खतिवडा गएको हाइड्रोसेक्टरले मजाले celebrate गरेहुन्छ। सरकार ले घोषणा गरेको पचास् लाख प्रती मेगावाट भ्याट फिर्ता दिने कुरामा खतिवडाले कहिल्यै चासो देखाएनन। यो वर्ष शुल्कमा प्रोत्साहन स्वरुप केही हाइड्रो पावर ले आउँदै गरेको २०% अतिरिक्त रुपैयाँ दिन पनि आनाकानी गरेर अर्को वर्ष दिन्छु भन्ने कुरा गरे। भन्सार कर बढाए। जबकी झलनाथको प्रतिष्ठानलाई ७० करोड दिए। कम्युनिस्टहरुले अझै कती आफ्ना आफ्ना नेताका नाममा खुलेका प्रतिष्ठानलाई पैसा बाँडेका छन त्यो त हिसाब आउन बाँकी छ। खतिवडाले यदी राजश्व बचाएकै हुन भने यस्ता खाते प्रतिष्ठानहरुलाई कती पैसा गएको छ पारदर्शी रुपले देखाउन।

पहिलेका हरेक सरकारले स्वदेश कै कच्चा पदार्थ प्रयोग गर्ने सिमेन्ट उद्योग, पर्यटन, कृषि मा आधारित उद्योग र हाइड्रोलाई प्रोत्साहन गर्ने भन्थे। यिनको पालामा कुनै पनि औद्योगिक क्षेत्रले सरकारको माया पाएन। यिनले राजश्व उठाउनु र उद्यमिहरुलाई कस्नु नै आफ्नो सफलता ठाने। शेयर मार्केट र मुख्य गरी हाइड्रो सेक्टरले यिनी गएको खुशी मनाउनुपर्छ।