Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०३-०६ (2024-06-20)
----------------------------

बजारको हालत यस्तो छ,

अर्थमन्त्री हुने दिन खुब लगानीकर्ताहरुको चिन्ता भए जस्तो गरेर

यति र उति लाख लगानीकर्ताहरु भएको क्षेत्र भनेर खुब चिन्ता गरि टोपल्ने,


अनि काम चाही एउटा धितोपत्र बोर्डको अध्यक्ष पनि नियुक गर्न नसक्ने,

अब महान्यायाधिवक्ताले नयाँ प्रक्रियाबाट नियुक्ति गर्न लिखित सुझाब दिने होला,



सार्बजनिक पदका हरेक व्यक्ति कोहि पनि सरासर काम गर्दैनन्,

प्रत्यक काममा मलाई चाही के लाभ हुन्छ,

भनेर खाली bargaining मात्र चलाउछन l




अब त झन् सत्ता गठबन्धन फेर्ने हल्ला चलाउन थालेका छन्,

यस्तो बेला सम्पूर्ण बल आफ्नो कुर्सि जोगाउनका लागि लगाउनुनै पर्यो,

अनि हामी चाही यिनैबाट राम्रो नीति आउलाकि भनेर आशा गरेर बसेका छौ l


पोहोर यो समयमा घोराही सिमेन्टको खुब चर्चा थियो,

१४ जनाले 10 लाख कित्ताका दरले IPO भरेको तर खातामा पैसा नभएको,

IPO Oversubscribed भएको तथ्यांक सार्बजनिक गरेर, IPO भर्ने समय चाही असार १४ सम्म थप्ने तमाशा गरेको,

अनि IPO नै स्थगन गरेको, याद छ नि ?







NEPSE:2,068.31..........................................Previous [2,078.76]


(-10.44 / -0.50%)...................................Previous (+2.27 / +0.10%)




SENSIND (365.05).........................................Previous (367.75)


(-269 / -0.73%)........................................Previous (+0.55 / +0.14%)




Turnover :3,870,744,903.34...................................Previous [3,404,372,632.64]


Volume:8,663,699................................Previous [7,209,757]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०३-०५ (2024-06-19)
----------------------------

संसदमा जे बोल्दा र जे गर्दा बढी प्रचार हुन्छ,

सांसदहरु त्यहि त्यहि गर्न थालेका छन्,

आजको आमरेश कुमार सिंहको प्रस्तुतिनै हेरौ न,



यो बजेट भाषण र त्यसमाथी हुने कर्मकाण्डी छलफल बेतुकका लाग्न थालेका छन् l


प्रमलाई यो गठबन्धनले असजिलो हुन् थाल्यो रे,

उपेन्द्र यादबको पार्टी फुटको मुद्धाको फैसला कस्तो आउछ,

त्यो हेरेर अघि बढ्ने रे,




धितोपत्र बोर्डको अध्यक्ष पदमा कत्रो खेल चल्दो रहेछ त,

अहिले चली रहेको ३ जना उम्मेदवार अनुपस्थित काण्डबाटै प्रष्ट भइ हाल्छ l


पोहोरको कुरा गरौ,

संसदिय समितिले ब्रोकर लाइसेन्समा किचकिच गरि रहेको थियो,

अझ भन्नु पर्दा तिनैलेनै रोकेर राखेका थिए,

धेरै बिरोध हुन् थालेपछि पोहोर आजकै दिन रमेश हमालजीलाई,

संसदिय समितिमा बोलाएर, ब्रोकर लाइसेन्स खोल्न निर्देशन दिएका थिए l









NEPSE:2,078.76..........................................Previous [2,076.49]


(+2.27 / +0.10%)...................................Previous (-18.76 / -0.89%)




SENSIND (367.75).........................................Previous (367.20)


(+0.55 / +0.14%)........................................Previous (-3.72 / -1.00%)




Turnover :3,404,372,632.64...................................Previous [4,055,737,884.32]


Volume:7,209,757................................Previous [9,544,734]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०३-०४ (2024-06-18)
----------------------------


हामी सबैले सुनी आएको एउटा कथा फेरी दोहोर्याउन मन लाग्यो -



कथा यस्तो छ,


एउटा गाउँमा एउटा गरिब बस्दो रहेछ,

उ सधै स्नान गर्न धारामा जाँदो रहेछ,

त्यहि पुजाआजा गर्दो रहेछ, आफ्नो दरिद्रता छिटो हटोस् भनेर प्रार्थना पनि गर्दो रहेछ,

समय बित्दै गयो, ति गरिबको दिन चर्या यसैगरि अघि बढ्दै थियो l



एक दिन उसले धारामा नुहाई-धुवाई गरेर पुजा मात्र के सकेको थियो,

एउटा कुखुरा आएर उसको अगाडि एउटा सुनको अण्डा पारि दियो,

गरिब खुशी भएर अण्डा लिएर घर गयो,



उसले पुजा गरि सकेपछि,

यसैगरि दिनहु त्यो कुखुरा आएर सुनको अण्डा दिन थाल्यो l




जब ती सम्पन्न बन्दै गए, त्यो गरिब र उसको श्रीमतीमा अझ धनि हुने लोभ पलाउन थाल्यो,

एक दिन ति बुढाबुढीले दिनहु एक एक वटा सुनको अण्डा लिई रहनु सट्टा,

बरु कुखुराको पेटको सबै अण्डा एकै चोटी निकाल्ने निर्णय गरे,




बिहान धारामा जब कुखुरा सुनको अण्डा दिन आयो,

तिनले च्याप्पै समाते र सबै अण्डा एकै चोटी निकाल्ने भनेर त्यसको पेट चिर्न थाले,

अन्तमा कुखुरा मर्यो उसको पेटमा केहि थिएन l



यसरी बढी लोभमा फसेर त्यो मान्छेले सुनको अण्डा दिने कुखुरालाई गुमायो l



यो कथा,

विद्याधर मल्लिक आयोगको कर प्रणाली सुधार सम्बन्धि सुझाबसंग ठ्याक्क मेल खाएकाले

यहाँ प्रस्तुत गरेको हुँ,



हामी लगानीकर्ताहरु राज्यको लागि सुनको अण्डा दिने कुखुरानै हौ,

मल्लिकजीले सुझाब दिनु भएछ,

थोरै होइन यिनको पेटबाट घ्याप्पै सबै अण्डा एकै पटक निकाल l




देश स्वाँठ र ल्वाँठहरुकै कब्जामा गयो,

यिनको हातबाट बिगार्न बाँकी, कुनै क्षेत्र बाँकि नरहने भो l







NEPSE:2,076.49..........................................Previous [2,095.25]


(-18.76 / -0.89%)...................................Previous (-17.04 / -0.80%)




SENSIND (367.20).........................................Previous (370.93)


(-3.72 / -1.00%)........................................Previous (-3.25 / -0.86%)




Turnover :4,055,737,884.32...................................Previous [5,472,253,551.85]


Volume:9,544,734................................Previous [13,223,884]



:) :)
« Last edit by nissan on Tue Jun 18, 2024 5:36 pm. »
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०३-०२ (2024-06-16)
----------------------------


पोहोर असार महिनाको पहिलो कारोबारको दिन बजार 52 अंकले बढेको थियो l

Turnover पनि लगभग ५ अर्बको थियो

अनि NEPSE पनि आजको जत्तिनै थियो, 2,094.33 अंकमा l



बजेट पाश गर्ने दिन नजिकिदै जाँदा,

बिभिन्न स्वार्थ र अनेक नियुक्तिका लागि सरकारभित्र रहेका दलहरु बिच,

दह्रो bargaining चलेको देखिन्छ l

आजको धितोपत्र बोर्डको अध्यक्षका लागि कार्ययोजना प्रस्तुतीकरणमा ३ जना त अनुपस्थितनै भए l


कांग्रेस रास्वपापट्टि अलि नरम सुनिन थालेको छ l





अर्को हचुवाको निर्णय बिरुद्ध सर्बोच्चमा रिट परेछ,

कार्ड छापेर दिन नसक्ने, नभ्याउने अनि,

लागु चाही गरि हाल्ने, त्यो पनि कोबाट भने, बृद्ध वृद्धाहरुबाट l



गर्मि अत्याधिक बढेको छ जताततै रननन्न भएको अबस्था छ,

तर हाम्रो बजार झन् झन् चिसिदै गएको छ l






NEPSE:2,095.25..........................................Previous [2,112.29]


(-17.04 / -0.80%)...................................Previous (-9.32 / - 0.43%)




SENSIND (370.93).........................................Previous (374.18)


(-3.25 / -0.86%)........................................Previous (-0.72 / -0.19%)




Turnover :5,472,253,551.85...................................Previous [6,443,029,208.11]


Volume:13,223,884................................Previous [14,294,712]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-३१ (2024-06-13)
----------------------------


२०८०, माघ ८ गते सोमबारपछि बल्ल पहिलो पटक बजारमा ६ अर्बको Turnover कटेको छ l


६ अर्बको Turnover कटाउन ९१ वटा कारोबार दिन लागेको छ,


९१ दिनअघि ६ अर्ब माथिको Turnover हुँदा,

Top 10 Turnover :


HRL
NGPL
API
SNLI
NRN
SONA
NRIC
AKPL
HDHPC
RIDI



आजको Top 10 Turnover :

NFS
NRN
SFCL
SDLBSL
CHDC
BARUN
MEN
GFCL
PROFL
HBLPO



पोहोर आजको दिन ५ अर्ब माथीको Turnover भएको थियो भने NEPSE चाही 2,037 अंकमा थियो l

परार आजको दिन १ अर्बको लाइनमा Turnover र NEPSE चाही 1,996 अंकमा थियो l


अन्तत यो जेष्ठ महिनाको Turnover एक खर्ब (100,511,454,693.68) कटेको छ l





NEPSE:2,112.29..........................................Previous [2,121.62]


(-9.32 / - 0.43%)...................................Previous (+6.37 / +0.30%)




SENSIND (374.18).........................................Previous (374.91)


(-0.72 / -0.19%)........................................Previous (+1.67 /+0.44%)




Turnover :6,443,029,208.11...................................Previous [5,894,089,245.13]


Volume:14,294,712................................Previous [12,950,407]




:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-३० (2024-06-12)
----------------------------

NEPSE:2,121.62..........................................Previous [2,115.24]


(+6.37 / +0.30%)...................................Previous (+33.15 / +1.59%)




SENSIND (374.91).........................................Previous (373.23)


(+1.67 /+0.44%)........................................Previous (+4.18 / +1.13%)




Turnover :5,894,089,245.13...................................Previous [5,555,361,739.06]


Volume:12,950,407................................Previous [12,665,329]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-२९ (2024-06-11)
----------------------------

NEPSE:2,115.24..........................................Previous [2,082.09]


(+33.15 / +1.59%)...................................Previous (+8.90 / +0.42%)




SENSIND (373.23).........................................Previous (369.05)


(+4.18 / +1.13%)........................................Previous (+0.86 / +0.23%)




Turnover :5,555,361,739.06...................................Previous [5,490,609,782.28]


Volume:12,665,329................................Previous [11,634,618]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-२८ (2024-06-10)
----------------------------

NEPSE:2,082.09..........................................Previous [2,073.19]


(+8.90 / +0.42%)...................................Previous (-4.59 / -0.22%)




SENSIND (369.05).........................................Previous (368.18)


(+0.86 / +0.23%)........................................Previous (-2.15 / -0.58%)




Turnover :5,490,609,782.28...................................Previous [5,189,079,522.44]


Volume:11,634,618................................Previous [10,452,128]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-२७ (2024-06-09)
----------------------------


आजको Turnover यो जेठ महिनाको ५ अर्ब माथिको पाँचौ Turnover हो,

लगानीकर्ताहरु यताबाट उता र उताबाट यता फड्केर भए पनि बजारलाई चलाएमान बनाउने प्रयत्नमा छन्,




नियामक र नीति निर्माताहरु चाही अहिले गर्न मिल्ने काम पनि नगरेर,

मौद्रिक नीति लचिलो बनाउछौ भनेर हल्ला पिटेर बसेका छन्,


तिनले त आफ्ना नीति सधै बज्जबनै बनायौ भनि हाल्छन् नी,

त्यसको अनुभब जनताले पो गर्नु पर्यो त,



यस्ता कुटिल नेताहरु छन् सत्तामा,

यिनीहरुमा जनतालाई तुरुन्त केहि राहत अनुभव हुने काम गरि हालौ भन्दा पनि,

अहिले केहि राम्रो नीति बन्यो भने त सब जस अहिलेका प्रम र अर्थमन्त्रीको पोल्टामा जान्छ,


बरु त्यो सब काम आफु प्रम र आफ्नै पार्टीको नेता अर्थमन्त्रि भएको बेला गर्नु पर्छ भन्ने,

छोटो सोच देखिन्छ यिनीहरुमा,


अहिलेसम्म बजारले दुख पाएको प्रमुख कारण पनि यहिनै हो l


त्यसैले अस्ति नयाँ सरकार बन्दा 'अनन्त'भन्दा, 'बिष्णु'जीनै अर्थमन्त्रि भए हुन्थ्यो भनि सोच्नुको कारण पनि त्यहि हो l




आज कर्णालीको झुलुंगे पुलमा खच्चडहरुको जे हाल भयो नी,

हो केन्द्रिय बैंकको, बजारको लठ्ठा चुडाल्ने नीतिका कारण,

लगानीकर्ताहरुको पनि त्यस्तै हालत भएको हो,

लचक नीति ल्याउदै छौ भनेको, फेरी खच्चडलाई उद्धार गर्न नदीमा खसाएझैँ,

यता पनि त्यस्तै गर्ने पो हुन् कि ?






NEPSE:2,073.19..........................................Previous [2,077.78]


(-4.59 / -0.22%)...................................Previous (-1.93 / -0.09%)




SENSIND (368.18).........................................Previous (370.34)


(-2.15 / -0.58%)........................................Previous (-1.27 / -0.34%)




Turnover :5,189,079,522.44...................................Previous [4,388,278,720.38]


Volume:10,452,128................................Previous [8,813,374]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-२४ (2024-06-06)
----------------------------


.....................


NEPSE:2,077.78..........................................Previous [2,079.71]


(-1.93 / -0.09%)...................................Previous (-5.58 / -0.26%)




SENSIND (370.34).........................................Previous (371.61)


(-1.27 / -0.34%)........................................Previous (-0.41 / -0.11%)




Turnover :4,388,278,720.38...................................Previous [3,992,976,492.79]


Volume:8,813,374................................Previous [8,042,767]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-२३ (2024-06-05)
----------------------------


...............




NEPSE:2,079.71..........................................Previous [2,085.30]


(-5.58 / -0.26%)...................................Previous (+6.22 / +0.29%)




SENSIND (371.61).........................................Previous (372.02)


(-0.41 / -0.11%)........................................Previous (+1.95 / +0.52%)




Turnover :3,992,976,492.79...................................Previous [4,084,715,877.41]

Volume:8,042,767................................Previous [8,305,786]




:) :)
Member
Registered: Oct 2017
Posts: 2137
Ok
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-२२ (2024-06-04)
----------------------------

चुनाबी नतिजाले BJP को एकल बहुमत नआउने र गठबन्धनको हालत पनि त्यति आश लाग्दो नदेखिएपछि,

त्यताको share मार्केट पनि नराम्ररी घटेछ l



यता,

पुरा एमाले एउटा मेयरको पछि लागेको छ,

आज संसदमा योगेश भट्टराईले बालेनकै बारेमा बोलेर समय सके,




पोहोर आजको दिन संसदमा रमाइलो दृश्य देखिएको थियो,

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण बारे जानकारी दिन लागेका थिए,

एमालेले हो-हल्ला गरेर बोल्न दिएन्,

पछि बोल्दा बोल्दै सभामुखले प्रति प्रश्न गर्न पनि दिनु भयो,

जुन प्रचलन पहिला थिएन,


पछि प्रचन्डले सबै कुरा बेली विस्तार गरेर एमालेको चित्त बुझाएका थिए l



आजको अबस्था पनि प्रमको लागि त्यति फेबरमा देखिन्न,

दिनहु दलका नेतालाई भेट्नु र तिनको चित्त बुझाउने प्रयत्न गर्नमै,

सम्पूर्ण समय व्यतित भइ रहेको छ l


अनि जनताले केको सुख पाउन ?








NEPSE:2,085.30..........................................Previous [2,079.07]


(+6.22 / +0.29%)...................................Previous (-3.97 / -0.19%)




SENSIND (372.02).........................................Previous (370.06)


(+1.95 / +0.52%)........................................Previous (-1.58 / -0.42%)




Turnover :4,084,715,877.41...................................Previous [4,004,070,243.60]


Volume:8,305,786................................Previous [8,820,125]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-२१ (2024-06-03)
----------------------------


गिरिबंधु टि स्टेटको जग्गा बारे विस्तार चर्चा चल्न थालेको छ l

कस्तो लुच्चो कुरो जग्गा सट्टा पट्टा गर्ने रे,


यिनले त newroad को जग्गासंग ताप्लेजुंग(उदाहरणको लागि मात्र यो नाम प्रयोग गरेको) को जग्गा साटफेर गर्न पो लागेका रहेछन l


कति साह्रो लुट चलेको हो देशमा ?


गोदावरीको मेयर निलम्बनमा परेछन, भ्रष्ट्राचारको मुद्धा परेका कारण,

मेरो त वडाका वडा सदस्यनै कति धनि छन्,

तर तिनको अरु ब्यबसाय केहि छैन l



अब positive सोचौ,


गभर्नर साबले गज्जबको मौद्रिक नीति ल्याउन अन्तिम मौका पाउदै छन् l



जाने बेलामा मान्छेले सबको भलो चिताउछन् भन्छन l



पोहोर आजको दिन अर्थमन्त्रालयमा बार्ता सफल भयो भनेर चली रहेको

आन्दोलन लगानीकर्ताहरुले स्थगित गरेका थिए l





NEPSE:2,079.07..........................................Previous [2,083.04]


(-3.97 / -0.19%)...................................Previous (+13.51 / +0.65%)




SENSIND (370.06).........................................Previous (371.65)


(-1.58 / -0.42%)........................................Previous (+1.45 / +0.39%)




Turnover :4,004,070,243.60...................................Previous [4,311,015,629.95]


Volume:8,820,125................................Previous [9,697,206]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-२० (2024-06-02)
----------------------------


सडकमा युवा युवतीहरुले राम्रैसंग duty गरि रहेका थिए,

तिनीहरु प्रशन्नै पनि देखिन्थे,

तर सर्बोच्चले सडकमा नखटाउन अन्तरिम आदेश दिएछ,

अब यो निर्णय पनि अलपत्र पर्ने भो,

महिला ट्राफिकको बिषय चाही कसरी मिलाउछन् अब ?





महानगरले पनि सार्बजनिक सौचालय प्रयोगकर्तासंग पैसा नलिनु भनेको छ क्यार,

त्यो निर्णयको बिरुद्धमा कसैले अदालतमा रिट त हालेको छैन नी ?

नत्र यो निर्णयले पनि पानी पिउन नपाउला फेरी l




छिमेकमा फेरी 'मोदी'नै आउने हल्लाले,

हाम्रा केहि नेताहरु एक-दुई दिनदेखि अन्टसन्ट फलाक्न थालेका छन् l











NEPSE:2,083.04..........................................Previous [2,069.53]


(+13.51 / +0.65%)...................................Previous (-19.89 / -0.95%)




SENSIND (371.65).........................................Previous (370.19)


(+1.45 / +0.39%)........................................Previous (-3.90 / -1.04%)




Turnover :4,311,015,629.95...................................Previous [4,217,494,195.65]


Volume:9,697,206................................Previous [9,864,482]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309

पोहोर यो बेला 'नियमित' र 'पटके' शब्द खुब चर्चामा आएको थियो,

एकै बर्ष अघिको कुरा न हो,


बजेटमा लगानीकर्ताहरुले धेरै कर तिर्नु पर्ने बुँदा राखेको भनेर,

आजको दिन लगानीकर्ताहरु जम्मा भएर बिरोधका कार्यक्रमहरु घोषणा गरेका थिए,



धितोपत्र, नेप्से र ब्रोकरहरुलाई ज्ञापनपत्र बुझाएका थिए र

पर्यो भने TMS सम्म बन्द गराउने योजनामा थिए l



गभर्नर त आलोचित छदै थिए,

त्यो बेला राजस्वका DG दिर्घराज मैनाली पनि गभर्नर जत्तिकै आलोचनामा परेका थिए l




म चाही अब संसदमा कुरा उठाउछु भनेर हरि ढकालजीले पनि फुर्ति लगाएका थिए l





त्यसपछि 1,866 मा रहेको NEPSE बढ्दै,

जम्मा १९ वटा कारोबार दिनमा 2,186 अंकमा पुगेको थियो l


परारको कुरा गर्ने हो भने,

बजेटपछि रिसाएका लगानीकर्ताहरुले जेष्ठ २३ गतेदेखि आन्दोलन शुरु गरेका थिए,





2079 जेष्ठ महिनाको Turnover 25,876,815,612 थियो,


पोहोर जेष्ठ महिनाको Turnover 48,534,539,630.51 को थियो भने


यसपाली जेष्ठ १७ गतेसम्मको Turnover चाही 51,158,228,232.53 भएको देखिन्छ l








:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-१७ (2024-05-30)
----------------------------

सांसद जस्तो मान्छेले कुनै देशले visa नदिएको भनेर उसको बिरुद्धमा नारा लगाउदै जुलुश निकाले,

सरकारले आत्तिएर कुटनैतिक नोट समेत लेख्न भ्याएछ,


Result आज देखिई हाल्यो, यस्तो कच्चा काम पनि गर्ने हो ?



पोहोर आजको दिन राष्ट्रपतीबाट नागरिकता विधेयक प्रमाणित भएको थियो l

प्रधानमन्त्रीको भारत भ्रमण पनि आजकै दिनबाट शुरु भएको थियो l



अघिल्लो बर्ष, बजेट मार्फत share लगानीकर्ताहरुलाई Income Tax को स्ल्याबमा राख्न लागेको भनेर

लगानीकर्ताहरु निराश बनेका थिए र ५%, ७.५% या १०% अन्तिम कर होकी होइन भनेर,

एक आपसमा जिज्ञाशा व्यक्त गर्दै थिए l



अहिले चाही,

ट्राफिक उल्लंघन गर्नेहरुलाई 10-५ को सडक duty को आलोचना र

महिनाबारी भएका महिला ट्राफिकहरुलाई ४ दिन सडकमा उभिनु नपर्ने निर्णयको चाही तारिफ भएको देखिन्छ l








NEPSE:2,069.53..........................................Previous [2,089.42]


(-19.89 / -0.95%)...................................Previous (-23.81 / -1.12%)




SENSIND (370.19).........................................Previous (374.09)


(-3.90 / -1.04%)........................................Previous (-4.82 / -1.27%)




Turnover :4,217,494,195.65...................................Previous [4,575,063,274.39]


Volume:9,864,482................................Previous [10,738,169]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-१६ (2024-05-29)
----------------------------

राष्ट्र बैंकको मौद्रिक नीति र ३ -३ महिनामा हुने त्यसको समिक्षा र बजेट भाषण जस्ता

कुराहरुले लगानीकर्ताहरुलाई अल्मलिन सहयोग पुर्याएको छ l



मौद्रिक नीतिमा फुस्सा भयो भने,

३ महिनापछि समिक्षामा केहि हुन्छ भनि आश गर्यो,

त्यसमा पनि लोप्पा खाएपछि अर्धबार्षिक समिक्षामा त पक्कै केहि हुन्छ भनि आश गर्यो l




अनि बजेटको हल्ला शुरु हुन्छ,

मेडियाले यो र त्यो कुरा हुँदैछ भनेर अनेक कथा बुनेर समाचार बनाउन थाल्छ,

लगानीकर्ताहरु झन् तिरिमिरी पर्छन,

बजेट भाषण सुन्यो,

यो गरिनेछ र त्यो गरिनेछ भनेर उही पुरानै रटान दुहोर्याउछन l




बजेट त आयो गयो,

अब पोहोर-परार जस्तै आश नभए पनि,

मौद्रिक नीतिमा ध्यान केन्द्रित गर्न बानी जो परि सक्यो l





परार बजेटपछिको पहिलो कारोबार सोमबारको दिन भएको थियो र

बजार 50.33 अंकले घटेको थियो,

पोहोर बजेटपछिको पहिलो कारोबार मंगलबारको दिन भएको थियो र

बजार 53.16अंकले घटेको थियो,

यसपाली चाही बजेटपछिको पहिलो कारोबार आज अर्थात् बुधबारको दिन भएको छ र

बजार 23.81 अंकले घटेको छ,


पोहोर र परारको तुलनामा यसपाली NEPSE कम अंकले घटेको देखिन्छ भने



Turnover चाही यसपालिको अलि धेरैनै देखिन्छ l




लगानीकर्ताहरुले दिनको निश्चित समय योग, ध्यान या अन्य exercise का लागि पनि छुट्टयाउने गरौ है,


किनकी यो अलि बढीनै मानसिक खेल हुने क्षेत्र हो l







NEPSE:2,089.42..........................................Previous [2,113.24]


(-23.81 / -1.12%)...................................Previous (+3.89 / +0.18%)




SENSIND (374.09).........................................Previous (378.92)


(-4.82 / -1.27%)........................................Previous (-0.30 / -0.08%)




Turnover :4,575,063,274.39...................................Previous [3,893,764,143.93]


Volume:10,738,169................................Previous [9,330,295]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-१४ (2024-05-24)
----------------------------



लगालग ७ दिन बजार हरियो बनेपछि, पोहोर आजको दिन चाही बजार रातो बनेको थियो l



आजभोली सहकारी काण्डले संसद तताएझैँ पोहोर चाही

यो समयमा पशुपतीनाथको जलहरी काण्डले संसद तातेको थियो l



परार चाही यो समयमा बजार लगालग ८ दिन रातो बनेको थियो,

बजेट भाषण अघि र पछि गरेर l


प्रतिपक्षले न नीति तथा कार्यक्रमको चासो राख्यो न त बजेटकोनै,


यसका लागि त सांसदहरुले अध्ययन गर्नु पर्यो, तार्किक बहष गर्न सक्नु पर्यो,

त्योभन्दा सजिलो त बरु नारा लगायो, बेल घेर्यो, भत्ता पचायो,

तिनलाई जनताको के चासो l


बुढानिलकण्ठ बैठक सकेर कांग्रेस नेताहरु गुरुरुरु फेरी बार्ता गर्ने भनेर बालुवाटार छिरेछन्,


यो बार्ताको नाटक चलेको कति दिन भयो भन्नुस त,

यिनीहरुलाई जनताले यहि गर्नका लागि पठाएका हुन् त ?








NEPSE:2,113.24..........................................Previous [2,109.34]


(+3.89 / +0.18%)...................................Previous (-22.14 / -1.03%)




SENSIND (378.92).........................................Previous (379.23)


(-0.30 / -0.08%)........................................Previous (-3.44 / -0.89%)




Turnover :3,893,764,143.93...................................Previous [4,441,538,471.70]


Volume:9,330,295................................Previous [11,044,485]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-१३ (2024-05-23)
----------------------------

कांग्रेसका सांसदहरुले बेल घेरेको र संसदमा नाराबाजी गरे बापत,

भत्ता त असुल्छन नि हैन ?



अब पर्सि अनन्तले बजेट भाषण गरिन्जेल पनि,

छेउमा कुर्सि खाली राखेर, खुट्टा दुख्ने गरि उभिनु पर्ला जस्तो छ l



पाँच दिनमा 113.52 अंकले बढेको NEPSE

आज छैठौ दिन भने 22.14 अंकले घटेको छ,




प्रचन्डले यसपालिको बजेट गज्जब ल्याउदैछौ भनेर धेरै अघिदेखि भन्दै आएका थिए,

अब २ दिनमा थाहा भइ हाल्छ,

त्यो गज्जब भनेको 'जनता'को लागि होकी अरु कसैको लागि हो भनेर l


अघिल्लो बर्षको बजेटले FPO र merge हुँदाको स्वाप ratio बाट भएको फाइदामा पनि,

कर लगाएर लगानीकर्ताहरुलाई निराश बनाएको थियो,

त्यस्तै CGT तिरीसकेर पनि ५० लाख माथीको कमाइ हुनेले ३९% कर तिर्नु पर्ने बुंदाले त,


झन् लगानीकर्ताहरुको निंद हराम भएको थियो,




सायद यसपाली धेरै निराशावादी बजेट नआउला भनेर आशा गरिएको छ, हेरौ l




NEPSE:2,109.34..........................................Previous [2,131.49]


(-22.14 / -1.03%)...................................Previous (+15.54 / +0.73%)




SENSIND (379.23).........................................Previous (382.67)


(-3.44 / -0.89%)........................................Previous (+5.06 / +1.34%)




Turnover :4,441,538,471.70...................................Previous [5,687,680,912.80]


Volume:11,044,485................................Previous [14,419,521]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
हो यिनीहरुको 'लहड'को भरमा जनताले दुख पाई रहेछन,

कुवाका भ्यागुताहरुको नजर त्यो कुवाभन्दा पर पुग्नै सक्दैन,

हामीहरुले यिनको 'लहडी पारा'बाट कहिलेसम्म दुख र पिडा खेपी रहनु पर्ने हो कुन्नि ?


पशुपतीनाथको भेटि त गन्नेहरुलेनै, दैनिक रुपमा चोरी गरि रहने देश पर्यो,

अनि अन्तका लोभी-पापीहरुबाट त झन् के आश गर्नु ?



:) :)
Member
Registered: Oct 2013
Posts: 7577
हरेक खेर गएको दिनले थप पीडामा परेका मानिसहरूलाई थपिदिनेछ|

यो आर्थिक संकट अन्त्य गर्ने एउटै उपाय भनेको kick start गर्नु हो |

मौद्रिक समीक्षामा राष्ट्र बैंकले राम्रो कर्जाको कर्जा जोखिमलाई १.२५ बाट १.२० मा ल्याएको छ| के यो मजाक हो?

राम्रो ऋणको लागि पनि यस्तो कोष किन छ? र NPL को लागी यस्तो कोष 100% भन्दा बढी हुनु हुँदैन|
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-०९ (2024-05-22)
----------------------------

Taxi Driver कृष्ण नगरकोटीले गरिबीका कारण छोरालाई ब्लेड दिएर मर्न पठाएछन् र

आफुले पनि आत्महत्या गरेछन,


यो घटना आर्थिक मन्दिकै परिणाम हो भनेर भन्न मिल्छ कि मिल्दैन ?


फेरी देशका बडेमानका अर्थविदहरु, देशको अर्थतन्त्र सुधन थाल्यो भन्दैछन् l


जनता भने ब्लेडले सेरिने अबस्थामा पुगेका छन् l





पोहोर यहि समयमा NEPSE लगालग ७ दिन बढेको थियो,

त्यो बेला नेप्से 1,818.31 अंकबाट बढेर 1,959.12 अंकमा पुगेको थियो,

त्यो बेला ७ कारोबार दिनमा नेप्से 140.81 अंकले बढेको थियो l



यसपाली चाही ५ दिनमा NEPSE 113.52 अंकले बढेको रहेछ l






अर्को प्रसंगमा जुन आजको समयसँग मिल्दोजुल्दो छ,


पोहोर आजको दिन देउबा निवासमा जम्मा भएका कांग्रेसका नेताहरुलाई देउवाले,


बालकृष्ण खाँडबारे धेरै चिन्ता नगर्नुस भनेका थिए, मेडिया र प्रहरीले दोषी बनाउदैमा कोहि दोषी हुँदैन,

त्यसको लागि प्रमाण चाहिन्छ भनेका थिए,


आज

खाँडजी जेलमा छैनन् l




कामिरिता शेर्पाले ३०औ पटक सगरमाथाको आरोहण गरेका छन्,

पोहोर यहि सिजनमा 'हरि बुढामगर'ले नक्कली खुट्टाको सहायताले सगरमाथा आरोहण गरेर वाह वाहि कमाएका थिए l














NEPSE:2,131.49..........................................Previous [2,115.94]


(+15.54 / +0.73%)...................................Previous (+23.94 / +1.14%)




SENSIND (382.67).........................................Previous (377.60)


(+5.06 / +1.34%)........................................Previous (+3.53 / +0.94%)




Turnover :5,687,680,912.80...................................Previous [5,206,208,111.56]


Volume:14,419,521................................Previous [13,241,217]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-०८ (2024-05-21)
----------------------------

अर्को मंगलबार बजेट भाषण छ,

नाथेहरु कसैलाई त्यसको केहि मतलब छैन,

कस्ता हल्लुड़ाहरुलाई जनताले छानेर पठाएछन् हँ ?


मेरो लागि गगन थापा, रबी लामिछाने दुवै महत्वपूर्ण होइनन तर यी दुइको गाँड कोराकोरले

देशको संसदनै ठप्प हुनु पर्ने ?


अनि नागरिकता जस्तो सम्बेदनशील मुद्धामा कैलाश सिरोहियालाइ पक्राउ पूर्जी जारी हुँदा,

कांग्रेसका सांसदहरु लाइन लागेर 'कैलाश पर्बत'माझैँ दर्शन गर्न जान सुहाउछ ?




२०८० माघ १६ गते NEPSE 2,119.61 अंकमा पुगेको थियो, त्यो दिन Turnover ५ अर्ब ५४ करोडको थियो,

त्यसपछिको दोश्रोमा पर्छ आजको नेप्सेको अंक l




पोहोर आजको दिन चाही SEBON को संचालक समितिको बैठकले ७ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको थियो,

यसै दिन नक्कली भुटानी शरणार्थी case मा प्रहरीले आफ्नो अनुसन्धान प्रतिबेदन,

सरकारी वकिललाई बुझाएको थियो l


र आज चाही नागरिकता सम्बन्धि मुद्धामा कैलाश सर पक्राउ पर्नु भएछ l












NEPSE:2,115.94..........................................Previous [2,092.00]


(+23.94 / +1.14%)...................................Previous (+27.54 / +1.33%)




SENSIND (377.60).........................................Previous (374.07)


(+3.53 / +0.94%)........................................Previous (+7.31 / +1.99%)




Turnover :5,206,208,111.56...................................Previous [5,854,354,212.19]


Volume:13,241,217................................Previous [14,370,689]



:) :)
Member
Registered: Oct 2013
Posts: 1309
२०८१-०२-०७ (2024-05-20)
----------------------------

माघ ८, २०८० मा ६ अर्बको Turnover भएको थियो,

३ गते लगभग १० अर्ब पुगेको Turnover,

४ गते ८ अर्बको लाइनमा,

७ गते ७ अर्बको लाइन हुँदै

८ गते ६ अर्बको लाइनमा झरेको थियो,



आजको Turnover त्यसपछिको सबैभन्दा धेरै हो l




पोहोर आजको दिन NEPSE 1,883.30 अंकमा थियो,

त्यो दिन ओलीजीले संसदमा लामो भाषण गरेर सरकारको नीति तथा कार्यक्रमको बिरोध र

भुटानी शरणार्थीको कहानी सुनाएका थिए,

त्यो बेला नक्कली भुटानी शरणार्थी काण्डले बजार पिटेको थियो l



संसद र सांसदहरुले दिनप्रति दिन निराशा मात्र छर्दै छन्,

यिनले निजि इगोलाइ संसदमा प्रस्तुत नगरे हुन्थ्यो,

संसद बाहिर जुधे हुनी जति जुध्न मन लाग्छ,




संसदिय ब्यबस्था भनेको छ,

दिनहु संसदमा हुलहुज्जत गरेर भत्ता पचाएको छ,

अझ बजेट पनि अबरोध गर्ने रे l


बिनाशकाले बिपरित बुद्धि भनेको यहि होला l









NEPSE:2,092.00..........................................Previous [2,064.45]


(+27.54 / +1.33%)...................................Previous (+45.69 / +2.26%)




SENSIND (374.07).........................................Previous (366.76)


(+7.31 / +1.99%)........................................Previous (+8.39 / +2.34%)




Turnover :5,854,354,212.19...................................Previous [5,251,024,786.63]


Volume:14,370,689................................Previous [12,240,802]



:) :)

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub