Author |
Post |
|
#326 Wed Mar 20, 2024 6:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-१२-०७ (2024-03-20) ---------------------------- यो पानीले निकै राम्रो काम गर्यो,
एक त डढेलो निभ्ने भयो भने अर्कातिर धुम्म भएको आकास पनि खुल्ने भयो l
बजारका लागि पनि यस्तै खालको सकारात्मक नीतिगत वर्षाको आबश्यकता देखिन्छ l
तर हाम्रोमा झाट्झुट कुनै पनि निर्णय गर्न सक्दैनन्,
प्रकृयामा गएपछि, कागजी घोडालाई टेबल-टेबल दौडाउदा दौडाउदै हप्तौ बिती हाल्छ l
बजारलाई माथी उकास्ने नीतिनै बनाउने हो भने पनि,
नीति निर्माताको team ले पनि पहिला सस्तोमा share उठाउने मौका पाउनु पर्यो क्यारे l
नत्र मार्केट बढेर हामीलाई चाही के फाइदा भनि दिन्छन l
आजका Top 5 Gainers :
GUFL (LTP = 946).................10%
BNHC (LTP = 605).................10%
SARBTM (LTP = 672.70)..........9.99% ... GLBSL (LTP = 1507)...............9.94%
DLBS (LTP = 1280) ................9.28%
NEPSE:2,063.95..........................................Previous [2,067.29] (-3.34 / -0.16%)...................................Previous (-6.24 / -0.30%) SENSIND (368.03).........................................Previous (368.39) (-0.36 / -0.09% )........................................Previous (-1.16 / -0.31%) Turnover :3,496,284,036.16...................................Previous [3,633,936,554.87] Volume:9,445,697................................Previous [9,478,933] 
|
|
#327 Tue Mar 19, 2024 6:24 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-१२-०६ (2024-03-19) ---------------------------- कांग्रेस र माओबादीको सरकार हुँदा एमालेले संसदमा सधै जसो अबरोध गरि रहने,
अहिले एमाले र माओबादी लगायत पार्टीहरुको सरकार छ,
अब संसदलाइ अबरोध गर्ने जिम्मा कांग्रेसले लिएको छ l
यो निर्बाचन प्रणालीमा परिबर्तन नगरेसम्म,
सधै भइ रहने यस्तै हो l
भन्ने बेलामा जनताको लागि राजनीति गरेको भन्ने तर
संसदबाट भटाभट बनाउनु पर्ने कानूनहरुलाई यसरी संसद अबरोध गरेर अघि बढ्नै नदिने l
पहिला ओलीजीले पनि सत्ता गुमाएपछि यसै गरे,
अहिले देउबजीको ताल पनि उस्तै l
यी सब कुरा गरि रहनु सट्टा बरु एमालेले लोकमार्गको यात्रा गरे जस्तै,
कांग्रेस पनि १-२ महिनाको लागि यस्तै यात्रामा निस्कन मिल्दैन ?
आजका Top 5 Gainers :
BNHC, SARBTM, DLBS,ILBS, BGWT
यो सरकारको नीति तथा कार्यक्रम पनि सार्बजनिक भएछ l
आफ्ना बाचा केहि पुरा गर्ने होइनन क्यार,
के के गफ दिएका रहेछन भनेर पढेर हास्नलाइ चाही काम लाग्छ l
NEPSE:2,067.29..........................................Previous [2,073.53] (-6.24 / -0.30%)...................................Previous (+3.27 / +0.15%) SENSIND (368.39).........................................Previous (369.56) (-1.16 / -0.31%)........................................Previous (+1.30 / +0.35%) Turnover :3,633,936,554.87...................................Previous [2,885,637,818.91] Volume:9,478,933................................Previous [7,459,424] 
|
|
#328 Mon Mar 18, 2024 6:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-१२-०५ (2024-03-1  ---------------------------- एकातिर राजनीतिबाट आएका महराजी सुन तस्करी अनुसन्धानमा फेरी तानिएर पक्डाउ परेका छन् आज भने,
अर्कातिर गुन्डागर्दीको ब्याकग्राउन्डबाट आएका मनांगेजीले भौतिक योजना.....मन्त्रीको सपथ खाएका छन् आजै l
सुख्खायाम र डढेलोको असर काठमाडौँको आकासमा पनि देखिन थालेको छ l
आजका Top 5 Gainers :
GUFL (LTP 863.50) ..... Volume = 292,380 kitta
SAPDBL (LTP 315.80) ..... Volume = 197,296 kitta
PPL (LTP 376.20) ..... Volume = 174,150 kitta
DLBS (LTP 1,064.90) ..... Volume = 14,718 kitta
PHCL (LTP 350.20) ..... Volume = 37,842 kitta
NEPSE:2,073.53..........................................Previous [2,070.25] (+3.27 / +0.15%)...................................Previous (-10.62 / -0.51%) SENSIND (369.56).........................................Previous (368.25) (+1.30 / +0.35%)........................................Previous (-1.55 / -0.42%) Turnover :2,885,637,818.91...................................Previous [3,387,980,384.33] Volume:7,459,424................................Previous [8,406,076] 
|
|
#329 Sun Mar 17, 2024 6:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-१२-०४ (2024-03-17) ---------------------------- यस्तो सुख्खायाममा पनि 'कोशी'मा बाढी आएछ आज l
हुन् त रुची र रणनीति आ-आफ्नै हुन्छ क्यार l
NEPSE:2,070.25..........................................Previous [2,080.87] (-10.62 / -0.51%)...................................Previous (-27.84 / -1.32%) SENSIND (368.25).........................................Previous (369.81) (-1.55 / -0.42%)........................................Previous (-4.83 / -1.29%) Turnover :3,387,980,384.33...................................Previous [3,943,592,302.13] Volume:8,406,076................................Previous [11,483,617] 
|
|
#330 Fri Mar 15, 2024 5:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
|
|
#331 Fri Mar 15, 2024 5:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
भर्खर मन्त्रिमण्डल गठन भएको छ,
सबैले नभए पनि १-२ जना मन्त्रीले राम्रै काम गर्लान जस्तो देखिन्छ,
तर कांग्रेसलाई सत्ताबाट बिमुख हुनु परेको पिडाले आतिनै सताए जस्तो छ,
आफुले चाही प्रमको अफर गर्ने अनि आफुसंग आएन भनेर फेरी उही मान्छेको राजिनामा चाहियो कि चाहियो भनेर
सदन पो अबरोध गर्न थाल्यो त l
महरा लगायतलाई सुन काण्डमा मुद्धा चल्न लाग्यो भनेर पीर परे जस्तो छ l
अस्थिरताका बाहकहरु, बरु निर्बाचन प्रणाली परिबर्तन गर्ने बारे बहस गर न,
यहि निर्बाचन प्रणाली रहिन्जेल हुने यस्तै हो l
|
|
#332 Thu Mar 14, 2024 6:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-१२-०१ (2024-03-14) ---------------------------- सुख्खा याम !NEPSE:2,080.87..........................................Previous [2,108.72] (-27.84 / -1.32%)...................................Previous (-2.48 / -0.11%) SENSIND (369.81).........................................Previous (374.65) (-4.83 / -1.29%)........................................Previous (-0.48 / -0.12%) Turnover :3,943,592,302.13...................................Previous [4,248,523,332.22] Volume:11,483,617................................Previous [10,889,634] 
|
|
#333 Wed Mar 13, 2024 5:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-११-३० (2024-03-13) ---------------------------- 2078 फागुन ३० गते TMS बिगारेर कारोबारलाई अबरुद्ध गरियो,
जबकी २९ गते NEPSE सय अंकभन्दा बढीले बढेको थियो भने,
अझ अघिल्लो दिन ५२ अंकले बढेको थियो l
त्यसपछि त NTC को २०% बोनस काण्डले बजार घटाउनेनै भयो किनकी हल्ला १००% को चलाइएको थियो l
पोहोर आजको दिन पनि कम्ति रमाइलो भएको थिएन,
तपाईहरुले कत्तिको सम्झनु भएको छ,
रामचन्द्र पौडेलको गालाबाट कोठी र घाँटीबाट चाउरी हटाएर,
देशभरका कार्यालयमा राख्न भनेर फोटो सार्बजनिक भएको थियो l
त्यसपछि त के चाहिन्थ्यो आलोचना सुरु भईगो,
अहिले सबैतिर राखिएको राष्ट्रपतीको तस्बिर त्यो विरोधका कारण correction भएको तस्बिर हो l
अघिल्लो महिनाभन्दा यस महिना Total Turnover 35 अर्बभन्दा बढीले घटेको देखिन्छ l
आजको TOP 10 Gainers :
WNLB, USLB, ANLB, SAMAJ, JSLBB, GUFL, GLBSL, GMFBS, DLBS, GLH
एउटा Finance र एउटा Hydro बाहेक बाँकि आठ वटै लघुवित्त Top Gainers मा परेका छन् l
NEPSE:2,108.72..........................................Previous [2,111.21] (-2.48 / -0.11%)...................................Previous (+58.55 / +2.85%) SENSIND (374.65).........................................Previous (375.13) (-0.48 / -0.12%)........................................Previous (+10.60 / +2.90%) Turnover :4,248,523,332.22...................................Previous [4,551,632,347.82] Volume:10,889,634................................Previous [10,609,597] 
|
|
#334 Tue Mar 12, 2024 6:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-११-२९ (2024-03-12) ---------------------------- परार आजको दिन NEPSE 101.07 अंकले बढेको थियो र
त्यसको भोलिपल्ट TMS बिगारेर कारोबार हुन् दिईएन,
त्यो बेला NEPSE २६६७ .९७ मा थियो l
पोहोर आजको दिन NEPSE १९५१.२१ अंकमा थियो,
पोहोर आजको दिन रामचन्द्र पौडेलले राष्ट्रपतिको सपथ लिएका थिए भने बिद्या भण्डारीले शितल निवास छाडेकी थिइन् l
अहिलेको समयमा चाही अर्थमन्त्रीले लगानीकर्ताहरुलाई केहि उर्जा दिन खोजे जस्तो देखिन्छ,
राजस्व डबल गर्छु भनेपछि राजस्व उठ्ने ठाउँलाइ पनि चलाएमान त बनाउनै पर्यो l
महतजीसंग बिच्किएका लगानीकर्ताहरु पूनजीसंग केहि सकारात्मक भएको देखिन्छ l
त्यसको केहि न केहि रिजल्ट त १५ दिनभित्र देखिनु पर्ने हो l
आज राष्ट्रिय सभाको अध्यक्षका लागि चुनाब भयो,
कृष्णप्रसाद सिटौलाजीको मुखैमा आएको गाँस,
नारायण दाहालजीको पेटमा पुग्यो सर्लक्क,
राजनीतिमा जे पनि सम्भब हुने रहेछ l
NEPSE:2,111.21..........................................Previous [2,052.65] (+58.55 / +2.85%)...................................Previous (+22.10 / +1.08%) SENSIND (375.13).........................................Previous (364.53) (+10.60 / +2.90%)........................................Previous (+4.26 / + 1.18%) Turnover :4,551,632,347.82...................................Previous [2,922,771,558.91] Volume:10,609,597................................Previous [7,043,457] 
|
|
#335 Thu Mar 07, 2024 6:01 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-११-२४ (2024-03-07) ---------------------------- एक बर्ष अघि आजको दिन २५ गते हुने राष्ट्रपतिको निर्बाचनका कारण,
खुब चहल पहल थियो l
माओबादीले राष्ट्रपतीमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेका कारण,
फागुन १५ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो र
त्यसपछि बजार ५ दिन लगातार रातो बनेको थियो l
प्रचन्डले पोहोर चैत्र ६ गतेका दिन बिस्वासको मत लिएका थिए l
NEPSE:2,030.55..........................................Previous [2,017.03] (+13.51 / +0.67%)...................................Previous (+9.33 / +0.46%) SENSIND (360.27).........................................Previous (358.37) (+1.90 / +0.53%)........................................Previous (+1.06 / +0.29%) Turnover :3,199,205,820.35...................................Previous [3,450,838,357.20] Volume:8,929,152................................Previous [9,138,154] 
|
|
#336 Thu Mar 07, 2024 1:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
Happy Anniversary! ShareSansar. 
|
|
#337 Thu Mar 07, 2024 8:51 am
|
Member
Registered: Mar 2018
Posts: 2437
|
कलेजो परिबर्तनसंगै सोचाई पनि परिबर्तन भएको होला भन्ने आशा गरौँ
|
|
#338 Wed Mar 06, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-११-२३ (2024-03-06) ---------------------------- मन्त्रि बन्न र तिनलाई सपथ खुवाउन भ्याई-नभ्याई छ,
अझै मन्त्रीका सिटहरु खालीनै छन्,
अब अझै २-४ दिन मधेसी दल र माधब नेपालको पार्टीले मन्त्रालय र अन्य बार्गेनिंग गर्न लगाउलान जस्तो छ l
ल भन्नुस त एमाले,माओबादी,रास्वपाबाट जो मन्त्रि बन्दैछन्,
ती मध्ये कसको चाही अली आश गर्न सकिन्छ होला ?
मैले चाही रस्वपाकि सुमना श्रेष्ठलाई उत्सुकताका साथ हेरेको छु,
संसदमा त राम्रोसंग प्रस्तुत हुन्थिन l
जहाँसम्म अनन्तको कुरा छ, उनी मन्त्रि भइन्जेल फेरी उनको पुरानो रोग जण्डिस देखा नपरोस,
फटाफट अर्थतन्त्र सुधारका काम र निर्णयहरु गरुन र गर्न लगाउन l
NEPSE:2,017.03..........................................Previous [2,007.69] (+9.33 / +0.46%)...................................Previous (-70.31 / -3.38%) SENSIND (358.37).........................................Previous (357.30) (+1.06 / +0.29%)........................................Previous (-11.97 / -3.24%) Turnover :3,450,838,357.20...................................Previous [4,113,676,958.02] Volume:9,138,154................................Previous [11,467,599] 
|
|
#339 Tue Mar 05, 2024 5:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-११-२२ (2024-03-05) ---------------------------- मंगसिर २४ को positive सर्किटपछि, भोलिपल्ट २५ गते NEPSE 15.4 अंकले घटेको थियो,
र त्यसपछि भने लगातार ७ दिन बजार हरियो बनेको थियो l
आज पनि बजार रातो बनेको छ,
अब को अर्थमन्त्रीभन्दा पनि,
केन्द्रिय बैंकले, आफुलाई नियुक्ति दिनेको पनि सरकार भएकाले,
केहि खुकुला नीति ल्याउछ कि भन्ने आश गर्न सकिन्छ l
बर्षमान पुनले त यसअघि पनि hydro को share हुनेलाई खोजी खोजी ज्वाई बनाउने दिन आउछ भनेकै हुन् l
बिष्णु पौडेल पनि मार्केटलाई फापेकै अर्थमन्त्रीमा पर्छन,
अब ओलीजीले भरेका share का पनि चर्चा होलान l
समग्रमा भन्नु पर्दा, लगानीकर्ताहरुका लागि नेपाली कांग्रेससंगको सरकारभन्दा,
एमालेसंगको यो सरकार 'अनुकुल' र 'दाहिना' होस् l NEPSE:2,007.69..........................................Previous [2,078.00] (-70.31 / -3.38%)...................................Previous (+117.70 / +6.00%) SENSIND (357.30).........................................Previous (369.27) (-11.97 / -3.24%)........................................Previous (+19.54 / +5.58%) Turnover :4,113,676,958.02...................................Previous [375,209,978.32] Volume:11,467,599................................Previous [934,919] 
|
|
#340 Mon Mar 04, 2024 5:21 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-११-२१ (2024-03-04) ---------------------------- मंगसिर २४, २०८० मा पनि जम्मा ९ मिनेट जति कारोबार भएर बजारमा ६% को सर्किट लागेको थियो l
त्यो बेला बजारमा धेरै दिनदेखि ल्यांग ल्यांग चली रहेको थियो,
Turnover कहिले एक-दुई अर्ब माथी त कहिले एक अर्ब मुनिको मात्र हुन्थ्यो l
नेप्से ६% सर्किट लाग्दा 1,852.77 बाट 111.2 अंक बढेर 1,963.98 मा पुगेको थियो l
त्यसपछि बढ्न थालेको बजारको Turnover झन्डै-झन्डै 10 अर्ब नजिक पुगेको थियो भने,
NEPSE चाही 2,175.17 मा एकदिन अडेर अनि झर्नतिर लागेको थियो l
भनेपछि यसअघिको ६% को Positive सर्किटपछि NEPSE 322.4 अंकले बढेको देखिन्छ,
यी सब कामका लागि २४ वटा कारोबारको दिन लागेको रहेछ l
आजपनि त्यसै गरि ६%को सर्किट लागेको छ,
NEPSE पनि सर्किट लाग्नु पुर्ब दुई हजार मुनिनै थियो l
यस पटक पनि पहिलाको जत्तिकै अंक बढ्यो भने,
NEPSE 2,282.7 अंक पुग्ने रहेछ l
तर फेरी कुरो चल्दै गर्दा अर्थमन्त्री चाही रास्वपाका वाग्लेजीलाई दिने भनेर खबर आयो भने,
६% कै negative सर्किट पनि लाग्न सक्छ,
नेपालको अर्थतन्त्रलाइ phd वाला अर्थमन्त्री फाप्दैन रहेछ l
NEPSE:2,078.00..........................................Previous [1,960.30] (+117.70 / +6.00%)...................................Previous (-11.78 / -0.59%) SENSIND (369.27).........................................Previous (349.73) (+19.54 / +5.58%)........................................Previous (-1.92 / -0.54%) Turnover :375,209,978.32...................................Previous [2,082,786,089.08] Volume:934,919................................Previous [5,574,207]  « Last edit by nissan on Mon Mar 04, 2024 5:24 pm. »
|
|
#341 Mon Mar 04, 2024 10:28 am
|
Member
Registered: Oct 2013
Posts: 1579
|
|
|
#342 Sun Mar 03, 2024 6:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-११-२० (2024-03-03) ---------------------------- माओबादी र एमाले मिलेर सरकार बनाई दिए हुन्थ्यो भन्ने मुडमा लगानीकर्ताहरु देखिन्छन,
त्यस्तो हुँदा एकातिर राष्ट बैंक पनि आफ्नो नीतिमा अलि नरम हुने र
निकम्मा अर्थमन्त्रीबाट पनि छुटकारा मिल्ने आश गर्नु स्वाभाविक पनि होला l
तर सेटिंगमा खान पल्केकाहरुले,
यो गठजोडलाइ त्यतिकै भत्कन के दिन्थे र ?
हाम्रो समय चाही यिनै मदारीहरुले हामी जनतालाई बाँदरझैँ नचाएको हेर्न र
अब को अर्थमन्त्री बन्ला भनि जोखाना हेर्नमै बित्ला जस्तो छ l NEPSE:1,960.30..........................................Previous [1,972.09] (-11.78 / -0.59%)...................................Previous (-28.68 / -1.43%) SENSIND (349.73).........................................Previous (351.65) (-1.92 / -0.54%)........................................Previous (-4.79 / -1.34%) Turnover :2,082,786,089.08...................................Previous [2,598,737,228.86] Volume:5,574,207................................Previous [7,446,991] 
|
|
#343 Fri Mar 01, 2024 6:11 pm
|
Member
Registered: Oct 2013
Posts: 7944
|
कसैले --- बिना धितो ऋण दिएकोमा सीईओहरूलाई पक्राउ गर्न सीबीआईलाई जानकारी दिनुहोस्
|
|
#344 Fri Mar 01, 2024 5:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
बिना धितो १५ प्रतिशत ब्याजमा ऋण पाउनेहरू कसरी 'लघुवित्त पीडित'?https://www.setopati.com/kinmel/economy/323862 
|
|
#345 Thu Feb 29, 2024 6:20 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-११-१७ (2024-02-29) ---------------------------- कृषिमा बढी रहेको परनिर्भरता हटाउने कुनै योजना छैन,
शिक्षाको गुणस्तरमा लागेको खिया हटाउने कुनै योजना छैन,
देशमै रोजगारी सृजना गर्नु सट्टा, बिश्वभरिका देशलाई नेपाली निर्यात गर्नमै सरकार मक्ख छ,
स्वास्थ्य सेवा सर्बसुलभ बनाउनुको साँटो,कुन उपकरण खरीद गर्दा कति सुभलाभ मिल्छ, ध्यान त्यसमा मात्र हुन्छ,
उद्योग धन्दा चलाएर रोजगारी सृजना गर्नेहरुलाई प्रोत्साहनको सट्टा दपेटेको द्पेटेइ गरिन्छ,
आफ्नो देशमा उत्पादित बिद्युतको खपत देशमै बढाएर व्यापार घाटा कम गर्नतिर लाग्नु त कता हो कता, उल्टै छिमेकि रिझाउन नयाँ नयाँ पेट्रोलियम पाइपलाइनहरुको सिलान्यास गरिन्छ,
अर्थतन्त्रको कुरा गर्दा,एउटा बैंक बन्द गराउछु भन्दै हिंडीरहेको छ, अर्कोलाई लघुवित्त चाहिएकै छैन, दलका आसेपासेहरु सहकारीको खरबौ कुम्ल्याएर टाप कसेका छन्, राष्ट्रिय योजना आयोग-अर्थ मन्त्रालय र केन्द्रिय बैंकका मान्छेहरु,एक अर्कासंग ठुस्किएर बस्न्मै मस्त छन्,
स्थिर परराष्ट्र नीति हुनु पर्नेमा, सरकार फेरिएसंगै कहिले उत्तरसंग त कहिले दक्षिणसंग छपक्कै हुने गरेको देखिन्छ,
तर माथिका कुरामा यिनले सिन्को नभाचे पनि,
लाभका पदहरुमा आफ्ना आसेपासे भर्ति गर्न भने यिनीहरुलाई कसैले जित्न सक्तैन l
पशुपतीनाथ छन् र पो यस्तो अबस्थामा पनि यो देश जसो तसो घिस्री रहेको छ l
NEPSE:1,972.09..........................................Previous [2,000.77] (-28.68 / -1.43%)...................................Previous (-0.87 / -0.04%) SENSIND (351.65).........................................Previous (356.45) (-4.79 / -1.34%)........................................Previous (-0.63 / -0.17%) Turnover :2,598,737,228.86...................................Previous [2,038,100,977.42] Volume:7,446,991................................Previous [5,115,658] 
|
|
#346 Wed Feb 28, 2024 6:17 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-११-१६ (2024-02-2  ---------------------------- वित्तीय क्षेत्र त्राहिमाम:, share मार्केट निराश,
अराजकहरुको हौसला चाही नाप्नै नसक्ने गरि बढेको बढ्यै l
सबैले आफ्नो बचत तथा लगानी असुरक्षित भएको महसुश गरि रहंदा,
ढाडस दिने निकायहरु मौन l
यस्तो लहडी पारा र भगवान भरोसे भएर मात्र देश चल्छ ? NEPSE:2,000.77..........................................Previous [2,001.64] (-0.87 / -0.04%)...................................Previous (+9.34 / + 0.46%) SENSIND (356.45).........................................Previous (357.09) (-0.63 / -0.17%)........................................Previous (+1.11 / +0.31%) Turnover :2,038,100,977.42...................................Previous [1,869,813,526.21] Volume:5,115,658................................Previous [5,239,416] 
|
|
#347 Wed Feb 07, 2024 5:11 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-१०-२४ (2024-02-07) ---------------------------- संसदमा घोचपेच शुरु भो,
जनतालाई सुबिधा दिने कानून बनाउनु त कहाँ हो कहाँ,
तिमीहरु नालायक भनेर बिपक्षी कराउने,
सत्ता पक्ष चाही अहिलेसम्मकै ऐतिहासिक काम हामीले गरेका छौ भने आफै मख्ख पर्ने l
अनि अर्थमुन्त्री चाही share मार्केट र जग्गामा पैसा गएर अर्थतन्त्र यो हालतमा पुग्यो भनेर मौका पर्यो की बजारलाई सराप्ने,
अनि फेरी म आएपछि NEPSE १८ सयबाट २१ सय पुग्यो भने जस पनि लिन पछि नहट्ने,
चौधरीजीको सन्दर्भमा न्यायमुर्तीले मन कमलो बनाएछन्,
बिरामी भाको मान्छेलाई डाक्टरले होइन अदालतले पो discharge गरि दियो भनेर सबैतिर कानेखुशी सुरु भएको छ,
अनि अधिबक्ता शम्भु थापा जस्तो मान्छेले किन सधै देशको सम्पत्ती चुना लगाउनेकै पक्षमा बहश गर्ने रहेछन ?
त्यो पेशाले यो गर्न छुट देला तर मनले चाही मान्छ कसरी ?
अब यस्तै कुरामा बानी पारे मात्र मानसिक रुपमा स्वस्थ रहिएला नत्र
पुरा देश(दलका कार्यकर्ता बाहेकका बाँकि जनता)नै डिप्रेसनमा जाने देखियो l NEPSE:2,090.64..........................................Previous [2,085.71] (+4.92 / +0.23%)...................................Previous (+9.44 / +0.45%) SENSIND (377.95).........................................Previous (377.83) (+0.12 / +0.03%)........................................Previous (-1.45 / -0.38%) Turnover :2,842,550,237.47...................................Previous [2,591,534,907.76] Volume:7,732,234................................Previous [7,624,376] 
|
|
#348 Sun Feb 04, 2024 6:48 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-१०-२१ (2024-02-04) ---------------------------- माघ महिनामा ९ अर्ब माथिको Turnover पनि देखियो,
र आजको पनि,
बाहिरी बाताबरण जस्तै बजारमा पनि चिसो पसेको छ l
जहिल्यै अब के हुन्छ भन्ने अन्यौलको बताबरण बनि रहने भएर पनि होला,
यस्तो भई रहने l
सनकको भरमा कुन चाहिले कुन नीति मार्फत ठोक्ने हो भनि
तयार भएर बस्नु पर्ने अबस्थामा,
लगानीकर्ताहरुको मनोबल पनि कसरी बढोस र ?
NEPSE:2,061.70..........................................Previous [2,067.01] (-5.31 / -0.25%)...................................Previous (-30.92 / -1.47%) SENSIND (373.32).........................................Previous (373.93) (-0.60 / -0.16%)........................................Previous (-4.69 / -1.24%) Turnover :3,216,727,221.79...................................Previous [4,180,632,139.37] Volume:9,272,782................................Previous [11,514,571] 
|
|
#349 Thu Feb 01, 2024 5:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-१०-१८ (2024-02-01) ---------------------------- https://www.ukaalo.com/ को कमाल,
आज बाँसबारी छालाजुत्ताको जग्गा हडपेको काण्डमा अरुण चौधरी र अजित नारायण पक्राउ परेका छन् l
सुन तस्करी र नक्कली भुटानी शरणार्थी केस जस्तो बिचैमा फासफुस नहोस् l
हुन् त शक्ति केन्द्रहरुको दौडधुप शुरु भइ सकेको देखिन्छ,
त्यसको उदाहरण राष्ट्रपतीको सल्लाहकार 'सुनील थापा'को हतारोलाइ हेर्दा भइ हाल्छ l
हिरासत भन्ने अस्पतालको सुबिधा सम्पन्न कक्षमा आराम गर्ने,
अब उही पुरानै trick त चल्लानी l
अब पशुपतीनाथ र बालमन्दिरको जग्गा चोर्नेहरुलाई पनि यसै गर्नु पर्छ l
अन्तमा फेरी उकालो टिमलाइ धन्यवाद !
NEPSE:2,067.01..........................................Previous [2,097.93] (-30.92 / -1.47%)...................................Previous (-21.67 / -1.02%) SENSIND (373.93).........................................Previous (378.63) (-4.69 / -1.24%)........................................Previous (-3.08 / -0.80%) Turnover :4,180,632,139.37...................................Previous [5,295,605,057.48] Volume:11,514,571................................Previous [14,777,120] 
|
|
#350 Wed Jan 31, 2024 6:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1579
|
२०८०-१०-१७ (2024-01-31) ---------------------------- आज पनि Total Turnover को 42.30% योगदान त Hydro Sector कै रहेको छ,
त्यसपछि दोश्रोमा Others (18.35%),
तेश्रोमा Investment (9.65%),
चौथोमा Commercial Banks (6.05%) र
पाँचौ स्थानमा Life Insurance (4.98%) रहेका छन् l
यी पाँच Sector ले Total Turnover को लगभग 82% हिस्सा ओगट्ने रहेछन l
HRL Turnover को Number 1 मा रहेको आज एघारौ दिन हो l
पोहोर आजको दिन NEPSE 2,111.68 मा थियो, Turnover चाही आजकोभन्दा आधा-आधीले कम थियो l
त्यसबेला रबी लामिछाने फेरी गृह नपाए सरकार छाड्ने धम्कि दिंदै थिए भने प्रचण्ड चाही फैसलाको पूर्णपाठ
नआइन्जेल कसैलाई गृहमन्त्रि बनाईदैन भन्दै थिए,
झन् परार आजको दिन त NEPSE 2,871 मा थियो, Turnover चाही पाँच अरब कटेको भए पनि आजकोभन्दा कम थियो l
NEPSE:2,097.93..........................................Previous [2,119.61] (-21.67 / -1.02%)...................................Previous (+14.88 / +0.70%) SENSIND (378.63).........................................Previous (381.71) (-3.08 / -0.80%)........................................Previous (+0.65 / +0.17%) Turnover :5,295,605,057.48...................................Previous [5,544,217,593.12] Volume:14,777,120................................Previous [15,178,368] 
|