Forum


ShareSansar Main Page

How to get profit from secondary markets?

Post Reply

Page: « < ... 6 7 8 9 10 11 12 13 14 ... > »

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
बजारको अवस्थालाई नजिकबाट नियाल्दा आज बिहिवार पनि बजार घटबढ भइरहने अवस्था छ/ यसर्थ यो बजारमा साथीहरुले बिस्तारै आफुलाई राम्रो नाफा
भएका शेयर बिस्तारै बिक्रि गर्नु पर्ने र राम्रो नाफा हुनसक्ने कम्पनीको शेयरमा बिस्तारै खरिद गर्नु उत्तम हुनसक्छ/ अझ साना लगानीकर्ताहरुले चनाखो भई
बजारको गति हेरेर अघि बढ्नु बेस हुन्छ/
« Last edit by admin on Sun Jan 19, 2014 11:33 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
बजार बढ्न थाल्यो बिस्तारै किन्न थाल्नुस /
Moderator
Registered: Jun 2013
Posts: 3823
नेरुडे अहिलेको थारो गाई हो यसलाई बेच्नुस बरु दूध दिने लैनो गाई EDBL,SKBBL किन्नुस/
Moderator
Registered: Jun 2013
Posts: 3823
आज मंगलवारको बजार पनि निरन्तर घट्ने क्रममा रहेकोले नाफा भएको शेयर बिस्तारै बेच्नुस भने नाफा हुन् सक्ने शेयर बिस्तारै किन्न थाल्नुस /हतारमा
निर्णय नलिनुस, सोचेर अघि बढ्नुस/
« Last edit by admin on Sun Jan 19, 2014 11:31 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
मेरो नजरमा आज किन्ने शेयरहरु EDBL,LBL,NABIL(P),NIB,RMDC,SHINE,SIC,SICL,MDB etc.
आज बेच्ने शेयरहरु
ADBL,AHPC,BOK,CEDBL,CHPC,CIT,CBIL,EBL,GRAND,HBL,JBNL,KBL,KIST,LIC,MBL,MEGA,MNBBL,NABIL,NBB,NBL,
NCC,NICA,NLBBBL,NLIC,NLGI,NMB,NTC,PCBL,PRBBL,PLIC,SANIMA,SBI,SBL,SCB,SKBBL,SRBL etc.
« Last edit by admin on Sun Jan 19, 2014 11:30 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
यस अवस्थामा साना लगानीकर्ताहरुले सावधानीकासाथ अघि बढ्नु पर्दछ/ कमसेकम १०% भन्दाबढी नाफा भएको शेयर बिस्तारै बेचेर बरु अझ घटेपछि फेरी
किन्नु बुद्दिमानी मानिन्छ/ त्यसै त मा भन्छु,धेरै लोभ गर्नुको सट्टा नाफा राम्रो आएको शेयर आधा बेची राम्रो कम्पनीको शेयरमा मूल्य घटेको मौकामा
छानीछानी लगानी विविधिकरण गर्नुस/ यसैमा तपाइको हित छ/
याद राख्नुस,
"शेयर बजार फुलै फुलको थुङ्गो हुँदैन/ फक्रिने र ओइलाउने टुंगो हुँदैन/"
« Last edit by admin on Sun Jan 19, 2014 11:29 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
आज सोमबारको बजार पनि करेक्सन हुन् सक्ने अवस्था भएकोले बजारको ताजा स्थिति हेरेर अघि बढ्नुस/ राम्रो नाफा कमाएको शेयर बिस्तारै बेच्नुस र
राम्रो नाफा हुन् सक्ने कम्पनीको शेयर बिस्तारै किन्नुस/
« Last edit by admin on Sun Jan 19, 2014 11:29 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
आज किन्न र बेच्न चाहने दुबैले बिस्तारै बिस्तारै खरिद बिक्रि गर्दा दुबैलाई फाइदा छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
के होला अबको शेयर बजारको भविष्य? यो अन्तरवार्ता तपाइले हेर्नु भयो?
http://www.bizmandu.com/content/-5427.html#.UrZ-7dKQYfs
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ कसले कति कमाए शेयर बजारमा? कसको मूल्य कति बढेछ यो बिचमा तुलना गरेर मात्र आज शेयर किन्ने निर्णय गर्नुस आज/
थप जानकारीका लागि यो तुलना हेर्नु भो आज?
http://www.nepalsharemarket.com/NepalShareMarket/NEPSE/Analysis/news/news.aspx?news_id=NEW-006631
Moderator
Registered: Jun 2013
Posts: 3823
दोस्रो बजारमा कारोबार गर्ने साथीहरुलाई सुनौलो मौका/ तपाई यदि काठमाडौँमा हुनुहुन्छ र तपाईसंग प्रयाप्त लगानी गर्ने रकम छ भने त्रिवेणी विकास बैंक र
मुक्तिनाथ विकास बैंकको शेयर लिलाम बिक्रीबाट खरिद गरि राम्रो मुनाफा कमाउने सुनौलो अवसर आएको छ /याद राखनुस अहिले खुल्ला बजार बाट शेयर
किन्नु त्यति सजिलो बिषय होइन तर तपाइले टेन्डर मार्फत सजिलै यो शेयर किन्न सक्नुहुनेछ / जसको लागि तपाई पुरानो शेयर होल्डर होइन भने एक
प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपि एस क्यापिटल र ग्रोमोर मर्चेन्टमा लिएर जानु पर्ने हुन्छ/ तर तपाइले सम्बन्धित निष्काशकको
खातामा सम्पूर्ण रकम जम्मा भएको जम्मा बैंक भौचर वा ड्राफ्ट फारमसंगै सिलबन्दी गरि निश्चित अवधिमा बुझाउनु पर्ने हुन्छ/ शेयर परेर वा नपरी फिर्ता
रकम भने तपाइले १ हप्ता पछि चेक मार्फत फिर्ता पाउनुहुनेछ/
थप जानकारीका लागि - http://www.sharesansar.com/viewnews.php?id=17829
http://www.nepalsharemarket.com/Nepalsharemarket/Nepse/Docs/showDocImage.aspx?id=DOC-009787
« Last edit by admin on Sun Jan 19, 2014 11:28 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear NANAMUNI,I think if you buy NIB,SIC & EDBL it may be better decision now.
Member
Registered: Dec 2013
Posts: 75
Bimalman Jee,
Which is blue-chip to buy on Sunday (22 December)? I am one of victims of NEPSE 1175 (Since I am a loser in this
market, your suggestion will be highly appreciated).
« Last edit by admin on Sun Jan 19, 2014 11:28 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ आइतबारको बजारमा एकै पटक कुनै पनि शेयर खरिद नगरी बिस्तारै बदलिदो अवस्था हेरी सावधानी पूर्वक अगाडी बढ्नु राम्रो होला/ सावधान,
भोलिको बजार सामान्य घटबढ हुन् सक्ने सम्भावना छ/
नेपाल राष्ट्र बैंकको शेयर बजारप्रति चासोसंगै लगानीको स्रोत स्पस्ट नहुने लगानीकर्ताहरुले सावधानी अपनाउनु बुद्दिमानी हुन्छ/ सम्पति शुद्दिकरण प्रक्रियामा
लगानीको स्रोत नखुल्दा पछि अप्ठेरो पर्न जाने भएकोले सम्भवत आइतवारको बजारमा अस्वाभाविक बृदी नहुने सम्भावना बढेको छ/ बदलिदो परिस्थितिमा
आइतबारको बजारमा सिमित बृदी मात्र हुन् सक्ने सम्भावना देखिएको छ/
« Last edit by admin on Sun Jan 19, 2014 11:27 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
You are welcome NANAMUNI.
Member
Registered: Dec 2013
Posts: 75
I will follow your suggestion.
Member
Registered: Dec 2013
Posts: 75
Thank you for advice.
Moderator
Registered: Jun 2013
Posts: 3823
आगामी आइतबार शेयर किनेर नाफा कमाउने चक्करमा हुने साथीहरुलाई मेरो अनुरोध के भने तपाई १ लाखको शेयर किन्ने मुडमा हुनुहुन्छ भने शुरुमा
२०,००० को अर्डर दिनुस त्यसपछि अर्को अर्डर मार्फत क्रमश बढाउदै १ लाख पुर्याउनुस/ त्यसो गर्दा अस्वाभाविक बजार पनि बढ्दैन अर्को तर्फ़ औसत मुल्यमा
किन्न पनि पाउनुहुन्छ/ यदि एकै पटक बढीको अर्डर देखिए बिक्रेताको मनोवल बढेर बिक्री गर्न मान्दैनन जसले अस्वाभाविक बजार बढेर सर्किट ब्रेकर लाग्दा
कारोबार रोकिन्छ र कारोबार रोकिएर खरीद पनि हुन् पाउदैन/ बजार घटी हालेको अवस्थामा पनि औसत मूल्य उस्तै भइ खरिद वा बिक्रि गर्ने लक्ष्य पुरा
हुन्छ/ यसो गर्दा बिक्रि गर्नेले बिक्री गर्न पाउछन् र खरीद गर्नेले खरिद / बिक्री गर्दा पनि यहि सिद्दान्त लागु हुन्छ शेयर बजारमा है, साथीहरु/ सावधानीपूर्वक
लगानी गरि लगानी सुरक्षित गर्ने तर्फ सदा सचेत रहनु पर्ने हुन्छ यस बजारमा /
« Last edit by admin on Sun Jan 19, 2014 11:27 am. »
Member
Registered: Dec 2013
Posts: 17
Location: Jhapa
सुजावको लागि धेरै धेरै धन्यवाद बिमलमान जि
_______________
gajurelg
Member
Registered: Dec 2013
Posts: 17
Location: Jhapa
बजारको हल्ला अनुसार नेप्से १००० अंक पुग्छ भन्छन यो समयमा शेयर किन्दा नाफा देखिन्छ कुन कम्पनि को किन्दा ठिक हुन्छ सुजाव सहित
_______________
gajurelg
Member
Registered: Dec 2013
Posts: 17
Location: Jhapa
धन्यवाद,
_______________
gajurelg
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ तपाइले यो समाचार पढ्नु भयो? - http://www.bizmandu.com/content/-5405.html#.UrLub9KQYfs
Moderator
Registered: Jun 2013
Posts: 3823
आज मेरो सुझावलाई मनन गरि घटेको बेला शेयर किनी फाईदा कमाउने साथीहरुलाई बधाई छ/ आशा गरौ, आगामी दिनमा शेयर बजार बढ्दा राम्रो नाफा
कमाउनुस शुभकामना/
यहि हो साथीहरु दोस्रो बजारबाट राम्रो नाफा कमाउने तरिका/
« Last edit by admin on Sun Jan 19, 2014 11:25 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
आज घटेको बजारमा जुन जुन राम्रा कम्पनीको शेयर मूल्य घट्छ ती कम्पनीहरुको शेयर हिजोसम्म किन्न नपाउनु भएका साथीहरुले न आत्तिकन बिस्तारै किन्नुस/
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ दोस्रो बजारमा लगानी गरेर उल्लेख्य नाफा कमाई सक्नु भएका साथीहरु यदि तपाइले दोहोरो नाफा कुनै कम्पनीमा कमाई सक्नु भएको छ भने
त्यसको आधा शेयर अहिले बढ्दो बजारमा क्रमश आधा जति बेची आफ्नो लगानी नगदमा परिणत गर्नुस / फेरी लगानी गर्न मन लागे तुरुन्त राम्रा राम्रा
कम्पनी जसमा जोखिमको मात्र कम होस् त्यसमा लगानी विविधिकरण गर्नुस/ शेयर बजार कहिलेसम्म र कहाँसम्म बढ्ने भन्ने कहिले पनि निश्चित भन्न
सकिन्न/ अर्को कुरा यौटै कम्पनीको शेयरमा लगानी गर्नु भन्दा त्यसलाई आधा बेची लगानी विविधिकरण गर्नु शेयर बजारमा हितकर मानिन्छ/
« Last edit by admin on Sun Jan 19, 2014 11:25 am. »

Post Reply

Page: « < ... 6 7 8 9 10 11 12 13 14 ... > »

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.