Forum


ShareSansar Main Page

New Topic

Advice to Finanace Ministry/NRB/SEBON/NEPSE

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2432
https://baahrakhari.com/detail/455286

यो निर्णय तपाईंलाई कस्तो लग्यो ?
Member
Registered: Mar 2018
Posts: 2432
चैत्र २०८४ पछि सम्पन्न हुने नया जलविद्युत आयोजनालाई आयकरमा १० वर्षसम्म छुट भएमा सबै पक्ष लाभान्वित नै होलान
Member
Registered: Mar 2018
Posts: 2432
जेठ १५ आउन धेरै दिन बाँकि नहुदा हाईड्रो पावरका लगानीकर्ता १० बर्षे आयकर छुटको प्रतिक्षामा बसेका छन्। साढे २८ हजार मेगावाट विद्युत १० वर्षभित्र उत्पादन गर्ने लक्ष्य हासिलगर्न पनि यो जरुरि देखिन्छ। उद्ध्योग कल-कारखाना विद्युत नपाएर तड्पिएको हालको अबस्थामा जल -विद्युत बिकाशलाई प्रोत्साहन किन नगर्ने ? फेरी १० बर्ष पछि त छुट पाएका हाईड्रो पावरले पनि कर तिर्न सुरु गर्ने हुनाले सरकारको राजस्वोमा पनि वृद्धि हुनेछ।
Member
Registered: Mar 2018
Posts: 2432
जलविद्युत आयोजनालाई आयकरमा १० वर्षसम्म छुट माग भएकोमा आगामी बजेटमा के यो माग पुरा हुन सक्ला ?
Member
Registered: Mar 2018
Posts: 2432
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजिनामा संगै अबको केहि दिनमा केन्द्रिय बैंकको नेत्रित्वो एक युवाको हातमा जाने करिब करिब पक्का भए जस्तो देखिन्छ, अग्रिम बधाई भन्न अलि हतारो हुन्छ कि ? नेपालको आर्थिक क्षेत्र र लगानीकर्ताले नया आउने गभर्नरबाट धेरै आशा गरेर बसेका छन्
Member
Registered: Mar 2018
Posts: 2432
के लगानीकर्ता र बजारमा उत्साह ल्याउन सक्ने खुबी भएका गभर्नरको नियुक्ति होला ?

ढिला भए पनि राम्रै भयो भन्न पाउलान लगानीकर्ता अनि समग्र अर्थतन्त्रले ?


लगातारको वर्षा अनि बढ्दो नदि प्रबाहले गएको हप्ता उत्साह कायम गरेको थियो , यो हप्ता पनि जारी रहला ?
Member
Registered: Mar 2018
Posts: 2432
अबको केहि दिनमै प्रस्तुत गर्ने भनिएको नीति तथा कार्यक्रम कस्तो आउला, सबैको उत्सुकताको बिषय

कुन कुन क्षेत्र प्राथमिकतामा पार्लान ?
Member
Registered: Mar 2018
Posts: 2432
हरेक पल्ट बैंक खाता खाेल्दा तीनपुस्ते विवरण भर्नुपर्ने झन्झट हट्यो, मोबाइल नम्बर भए पुग्ने
https://clickmandu.com/2024/11/351605.html

अनि CDSC,NEPSE र SEBON ले पनि येस्तै ब्येबस्था गर्नको लागि कुन आइतबार कुरेको ?
Member
Registered: Mar 2018
Posts: 2432
"पहिरो माथि झन् ठुलो पहिरो"
अनि लगानीमैत्री कहलिएका कानमा तेल हालेर चिर निद्रामा
Member
Registered: Mar 2018
Posts: 2432
'हामीलाई तीव्र गतिको प्रगति चाहिएको छ' भन्दै गर्दा धितोपत्र बोर्डको अध्य्क्ष अहिले सम्म किन नियुक्त गर्न नसकिएको होला ? नागरिकले अहिले खोजेको नतिजा हो न कि भाषण
Member
Registered: Mar 2018
Posts: 2432
राष्ट्र बैंक नेत्रित्वोलाई धन्यवाद

२० करोडको क्याप हट्दै गर्दा ठुलो परिमाणको संस्थागत पूँजी बजारमा आएमा बजारको दिशा कता तर्फ़ हुन्छ , जो कोहिले अनुमान लगाउन सक्छ
Member
Registered: Mar 2018
Posts: 2432
शेयर लोनमा सीमा बढाएर र जोखिम भार पनि १०० % मा झर्छ कि भन्ने धेरै लगानीकर्ताको अपेक्षा पुरा होला त ?
आशा गरौँ मौद्रिक नीतिले लगानीकर्ताको यो भावनालाई आत्मसात गरोस, बाँकि त केहि समय पछि थाहा भैहाल्ला


मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदै
https://gorkhapatraonline.com/news/117140
Member
Registered: Mar 2018
Posts: 2432
जोखिम भार ,शेयर लोन क्याप र बैंक वित्तले शेयर खरिदका बिषयमा मौद्रिक नीति समिक्षाले सम्बोधन गर्छ भन्ने आशा धेरै लगानीकर्ताको छ। अर्को हप्ता सम्म थाहा होला कि ?
Member
Registered: Mar 2018
Posts: 2432
GDPको तुलनामा नेपालमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको आकार दक्षिण एशियामा नै उच्च रहेको राष्ट्र बैंकको भनाइ। त्येसैले होला निजी क्षेत्र अधिक ऋण भारमा परेको भनेर उल्लेख गरिएको। अब आउने दिनमा राष्ट्र बैंकले कस्तो tools प्रयोग गर्ला ?
Member
Registered: Mar 2018
Posts: 2432
डा. युवराज खतिवडाले अहिले सेयर बजार र घरजग्गामा केही खुकुलो नीति आवश्यक रहेको बताए।
https://bizmandu.com/content/20230704125834.html

के आउने मौद्रिक नीतिमा गुरुको इच्क्षा प्रतिबिम्बित होला त ?
Member
Registered: Mar 2018
Posts: 2432
राष्ट्र बैंकले पूँजी बजार बिकासका सुझावलाई सम्बोधन गर्छः गभर्नर
https://merolagani.com/NewsDetail.aspx?newsID=92779

सम्बोधन भयो भने त अन्डरभ्यालुड कम्पनी छानी छानी लगानी गर्ने थिए , लगानीकर्ताले
Member
Registered: Mar 2018
Posts: 2432
ब्याजदर घट्ने गरि मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक
https://bizpati.com/bank/70870

ऋणको ब्याज घट्ने गरि मौद्रिक नीति आयो भने राष्ट्र बैंकलाई समस्त लगानीकर्ताले धन्यवाद टक्र्याउने थिए। अहिलेलाई प्रतिक्षा गरौँ
Member
Registered: Mar 2018
Posts: 2432
सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री
यो भनाइ पनि प्रशंसा योग्य नै छ। आशा गरौँ , आउने हप्ता यो अभिब्येक्तिको छाप आर्थिक विधयेक परिमार्जनमा पनि देखिनेछ।

Reserve Bank of India ले ब्याज नबढाउदा अप्रत्यक्ष फाइदा नेपाली पुंजी निर्माणमा पर्न सक्छ , पुंजी पलायन रोकिएर। येस्लाई पनि सुखद समाचार कै रुपमा लिन सकिन्छ। अब अर्को हप्ता त आउने महिनाको ब्याज पनि प्रकाशित हुन्छ नै होला, बेस रेट उल्लेख्य मात्रमा घटेर आऊछ भन्ने आशामा लगानीकर्ता बसी रहेका छन्।
Member
Registered: Mar 2018
Posts: 2432
आर्थिक विधयेकको टुंगो सम्भबत आउने आइतबार लाग्न सक्छ। लगानीकर्ताका अगुवासंग भएको सम्झौता बमोजिम आर्थिक विधयेक पारित भएमा नया उत्साहको संचार हुन सक्छ
Member
Registered: Mar 2018
Posts: 2432
बजेटबाट लगानीकर्तालाई हानी हुने प्राबधान हटेकोले राष्ट्र बैंकलाई पनि लगानी मैत्री मौद्रिक नीति ल्याउन दवाब बढेको छ
Member
Registered: Mar 2018
Posts: 2432
चैत मसान्त सम्म शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा सुधार हुनुलाई सुखद मान्नु पर्छ। उकालो लागेको ब्याजदर घट्न थाल्नु , बैंकमा निक्षेप तथा कर्जा प्रवाह बढ्न थाल्नुलाई पनि सकारात्मक रुपमै लिनु पर्ला।

आन्तरिक र बाह्य सूचक सुधार हुँदै जाँदा राष्ट्र बैंकले पनि आफ्ना नीतिहरु खुकुलो गर्दै जानु पर्ने बाध्यात्मक अवस्था बन्दै गएको जस्तो लाग्छ। बाँकि भविष्यले नै बताउला।
Member
Registered: Mar 2018
Posts: 2432
नीति तथा कार्यक्रमको लागि धितोपत्र बोर्डले माग्यो सुझाव

कहिल्यै नतिजामा रूपान्तरण हुन नसक्ने खोकाई अनि कागजको पुलिन्दाको के काम ?
Member
Registered: Mar 2018
Posts: 2432
कर्मकाण्डी साझा न्यूनतम कार्यक्रम
के "मुलुक मन्दीमा गएको" भनेर अधिकारिक रुपमै स्वीकारेको अवस्था हो ?
Member
Registered: Mar 2018
Posts: 2432
बैसाखमा निक्षेपको ब्याज ९.९ % मा झर्ला त ?
Member
Registered: Mar 2018
Posts: 2432
मौद्रिक नीतिमा लिएका नीतिलाई खुकुलो बनाउने समय आएको छ: अर्थमन्त्री महत
के मौद्रिक नीति खुकुलो होला त ? अनि सरकारको बित्त नीति चाहिं कस्तो आउला ?

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub