Forum


ShareSansar Main Page

New Topic

BROKER LICENCE TO BANK - GOOD OR BAD FOR STOCK MARKET?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 975
हर चिज बिकाउमा भएको देशमा यस्तै हुन्छ,

जबसम्म दलका कारिन्दालाई न्यायाधिसका रुपमा अदालतमा भर्ति गरि रहिनेछ,

तबसम्म त्यस ठाउँबाट केहि आश गर्न नसकिने भयो,

एउटा न्यायाधिसलाई के हर क्षेत्रको ज्ञान हुन्छ र,

अनि अज्ञानीले के बुझ्छ र के फैसला गर्छ ?

:) :)
Member
Registered: Mar 2018
Posts: 1938
अखिरमा जे नहुनु पर्ने थियो त्येही भयो, ब्रह्मास्त्रको प्रयोग
लगानीकर्ताका केहि अगुवा भनिएकाहरुले अब सेलिब्रेट गर्ने होलान ? ससुरालीबाट खाई-पाई आएको नखोसिने भयो भनेर
सति को सराप
Member
Registered: Mar 2018
Posts: 1938
ब्रोकर लाइसेन्सको सिफारिसको लागि नेप्सेमा मंगलबारसम्म १० कम्पनीको निवेदन
https://merolagani.com/NewsDetail.aspx?newsID=85200

Expecting at least 100 applications by the dead line. Institutional brokers who are capable to bring new technology & capital market facilities should be encouraged.
Member
Registered: Mar 2018
Posts: 1938
पछिल्लो मन्त्रिपरिषदको बैठकमा ब्रोकर लाइसेन्स सम्बन्धि नीतिगत प्रस्ताव छलफल पनि नभएको बुझिएको छ https://arthasansar.com/news/43069
Member
Registered: Oct 2013
Posts: 6496
hamal is flash compared to all previous las.
Member
Registered: Mar 2018
Posts: 1938
https://www.youtube.com/watch?v=0yygozMTs4Y

हमाल सरलाई मुरी मुरी धन्यवाद , नितान्त लगानीकर्ताको हितका लागि गरेको प्रयाश
Member
Registered: Mar 2018
Posts: 1938
भदौभित्रै १० वटा पीईभीसीलाई लाइसेन्स दिन्छौँ : सेबोन अध्यक्ष
अरु लाइसेन्स फटाफट पाऊछन्
बैंकले ब्रोकर लाईसेन्स एक दशक सम्म पाएनन, अब अरु कति दशक नपाउने हुन् ?
आन्दोलनकारीका मागले पनि हावा खायो
Member
Registered: Mar 2018
Posts: 1938
१२ ब्रोकरलाई २३ शाखा खोल्न स्वीकृति
https://bankingkhabar.com/archives/114531

बैंकलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया फेरी पनि तुहिएको हो ?
नायक भनिएका ब्येक्ति के खलनायक हुन् त ?
सतिको सराप नै हो त ?
Member
Registered: Mar 2018
Posts: 1938
किन सरकारले खारेज गर्यो ब्रोकर लाइसेन्स वितरणसम्बन्धी संशोधित नियमावलीको मस्यौदा ?
https://bizshala.com/story/%E0%A4%95%E0%A4%BF%E0%A4%A8-24

के यो समाचार सहि हो ?
Member
Registered: Mar 2018
Posts: 1938
नयाँ प्रणालीको तयारी: शेयर किनेको पैसा ब्रोकरको खातामा नगई सिधै बैंकबाटै सेटलमेन्ट। अगाडी नै ब्रोकरको खातामा पैसा पठाउँदा ब्रोकरले उक्त रकम दुरुपयोग गर्ने क्रम बढेको र शेयरको सेटलमेन्ट पनि ढिलो भएकोले सेबीले विकल्प खोजेको बताईएको छ ।
https://bizpati.com/worldbusiness/61476

नेपालमा त ३ महिना सम्म बेचेको रकम लगानीकर्तालाई फिर्ता नदिने ब्रोकरहरु छन्। येस्को उपाय धीबोले निकाल्न सक्ला त ?
Member
Registered: Mar 2018
Posts: 1938
च्याउ संस्थाका नाइके बजार बढ्न थाले पछि दुलो भित्र छिरिसके। अब केहि दिन बजार घट्यो भने स्याल हुइया मच्चाउन आईपुग्छन। खोइ संस्थागत ब्रोकर लाईसेन्स दिने लगाएतका कुराहरु अहिले उठेका ?
जब सम्म बैंकले ब्रोकर लाईसेन्स पाऊदैनन् , नया लगानी गरिदैन।
फेरी बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया किन रोकियो ?
५० लाख लगानीकर्ता जाग्नुहोस,
चुनाब आउन १०८ दिन बाँकि
Member
Registered: Mar 2018
Posts: 1938
ठूलो पुँजीका साथ आउने नयाँ धितोपत्र दलालसँग सेवा-सुविधामा प्रतिस्पर्धा गरेर भएकै ग्राहक पनि टिकाउन मुस्किल पर्ने बुझाइ र डर अहिलेका ब्रोकरहरुको हो
https://bizmandu.com/content/20220725131731.html

भनेपछि अहिले सर्बसाधारण लगानीकर्तालाई बिना सेवा-सुविधा कमिसन लिएको स्वीकारोक्ति भनेर बुझ्न सकिन्छ। अब पनि धितोपत्र बोर्डले संस्थागत लगानीकर्तालाई नया ब्रोकर लाईसेन्समा ढिलाई गर्नु भनेको लगानीकर्तालाई अन्याय गर्नु हो
Member
Registered: Mar 2018
Posts: 1938
आम लगानीकर्ताको माग बमोजिम आफुले चालेको कदमबाट रमेश हमालजी पक्कै पनि पछाडी हट्नु हुन्न होला भन्ने हामीलाई आशा जागेको छ। आशामाथि पहिलेकहरुले जस्तै तुषारापात नहोस।
Member
Registered: Mar 2018
Posts: 1938
बैंकलाई ब्रोकर लाईसेन्स अब पनि रोक्ने अनि पुंजी बजारलाई ठोक्ने नेता/पार्टी अनि तिनका मतियारलाई आउने संघिय चुनाबमा भोट हाल्दिन, अनि तपाई नि ?
Member
Registered: Mar 2018
Posts: 1938
नया ब्रोकर लाईसेन्स मात्रै बाँड्ने होइन , technology पनि भित्र्याउन सक्षम संस्थाहरुलाई मात्रै ब्रोकर लाईसेन्स दिंदा पुंजी बजारको बिकाश भइ सर्बसाधारण लगानीकर्ता लाभान्वित हुनेछन। नया ब्रोकर लाईसेन्स मात्रै बाँड्ने काम भएमा ५० बाट ५०० भए पनि लगानीकर्ताले पाउने सेवा सुबिधा अहिले जस्तै जिउँका तिउँ रहन सक्छ । सर्बप्रथम पूर्ण ब्रोकर लाईसेन्स प्राप्त गर्नेले demat र bank integration गरि full automation systemप्रयोगमा ल्याउनु पर्यो। त्येपछी मार्जिन लेन्डिंग लगायत बित्तिय व्यवस्थापनमा लगानीकर्तालाई सहयोगी हुने औजार पनि ल्याउनु पर्यो।
Member
Registered: Mar 2018
Posts: 1938
के धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली संशोधन होला त ? बुजो लगाउनेहरु र मुख बाउनेहरु रहुन्जेल आश गर्ने अवस्था देखिन्न
Member
Registered: Mar 2018
Posts: 1938
.....cont बैंकले ब्रोकर लाईसेन्स पाएमा सर्बसाधारण लगानीकर्तालाई हुने फाइदाहरु :

सर्बसाधारण लगानीकर्ताले महिनौंसम्म बेचेको पैसा फिर्ता नपाउने र आफ्नै पैसा फिर्ता लिन पनि धेरै पटक बिन्ति गर्नु पर्ने पिडाबाट उन्मुक्ति पाउने
Member
Registered: Dec 2016
Posts: 173
50 shades of Thuggery
Member
Registered: Mar 2018
Posts: 1938
बैंकलाई ब्रोकर लाईसेन्स किन रोकियो ? सर्बसाधारण लगानीकर्ताले महिनौंसम्म बेचेको पैसा किन फिर्ता पाउदैनन?

दर्जन बढी धितोपत्र ब्रोकरमा बेथिति, आफन्तको नाममा अर्बौं उधारो
https://notebazar.com/news/2022-06-27-23
Member
Registered: Mar 2018
Posts: 1938
डेरिभेटिभदेखि ब्रोकर लाइसेन्स प्रक्रियासम्मको विषयमा अध्यन गरेर फर्कियो नेप्सेको भ्रमण टोली - सीईओ कृष्ण बहादुर कार्कीसँगै नेप्सेका अन्य दुई कर्मचारी ,सीडिएससीको प्रतिनिधित्व गर्दै दुईजना र अर्थमन्त्रायलबाट पनि एक जना भ्रमण टोलीमा समावेश थिए
https://bizmandu.com/content/20220627174833.html
Member
Registered: Mar 2018
Posts: 1938
सेबोनले १९ बुँदे माग कार्यान्वयन गर्नेमा कत्तिको विश्वस्त छन् लगानीकर्ता ?
येस् अघिकोको प्रवृति हेर्दा एक आना पनि बिश्वास गर्ने ठाउं छैन
सबैले आ -आफ्नो face saving गरे जस्तो देखिन्छ। हेरौं , काम भयो भने बिश्वास गरुँला।


यी मुख्य माग सम्बोधन भयेनन् भने कागलाई बेल पाक्यो हर्ष न बिस्मात
1. वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने ।
2. ब्रोकर कमिशन र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने ।
3. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर ।
4 DEMAT र Bank account integration गरेर full automation system लागु गर्ने


काम गर्ने रहेछन कि नौटंकी समयले बताउला
Member
Registered: Mar 2018
Posts: 1938
उपत्यकाबाहिर यी १६ स्थानमा खुल्दैछन् ब्रोकरका शाखा

बैंकलाई ब्रोकर लाईसेन्स दिने मुद्दा उत्कर्षमा पुग्दै गर्दा येस्तो निर्णयहुनुले लगानीकर्ताको माग तुहाउने खेलको अभास हुन्छ
Member
Registered: Oct 2013
Posts: 975

भेटि चढाएर आएकाहरुले,

आफुलाई घाटा लाग्ने देखेपछि ................'जायज माग'हरु पनि यसैगरि पन्छाउदै जान्छन,


नत्र १ को १० कसरी उठाउनु ?
Member
Registered: Mar 2018
Posts: 1938
बैंकलाई ब्रोकर लाईसेन्स दिने र ब्रोकर कमिसन घटाउने आम लगानीकर्ताको मुख्य मागलाई सकेसम्म धीबो का मुखियाले पन्छाउन खोजेको देखियो , लगानीकर्ता भित्रैको स्वार्थ समूहको मिलेमतोमा हुन सक्छ। आउने चुनाबमा आम-लगानीकर्ताले बिबेक पुर्याई उचित ब्येक्ति / पार्टीलाई भोट हाल्नु होला

म त बैंकलाई ब्रोकर लाईसेन्स रोक्ने पुंजी बजार बिरोधि नेता /पार्टी अनि तिनका मतियारलाई भोट हाल्दिन, अनि तपाई नि ?
पुंजी बजार बिरोधि नेता /पार्टीको बारेमा थाहा पाउन येस threadको अगाडीका पोष्टहरु हेर्नु होला।
Member
Registered: Mar 2018
Posts: 1938
नया ब्रोकर थप्ने तयारी हुँदै गर्दा संस्थागत र क्षमता भएका ब्रोकर आवेदकलाई पाखा लगाउने काम अबस्य पनि हुँदैन भन्ने आशा राखेका छौँ।

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub