोले सताएको देखियो,
त्यसको परिणाम भ्रष्ट्राचारमा पाँच बर्षे हदम्याद बनाउनेतिर तिनको ध्यान केन्द्रित भएको छ,
अरु क्षेत्रका लागि भन्न सकिएन तर share मार्केटका लागि 'घन्टी'वालाहरु पनि अफाप हुने सम्भावना बढेर गएको छ,
'खतिवडा'जी र 'M'जीको भन्दा धेरै मार्केट बिरोधी 'तुष',
स्वर्णिमजीमा रहेको प्रष्ट हुन्छ, तिनका रुखो अभिव्यक्तिहरुबाट,
तिनले अर्थतन्त्रको शल्यक्रिया गर्नु पर्छ भनेको, 'निर्मम' हुनु पर्छ भनेको मलाई त,
बजारलाई हानु पर्छ भनेको होकी जस्तो लाग्न थालेको छ,
'हरि ढकाल' पहिला लगानीकर्ता मात्र थिए रे अब तिनी सारा संसारका भए रे,
यत्र-तत्र-सर्बत्र हरिनै भए रे,
तिनले अब लगानीकर्ताहरुको मात्र हित सोच्ने होइन रे,
हेर्दै जाउ अरु केके नौटंकी देखाउछन्,
पत्थरलाई छेडेर पनि पिपलले जमिनमा जरो गाड्छ नी,
हो लगानीकर्ताहरु पनि अहिले त्यस्तै संघर्षमा छन्,
जस्तो संघर्ष पत्थर माथीको पिपलले जमिन भेट्न गर्नु पर्छ l NEPSE:1,818.31..........................................Previous [1,821.64] (-3.34 / -0.18%)...................................Previous (-16.96 / -0.92%) SENSIND (349.01).........................................Previous (349.58] (-0.57 / -0.16)........................................Previous (-3.52 / -1.00) Turnover :724,969,980.40....................................Previous [900,563,856.25] Volume :2,341,240................................Previous [2,788,815]
|
|
#262 Sun May 14, 2023 4:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०१-३१ (2023-05-14) ---------------------------- पोहोरको बैशाख महिनामा एक करोड मुनिको कारोबारनै भएको थिएन भने,
यो बैशाखमा एक करोड माथीको एउटा पनि कारोबार हुन् सकेन,
अघिल्लो बर्ष बैशाख, साउन, माघ र फागुन, यी चार महिनामा, एक करोडभन्दा कमको एउटा पनि कारोबार भएको थिएन,
जसरी सरकार परिबर्तन हुनासाथ योजना आयोगको उपाध्यक्ष परिबर्तन गरिन्छ त्यस्तै,
राष्ट्र बैंकको गभर्नर पनि परिबर्तन गर्नु पर्ने नीतिको आबश्यकता देखियो,
त्यो ठाउमा असल मान्छे पुग्दा त यो सब आबश्यकता पर्दैन थियो तर,
पार्टीको कार्यकर्ता भर्ति गरेर,
अर्को सरकारलाई असफल पार्ने tool को रुपमा त्यो पदलाई प्रयोग भएको देख्दा त,
त्यसको झन् अबश्यकता महसुस हुँदै छ,
अरुले आफुलाई दशा लाग्दा, साढेसातीको दशा लाग्यो भन्छन,
लगानीकर्ताहरुले चाही त्यसलाई 'M.Adhikari' दशा भन्न रुचाउछन् आजभोली,
जुन दशाबाट पूर्ण रुपमा छुटकारा पाउन अझै २ बर्ष जति कुर्नु पर्ने देखिन्छ l NEPSE:1,821.64..........................................Previous [1,838.59] (-16.96 / -0.92%)...................................Previous (-3.34 / -0.18%) SENSIND (349.5 .........................................Previous (353.09] (-3.52 / -1.00)........................................Previous (-0.71 / -0.20%) Turnover :900,563,856.25....................................Previous [578,841,593.52] Volume :2,788,815................................Previous [2,105,657]
|
|
#263 Thu May 11, 2023 6:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०१-२८ (2023-05-11) ---------------------------- नक्कली भुटानी शरणार्थीको काण्डले गर्दा,
आगामी बजेटमा पोहोर जस्तो चुकुलको खेल अलि कम होला कि ?
त्यो जस्तो परिस्थितीमा पनि नियमित चलीनै रहने हो, हेर्न बाँकि छ,
हुन् त बजेटमा छेडखानी गर्नेहरु नक्कली भुटानी शरणार्थीको झमेलामा फसेका हुनाले,
यता ध्यान पुर्याउन तिनीहरुसंग समय नपुग्ला भनि आशा गरौ,
भोली मौद्रिक नीति मार्फत एमालेले सरकारसंग फेरी रिष साँध्ने होकी,
हिजो-आजको कारोबारले, लगानीकर्ताहरुमा यो शंका उब्जिएको छ भनेर प्रष्ट परि दिएको छ,
अब पालो रामबहादुर थापाजीको होकी ? NEPSE:1,838.59..........................................Previous [1,841.93] (-3.34 / -0.18%)...................................Previous (-2.43 / 0.13%) SENSIND (353.09).........................................Previous (353.80] (-0.71 / -0.20%)........................................Previous (-0.45 / -0.13%) Turnover :578,841,593.52....................................Previous [589,100,077.12] Volume :2,105,657................................Previous [1,942,626]
|
|
#264 Tue May 09, 2023 6:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०१-२६ (2023-05-09) ---------------------------- १७ दिनको कारोबारमा ६२ करोड देखि ९८ करोडसम्मको कारोबार,
यो महिनामा अहिलेसम्म एक दिन पनि अर्ब माथीको कारोबार हुन सकेन,
NEPSE १९३१ बाट तल तल हुँदै १८३३ सम्म झरेको अवस्था,
देश चलाउनेहरु नक्कली भुटानी सरणार्थी बनाएर पैसा कुम्ल्याउनेहरुलाई,
कसरी safe landing गराउने भनेर घनिभूत छलफलमा जुटेका छन्,
यहि मौकामा आ-आफ्ना दलका भ्रष्टाचारका काण्डहरु पनि मिलाउने तिनको सुर देखिन्छ,
अर्थमन्त्री मेडियामा आएर राष्ट बैंकलाई यसो गर्नु भन्छन,
गभर्नर पनि मेडियामा आएर, म त सक्तिन भन्छन,
यी कुरा अर्थमन्त्री र गभर्नर आपसमा भेटघाट गरेर गर्ने कि,
मेडिया मार्फत सबाल-जवाफ गर्ने ?
अहिले नेपाल श्रीलंका बन्न लाग्यो भनेर भन्ने जिम्मा स्वर्णिमजीले लिएका छन्,
ती पनि मलाई त एक नम्बरका गफाडी रहेछन जस्तो लाग्न लाग्यो,
जे पनि बोल्या छ, आत्तिएकालाई यसरी तर्साएको छ,
अनि यत्रो बुद्धि भाको मान्छेले कांग्रेसमा हुँदा चाही केहि काम किन नगरेको त ?
हरि ढकाल पनि लगानीकर्ताको भर्यांग चढेर सांसद बने,
तर जे बोल्नका लागि गएका थिए,
आफुले त बोलेनन् बोलेनन्,
अरु साथीहरुले मार्केटको बिरोधमा बोली रहदा पनि जुँगा हल्लाएर मात्र बसे,
NEPSE:1,844.36..........................................Previous [1,833.69] (-10.66 / -0.58%)...................................Previous (-16.93 / -0.91%) SENSIND (354.25).........................................Previous (352.37] (-1.87 / -0.53%)........................................Previous (-2.41 / -0.68%) Turnover :774,760,647.07....................................Previous [824,217,001.85] Volume :2,836,139................................Previous [2,810,627]
|
|
#265 Mon May 08, 2023 6:37 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०१-२५ (2023-05-0 ---------------------------- १८०० को चक्कर असार ६ २०७९ मा बजार झरेर पहिलो पटक १८००(१८८४.८१) को लाइनमा प्रबेश गरेको थियो,
असार ९ मा १८४८.२८ मा झर्यो भने, अर्थमन्त्री जनार्दन शर्माले राजिनामा गरेको दिन NEPSE २०४३.९२ अंकमा पुगेको थियो,
त्यसपछि बढ्दै साउन १६ २०७९ मा २१९६.२५ अंकमा पुगेको NEPSE फेरी
दोश्रो पटक असोज २ २०७९ मा १८००(१८७६.४१)कै लाइनमा प्रवेश गरेको थियो, असोज ९ मा १८१५.१३ अंकमा पुगेको NESE फेरी घट्दै-बढ्दै, तेश्रो पटक गसिर २५ मा १८८५.३१ मा आएको देखिन्छ,पौष ३ गते १८५५..०६ मा पुगेर फेरी NEPSE पौष २५ मा २२११.३८ अंकमा पुगेको देखिन्छ,घटबढ हुँदै चौथो पटक फेरी चैत्र १९ - २०७९ मा १८००(१८८८.५५) कै लाइनमा झरेको छ,चैत्र २६ मा १८३८.४८ मा पुगेर फेरी उकालो लागेको NEPSE,
बैसाख १०-२०८० मा पाँचौ पटक १८००(१८८५.६०) कै लाइनमा फर्किएको छ,र एकदिन १९०० कटेपनी बाँकि सबै दिन यहि १८००कै लाइनमा घुमी रहेको छ l NEPSE:1,833.69..........................................Previous [1,850.61] (-16.93 / -0.91%)...................................Previous (-19.12 / -1.02%) SENSIND (352.37).........................................Previous (354.78] (-2.41 / -0.68%)........................................Previous (-3.14 / -0.88%) Turnover :824,217,001.85....................................Previous [608,135,094.13] Volume :2,810,627................................Previous [2,015,959]
|
|
#266 Sun May 07, 2023 5:57 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०१-२४ (2023-05-07) ---------------------------- छोरी अन्माएको घर जस्तो बन्यो share बजार,
एकदम शुन्य l
दलहरु भने आ-आफ्नो भ्रष्ट्राचारको काण्डमा,
तै चुप मै चुप वाला aggrement का लागि बार्गेनिंग गर्नमै मस्त देखिन्छन l
NEPSE:1,850.61..........................................Previous [1,869.73] (-19.12 / -1.02%)...................................Previous (+12.73 / 0.69%) SENSIND (354.7 .........................................Previous (357.91] (-3.14 / -0.88%)........................................Previous (+2.07 / +0.58%) Turnover :608,135,094.13....................................Previous [732,689,811.89] Volume :2,015,959................................Previous [2,533,714]
|
|
#267 Fri May 05, 2023 5:08 pm
|
Member
Registered: Oct 2013
Posts: 7678
|
Dalali and other corruption bhanda this is better
|
|
#268 Fri May 05, 2023 3:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
यो त नक्कली भुटानी शरणार्थीलाई अमेरिका लाने कुरा भयो,
म आजभन्दा २५ बर्ष पुरानो एउटा प्रसंग सुनाउछु,
एक जना चिनेका भाइ दलाल मार्फत नक्कली भुटानी शरणार्थी बनेर जर्मन जान लागेका थिए,
उसलाई दलालले फोटो कपि गरेको एउटा किताब पढ्नलाई दिएको थियो,
उ दिनभर त्यहि किताब कण्ठ गरेर बस्थ्यो,
उसको काम त्यो बेलाको भुटानी राजाको ४ वटा श्रीमतीको नाम कण्ठ गर्ने,
त्यहाँको भाषा बारे धेर-थोर जानकारी लिने,
आफु भुटानी नभए पनि आफ्नो गाउ भनेर भुटानको कुनै गाउको नाम कण्ठ गर्ने,
भुटानी नेताको बारेमा जानकारी पढ्ने,
कहाँसम्म भने झापातिरको त्यो भाइले आफ्नो बाबु-आमाको नामसम्म कण्ठ गर्थ्यो,
उसले आफ्नो नाम र थर पनि कण्ठ गर्थ्यो,
अन्तमा उ नक्कली भुटानी शरणार्थी बनेर जर्मन गयो पनि,
उसले जर्मनबाट बेला-बेलामा फोन पनि गर्थ्यो,
उसको भनाइ अनुसार उनीहरु जस्तो नक्कली शरणार्थीलाई जर्मनमा भिन्दै camp मा राखिन्थ्यो रे,
अनि नक्कली शरणार्थी होकी होइन भनेर त्यहाँ मुद्धा चल्थ्यो रे,
त्यो मुद्धा चलिंजेल camp मा राखेको मान्छेलाई कामको पनि बन्दोबस्त गरिन्थ्यो रे,
मुद्धा टुंगिन त्यो बेलामा ५-७ बर्ष लाग्ने रहेछ,
त्यो भाइले भने अनुसार उसलाई beer factory मा काम लागाईएको थियो,
धेरै बर्ष जर्मन बसेपछि उ अहिले नेपाल फर्की सकेको छ र आफ्नै पुरानो नाममा,
सानोतिनो ब्यबसाय गरेर बसेको छ l
प्रहरीलाई त्यो बेलाको पनि जानकारी अबस्य होला,
तर जानकारी र अनुसन्धान गर्न चाहने हो भने,
मसंग त्यो भाइको मोबाइल नम्बर छ,
चाहेमा नाम सहित उपलब्ध गराई दिन सक्छु l
सब क्षेत्र नष्ट र भ्रष्ट छ,
हो त्यसमा योगदान पुर्याउने हामी पनि हौ l
|
|
#269 Fri May 05, 2023 1:45 pm
|
Member
Registered: Mar 2018
Posts: 2362
|
दलका नेता कार्यकर्ता र कर्मचारी मात्र होइन जनता पनि कोइ भन्दा कोइ कम छैनन् , नत्र नेपाली भएर भुटानी शरणार्थी कोटामा अमेरिका जान बिटो बुझाउन किन जान्थे ? सहि छानबिन हुने हो भने बिटो बुझाउनेहरु पनि कसुरदार ठहरिनेछन्
|
|
#270 Thu May 04, 2023 6:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०१-२१ (2023-05-04) ---------------------------- भ्रष्टहरुलाई प्रहरीले समाएको खबरले बजार मुस्कुरायो भने
दलका मठाधिसहरुमा चाही छटपटी सुरु भयो,
एमालेका सबै दुधले धोएका हुन् भन्ने ओलीजीलाई लाग्ने,
कांग्रेसका सबै निष्कलंक हुन् भन्ने देउबाजीलाई लाग्ने,
माओबादीका सब त जोगीनै हुन् भन्ने पुष्पजीलाई लाग्ने,
सबका सब चोर हुन् र तिनको अहिले बनेको आर्थिक हैसियत सबै,
हाम्रै पैसा चोरेर भएको हो भन्ने आम जनतालाई लाग्ने,
यी फटाहा त हुँदै हुन् तर जबसम्म अख्तियारमा पूर्ब सचिबहरुलाई
लगेर प्रमुख आयुक्त बनाई रहिन्छ तबसम्म यी अहिले समातिएकाहरु जस्लाताई कारबाही हुने सम्भावना अत्यन्त न्यून रहन्छ,
दुइ देशले कैदी आदानप्रदान गरे जस्तै,
दलहरुले आफ्नो दलका भ्रष्टहरुलाई चोख्याउन अर्को दलको भ्रष्टहरुलाई सुनपानी छर्किने काम गर्छन,
अहिले पनि त्यहि सम्भावना देखिन्छ,
तर यो घटनामा कोहि न कोहि चाही टार्गेटमा छ है, त्यस्तै संकेत देखिन्छ,
यदि राम्रोसंग भ्रष्ट्राचारको छानबिन हुने हो भने,
९०% दलका नेता कार्यकर्ता र ९०% कर्मचारी,
जेलमा कोचिन लायक ठहरिने छन्,
NEPSE:1,869.73..........................................Previous [1,857.23] (+12.73 / 0.69%)...................................Previous (-9.18 / -0.49%) SENSIND (357.91).........................................Previous (355.83] (+2.07 / +0.58%)........................................Previous (-1.19 / -0.33%) Turnover :732,689,811.89....................................Previous [620,266,016.88] Volume :2,533,714................................Previous [2,155,586]
|
|
#271 Tue May 02, 2023 6:45 pm
|
Member
Registered: Oct 2013
Posts: 7678
|
नीति परिवर्तनका लागि प्रधानमन्त्री र अर्थमन्त्रीलाई गभर्नरको अगाडि भिख मागिरहेको मैले कहिल्यै देखेको छैन |
स्मरण रहोस्- PM ५ हजारको हत्याको जिम्मा लिन तयार छु भनेका व्यक्ति हुन् र एफएम त्यही व्यक्ति हुन् जसलाई सञ्चारमाध्यमले ill tempered भनिरहेका थिए |
केपी ओलीको कुकुरसामु किन यति कमजोर ???
यो पनि याद गर्नुहोस्- एम अधिकारी युराज के कुकुर हुन्| युराज के एफएम हुँदा गभर्नर नेपाली कांग्रेसको कुकुर थिए| र, युराज केले एनआरबी नीतिहरूको सूक्ष्म व्यवस्थापन मात्र गरेनन्, उनले कांग्रेसको कुकुरलाई कुकुर जस्तै व्यवहार गरे| (बिर्सनु हुँदैन- युराज के एफएमबाट बाहिरिएपछि भन्न थाले- एनआरबी स्वतन्त्र संस्था हुनुपर्छ)
एफएमले बदला लिने यो सही समय हो
जस्तो लाग्छ, MARDले मात्र संस्था चलाउन सक्छ |
PS- Cause of former governor nepal- KP oli won the election. And cause of yuraj k and current governor M Adhakari- Balen and NIP won the election.
|
|
#272 Tue May 02, 2023 6:25 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०१-१९ (2023-05-02) ---------------------------- न त नेपालले क्रिकेट जित्दा share मार्केट खुशी भो,
न त रास्वपा फेरी सरकारमा सहभागी हुने कुरोलेनै,
न नयाँ stock exchange आउने कुरामा रमाएको देखियो,
न १६ वटा नयाँ broker कम्पनीहरुलाई LOI दिंदानै उत्साहित देखियो,
कतिसम्म थिचेछन् M. Adhikari ले,
कतिसम्म चिथोरेछन M. Adhikari ले,
कतिसम्म न्याकेछन् M. Adhikari ले,
अर्थमन्त्री र प्रधानमन्त्रीले सान्त्वना दिंदा पनि, आश देखाउदा देखाउदै पनि,
M. Adhikari बाट राम्रो नीति आउला भनेर लगानीकर्ताहरु पत्याउनै तयार छैनन,
अचम्मको बिस्वासको संकट देखियो लगानीकर्ताहरुमा l
२०७९-०७-१४ गते तिहार र छठपछिको पहिलो कारोबारको दिन थियो,
त्यो दिन NEPSE 1,874.87 अंकमा र Turnover चाही 697,317,611 को भएको थियो,
आजको अबस्था पनि उस्तै उस्तै देखिन्छ l
NEPSE:1,866.40..........................................Previous [1,870.66] (-4.27 / -0.23%)...................................Previous (-19.10 / -1.01%) SENSIND (357.02).........................................Previous (358.14] (-1.12 / -0.31%)........................................Previous (-2.95 / -0.82%) Turnover :692,271,755.19....................................Previous [954,322,377.94] Volume :2,336,625................................Previous [3,206,450]
|
|
#273 Sun Apr 30, 2023 6:37 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०१-१७ (2023-04-30) ---------------------------- संसद अधिबेसन अन्त्य भएर राम्रै भयो,
नत्र सांसदहरु,
अल्छि र निकम्मा NEPSE ले दिएको चिट पढेर,
खुब ठुलो रहस्य खोल्यौ भन्ने शैलीमा,
प्रस्तुत हुन् थालेका थिए पालैपिलो,
NEPSE सुधार्ननै चाहिएको हो, अर्को stock exchange,
Good News को समयमा अब सांसदहरुले आफ्नो Bad News वाला बकबक बन्द गरे हुन्छ l
NEPSE:1,870.66..........................................Previous [1,889.75] (-19.10 / -1.01%)...................................Previous (-2.25 / - 0.12%) SENSIND (358.14).........................................Previous (361.09] (-2.95 / -0.82%)........................................Previous (-0.46 / -0.13%) Turnover :954,322,377.94....................................Previous [739,650,247.50] Volume :3,206,450................................Previous [2,174,914]
|
|
#274 Thu Apr 27, 2023 6:03 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०१-१४ (2023-04-27) ---------------------------- प्रधानमन्त्री र अर्थमन्त्री, भिक्षाको लागि गिडगिड्याएको गिडगिड्याई हुनुहुन्छ,
प्रधानमन्त्री र अर्थमन्त्री, गभर्नरले मौद्रिक नीति खुकुलो ल्याउछन् ल्याउछन् भनि,
देउसी पनि खेलेको खेल्यै हुनु हुन्छ,
तर यमजी टसका मस हुनु हुन्न,
खाली पख न पख, पख न पख भनेर समय घर्काइ मात्र राख्नु हुन्छ,
कहिले 'मेयर'ले सात्तो खाने,
कहिले गभर्नरले फनफनी घुमाउने,
आफुले त प्रधानमन्त्रीलाईनै देशको सबैभन्दा शक्तिशाली व्यक्ति पो ठानी रा अहिलेसम्म l NEPSE:1,889.75..........................................Previous [1,892] (-2.25 / - 0.12%)...................................Previous (-13.68 / -0.72%) SENSIND (361.09).........................................Previous (361.55] (-0.46 / -0.13%)........................................Previous (-2.11 / -0.58%) Turnover :739,650,247.50....................................Previous [847,028,219.41] Volume :2,174,914................................Previous [2,571,202]
|
|
#275 Wed Apr 26, 2023 6:34 pm
|
Member
Registered: Oct 2013
Posts: 1383
|
२०८०-०१-१३ (2023-04-26) ---------------------------- चैत्र महिनाको सुरुको ९ वटा कारोबार दिनसम्म Turnover एक अर्ब माथीनै रह्यो,
अहिले बैशाख महिनामा चाही त्यसको ठिक बिपरित,
यो महिनाको सुरुको ९ वटा कारोबार दिनमा Turnover एक अर्ब मुनि मात्र भएको देखिन्छ,
अब फेरी बजारका लगानीकर्ताहरुको लागि,
चित्त बुझाउन र चर्चा गर्नका लागि दुइ बिषय हाजिर भएका छन्,
मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा र जेष्ठ १५ को बजेट बारे कुरा गर्दा गर्दै जेष्ठ महिना पनि सकिन्छ,
अनि त्यसपछिलाई नयाँ आर्थिक बर्ष र
साउनमा घट्ने ब्याजदरले ध्यान केन्द्रित गर्न थाली हाल्छ,
बजारमा लागेपछि समय र पैसा कटाउन चाही खासै समस्या नहुने रहेछ 😊😊 l
NEPSE:1,892..........................................Previous [1,905.68] (-13.68 / -0.72%)...................................Previous (+17.36 / +0.92%) SENSIND (361.55).........................................Previous (363.65] (-2.11 / -0.58%)........................................Previous (+4.27 / +1.19%) Turnover :847,028,219.41....................................Previous [885,578,270.76] Volume :2,571,202................................Previous [2,700,570]
|