Forum


ShareSansar Main Page

New Topic

CENTURY bank ko IPO ma kina lagani garne??

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 64
विश्लेषण
- हालसम्म ३० वाणिज्य बैङ्कले साधारण शेयर निष्कासन गरिसकेको र यो बैङ्कले निष्कासन गर्न लागेको साधारण शेयर वाणिज्य बैङ्कहरूको अन्तिम हो । नेपाल राष्ट्र बैङ्कमा ३०औं वाणिज्य बैङ्कका रूपमा दर्ता भएको यो बैङ्कको साधारण शेयर नेपालमा हालसम्म निष्कासन गरेको साधारण शेयरहरूमध्ये दोस्रो ठूलो सङ्ख्याको पनि हो । योभन्दा अगाडि कृषि विकास बैङ्कले ९६ लाख कित्ता शेयर निष्कासन गरेको थियो ।

- इक्रा नेपालको क्रेडिट रेटिङअनुसार यस बैङ्कको आईपीओ ‘ग्रेड ४’ मा परेको छ । क्रेडिट रेटिङमा ग्रेड १ लाई सबैभन्दा राम्रो आधारभूत विश्लेषण मानिन्छ भने ग्रेड ५ सबैभन्दा खराब आधारभूत विश्लेषण भएको मानिन्छ । यसरी क्रेडिट रेटिङ गरी साधारण शेयर निष्कासन गर्ने यो तेस्रो कम्पनी हो ।

- बैङ्कले प्रकाशित गरेको प्रक्षेपित वित्तीय विवरणअनुसार हाल लगानी गर्ने लगानीकर्ताहरूले आव २०७१/७२ देखि क्रमशः २ वर्षसम्म प्रतिफलस्वरूप नगद लाभांश मात्र पाउने सम्भावना देखिन्छ । उक्त अवधिभर बोनस शेयर पाउने सम्भावना कमै देखिन्छ ।

- बैङ्कको वित्तीय अवस्थामा उल्लेख्य सुधार भएकाले हाल वित्तीय अवस्था मजबुत नै देखिन्छ । साथै, कम्पनीको सञ्चालक तथा व्यवस्थापन पक्ष राम्रो भएकाले आगामी दिनहरूमा वित्तीय अवस्था अझ मजबुत हुँदै जाने सम्भावना बढेकाले लगानीकर्ताहरूले राम्रो प्रतिफल पाउने सम्भावना देखिन्छ ।

- अल्पकालीन समयमा लगानी गर्ने लगानीकर्ताहरूका लागि पनि यो बैङ्कको शेयर उपयुक्त नै देखिन्छ । हाल लगानी गरी कम्तीमा ३ महीनासम्म आफ्नो लगानीको कम्तीमा ३० देखि ५० प्रतिशत प्रतिफल पाउने सम्भावना भएकाले लगानीकर्ताहरू प्राथमिक बजारतिर आकर्षित हुने गरेका छन् । साथै, उक्त प्रतिफल दर बजार वृद्धि भएको अवस्थामा अझ बढ्ने सम्भावना देखिन्छ । साधारण शेयरमा लगानी गर्दा जोखीम न्यून हुने भएकाले विशेषतः नयाँ लगानीकर्ताहरूका लागि उपयुक्त हुने देखिन्छ ।
- हाल यस बैङ्कको प्रतिशेयर किताबी मूल्य रू. १ सय १२ रहेको छ । हालको किताबी मूल्यलाई आधार मान्दा यो बैङ्कले साधारण शेयर निष्कासन प्रक्रिया पूरा गरी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुँदासम्म रू. १ सय ८० देखि रू. ३ सयसम्ममा कारोबार हुने देखिन्छ ।

शम्भु काफ्ले
ज्याम टेक्नोलोजिज प्रालि

Pls, follow the below link to read in details. Thank you,

http://abhiyan.com.np/article-lagani_25poush2070_century

Source: Abhiyan Rastriya Dainik
Member
Registered: Sep 2013
Posts: 6
Any reason this bank is the worst a proper evaluation and elaboration would be helpful to the will be investors.
I haven't checked the fundamentals of this bank so what you are saying might be true, but ICRA says this bank is bellow the average which might be expected from a new bank more ever the report is cautiously optimistic in my opinion and opinion is similar on this site.
Member
Registered: Jul 2013
Posts: 986
ipo halerea market khulna sath turunta bechne bichar bhayekalai thikai hola. long term interest rakhnele yesma paisa halnu bekar jasto lagchha.

investors le ramro kaam nagarne bank harulai sabak sikaune ho bhane yo ipo ma jan hundaina ra undersubscribe bhayo bhane bank ko chet khulchha ki?
Member
Registered: Aug 2013
Posts: 381
aile ko index ma 200 pugla ni pugdaina ra??
Member
Registered: Jul 2013
Posts: 986
sabai bhanda jhur bank ho yo. ipo ma halna bhanda ramro share ma lagani gare 45 din ma badhi kamauna sakinchha. yesko share price sayed 120 tira khulla ani badhne kaile. market bullis rahyo bhaneta thikai hola natra interest nikalna pani muskil parla jasto chha.
Member
Registered: Jun 2013
Posts: 46
kaam chhaina, this will not give any return...
Member
Registered: Aug 2013
Posts: 381
century bank bata return ta not possible, share ko value 200 pugla bhanera nai ho ta?
Member
Registered: Jun 2013
Posts: 193
Bank ma paysa rakhna vhanda, asmai vhaya pani invest garda ali kati vhana pani aucha. Huna ta yo gatilo bank hoina.
Member
Registered: Aug 2013
Posts: 381
CENTURY bank ko IPO ma kina lagani garne??

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub