गोरखा — चीन सरकारले एमाओवादी उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गृह जिल्लालाई कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ। १७ थान कम्प्युटर र पाँच थान प्रिन्टर मंगलवार जिल्लामा वितरण गरियो। चीनसँग सिमाना जोडिएका जिल्लाहरुलाई हरेक वर्ष सहयोग गर्दै आएको चीनले यस वर्ष बाबुराम भट्टराईको गृह जिल्ला गोरखालाई १५ लाखको कम्प्युटर र १५ लाखको खाद्यान्न सहयोग गरेको हो।