Author |
Post |
|
#501 Thu Mar 16, 2023 5:57 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-१२-२(2023-03-16) ---------------------------- अरु देशमा बैंकको संख्या थोरै देखिन्छन,
तर अमेरिकामा चाही किन बैंकको संख्या चार हजारभन्दा बढी रहेछ ?
पुष ६ - २०७९ पछि बजारमा १ अर्ब मुनिको कारोबार भएको छैन,
बजारमा लगालग १२ दिन भयो Turnover एक अर्बको लाइनमा भएको,
पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले बिस्वासको मत लिएको दिन,
बजारमा 7,658,823,579.86 को कारोबार भएको थियो,
त्यो दिन NEPSE 2,211.38 अंकबाट 21.34 घटेर 2,190.42 मा अडिएको थियो l NEPSE:1,933.31..........................................Previous [1,938.62] (-5.32 / -0.27%)...................................Previous (-14.44 / -0.74%) SENSIND (364.7  .........................................Previous (365.29] (-0.51 / -0.14%)........................................Previous (-3.03 / -0.82%) Turnover :1,141,455,062.50....................................Previous [1,202,141,882.65] Volume :3,402,267................................Previous [3,716,684] 
|
|
#502 Wed Mar 15, 2023 6:19 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-१२-१(2023-03-15) ---------------------------- राजनीति क्षेत्र र नेता, कार्यकर्ता गण अनि कर्मचारीतन्त्रमा सधै उल्लास,
सधै हरियाली, सधै भ्याई-नभ्याई,
त्यो बाहेक अरु सबै क्षेत्र भने उजाड,
ती माथी हावाहुरी र सुख्खा रहने चैत्र महिनाको सुरुवात l
NEPSE:1,938.62..........................................Previous [1,953.06] (-14.44 / -0.74%)...................................Previous (+1.85 / +0.09%) SENSIND (365.29).........................................Previous (368.32] (-3.03 / -0.82%)........................................Previous (-0.17 / -0.05%) Turnover :1,202,141,882.65....................................Previous [1,135,925,357.91] Volume :3,716,684................................Previous [3,318,108] 
|
|
#503 Tue Mar 14, 2023 5:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-३०(2023-03-14) ---------------------------- तपाईहरुलाई थाहा छ नी, आज कुन दिन हो,
पोहोर आजकै दिन TMS लाई बिगारेर पुरा कारोबार हुन् नदिएको दिन हो,
यसबारे कुनै छानबिननै भएन,
ठिक एकदिन अघि NEPSE 101.07 अंकले बढेको थियो,
NTC को Dividend बारे अनेक हल्ला चलाइएको र त्यही दिन
NTC को 20% Bonus Share बारे समाचार पनि प्रकाशित भएको थियो,
NEPSE:1,953.06..........................................Previous [1,951.21] (+1.85 / +0.09%)...................................Previous (-24.68 / -1.25%) SENSIND (368.32).........................................Previous (368.49] (-0.17 / -0.05%)........................................Previous (-5.46 / -1.46%) Turnover :1,135,925,357.91....................................Previous [1,162,503,515.16] Volume :3,318,108................................Previous [3,369,136] 
|
|
#504 Mon Mar 13, 2023 8:23 am
|
Member
Registered: Mar 2018
Posts: 2435
|
२००८ मा 600 billion $ को Lehman Brothers डुब्दा नेपाललाई केहि फरक परेन भने अहिले २०२३ मा 209 billion $को Silicon Valley Bank डुबेर नेपाली पुंजी बजारलाई असर गर्छ भन्ने तोरी लाउरे विश्लेषकलाई नमस्कार गरिदिए हुन्छ।
|
|
#505 Sun Mar 12, 2023 6:00 pm
|
Member
Registered: Oct 2013
Posts: 7923
|
बिज्ञ पनि के सारो जन्मेका हुन् नेपालमा ?
- खाते हारुलाइ थाहा छैन कि शक्ति सन्तुलन यूरोएसियातिर सर्दैछ। Which is a good think. It's time to celebrate.
This is why, I did my best to silence those noise. Cause I did not get support, I could not succeed.
|
|
#506 Sun Mar 12, 2023 5:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-२८(2023-03-12) ---------------------------- नेपालमा असर परोस् नपरोस् तर पनि,
विश्वको जुन कुनामा ठुलो बर्षात भए पनि,
नेपालको share मार्केटलाई छाता ओढाई हाल्छन,
बिज्ञ पनि के सारो जन्मेका हुन् नेपालमा ? NEPSE:1,975.89..........................................Previous [2,002.70] (-26.80 /-1.34%)...................................Previous (+50.04 / +2.56%) SENSIND (373.95).........................................Previous (379.50] (-5.55 / -1.46%)........................................Previous (+9.27 / +2.50%) Turnover :1,666,931,510.75....................................Previous [1,565,558,802.91] Volume :4,772,140................................Previous [4,566,043] 
|
|
#507 Thu Mar 09, 2023 5:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-२५(2023-03-09) ---------------------------- राष्ट्रपती निर्बाचनको एउटा लफडा पनि सकियो,
अब उपराष्ट्रपतीमा पनि रामसहाय प्रसाद यादवजीलाई निर्बिरोध घोषणा गरि दिए हुन्छ,
धेरै कुराको बचत हुन्छ,
चैत्रको लागि ब्याजको लफडा पनि सकिएको छ र बैशाखको लागि त झन् सुखद समाचार सुन्न पाउने भइ हाल्यो,
२ बर्षसम्म सरकार पनि स्थिर रहन्छ अब,
अब विस्तार केहि राहत पुग्दै जालानी बजारलाई पनि l NEPSE:2,002.70..........................................Previous [1,952.66] (+50.04 / +2.56%)...................................Previous (+14.41 / +0.74%) SENSIND (379.50).........................................Previous (370.24] (+9.27 / +2.50%)........................................Previous (+1.53 / +0.42%) Turnover :1,565,558,802.91....................................Previous [1,204,409,411.62] Volume :4,566,043................................Previous [4,059,149] 
|
|
#508 Tue Mar 07, 2023 5:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-२३(2023-03-07) ---------------------------- प्रचण्डको बिरुद्ध मुद्धा दायर भएकै दिन,
बजारले हरियो हुन् रुचाएको देखियो,
हुन् त लगालग 5 दिनभन्दा कति रातो हुनु र,
यो मुद्धाले राष्ट्रपतीको चुनाबलाईनै छायाँमा पारेको देखियो,
हुन् त यसमा केहि नौलो कुरा छैन,
१७ हजारमा ५ हजारवालालाई मुद्धा लगाएपछि,
फेरी १२ हजारवालाको बिरुद्धमा पनि त मुद्धा पर्लानी फेरी,
बिचरा बजार, एउटा घटना सकिएपछि त ठिक होलानी भनि सोच्छ,
फुत्त अर्को बिषय दाह्रा किट्दै निस्की हाल्छ,
हिम्मत नहारी डटिरहन चाही छाड्न हुन्न l NEPSE:1,952.66..........................................Previous [1,938.25] (+14.41 / +0.74%)...................................Previous (-30.77 / -1.56%) SENSIND (370.24).........................................Previous (368.70] (+1.53 / +0.42%)........................................Previous (-4.86 / -1.30%) Turnover :1,204,409,411.62....................................Previous [1,392,354,893.48] Volume :4,059,149................................Previous [3,832,459] 
|
|
#509 Tue Mar 07, 2023 1:02 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
बाह्र बर्ष पुरा गरि तेह्र बर्ष लागेकोमा ShareSansar Team लाई धेरै धेरै बधाई 🌼🏵🌻🌷तथा सुभकामना,
सूचना र जानकारी दिंदा सत्य र तथ्यलाई नगिजोलीकन, यथार्थ ✔✔ कुरालाई मात्र जनमानसमा प्रस्तुत गर्नु होला,
ShareSansar मा प्रकाशित रिपोर्टलाई आँखा चिम्लेर विश्वास गर्ने बाताबरण बनोस्, त्यसका लागि थप मिहिनेत गर्नु होला🙏🙏 l 
|
|
#510 Sun Mar 05, 2023 5:00 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-२१(2023-03-05) ---------------------------- देशको बहालवाला प्रधानमन्त्रीको बिरुद्धमा जनयुद्धको बिषयलाई लिएर,
दर्ता गर्न खोजिएको मुद्धा , दरपिठ भएको थियो, आहिले, दर्ता गरिदिनु भनेर सर्बोच्चले आदेश दिएको छ,
कहिँ समय अगाडी पूर्ब न्यायाधिसहरुको समाजले,
न्यायाधिसलाई राष्ट्रपती बनाउन मिल्छ भनेर बक्तब्यबाजीनै गरेको थियो,
तर राष्ट्रपती बन्ने लाइनको एक नम्बरमा रामचन्द्र पौडेललाई खडा गरियो,
अब सबै मन्त्रालयले मन्त्रि पाउन अझै कम्तिमा २० दिन त लाग्ला जस्तो छ,
देशको अर्थतन्त्रलाई track मा ल्याउनु पर्ने बेलामा,
हाम्रोमा अर्थमन्त्रीनै छैनन,
अब बि.सं. २०८० मा सबै कुरा राम्रो हुँनेछ भनि आश गरौ l NEPSE:1,938.25..........................................Previous [1,969.02] (-30.77 / -1.56%)...................................Previous (-26.47 / -1.33%) SENSIND (368.70).........................................Previous (373.56] (-4.86 / -1.30%)........................................Previous (-4.81 / -1.27%) Turnover :1,392,354,893.48....................................Previous [1,336,333,964.70] Volume :3,832,459................................Previous [3,657,154] 
|
|
#511 Thu Mar 02, 2023 6:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-१८(2023-03-02) ---------------------------- लगभग अधिकांश मन्त्रालय प्रधानमन्त्रीलेनै राख्दा पनि देश चल्दो रहेछ,
अनि बेकारमा यत्रो मन्त्रालय किन बनाई रहनु पर्यो ?
चैत्र ५ मा उपराष्ट्रपतिको चुनाब सक्नु पर्यो,
त्यसको कति दिनपछि विश्वासको मत लिने हो,
अनि फेरी कसले कुन मन्त्रालय लिने मारा-मार चलिहाल्छ,
चैत्र १५ नपुगी सबै मन्त्रालयले मन्त्रि पाउला जस्तो छैन,
त्यसपछि बैशाखको उपनिर्बाचनतिर सबैको ध्यान गईहाल्छ,
अनि रबी(सरकारमा जान चाहेमा) र उपेन्द्रले जितेर आएपछि,
तिनलाई पनि महत्वपूर्ण मन्त्रालय दिनै पर्यो,
जनताको काम गर्ने फुर्सद त कहिले कहिले l
NEPSE:1,969.02..........................................Previous [1,995.49] (-26.47 / -1.33%)...................................Previous (-24.44 / -1.21%) SENSIND (373.56).........................................Previous (378.37] (-4.81 / -1.27%)........................................Previous (-3.56 / -0.93%) Turnover :1,336,333,964.70....................................Previous [1,288,363,424.63] Volume :3,657,154................................Previous [3,729,976] 
|
|
#512 Wed Mar 01, 2023 5:25 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-१७(2023-03-01) ----------------------------
लघुवित्तको किस्ता संकलनमा आउने कर्मचारीलाई कालोमोसो,
कलेजमा पढाउन आउने प्राध्यापकलाई कुटपिट,
अस्पतालमा उपचार गर्ने डाक्टरमाथी हमला,
आन्दोलनको नाममा पसलमा लुटपाट,
यी थोरै उदाहरण हुन्,
मिहिन रुपमा अध्ययन गर्ने हो भने,
यी र यस्ता सबै घटनामा कुनै न कुनै दलका कार्यकर्ता र संगठनको संलग्नता भेटिन्छ,
देशमा बेरोजगारी जति घट्छ यस्ता गतिबिधि उति घट्दै जाने हो तर
नेपालमा दलहरुले बेरोजगार युवा उत्पादन गर्ने कारखानानै चलाएर बसेका छन्,
देशले राजनेता पाएन,
अहिले भएका १०० जना जति ठुला नेताको राजनीतिक सफाया(भौतिक सफाया भनेको होइन नी, तिनलाई पार्टीको नीति निर्माण र पार्टीको निर्णयमा हस्तक्षेप गर्ने तहबाट out गर्ने भनेको) नभई,
केहि होला भन्ने आश रहेन,
बजार पनि यहि समाज र यहि सामाजिक संस्कारको एउटा पाटो न हो l
NEPSE:1,995.49..........................................Previous [2,019.93]
(-24.44 / -1.21%)...................................Previous (-3.61 / -0.18%)
SENSIND (378.37).........................................Previous (381.94]
(-3.56 / -0.93%)........................................Previous (-1.07 / -0.28%)
Turnover :1,288,363,424.63....................................Previous [1,387,865,515.75]
Volume :3,729,976................................Previous [3,946,024]
|
|
#513 Mon Feb 27, 2023 5:52 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-१५(2023-02-27) ---------------------------- हाम्रो आबश्यकताभन्दा बढी,
यति धेरै उत्पादन हुन्छ,
भविष्यमा झन् बढी उत्पादन हुने छाँटकाँट देखिदैछ,
देश व्यापार घाटामा छ,
लौन यो उत्पादनलाई विदेश निर्यात गरेर व्यापार घाटा कम गर्ने खाका निर्माण गर्नु पर्यो,
यत्रो 'मन्त्रि'(उत्पादन) हामीलाई के काम l
NEPSE:2,023.54..........................................Previous [2,027.19] (-3.65 / -0.18%)...................................Previous (+4.55 / +0.22%) SENSIND (383.01).........................................Previous (383.85] (-0.84 / -0.22%)........................................Previous (-0.51 / --0.13%) Turnover :1,893,736,365.84....................................Previous [2,525,071,806.13] Volume :5,120,888................................Previous [6,515,852] 
|
|
#514 Sun Feb 26, 2023 4:43 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-१४(2023-02-26) ---------------------------- के अर्थमन्त्रालय र अर्थमन्त्रीले राष्ट्र बैंकलाई,
तिमीले microfinance सम्बन्धी आफ्नो निर्देशन शुक्रबार नदिएर,
किन भोलिपल्टको कारोबारमा असर पर्ने गरि बुधबारनै दिन हतार गर्यौ भनेर प्रश्न गर्न मिल्छ ?
स्वायत्त भनेको आफ्ना राम्रा कामका लागि स्वतन्त्र हुनु भनेको होकी,
जे मन लाग्यो त्यहि गर्न पनि स्वतन्त्र भनेको हो ?
तर कसैले कसैलाई कुनै प्रश्न गर्ने छैनन,
यो सर्कुलर शुक्रबार आउदो हो त पक्कै आइतबारको कारोबारमा अस्ति बिहिबारको जस्तो,
निराशा आउने थिएन,
जे होस् आज बजार थोरै सम्हालिन खोजेको छ,
अब २५ गतेसम्म राष्ट्रपतिको नाममा फेरी किचकिच रही रहने भयो,
राष्ट्रपती गुमे पनि एमालेले कांग्रेसलाई सत्तामा आउन नदिन लास्ट कोशिस गर्ने छ,
त्यसकै प्रयाश स्वरुप उसले राप्रपाले जसरी सरकार छाड्ने निर्णय गरेको छैन,
तर ओलीजीले हरेक कुरामा प्रचण्डलाई दबाबमा राखेका कारण,
प्रचण्ड आफै कांग्रेससंग अर्को सम्झौता गरेर ओलीजीबाट मुक्त हुनेनै छन्,
देश यसरीनै चली रहन्छ,
हामीले आफुलाई यस्तैमा कसरी टिक्ने भनेर योजना बनाउनु जरुरी छ,
देशको बर्तमान राजनैतिक अबस्थालाई मुल्यांकन गर्दा,
देशमा सब ठिक-ठाक सायद हाम्रो जीवनकालमा त नहोला l
NEPSE:2,027.19..........................................Previous [2,022.64] (+4.55 / +0.22%)...................................Previous (-57.74 / -2.78%) SENSIND (383.85).........................................Previous (384.36] (-0.51 / --0.13%)........................................Previous (-11.98 / -3.02%) Turnover :2,525,071,806.13....................................Previous [2,522,713,153.88] Volume :6,515,852................................Previous [6,326,105] 
|
|
#515 Thu Feb 23, 2023 5:45 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-११(2023-02-23) ---------------------------- हिजो धेरै दिनपछि बजार हरियो बन्यो,
मनमा कुरा आएको थियो कतै फेरी बजार घटाउन अर्को अश्त्रको प्रयोग त गर्ने होइनन,
भयो ठ्याक्कै त्यस्तै,
अहिले त शंका लाग्न थालेको छ,
कतै केन्द्रिय बैंक आफैले आर्थिक फाँट हेर्ने पत्रकारहरुलाई लघुवित्तको story बनाउने निर्देशन त दिएको होइन ?
एकातिरबाट आन्दोलन चलाई दिने अर्कातिरबाट पत्रिका र online बाट खेदो खन्न लगाउने,
यो बिचमा कतै तपाईहरुले देख्नु भो,
मैले लघुवित्तबाट ऋण प्रयोग गरेर यति प्रगति गरे,
छोरा-छोरीलाई पढाए, घर बनाए, जग्गा जोडे,
अंह छैन, जबकी दशौ हजार मानिस लघुवित्तका कारण लाभान्वित बनेका थिए,
पहिला आफै जथाभाबी लाइसेन्स दिन्छन,
अनुगमन गर्ने क्षेमता छैन, दोष जति अर्काको टाउकामा थोपर्यो,
यसमा राष्ट्र बैंकको दोष कति प्रतिशत छ, कसले छुट्टयाइ दिने ?
share को भाउ धेरै बढेर, कडाई गरेको हो भने,
किन तिनलाई IPO जारी गर्न दिएको त ?
यसरी साधारण लगानीकर्ता प्रताडित त हुने थिएनन नी,
अब बाँकिलाई IPO जारी गर्न नदिए भो त,
लघुवित्तलाई दिएको निर्देशनको समय पनि हेर्नुस न,
आज बिहिबार साँझ दिएको भए हुन्नथ्यो ?
२ दिन कुल भएपछि सायद आइतबार आजको जस्तो Panic Selling नआउन पनि त सक्थ्यो नी,
उनीहरुले आजको कारोबारलाई टार्गेट गरेर जानी-जानी हिजो यस्तो फरमान जारी गरि दिए,
तततात्तो असर परि हालोस भनेर,
अहिले लाग्दैछ share बजारका सबभन्दा ठुला खेलाडी त राष्ट्र बैंकमा छन्,
सबभन्दा ठुला खेलाडी त sebon मा छन्,
सबभन्दा ठुला खेलाडी त नेप्सेमा छन्,
सबभन्दा ठुला खेलाडी त अर्थमन्त्रालयमा छन्,
यदि स्वतन्त्र तबरले छानबिन चलाउने हो भने,
त्यहाँका सब पदाधिकारीहरु,
insider trading मा कारबाही पाउन योग्य ठहरिन सक्छन,
आफै सोच्नुस त राष्ट्र बैंकको यस्तो निर्देशन आउदैछ भन्ने थाहा पाउनेले १-२ दिन अघि देखि के गरे,
र त्यो भित्रि सूचना कसले पाए होलान ?
२ वटा लघुवित्तले बदमासी गरे रे,
अनि कारबाहीको डण्डा चाही देशभरिका लघुवित्त र तिनका लगानीकर्ताहरुलाई ?
हरि ढकालजीले पनि मार्केटलाई सांसद बन्ने भरयांग चाही बनाउनु भयो तर
खोइ संसदमा खाशै बजारका बारेमा आवाज उठाउन सक्नु भएन, लगानीकर्ताहरु धेरै नआत्तिनु होला,
अहिलेसम्म १५ % भन्दा बढी लाभांस नबाढ पो भन्या हो त,
त्यो भन्दा बढी कमाइले चाही ऋण मिनाहा गरिदेउ भनिसकेको त छैन नी,
भोली यी राहु-केतुहरु त्यो ठाउबाट हटेपछि,
राम्रो दिन पनि त आउला नी,
मार्केटको ग्रहण पनि हटला नी l NEPSE:2,022.64..........................................Previous [2,080.38] (-57.74 / -2.78%)...................................Previous (+33.57 / +1.64%) SENSIND (384.36).........................................Previous (396.34] (-11.98 / -3.02%)........................................Previous (+4.81 / +1.23%) Turnover :2,522,713,153.88....................................Previous [1,803,282,180.68] Volume :6,326,105................................Previous [4,779,796] 
|
|
#516 Wed Feb 22, 2023 6:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-१०(2023-02-22) ---------------------------- पाँच दिनको ठाडो घटाईपछि बल्ल आज NEPSE ले हरियो पात देखाएको छ,
घट्न थाल्दा 2,182.63 अंकमा थियो NEPSE,
आज बढेर बल्ल 2,080.38 अंकमा पुगेको छ,
पोहोर फागुनमा पनि NEPSE 2,700 बाट 2,514 सम्म झरेको थियो,
अघिल्लो बर्षको फागुन महिनामा अर्को रमाइलो कुरो पनि भएको छ,
फागुन १ गते नेप्से 100.67 अंकले घटेको थियो भने,
सोहि महिनाको २९ गते 100.07 अंकले बढेको पनि थियो,
१०० अंकले बढेको भोलीपल्ट ३० गते,
TMS बिगारेर आधा दिन पनि कारोबार हुन् नदिएको पनि सबैलाई यादै होला l
NEPSE:2,080.38..........................................Previous [2,046.81] (+33.57 / +1.64%)...................................Previous (-23.60 / -1.14%) SENSIND (396.34).........................................Previous (391.53] (+4.81 / +1.23%)........................................Previous (-4.91 / -1.24%) Turnover :1,803,282,180.68....................................Previous [1,947,623,993.42] Volume :4,779,796................................Previous [6,091,353] 
|
|
#517 Mon Feb 20, 2023 5:34 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-०८(2023-02-20) ---------------------------- मौद्रिक नीतिको समिक्षा आएपछिको पाँचै दिन NEPSE राताम्मे बन्न पुगेको छ,
यो अवधिमा NEPSE 135.82 अंकले घटेको देखिन्छ,
रबी लामिछानेको नागरिकताको नाममा पनि बजार घटाए,
रमेश हमालको बारेमा bizmandu ले ५ घण्टाभित्र ३ वटा समाचार बनायो, त्यसले पनि बजार घटाउन सहयोग पुग्यो,
मौद्रिक नीतिमा यो र त्यो कुरा आउदैछ भनेर यिनैले हावा समाचार बनाए,
समाचारको उद्धेश्यनै लगानीकर्ताहरुलाई भ्रममा पार्नु थियो,
तिनले बरु यसपालीको समिक्षामा मार्केटका लागि खासै केहि कुरा आउदैन होला,
४-१२ को असर पनि अहिलेलाई समाप्त भइ सकेको छ, त्यसमा लगानीकर्ताहरुले टाउको नदुखाएनी हुन्छ,
अब विस्तार ब्याजदर घट्दै जान्छ अनि बजारको लागि राम्रो हुन्छ भनेर पनि त लेख्न सक्थे नी,
अब राष्ट्रपती जो भएनी बजारलाई के मतलब ?
त्यो कार्यकारी पद हो र ?
त्यसलाई पनि बजारसंग बलजफत जोडी दिएका छन्,
अब राष्ट्रपतिको निर्बाचन भएर परिणाम आउदा यो महिना पनि सकिई हाल्छ,
त्यसपछि चैत्रको ब्याजदरको कुरा उठाउछन्,
चैत्र महिना यसै पनि हावा-हुरी बतासको महिना,
यिनका बतासे समाचारलाई यो जति उपयुक्त महिना कुनै हुन् सक्तैन,
राम्रो समाचार आए के उद्धेश्यले यस्तो समाचार publish गरे र,
खराब समाचार पोस्ट गरे भने यिनको नियत के हुन् सक्छ,
सामान्य लगानीकर्ताले पनि यस्ता कुरामा ध्यान दिनु पर्ने समय आएको छ,
लंगडाको देशमा जाँदा खुट्टा खोल्च्याउनु पर्छ भन्ने उखान पनि छ,
समय अनुसार चल्न पनि सिक्नु पर्ने रहेछ, बजारमा टिकी रहनका लागि l
NEPSE:2,046.81..........................................Previous [2,070.41] (-23.60 / -1.14%)...................................Previous (-21.15 / -1.01%) SENSIND (391.53).........................................Previous (396.44] (-4.91 / -1.24%)........................................Previous (-3.70 / -0.92%) Turnover :1,947,623,993.42....................................Previous [1,684,942,096.45] Volume :6,091,353................................Previous [4,747,567] 
|
|
#518 Thu Feb 16, 2023 4:45 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-११-०४(2023-02-16) ---------------------------- बजारलाई अब बिष्णु पौडेलजीनै किन चाहियो र ?
मुखले ठिक्क पार्ने बाहेक उनले पनि केहि लछारपाटो लाउन सकेनन,
उनलाई अर्थतन्त्रको भित्रि ज्ञान छैन, अनि
अभिमानी र एकोहोरो M.Adhikari ले तिनलाई फनफनी घुमाई दिए,
सत्ता गठबन्धन पुरानै कायम भए पनि हामीलाई बाल,
खाली कम्तिमा अर्थमन्त्रालय चाही माओबादीको हातमा होइन बरु कांग्रेसले लिओस,
त्यत्ति हो,
NEPSE:2,070.41..........................................Previous [2,091.56] (-21.15 / -1.01%)...................................Previous (-13.90 / -0.66%) SENSIND (396.44).........................................Previous (400.14] (-3.70 / -0.92%)........................................Previous (-1.55 / -0.39%) Turnover :1,684,942,096.45....................................Previous [1,732,575,202.79] Volume :4,747,567................................Previous [4,815,120] 
|
|
#519 Sun Feb 12, 2023 5:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-१०-२९(2023-02-12) ---------------------------- माघ महिनालाई फर्केर हेर्दा :यो महिनाको १८ कारोबार दिनमा NEPSE ९ दिन हरियो र ९ दिन रातो भएको छ,
यो महिनामा जम्मा कारोबार भएको = १८ दिन
एक अर्बको लाइनको कारोबार भएको = ३ दिन
एक अर्बभन्दा मुनिको कारोबार भएको = छैन
दुइ अर्बको लाइनको कारोबार भएको = ४ दिन
तीन अर्बको लाइनको कारोबार भएको = १० दिन
चार अर्बको लाइनको कारोबार भएको = १ दिन
यो महिनाको सबभन्दा धेरै Turnover = 4,928,714,602.65 (माघ ४ गते )
यो महिनाको सबभन्दा कम Turnover = 1,474,161,645.6 (माघ २३ गते)
यो महिनाको सबभन्दा धेरै Volume = 13,304,140 (माघ ४ गते)
यो महिनाको सबभन्दा थोरै Volume = 3,922,216 (माघ २३ गते)
रातो = ९ दिन ( २ आइतबार, २ मंगलबार, १ मंगलबार, २ बुधबार, २ बिहिबार)
हरियो = ९ दिन ( १ आइतबार, १ सोमबार, ३ मंगलबार, २ बुधबार, २ बिहिबार)
यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 2,182.11
यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 2,149.39
यो महिनामा घटेको NEPSE = 60.25
यो महिनाको Total Turnover = 53,469,065,185.27 (पौष महिनाकोभन्दा 4,247,288,627.73 ले कम)
यो महिनाको पहिलो कारोबार दिन ३२.७२ अंकले हरियो भएको NEPSE, अन्तिम दिनमा चाही ६०.७७ अंकले रातो हुन् पुगेको छ,
यो महिनाको Total १८ कारोबार दिनमा, १६ दिन नेप्से २१०० को लाइनमा बसेको छ भने,
जम्मा २ दिन चाही २००० को लाइन (२०९६.०८ र २०९४.५४ मा) मा झरेको देखिन्छ,
अब फागुन महिनाको NEPSE लाई चाही राष्ट्रपतीको चुनाबको नाममा 'उपर-नीचे' गराउने सम्भावना देखिन्छ l
NEPSE:2,121.86..........................................Previous [2,182.63] (-60.77 / -2.78%)...................................Previous (+12.45 / +0.57%) SENSIND (404.43).........................................Previous (415.42] (-10.99 / -2.64%)........................................Previous (+1.42 / +0.34%) Turnover :3,047,739,812.93....................................Previous [2,062,058,749.14] Volume :8,139,840................................Previous [5,648,212] 
|
|
#520 Fri Feb 10, 2023 12:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
न अर्थमन्त्रि पद ठुलो, न प्रधानमन्त्री पद ठुलो,
देशमा सबैभन्दा ठुलो त राष्ट्र बैंकको 'गभर्नर' भन्ने पद रहेछ,
अब आइन्दा दलहरुले आफ्नो दलको प्रम र अर्थमन्त्री होइन,
गभर्नर चाही बनाउन पहल गरुन l

|
|
#521 Thu Feb 09, 2023 5:12 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-१०-२६(2023-02-09) ---------------------------- मौद्रिक नीति आउन थाल्यो, लगानीकर्ता शसंकित बन्नु पर्ने,
अर्थमन्त्री को आउने हो भनेर पनि लगानीकर्तानै आत्तिनु पर्ने.
राष्ट्रपतिको चुनाब आए पनि लगानीकर्ता ट्वाल्ल परेर बस्नु पर्ने,
गभर्नरले जुँगा काटे किन काटे र पाले किन पाले भनेर सोच्नु पर्ने,
पेट्रोलको भाउ बढे बजार घट्ने,
प्रचन्डले हरियो ज्याकेट लगाए बजार बढ्ने,
रबीले मधुर बोले खरिद चाप आउने,
अलि कड्किए भने बिक्रि चाप बढ्ने,
विश्वमा अन्त पनि यस्तै होकी,
हाम्रो राज्य संचालनका पार्ट-पुर्जाका खराबीका कारण यस्तो हुने हो ?
भोली(सायद)को मौद्रिक नीति पक्कै final भइ सकेको छैन,
आज प्रम र अर्थमन्त्रीले आफुलाई आएको दबाब र सुझाब अनुसार,
गभर्नरलाई पक्कै यो यो कुरा चाही सुधार गर्नै पर्छ है भन्नु होला भन्ने सोचिएको छ,
मेरो मनमा हिजो आज एउटा प्रश्न खेली रहेको छ,
भारतमा अडानी समूहको जस्तै,
नेपालमा पनि, अलि ठुलो कुनै group को,
यस्तै खालको Negative अनुसन्धान रिपोर्ट आए,
नेपालको share मार्केटले कसरी र कुन हदसम्म reaction जनाउछ होला ?
NEPSE:2,182.63..........................................Previous [2,170.18] (+12.45 / +0.57%)...................................Previous (-7.16 / -0.33%) SENSIND (415.42).........................................Previous (414.00] (+1.42 / +0.34%)........................................Previous (-0.87 / -0.21%) Turnover :2,062,058,749.14....................................Previous [3,691,972,817.15] Volume :5,648,212................................Previous [10,502,649] 
|
|
#522 Wed Feb 08, 2023 5:21 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-१०-२५(2023-02-0  ---------------------------- (१) Monetary Policy को अर्धबार्षिक समिक्षा,
(२) फागुन महिनाको बैंकको ब्याजदर,
(३) राष्ट्रपती निर्वाचनमा यो गठबन्धन या पुरानै गठबन्धन,
अहिले लगानीकर्ताहरुले ध्यान दिएर हेरी रहेका ३ बिषय हुन्,
मेरो अनुमान चाही,
Monetary Policy बजारका लागि हित हुने खालकै आउला,
निक्षेपको ब्याजदर थप घट्ला ऋणको नघटे पनि,
र राष्ट्रपती एमालेले नपाए पनि, उसलाई पनि चित्त बुझ्ने मान्छेमा सहमती हुन् सक्छ,
जसरी रामबरण यादबलाई राष्ट्रपतिको चिट्ठा परेको थियो,
त्यस्तै चिट्ठा अरु कसैलाई पर्न सक्छ,
चर्चामा ल्याइएका नाम बाहेक,
यदि राष्ट्रपती निर्बाचनमा एमाले बिच्किए पनि उसले सरकार भने छाड्ने छैन,
यसका धेरै कारण छन्,
हेर्दै जाउ l
NEPSE:2,170.18..........................................Previous [2,177.34] (-7.16 / -0.33%)...................................Previous (+76.64 / +3.65%) SENSIND (414.00).........................................Previous (414.87] (-0.87 / -0.21%)........................................Previous (+12.72 / +3.16%) Turnover :3,691,972,817.15....................................Previous [3,362,267,078.75] Volume :10,502,649................................Previous [9,333,788] 
|
|
#523 Wed Feb 08, 2023 5:20 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-१०-२५(2023-02-0  ---------------------------- (१) Monetary Policy को अर्धबार्षिक समिक्षा,
(२) फागुन महिनाको बैंकको ब्याजदर,
(३) राष्ट्रपती निर्वाचनमा यो गठबन्धन या पुरानै गठबन्धन,
अहिले लगानीकर्ताहरुले ध्यान दिएर हेरी रहेका ३ बिषय हुन्,
मेरो अनुमान चाही,
Monetary Policy बजारका लागि हित हुने खालकै आउला,
निक्षेपको ब्याजदर थप घट्ला ऋणको नघटे पनि,
र राष्ट्रपती एमालेले नपाए पनि, उसलाई पनि चित्त बुझ्ने मान्छेमा सहमती हुन् सक्छ,
जसरी रामबरण यादबलाई राष्ट्रपतिको चिट्ठा परेको थियो,
त्यस्तै चिट्ठा अरु कसैलाई पर्न सक्छ,
चर्चामा ल्याइएका नाम बाहेक,
यदि राष्ट्रपती निर्बाचनमा एमाले बिच्किए पनि उसले सरकार भने छाड्ने छैन,
यसका धेरै कारण छन्,
हेर्दै जाउ l
NEPSE:2,170.18..........................................Previous [2,177.34] (-7.16 / -0.33%)...................................Previous (+76.64 / +3.65%) SENSIND (414.00).........................................Previous (414.87] (-0.87 / -0.21%)........................................Previous (+12.72 / +3.16%) Turnover :3,691,972,817.15....................................Previous [3,362,267,078.75] Volume :10,502,649................................Previous [9,333,788] 
|
|
#524 Mon Feb 06, 2023 7:51 pm
|
Member
Registered: Oct 2013
Posts: 7923
|
ठुलो आंधी बेहेरी आउनु अघिको सन्नाटा जस्तो
Rocket agi ko sanatta!
|
|
#525 Mon Feb 06, 2023 5:29 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
२०७९-१०-२३(2023-02-06) ---------------------------- पुरक बजेटको कुरो पनि आउन थालेको छ,
बैंकमा टन्न पैसा भएर पनि bank हरु ऋण दिन अन्कन्याई रहेका छन् रे,
कुल बिदेशी विनिमय संचिति १० अर्ब ३० करोड डलर पुगेछ,
रमेश हमालले पनि आफु बिरुद्धको प्रचारमा सत्यता नभएको प्रष्ट पारेका छन्,
सरकारलाई दिएको विश्वासको मतमा तलमाथी भएको छैन,
यदि तलमाथि भएपनि सरकार ढल्ने अबस्थामा देखिन्न,
प्रचण्ड पनि चुनाबको परिणामबाट तर्सिएका छन् र,
share मार्केट बारे बोल्दा कस्तो असर पर्ने रहेछ भन्ने बुझेर,
पहिलो मन्त्रिपरिषदको बैठकबाटनै यसको पक्षमा अभिव्यक्ति दिन थालेका छन्,
यी यावत कुरा हुँदा हुँदै पनि बजार भने स्थिर छ,
ठुलो आंधी बेहेरी आउनु अघिको सन्नाटा जस्तो l NEPSE:2,100.70..........................................Previous [2,096.08] (+4.62 / +0.22%)...................................Previous (+1.54 / +0.07%) SENSIND (402.15).........................................Previous (400.26] (+1.89 / +0.47%)........................................Previous (+1.89 / +0.47%) Turnover :1,474,161,645.60....................................Previous [1,931,719,103.93] Volume :3,922,216................................Previous [5,206,370] 
|