| Author | 
			Post | 
		
		
			| 
				
			 | 
			
				
				#201 Tue Sep 17, 2024 6:55 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				
 
 
 
 
 
 
 
 
  अघिल्लो ३ बर्षमा,असोज महिनामा के कस्तो गतिबिधि भएको रहेछ, हेरौ 
 
 
  २०८० असोज  : 
 
  Turnover : 29,510,564,354.14
  Total कारोबार दिन : 19 दिन 
  रातो भएको : 11 दिन 
  हरियो भएको : 8 दिन 
  NEPSE को उच्च अंक : 2,029.78
  NEPSE को निम्न अंक : 1,851.43
  धेरै Turnover : 3,293,921,368.32
  थोरै Turnover : 870,444,156.82
 
  घटस्थापना २८ गते परेकाले दशैँ कार्तिकमा परेको थियो,
   
 
 
 
 
  २०७९ असोज : 
 
  Turnover : 12,263,947,400
  Total कारोबार दिन : 15 दिन 
  रातो भएको : 8 दिन 
  हरियो भएको : 7 दिन 
  NEPSE को उच्च अंक : 1,898.38
  NEPSE को निम्न अंक : 1,815.13
 
  धेरै Turnover : 1,601,822,955
  थोरै Turnover : 485,408,767.82
 
  दशैँ अघिको अन्तिम र दशैँ पछिको पहिलो,
  दुवै कारोबार चाही हरियो भएको थियो,
 
 
 
  २०७८ असोज : 
  Turnover : 80,733,013,553.70
  Total कारोबार दिन : 16 दिन 
  रातो भएको : 9 दिन 
  हरियो भएको : 7 दिन 
  NEPSE को उच्च अंक : 2,819.65
  NEPSE को निम्न अंक : 2,517.81
 
  धेरै Turnover : 8,493,401,009.27
  थोरै Turnover : 1,497,375,371
 
 
  दशैँ अघिको अन्तिम कारोबार रातो र दशैँ पछिको पहिलो कारोबार हरियो भएको थियो l 
 
        
			 | 
		
		
			| 
				
			 | 
			
				
				#202 Mon Sep 16, 2024 9:01 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-३१ (2024-09-16) ---------------------------- कारोबार दिनलाई आधार मान्ने हो भने,
  यो महिना 68% समय बजार रातो भएको छ,
  २०७९ को भाद्र महिनाको आँकडा पनि ठ्याक्क यस्तैनै थियो l 
 
 
  यो महिनाको NEPSE को तल्लो बिन्दु 2,580.76 को थियो, जुन आजको अंक हो भने 
  यो महिनामा NEPSE को  उच्च बिन्दु(टिकेको)चाही  2,974.46 सम्मको थियो,
 
 
  यो महिनामा NEPSE 420.05 अंकले घट्न पुगेको छ,
 
  २०७८ मा जब बजार टुप्पोमा पुगेर झर्न थालेको थियो,
  त्यो बेला भाद्र महिनामा 347.94 अंकले घटेको थियो NEPSE, 
 
  २०७८ र २०८१ भाद्रको समानताको कुरा गर्ने हो भने,
   त्यो बेला पनि NEPSE ले रातो र हरियो गरेर २ पटक century कटाएको थियो भने 
  यसपाली पनि रातो र हरियो गरेर २ पटकनै century कटेको छ,
 
  २०७८ भाद्र महिनाभरको Turnover 230,002,598,942 थियो भने,
  २०८१ भाद्र महिनाको Total Turnover चाही 250,570,501,988.14 रहेको छ, 
 
 
 
   
 
 
  यो महिनामा १९ दिन कारोबार भएकोमा जम्मा ६ दिन बजार हरियो बनेको थियो l 
 
  सहकारी ठगी सम्बन्धि  संसदिय छानबिन समितिले आफ्नो रिपोर्ट बुझाएको छ,
  रबी लामिछानेले क्लिन चिट पाउनु भयो भनेर स्वर्णिम वाग्लेले भनेका छन्,
  स्वयं लामिछानेले पनि आफु निर्दोष भएको पुष्टि भयो भनि सके,
 
    
  बागमती  नदि किनारमा २० मिटर छाड्नु पर्ने निर्णयको निर्णय उल्टाउन फेरी सरकारले मुद्धा दर्ता गराएको छ,
  असोज महिनाका लागि पनि ब्याजदर घटेको छ l
    
 
 NEPSE:2,580.76..........................................Previous [2,637.79] (-57.03 / -2.16%)...................................Previous (-50.73 / -1.88%) SENSIND (460.11).........................................Previous (468.65) (-8.54 / -1.82%)........................................Previous (-7.81 / -1.64%) Turnover :7,361,988,383.74...................................Previous [10,339,235,957.45] Volume:17,061,807................................Previous [24,846,782]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#203 Sun Sep 15, 2024 11:52 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-३० (2024-09-15) ----------------------------  2079 शाल आजको दिन जय नेपाल हल मुनि टुकुचा फेला परेको थियो,
  त्यो समयमा यो घटनाले खुब खैलाबैला मचिएको थियो,
 
  त्यो दिन पनि बजार ५७ अंकले घटेको थियो,
  NEPSE चाही 1,924.48 अंकमा थियो,
 
 
 
 
 
  पोहोर चाही एउटा कान नसुन्ने केटोले आफुलाई bike ले ठक्कर दिएको रिषले,
  तिनकुने स्थित दिब्य समिलमा आएर चार जनाको हत्या गरेको थियो,
  यो समाचारले पोहोर आजको दिनलाई शोकमग्न बनाएको थियो l          NEPSE:2,637.79..........................................Previous [2,688.53] (-50.73 / -1.88%)...................................Previous (+78.31 / +3.00%) SENSIND (468.65).........................................Previous (476.47) (-7.81 / -1.64%)........................................Previous (+13.39 / +2.89%) Turnover :10,339,235,957.45...................................Previous [8,169,274,612.81] Volume:24,846,782................................Previous [19,433,154]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#204 Thu Sep 12, 2024 8:41 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-२७ (2024-09-12) ----------------------------  २०७८ शालको भाद्र महिनामा बजार १३ दिन रातो र ७ दिन हरियो बनेको थियो,
  यहि महिनाबाट बजार आफ्नो उचाई चुमेर झर्न थालेको थियो,
  त्यो महिना NEPSE को उच्च बिन्दु 3,198.60 र तल्लो अंक 2,812.38 थियो,
 
  Total कारोबार दिनको ६५% समय बजार रातो भएको देखियो l  
   
 
  त्यस्तै २०७९ शालको भाद्रमा बजार १७ दिन रातो र ८ दिन हरियो बनेको थियो,
  त्यो महिना NEPSE को उच्च बिन्दु 2,068.26 र तल्लो अंक 1,910.38 थियो l 
 
  यो बर्ष चाही ६८% कारोबार दिन बजार रातो भएछ,  
 
 
 
  त्यसै गरि २०८० शालको भाद्रमा चाही बजार ११ दिन रातो र ७ दिन हरियो बनेको थियो,
  त्यो महिना NEPSE को उच्च बिन्दु 2,045.45 र तल्लो अंक 1,932.45 थियो,
  यो चाही Total कारोबार दिनको ५५% हो l    
 
 
 
  यो बर्षको भाद्र महिनाको चाही अझै २ दिन बाँकिनै छ,
  र अहिलेसम्मको आँकडा हेर्दा चाही बजार लगभग ६५% दिन रातो भएको देखिन्छ l    
 
 
  लगानीकर्ताहरुले यसो फुर्सत निकालेर यस्ता कुराहरुको पनि अध्ययन गर्ने बानी निकाल्नु पर्छ l  NEPSE:2,688.53..........................................Previous [2,610.21] (+78.31 / +3.00%)...................................Previous (-22.73 / -0.86%) SENSIND (476.47).........................................Previous (463.07) (+13.39 / +2.89%)........................................Previous (-4.30 / -0.92%) Turnover :8,169,274,612.81...................................Previous [6,851,179,051.18] Volume:19,433,154................................Previous [15,428,724]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#205 Wed Sep 11, 2024 7:39 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-२६ (2024-09-11) ----------------------------  पोहोर आजकै दिन बिहान ३ बजे सुवासचन्द्र नेवांगलाइ अस्पतालले मृत घोषणा गरि दिएको थियो,
  उनि राती toilet मा लडेका थिए,
 
 
  आजको दिनले 'लादेन र ट्विन टावर'लाई फेरी एक पटक सम्झाई दिएको छ,  
 
  देशका नेताहरु कहिल्यै नसुध्रने भए,
  एकपछि अर्को गरेर system लाई बन्चरो हान्ने काम आफै गर्दैछन्,
  अहिले उपसभामुखलाई महाभियोग लगाउने तयारी पनि यसकै निरन्तरता हो,
  कांग्रेसलाई उपसभामुख दिनका लागि,
  यी र यस्ता काम गरिनु भनेको केवल निम्छरो राजनीति मात्र हो,
     
  बजारलाइ आज पनि चाहेको अंकमा ल्याएर बन्द गराइएको छ,
  साना लगानीकर्ताहरुको मुटु छाम्ने काम हुँदैछ,
 
  अनुभबको कमि भएका र आफु अध्ययन नगरी खाली आर्काको भर पर्ने नयाँहरुको,
  यस्तो बेला सातो पुत्लो उड्ने गर्छ,
 
  धैर्य र अनुभवको मिश्रणबाट अगाडिको बाटो तय गर्नु पर्छ यस्तो बेलामा l             NEPSE:2,610.21..........................................Previous [2,632.94] (-22.73 / -0.86%)...................................Previous (-13.09 / -0.49%) SENSIND (463.07).........................................Previous (467.3  (-4.30 / -0.92%)........................................Previous (-1.80 / -0.38%) Turnover :6,851,179,051.18...................................Previous [7,245,568,421.39] Volume:15,428,724................................Previous [19,077,583]      « Last edit by  nissan on Wed Sep 11, 2024 7:42 pm. »  
			 | 
		
		
			| 
				
			 | 
			
				
				#206 Tue Sep 10, 2024 8:58 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-२५ (2024-09-10) ---------------------------- बजार लगालग ५ दिन घट्दा,
  NEPSE 197.26 अंकले घट्न पुगेको छ,
 
  यो बर्ष बैशाख महिनाको पहिलो हप्ता पनि बजार ५ दिन लगातार घटेको थियो,
  तर त्यो बेला चाही NEPSE 63.87अंकले मात्र घटेको थियो l 
 
  पोहोर आजको दिन एरपोर्ट भन्सारमा बडो रमाइलो भएको थियो,
  ६१ किलो सुन काण्डपछि भन्सारका कर्मचारीहरुले अन्यत्र सरुवा मागेका थिए,
  तर सरुवा नगरेर उल्टो सोधपुछ गरेर दुख दिएको भनेर,
   तिनले पोहोर आजको दिन त्यहाको काम ठप्प पारेका थिए,
  अन्त कतै हुन् नसक्ने यस्ता काम नेपालमै देख्न पाइन्छ,हैन त ?   
 
 NEPSE:2,632.94..........................................Previous [2,646.03] (-13.09 / -0.49%)...................................Previous (-55.86 / -2.06%) SENSIND (467.3  .........................................Previous (469.1  (-1.80 / -0.38%)........................................Previous (-10.53 / -2.19%) Turnover :7,245,568,421.39...................................Previous [9,439,106,425.54] Volume:19,077,583................................Previous [21,048,911]      « Last edit by  nissan on Tue Sep 10, 2024 9:00 pm. »  
			 | 
		
		
			| 
				
			 | 
			
				
				#207 Mon Sep 09, 2024 9:27 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-२४ (2024-09-09) ----------------------------  पोहोर यतिखेर अर्थमन्त्रीले राष्ट बैंकले गलत नीति लियो भनेर भाषण गर्नेदेखि,  
  यहि कुरा भन्दै अन्तरबार्ता दिने काम गरि रहेका थिए,
  NEPSE चाही 1,942 अंकमा थियो,
 
 
  २०७८ को बुलमा NEPSE ले 3,198.60 को उचाई चुमेको थियो,
  त्यसपछिको ९ कारोबार दिनमा  NEPSE ३८० अंकले घटेको थियो,
 
  यसपाली चाही 3,000.81 अंक पुगेको NEPSE आज घट्न थालेको १४ दिनमा,
  ३५५ अंकले घटेको छ l   NEPSE:2,646.03..........................................Previous [2,701.90] (-55.86 / -2.06%)...................................Previous (-25.46 / -0.93%) SENSIND (469.1  .........................................Previous (479.72) (-10.53 / -2.19%)........................................Previous (-6.63 / -1.36%) Turnover :9,439,106,425.54...................................Previous [10,122,408,249.12] Volume:21,048,911................................Previous [22,262,924]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#208 Sun Sep 08, 2024 7:58 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-२३ (2024-09-0  ---------------------------- दिनभरी बजार बढ्यो,
  अनि बन्द हुनेबेलामा चाही घटेर बन्द भयो,
 
  कसैले अन्तमा NEPSE लाई त्यहि अंकमा पुर्याउन चाहे जसरी l 
 
 
 
  अहिले सिंहदरबारभित्र कर्मचारीलाई TMS चलाउन रोक लगाउने तयारी भनेर 
  अर्को फण्डालाई केके न गर्न लागे जसरी समाचार बनाईदैछ मानौ कि 
  बजार तिनै कर्मचारीले धानी दिएझैँ गरि,
 
 
 
  रोके पनि के भो त तिनका परिवारले अन्यत्रबाट चलाई हाल्छन् नि,
  पहिला पनि कहिले facebook त कहिले सिंहदरबारभित्र tiktok बन्द हुने भनेर समाचार बनि रहन्थे l             
 
 NEPSE:2,701.90..........................................Previous [2,727.36] (-25.46 / -0.93%)...................................Previous (-12.10 / -0.44%) SENSIND (479.72).........................................Previous (486.35) (-6.63 / -1.36%)........................................Previous (-2.36 / -0.48%) Turnover :10,122,408,249.12...................................Previous [9,651,513,246.31] Volume:22,262,924................................Previous [20,153,993]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#209 Thu Sep 05, 2024 11:52 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-२० (2024-09-05) ---------------------------- 
 
 
  २०७८ को बुलबाट बजार विस्तार घट्दै थियो,
  आजको दिन ०७८ शालमा NEPSE १०८ अंकले घटेको थियो भने 
  लगत्तै भोलिपल्ट फेरी १६२ अंकले बढेर २९८० अंकमा पुगेको थियो,
 
  बजारमा असम्भब केहि पनि छैन l 
    NEPSE:2,727.36..........................................Previous [2,739.46] (-12.10 / -0.44%)...................................Previous (-90.73 / -3.20%) SENSIND (486.35).........................................Previous (488.71) (-2.36 / -0.48%)........................................Previous (-16.31 / -3.23%) Turnover :9,651,513,246.31...................................Previous [12,925,688,215.22] Volume:20,153,993................................Previous [26,584,192]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#210 Wed Sep 04, 2024 9:42 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				 नेकपा एमालेको २ दिन चलेको पोलिटब्युरो बैठकले थुप्रै निर्णयहरु गरेको छ,
  त्यसमध्ये एउटा निर्णय, 
  "यो सरकार बनेपछि पुजिबजारमा देखिएको हौशला, आफ्नो सरकारको सफलताको भएको"   
  भनि भनेको छ,
  पुजिबजारलाईनै सरकारको सफलताको मापक बनाई सकेपछि,
  यसको बिकास र विस्तारका सबै अबरोधहरुलाई पनि त चिर्नु पर्ला नि ?
  कि मक्ख परेर पुजिबजारको जस लिएर मात्र बस्ने ?
        
			 | 
		
		
			| 
				
			 | 
			
				
				#211 Wed Sep 04, 2024 8:27 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-१९ (2024-09-04) ---------------------------- पोहोर आजको दिन भारतको मन्त्रि परिषदबाट,
  नेपालबाट १० बर्षमा १० हजार मेगावाट बिद्युत खरिदको प्रस्ताब पारित भएको थियो,
 
  अघिल्लो दिनबाट RONB सामाजिक संजालमा देखिन छाडेको थियो,
  कारण चाही बालेनले सिंहदरबारमा आगो लगाउछु भन्दा उसले बालेनको श्रीमती सुत्केरी भएको भनि समाचार प्रकासित गरेको थियो,
  तर मेयरकि श्रीमती भने ९ दिन अघिनै सुत्केरी भएकी रहिछन,
  गलत संदेश दिएको भनेर सर्बत्र बिरोध हुन् थालेपछि RONB Deactivate गरिएको थियो,
 
  दिपेश पुनलाई पनि आजकै दिन सुन काण्डमा बयान लिइएको थियो तर अहिले त उनले 
  सफाई पाई सके क्यार,
  NEPSE चाही 1,961 अंकमा थियो,
 
 
  यसपाली चाही यतिखेर गठबन्धनमा खटपट भयो अब यो सरकार ढल्छ भनेर अनाबस्यक हल्ला चलाइएको छ,
  ओलीजी र देउबाजीले होइन हाम्रो सरकार चुनाबसम्मै जान्छ भनेर स्पष्टिकरण दिंदाको हैरान छ,
  ३००० मा बेच्नेहरुका लागि फेरी entry का लागि बजारमा यस खालका हल्ला चलाईएका मात्र हुन्,
  फेरी अरु नयाँ मान्छेहरुलाई पनि त बजार छिर्ने अबसर दिनु पर्यो नि, त्यो बजारका लागि राम्रै कुरा होनी,
 
 
 
  अहिलेका लागि चाही,यस्ता घटनाहरुलाई सहज रुपमा लिने बानी बसालौ र आफ्नो टार्गेटतिर अर्जुन दृष्टि लगाऔ l  
        
        
 NEPSE:2,739.46..........................................Previous [2,830.20] (-90.73 / -3.20%)...................................Previous (+6.94 / +0.24%) SENSIND (488.71).........................................Previous (505.03) (-16.31 / -3.23%)........................................Previous (+1.20 / +0.23%) Turnover :12,925,688,215.22...................................Previous [13,577,105,289.17] Volume:26,584,192................................Previous [30,599,890]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#212 Tue Sep 03, 2024 7:15 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-१८ (2024-09-03) ----------------------------  बजारले दिनभर पिङ खेलेको खेल्यै गर्यो,
  नयाँहरुलाई बजारको यो चालाले अत्याउने काम गर्छ भने,
   अनुभबीलाई यस्ता घटना सामान्यनै लाग्ने गर्छ,
 
  यति भन्न सकिन्छ बजार अहिले अझ तल जाने मुडमा भने देखिन्न,
  यसको नजर मस्तिरनै छ l       NEPSE:2,830.20..........................................Previous [2,823.25] (+6.94 / +0.24%)...................................Previous (+127.32 / +4.72%) SENSIND (505.03).........................................Previous (503.83) (+1.20 / +0.23%)........................................Previous (+22.94 / +4.77%) Turnover :13,577,105,289.17...................................Previous [13,104,631,802.67] Volume:30,599,890................................Previous [31,430,048]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#213 Mon Sep 02, 2024 7:55 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-१७ (2024-09-02) ----------------------------  आफ्नी सुत्केरी श्रीमती चढेको गाडी ट्राफिकले रोकेको भनेर अघिल्लो दिन बालेनले,
  सिंहदरबारमा आगो लगाई दिने धम्कि दिएका थिए,
  त्यसैको चर्चा गर्दै अघिल्लो बर्षको आजको दिन बितेको थियो,
 
 
  त्यो समयमा लगानीकर्ताहरुको खाश काम पनि थिएन,
  NEPSE 1,960 र Turnover पनि जम्मा १ अर्ब अठार करोडको न थियो,
 
 
 
  परार त झन् आजको दिन NEPSE 1,970 र Turnover त झन् ७० करोड पनि पुगेको  थिएन,
 
  २०७८ शाल आजको दिन चाही  
  बजार माथी पुगेर घट्ने चरणमा थियो र 
  NEPSE 2,926 र Turnover चाही साँढे नौ अर्बको थियो l 
 
 
 
 
 NEPSE:2,823.25..........................................Previous [2,695.93] (+127.32 / +4.72%)...................................Previous (-53.63 / -1.95%) SENSIND (503.83).........................................Previous (480.8  (+22.94 / +4.77%)........................................Previous (-8.91 / -1.81%) Turnover :13,104,631,802.67...................................Previous [10,517,682,349.32] Volume:31,430,048................................Previous [26,246,435]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#214 Sun Sep 01, 2024 9:58 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-१६ (2024-09-01) ----------------------------  भदौ लागेपछि बजार 304.88 अंकले घटेको छ,
  तिर- चार सय अंकले बजार बढ्दा,
  संसददेखि सर्बज्ञानीहरुसम्मले हंगामा मच्चाउछन् र 
  लगानीकर्ताहरुलाई अत्याउनु अत्याउछन्,
  यी अहिले लगातार बजार घट्दा,
  सब कानमा टेल हालेर सुतेका छन्,
 
  बजार बढ्दा कोकोहोलो मच्चाउनेले, घट्दा पनि चिन्ता जनाउन सक्नु पर्छ,
  कुनै पनि कुरो एकतर्फी गर्नु जायज हुँदैन,
 
  बजार बढ्नका लागि समय दिनप्रतिदिन अनुकुल बन्दै गएको छ र 
  अझै बन्दै पनि जानेछ भन्ने मैले चाही ठानेको छु,
 
 
  अरुले जति अत्याउन खोजे पनि, 
  कसैले आत्तिहाल्नु पर्ने चाही जरुरी छैन है,
  तिन बर्ष त धैर्य गरियो अब २-४ महिना किन प्रतिक्षा नगर्ने ?         NEPSE:2,695.93..........................................Previous [2,749.57] (-53.63 / -1.95%)...................................Previous (-36.83 / -1.32%) SENSIND (480.8  .........................................Previous (489.79) (-8.91 / -1.81%)........................................Previous (-8.35 / -1.67%) Turnover :10,517,682,349.32...................................Previous [12,243,601,365.90] Volume:26,246,435................................Previous [28,346,246]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#215 Thu Aug 29, 2024 7:10 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-१३ (2024-08-29) ----------------------------  पोहोर आजको दिनबाट MCC औपचारिक रुपमा कार्यान्वयनमा आएको थियो,
  भेप मार्फत भएको सुन तस्करी प्रकरणमा कृष्ण बहादुर महराका सुपुत्र,
  राहुल महरा पनि आजकै दिन पक्राउ परेका थिए,
  यस दिन NEPSE चाही 1,990 मा थियो,
 
 
 
  परार चाही NEPSE 1,993 मा थियो,
 
 
 
  २०७८-५-१३ मा चाही NEPSE 3,044 अंकमा थियो र 
  यो दिन Turnover चाही १५ अर्ब ६५ करोडको थियो,
 
 
 
 
  यो दिनपछि बजारले एकदिन मात्र तिन हजारको अंक देख्न पाएको छ,
 
 
 
  २०७८ भाद्रमा बजार  347.71 अंकले घटेको थियो, 
  २०७९ भाद्रमा  बजार 130.68 अंकले घटेको थियो,
  २०८० भाद्रमा  बजार 68.22 अंकले घटेको थियो, 
  यो बर्ष चाही भाद्र महिनामा जम्मा ७ दिन कारोबार हुँदा बजार 251.24 अंकले घटी सकेको छ,
 
    २०७८ भाद्रमा चाही बजार Top लगाएर झर्ने क्रममा थियो भने 
  अहिले २०८१ को भाद्रमा चाही बजार पुरानो Top लाई तोड्ने तरखरमा देखिन्छ l 
   NEPSE:2,749.57..........................................Previous [2,786.40] (-36.83 / -1.32%)...................................Previous (+3.80 / +0.13%) SENSIND (489.79).........................................Previous (498.15) (-8.35 / -1.67%)........................................Previous (+1.68 / +0.33%) Turnover :12,243,601,365.90...................................Previous [13,727,368,393.64] Volume:28,346,246................................Previous [35,007,039]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#216 Wed Aug 28, 2024 8:58 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-१२ (2024-08-2  ---------------------------- साउन १ यता आजको भन्दा कम Turnover एकदिन मात्र भएको छ,
  साउन २ गते NEPSE 2,364 मा हुँदा १२ अर्बको Turnover भएको थियो,
 
 
  SAFF U-20 मा बंगलादेश Champions बन्दा नेपाली दर्शकहरुको ब्यबहार भने अलि अशोभनीय देखियो,
 
  बजारले, प्रचण्डहरुले भने जस्तै २ कदम पछाडी हटेर,
  ठुलै जम्प हान्ने तयारी गरि रहे जस्तो भान हुँदैछ,
 
  हेरौ !       NEPSE:2,786.40..........................................Previous [2,782.60] (+3.80 / +0.13%)...................................Previous (-111.96 / -3.86%) SENSIND (498.15).........................................Previous (496.47) (+1.68 / +0.33%)........................................Previous (-22.87 / -4.40%) Turnover :13,727,368,393.64...................................Previous [18,649,533,170.35] Volume:35,007,039................................Previous [43,868,970]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#217 Tue Aug 27, 2024 7:20 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-११ (2024-08-27) ---------------------------- 
  साउन १ गते यता बजारले ४ पटक सय अंक क्रस गरेको छ NEPSE ले,
  दुई दिन ११३ र १०८ अंकले बढेर अनि 
  दुई दिन चाही १४५ र १११ अंकले घटेर,
 
  अमरेश र प्रकाश सरणहरुले १४५ अंक घट्न सहयोग गरेका थिए भने 
  आफ्नो share बेची सक्काएकाहरुको अनाबश्य हल्लाका कारण आजको १११ अंक घटाईमा मद्धत पुगेको छ,
  मेरो बिचारमा चाही न धेरै अंकमा बढेको राम्रो नत यस्तो अंकमा घटेकोनै,
 
 
 
  फेरी यहि बेला संसदमा धितोपत्रको ऐन संसोधन सम्बन्धि बिधेयक बारे छलफल चलेको छ,
  मार्केट बारे थोरै पनि जानकारी नराख्ने सांसदहरु यो छलफलमा भाग लिएर,
  नानाथरी फलाक्न थाल्छन् र लगानीकर्ताहरु फेरी संसदमा मार्केटको चर्चा सुनेर आत्तिन्छन l 
              
 
 
  फोहोर आजको दिन NEPSE 1,998 मा र Turnover चाही १ अर्ब मुनिको थियो l NEPSE:2,782.60..........................................Previous [2,894.57] (-111.96 / -3.86%)...................................Previous (-79.88 / -2.68%) SENSIND (496.47).........................................Previous (519.34) (-22.87 / -4.40%)........................................Previous (-14.52 / -2.72%) Turnover :18,649,533,170.35...................................Previous [19,740,593,800.64] Volume:43,868,970................................Previous [42,686,640]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#218 Sun Aug 25, 2024 10:22 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-०९ (2024-08-25) ----------------------------  अघिल्लो बुलमा पनि कुलमान चर्चामा थिए,
  अहिले पनि उनको चर्चाले शिखर चुमेको अवस्था छ,
  प्रमको दल पुरै उनको बिरुद्धमा देखिन्छ,
 
 
  २०७८ को बुलमा आजको दिन NEPSE 3,076.45 अंकमा थियो भने 
  Turnover चाही १२ अर्बको थियो,
  यो NEPSE ले All Time High बनाएपछिको तेस्रो कारोबार दिन थियो र 
  त्यो बेला बजार उचाईबाट घट्ने तरखरमा थियो l 
 
     NEPSE:2,894.57..........................................Previous [2,974.46] (-79.88 / -2.68%)...................................Previous (+6.01 / +0.20%) SENSIND (519.34).........................................Previous (533.86) (-14.52 / -2.72%)........................................Previous (+3.75 / +0.70%) Turnover :19,740,593,800.64...................................Previous [19,160,652,085.56] Volume:42,686,640................................Previous [40,951,720]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#219 Sat Aug 24, 2024 9:52 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				 
  नेपाली तिर्थयात्रुहरु चढेका बस भारतमा कति दुर्घटना भए कति,
  नत हाम्रा मन्त्रीलाई उताबाट ब्रिफिंग हुन्थ्यो नत हाम्राहरुले पहल गरेर,
  छिटोभन्दा छिटो मृतकको सब ल्याउने र घाइतेहरुको कुरानै सुन्ने काम गर्थे,
 
   डेढ अरब जनसंख्या भएको देशले आफ्नो जनताको दु:ख सुखको ख्याल गर्न सक्छ तर 
  ३ करोड पनि जनसंख्या नभएको देशले किन यस्तो गर्न नसकेको होला ?
 
  के होला भन्नुस त,
  इक्षा शक्ति या श्रोतको कमि ?
  कि नालायकहरुलाई हामीले देश चलाउन पठाएर हो ?
 
  [सन्दर्भ : भरतपुरबाट भारतीय सेनाले दुर्घटनामा परेका आफ्ना नागरिकको सब तुरुन्त लगेको र मन्त्रि काठमाडौँ आएर 
  घाइतेहरुलाई भेटेको ]          
 
  
			 | 
		
		
			| 
				
			 | 
			
				
				#220 Thu Aug 22, 2024 10:20 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-०६ (2024-08-22) ---------------------------- onlinekhabar ले अर्थमन्त्रीसंग अन्तरबार्ता लिएछ,
  त्यसमा सोधिएका २० प्रश्नमा,
  share मार्केट र मौद्रिक नीति सम्बन्धि ७ वटा प्रश्न रहेछन,
 
  अनि अन्तरबार्ताको शिर्षक पनि share market लाई जोडेर राखिएको छ,
 
 
 
 
  बास्तबमै गाउँदेखि शहरसम्म र चिया पसलदेखि संसदसम्मै आजभोली,
   share मार्केटकै कुरा हुन् थालेको छ,
 
 
 
  पारिवारिक जमघटमा पहिला राजनीतिक दल र नेताहरुलाई
   गाली गर्नमा अधिकांस समय खर्च हुन्थ्यो भने,
 
  आजभोली त्यस्तो समय
   share मार्केट र आफ्नो stock को price को  बारेमा चर्चा गरेर बित्न थालेको छ l 
 
 
  Tiktok को प्रतिबन्ध हटेसँगै यसपालीको तीज थप रंगिन हुने देखियो,
 
 
 
  यसपाली राखी बाँध्ने दिन भारत भ्रमणमा हुँदा हुँदै पनि,
  परराष्ट्रमन्त्री आरजु राणाले  'बिजेपी'का भाइलाइ राखी बाँधेको समाचार पढ्न पाइएन,
  जबकी २ बर्षअघि ति भाइ नेपाल भ्रमणमा आउदा उनले बाकाइदा राखी बाँधी दिएको तस्बिर र 
  समाचार पढ्न पाइएको थियो,
 
 
  यसपाली मोदिजीले आरजुजीलाई राम्रै महत्व दिएको देखियो,
  यहि निहुमा नेपालको सयको नोटमा छापिने भनेको चुचे नक्शा कतै 
  नछापिने पो होकी, या 
  भारतले परराष्ट्रमन्त्रीसंग खुशी भएर लिपुलेकनै फिर्ता पो गर्ने होकी ?
 
 
                     NEPSE:2,974.46..........................................Previous [2,968.44] (+6.01 / +0.20%)...................................Previous (+2.11 /+0.07%) SENSIND (533.86).........................................Previous (530.11) (+3.75 / +0.70%)........................................Previous (+1.25 / +0.23%) Turnover :19,160,652,085.56...................................Previous [18,906,373,792.01] Volume:40,951,720................................Previous [41,454,611]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#221 Wed Aug 21, 2024 7:51 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-०५ (2024-08-21) ----------------------------  पोहोर आजको दिन बिश्वमभर प्रसाद श्रेष्ठले प्रधानन्यायाधिस पदको सपथ लिएका थिए,
  अघिल्लो बर्ष यो समयमा  एमालेले निरन्तर संसद अबरुद्ध गरि रहेको थियो,
  त्यो हटाउन आजकै दिन राष्ट्रपतिले सर्बदलीय बैठक आह्वान गरेका थिए,
  त्यो बैठकमा एमाले सहभागी भएन, अनि त्यो दिन पनि संसद खुल्न सकेन,
 
 
 
  कांग्रेस माओबादीलाई अर्थमन्त्रालय दिएर आफुले गृह लिन निकै जोडतोडले लागेको थियो,
 
 
 
 
  पोहोर आजको दिन NEPSE 2,015 र Turnover चाही १अर्ब तेत्तिस करोडको थियो,
 
 
 
 
  यसपालीको कुरा गर्दा धेरै पक्षहरु बजार बिकासका लागि सकारात्मक देखिन्छन्,
  Share बेच्नेले अब Correction आउछ र Share किन्ने या hold गर्नेले चाही अब बजार त 
  बढ्नेनै हो भन्नु एकदम सामान्य कुरा हो, यसमा कसैले दिमाग घुमाइ रहनै परेन,
 
 
  मौद्रिकनीतिको पहिलो त्रैमासिक समिक्षामा अझ डोरी खुकुलो हुन् सक्छ,
  अहिलेसम्मको बाताबरणले त्यहि भन्छ l 
 
                       NEPSE:2,968.44..........................................Previous [2,966.33] (+2.11 /+0.07%)...................................Previous (-34.47 / -1.14%) SENSIND (530.11).........................................Previous (528.85) (+1.25 / +0.23%)........................................Previous (-6.65 / -1.24%) Turnover :18,906,373,792.01...................................Previous [28,836,997,376.12] Volume:41,454,611................................Previous [65,475,366]      « Last edit by  nissan on Wed Aug 21, 2024 7:54 pm. »  
			 | 
		
		
			| 
				
			 | 
			
				
				#222 Sun Aug 18, 2024 10:54 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०५-०२ (2024-08-1  ----------------------------  भाद्र २ गतेलाई त कसैले भुलेको छैन होलानी,
 
  २०७८ को भाद्र २ गते NEPSE ले All Time High को Record बनाएको थियो,
  जुन आज पनि यथावतनै छ,
 
 
 
  २०७८ शाल जेष्ठ ३१ गते पहिलो पटक NEPSE ले ३००० अंक कटाएको थियो,
  त्यो दिन Turnover लगभग १९ अर्बको थियो,
 
 
 
  त्यस दिनको सबैभन्दा बढी share कारोबार भएका 10 कम्पनीहर यस प्रकार छन् :
   Hydro : NHPC, API, AHPC,AKPL, HDHPC,  
   Bank : SRBL, KBL,CBL,MEGA र NCCB
 
 
 
  असार १ मा धितोपत्र बोर्डले ५१ वटा अयोग्य कम्पनीको नाम सार्बजनिक गर्यो र 
  भोलीपल्ट नेप्से २९०० को लाइनमा झर्यो,
 
 
  २०७८ साउन १९ मा NEPSE ले पहिलो पटक ३१०० को अंक पार गरेको थियो,
  ३१०० अंक पार गरेको १२ औ दिनमा Nepse मा All Time High को Record बनेको थियो,
 
 
 
  अहिलेसम्म जम्मा १४ दिन मात्र NEPSE ३१०० अंक माथी टिक्न सकेको छ l 
    NEPSE:2,966.33..........................................Previous [3,000.81] (-34.47 / -1.14%)...................................Previous (+43.05 / +1.45%) SENSIND (528.85).........................................Previous (535.51) (-6.65 / -1.24%)........................................Previous (+16.01 / +3.08%) Turnover : 28,836,997,376.12...................................Previous  [29,958,519,216.95]Volume:65,475,366................................Previous [68,980,346]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#223 Fri Aug 16, 2024 7:19 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				
  यो साउन महिनामा २२ दिन कारोबार भएछ,
  जस मध्ये १७ दिन बजार हरियो भयो भने ५ दिन मात्र रातो,
 
  साउन १ गते NEPSE 2,310.59 अंकमा थियो भने 
  हिजो यो महिनाको अन्तिम कारोबारको दिन NEPSE 3,000.81 मा पुगेर अडिएको छ,
 
  भनेपछि यो महिनामा NEPSE  690.22 अंकले बढेको छ,
 
  यो महिनामा कुल 1,016,499,523 कित्ता share को कारोबार भयो भने 
  यो महिनाको कुल Turnover 418,203,070,798.61   भएको छ,
 
 
  यो महिनाको सबैभन्दा कम Turnover 9,138,629,642.41 हो भने 
  सबैभन्दा धेरै Turnover 29,958,519,216.95 को हो,
 
  यो महिनामा १० वटा कारोबार त २० अर्ब माथिको भएको छ जसमध्ये 
  २५ अर्ब माथिको ३ वटा कारोबार पर्छन l 
        
			 | 
		
		
			| 
				
			 | 
			
				
				#224 Thu Aug 15, 2024 7:43 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०८१-०४-३१ (2024-08-15) ----------------------------  पुराना सबै Turnover र Volume को Record तोडिएको छ आज,
  लगभग ३० अर्बको Turnover पनि यति छिटै देख्न पाइयो,
 
 
  ५ दिनको लगालगको कारोबारमा एक खर्बको Turnover नाघेको छ,
  यो हप्ता आइतबारदेखि बिहिबारसम्ममा 127,925,599,276.53 को अर्थात् १२ अंकको कारोबार भएको छ,
 
  त्यस्तै यो हप्ता 298,173,058 कित्ता share को कारोबार भएको छ,
  यसपाली NEPSE ले सबैलाई झुक्याएको अवस्था छ,
 
  पोहोर आजको दिन NEPSE 2,025 अंकमा थियो भने 
  पोहोर अघिल्लो दिनको मन्त्रिपरिषद्को बैठकले देशभर जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको थियो,
  त्यो निर्णयले अब मार्केटमा बुल आउछ भनेर खुब हल्ला थियो,
 
 
  २०७८ शालमा आजको दिन भने बुलको उत्कर्षको समय या हप्ता चली रहेको थियो,
  आजको दिन NEPSE 3,154 र 
  Turnover चाही अघिल्लो बुलको सबैभन्दा धेरै भएको दिन थियो,
  त्यो दिन 21,647,600,654.50 को Turnover भएको थियो l 
       NEPSE:Turnover : 3,000.81..........................................Previous [2,957.75] (+43.05 / +1.45%)...................................Previous (+34.29 / +1.17%) SENSIND (535.51).........................................Previous (519.49) (+16.01 / +3.08%)........................................Previous (+8.34 / +1.63%) Turnover : 29,958,519,216.95...................................Previous [23,430,581,150.48] Volume:68,980,346................................Previous [51,230,340]      « Last edit by  nissan on Thu Aug 15, 2024 7:45 pm. »  
			 | 
		
		
			| 
				
			 | 
			
				
				#225 Thu Aug 15, 2024 3:30 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				
			 |