प्राविधिक विश्लेषण-

पछिल्लो दिनको कारोबारको क्याण्डल हेर्दा बजार जहाँबाट सुरू भएको थियो त्यसैको आसपासमा आएर बन्द भएको देखिन्छ । यस्तो क्याण्डललार्इ दोजी क्याण्डल (DOJI) भनिन्छ । जसको बजार अनिश्चित भएको जनाउ दिन्छ । दोजीमा पनि यो चाहीँ सन्ध्याको दोजी (Evening DOJI - a type of Doji Candle) जस्तो बन्न गएको जस्तो देखिन्छ । यस्तो सन्ध्या दोजी (Evening Doji) ले अगाडी बढिराखेको बजारको गति परिवर्तनको संकेत गर्दछ । अर्थात अब अगाडीको बजारमा केही परिवर्तन (Opposite Direction) हुन सक्छ । तर सँगै रहेका बजार विश्लेषणका अन्य टुल्सहरू हेर्दा बजारको गतिमा केही आउने परिवर्तनको बारेमा यसै भन्न सकिने अवस्था देखिँदैन (Silent Moment)। तसर्थ आजको बजारमा कारोबार गर्दा सावधानी अपनाउँदै बजारमा आउने अन्य फण्डामेन्टल समाचार तथा लगानीकर्ताहरूको सेन्टिमेन्टलार्इ समेत ख्याल गर्नुपर्ने हुन्छ ।

बजारमा आजको लागी नजिकको अवरोध (First Resistance) हिजोको उच्च तह ९३१ हो भने दोश्रो एवं महत्वपूर्ण तह (Second Resistance) ९३९ पनि खासै टाढा रहेको देखिन्दैन । तर बजार तल आउने सम्भावना पनि त्यत्तिकै रहेको हुँदा सामान्य अवस्था रही बजार तल आएमा ९१२ को तह पहिलो सपोर्ट (First Support) हो भने ९०८ अर्को सामान्य अवस्थाको सपोर्ट (Second Support) हो । तर बजार अत्तालिएर तल आएमा ९०० को तह (Extreme Level Support) सम्म पनि आउन सक्ने देखिन्छ ।User posted image