| Author | Post | 
		
			|  | #376 Thu Nov 23, 2023 6:09 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०८-०७ (2023-11-23)  ---------------------------- आज दुवै पक्षको आन्दोलन देखियो l
 
 दुर्गा प्रसाई जम्मा भएको भिडलाई भडकाएर,
 
 प्रहरीबाट आक्रमण गराउन चाहन्छन,
 
 अझ एक दुइ जनाको मृत्यु भएमा त भोलीदेखि अझ भिड थपिन्छ भनि सोच्दै होलान,
 
 
 अन्य बेथितिको बिरोध ठिक छ तर दुर्गा प्रसाईले ऋण मिनाहा गराई देलान भनि
 
 तिनको पछि लाग्नेहरु चाही एक नम्बरका मुर्खहरुनै हुन्,
 
 
 यो आन्दोलनले अरु केहि नभए पनि,
 
 
 सार्बजनिक यातायातमा यात्रा गर्नेले दुख पाउने र स्कुल जाने बिद्यार्थीहरुले चाही पढ्न नपाउने भए,
 
 
 विप्लबले पनि स्कुल बन्द गराउथे, यी प्रसाई पनि त्यहि बाटोमा लागे l
 
 सरकार र सडक सबैतिर निकम्मा निकम्माकै कब्जा छ l
 
 NEPSE:1,860.20..........................................Previous [1,850.33] (+9.87 / +0.53%)...................................Previous (+20.67 / +1.13%) SENSIND (356.9  .........................................Previous (354.21] (+2.76 / +0.78%)........................................Previous (+2.15 / +0.61%) Turnover :1,348,347,430.30...................................Previous [1,087,098,495.59] Volume:4,420,518................................Previous [4,213,285]     | 
		
			|  | #377 Thu Nov 23, 2023 9:51 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | भुषण दाहालले  लिएको यो अन्तरबार्ता सुन्नुहोला https://www.youtube.com/watch?v=NCkWbE-CyYg | 
		
			|  | #378 Wed Nov 22, 2023 6:09 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०८-०६ (2023-11-22)  ---------------------------- एउटा दुर्गा प्रसाईले एमालेको सातो लियो l
 
 आफु सहि भइदिएको भए, यस्तो अबस्था आउथ्यो ?
 
 
 
 सारा पार्टी पुरा बल लगाएर उसलाई असफल पार्न खोज्दैछ,
 
 हुँदा हुँदा AP1 TV ले, आज राती प्रसारण हुने भनिएको,भुषण दाहालले दुर्गा प्रसाईसंग लिएको अन्तरबार्ता पनि रोकिदिएछ,
 
 
 
 अर्कातिर माओबादी भने दुर्गा प्रसाईले एमालेलाई सत्तो सराप गरेकोमा मखलेल परेर बसेको देखिन्छ l
 
 
 
 
 
 मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा आउदैछ,
 
 सदाझैँ यसपाली पनि राष्ट्र बैंकले share मार्केटका लागि  गज्जबको फेरबदल गर्दैछ आफ्नो समिक्षामा भनेर हल्ला पिट्न थालिएको छ,
 
 नीति आएपछि मात्र पत्याउनु होला है l
 
 
 
 NEPSE:1,850.33..........................................Previous [1,829.65] (+20.67 / +1.13%)...................................Previous (-23.82 / -1.28%) SENSIND (354.21).........................................Previous (352.05] (+2.15 / +0.61%)........................................Previous (-4.48 / -1.25%) Turnover :1,087,098,495.59...................................Previous [950,479,583.91] Volume:4,213,285................................Previous [3,675,101]     | 
		
			|  | #379 Tue Nov 21, 2023 6:32 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०८-०५ (2023-11-21)  ---------------------------- परार यो बेला NEPSE २७ सयको लाइनमा थियो भने पोहोर
 
 १९ सयको लाइनमा तल माथी गर्दै थियो l
 
 
 नीति निर्माता र सरकार बल्ल समस्या सुरु भए जस्तो गर्दैछ,
 
 यस्तो अबस्थामा सक्रिय हुनु पर्ने अर्थमन्त्री चाही अब अर्थतन्त्र लयमा फर्कियो भनेर मख्ख छन्,
 
 प्रधानमन्त्री भने अब चाही थेग्न सकिदैन भनेर गहन छलफलमा जुटेका छन् l
 
 
 भ्रस्ट्राचार गर्न पाइने र कमिसन प्राप्त हुने क्षेत्र बाहेक,
 
 बाँकि सब क्षेत्र भगवान भरोसे चलेका छन्, भोली के हुने कुनै टुंगो छैन l
 
 NEPSE:1,829.65..........................................Previous [1,853.48] (-23.82 / -1.28%)...................................Previous (+1.39 / +0.07%) SENSIND (352.05).........................................Previous (356.54] (-4.48 / -1.25%)........................................Previous (-0.50 / -0.14%) Turnover :950,479,583.91...................................Previous [1,099,318,029.70] Volume:3,675,101................................Previous [3,319,558]     | 
		
			|  | #380 Mon Nov 20, 2023 6:38 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०८-०४ (2023-11-20)  ----------------------------असोज महिनामा १ दिन मात्र एक अर्ब मुनिको Turnover भएको थियो भने, 
 
 कार्तिक महिनामा एक दिन पनि एक अर्ब माथीको कारोबार हुन् सकेन तर
 
 
 मंगसिर महिनाको पहिलो Turnover नै एक अर्ब माथीको भएको छ l
 
 
 
 
 अर्को प्रसंगमा,
 
 मंगसिरमा किसानहरु धान भित्र्याई सकेपछि  केहि महिना फुर्सदमा हुन्छन,
 
 सोहि समयको उपयोग गरि हाम्रो देशमा,यो बेला बिभिन्न खाले आन्दोलनहरु गर्ने गरिन्छ पहिल्यै देखि l
 
 
 ७ गतेबाट यसपाली पनि सुरु हुने भएछ अब l
 
 
 जनताहरुमा पनि बितृष्णा अत्यधिक बढेको छ,
 
 हेरौ केहि न केहि नयाँ घटनाक्रम त अबस्य विकास होला ?
 
 
 
 NEPSE:1,853.48..........................................Previous [1,852.08] (+1.39 / +0.07%)...................................Previous (-11.85 / -0.63%) SENSIND (356.54).........................................Previous (357.04] (-0.50 / -0.14%)........................................Previous (-1.36 / -0.38%) Turnover :1,099,318,029.70...................................Previous [836,005,656.08] Volume:3,319,558................................Previous [2,833,731]     | 
		
			|  | #381 Thu Nov 09, 2023 6:03 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०७-२३ (2023-11-09)  ----------------------------तिहारले गर्दा महिनाभरमा जम्मा १२ दिन मात्र कारोबार भएको र 
 महिनाभरको Turnover जम्मा 10,217,336,531.74 मात्र भएको ऐतिहासिक महिना बन्न पुग्यो यो कार्तिक महिना l
 
 
 यो महिनामा कुनै पनि दिनको Turnover ले १ अर्ब कटाउन सकेनन l
 
 
 
 सबैलाई तिहारको सुभकामना !
 
 
 अब तिहार सकिएपछि मात्र भेट हुन्छ l
 NEPSE:1,852.08..........................................Previous [1,863.94] (-11.85 / -0.63%)...................................Previous (+5.17 / +0.27%) SENSIND (357.04).........................................Previous (358.40] (-1.36 / -0.38%)........................................Previous (+0.21 / +0.05%) Turnover :836,005,656.08...................................Previous [782,743,264.94] Volume:2,833,731................................Previous [3,157,062]     | 
		
			|  | #382 Tue Nov 07, 2023 6:41 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०७-२१ (2023-11-07)  ---------------------------- नियामक, अल्पज्ञानी बिज्ञ र सर्बज्ञानी नेताहरु,
 
 सब मिलेर हुँडारलेझैँ  घेरेर आक्रमण गरेको गर्यै छन् लगानीकर्ताहरुलाई,
 
 
 यिनै मान्छेहरुले यसैगरि गजधम्म कुर्सी ओगटेर बसिन्जेल बजारले टाउको उठाउन पाउला जस्तो देखिन्न l
 
 
 खराब दिनहरु सकिने जुन सुकै बाटो खुले पनि त्यसको स्वागत गरिन्छ l
 NEPSE:1,858.76..........................................Previous [1,847.54] (+11.22 / +0.60%)...................................Previous (+21.30 / +1.16%) SENSIND (358.19).........................................Previous (355.73] (+2.46 / +0.69%)........................................Previous (+3.33 / +0.94%) Turnover :996,586,291.90...................................Previous [938,929,040.59] Volume:4,331,229................................Previous [3,555,670]     | 
		
			|  | #383 Tue Nov 07, 2023 8:39 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | के  बोल्नु  र  खोइ  तिमि  ठोक हो म सहुँला होइ
 
 भन्दै बस्न अब बन्द गर्नु पर्छ, नत्र भिरबाट झरे पछि राम राम बाहेक अरु उपाय नहोला
 | 
		
			|  | #384 Mon Nov 06, 2023 6:38 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०७-२० (2023-11-06)  ---------------------------- परार आजको दिन तिहारको भाइटिका परेको थियो,
 
 पोहोर पनि आजको दिन NEPSE हरियो बनेको थियो,
 
 NEPSE को अंक चाही 1965.36 थियो l
 
 यो महिनाभर आजसम्म Turnover १ अर्ब कट्न सकेको छैन l
 
 
 
 
 
 भुइचालोले तहस-नहस बनेको जाजरकोट, हेलिकप्टरमा पहुँच बनेकाहरुका लागि,
 
 गज्जबको आन्तरिक पर्यटनको गन्तब्य  बन्न पुगेको छ l
 
 राष्ट्रपतीलाई पनि जनताको पिडा आफ्नै आँखाले देख्न मन लाग्यो रे,
 
 युरोप यात्रा स्थगित भएपछि, भोली उता जाने कार्यक्रम रहेछ l
 
 
 प्रधानमन्त्रीको दल पनि सडक आन्दोलनको तयारीमा जुटेको छ,
 
 
 तर लगानीकर्ताहरुको लगानीमा आएको भुइचालोको कसलाई के मतलब,
 
 यता त नीतिगत राहतको साटो उल्टै, सनकमा अन्य पराकम्पन ल्याएको ल्यायै छन् l
 NEPSE:1,847.54..........................................Previous [1,826.23] (+21.30 / +1.16%)...................................Previous (-21.46 / -1.16%) SENSIND (355.73).........................................Previous (352.39] (+3.33 / +0.94%)........................................Previous (-5.36 / -1.49%) Turnover :938,929,040.59...................................Previous [972,367,278.92] Volume:3,555,670................................Previous [3,558,554]     | 
		
			|  | #385 Thu Nov 02, 2023 6:14 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०७-१६ (2023-11-02)  ---------------------------- अदालतले आज आफैलाई सच्याएको छ र कैद मिनाहा हुँदा परिवारको स्वीकृति चाहिने बुँदा थपेको छ,
 
 
 अदालतले रिगलको कैद माफीलाई बदर गरेर,
 
 
 सरकार र राष्ट्रपतीलाई एक साथ् ताजन लगाएको छ,
 
 
 सरकारबाट अब आइन्दा यस्तो नहोस् l
 
 र SEBON ले अब IPO र Right share रोकेर,
 
 मार्केट बढाउने रे, चिनीको भाउ जस्तै l
 
 
 
 NEPSE:1,847.70..........................................Previous [1,858.56] (-10.86 / -0.58%)...................................Previous (-5.83 / -0.31%) SENSIND (357.76).........................................Previous (359.95] (-2.19 / -0.60%)........................................Previous (-0.83 / -0.23%) Turnover :964,477,711.41...................................Previous [812,089,291.31] Volume:3,749,954................................Previous [3,364,056]     | 
		
			|  | #386 Wed Nov 01, 2023 5:32 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०७-१५ (2023-11-01)  ----------------------------दलका चियापान कार्यक्रमहरु खाश कसका लागि र किन गरिने हो ? 
 जनतालाई त्यस्ता कार्यक्रमको कुनै अर्थ छ र ?
 
 साधारण जनताले बजारमा १ किलो चिनी नपाउने अनि
 
 दलहरुले चाही कहाँबाट ल्याउ छन् हजारौलाई चिया खुवाउने चिनी ?
 
 म जनताले १ किलो चिनी नपाउदा दलको नाममा चाही बोराका बोरा वितरण हुने पनि 'गणतन्त्र' हुन्छ ?
 
 
 चिनी त उदाहरण मात्र हो,
 
 यहाँ हरेक कुरामा जनता ठगिएका छन्, जनता अभाबमा छन् तर तिनीहरुलाई भने सधै मस्ती,
 
 देशको यस्तो अबस्था छ, खोइ कसलाई चिन्ता छ,
 
 
 सबै पालै-पिलो चिया खुवाउदै फुर्सदको समय कटाएझैँ गरि रहेछन l
 
 
 कर्मचारी र नेताहरुलाई कुनै पनि मन्दीले नछुने रहेछ l
 
 
 NEPSE:1,858.56..........................................Previous [1,864.40] (-5.83 / -0.31%)...................................Previous (-14.29 / -0.76%) SENSIND (359.95).........................................Previous (360.78] (-0.83 / -0.23%)........................................Previous (-2.34 / -0.64%) Turnover :812,089,291.31...................................Previous [571,483,276.48] Volume:3,364,056................................Previous [2,824,007]     | 
		
			|  | #387 Tue Oct 31, 2023 5:10 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०७-१४ (2023-10-31)  ---------------------------- लगानीकर्ताहरुको खराब बर्षको अन्त्य हुने कुनै छाँटकाँट देखिदैन l
 
 यी सब कुराको प्रमुख कारक भनेको,
 
 यी दलहरु र तिनीहरुका बीच भइ रहने,
 
 अस्वस्थ राजनीतिक खिचातानी र एकले अर्काको अस्तित्वलाई पटक्कै स्वीकार गर्न नसक्ने,
 
 तिनको इगोनै हो l
 
 
 
 सरकारमा रहेकाहरुको सम्पूर्ण समय कसरी सत्ता जोगाउने भनेर
 
 उपाय सोच्दानै बित्छ भने बिपक्षीले त सधै जाल बुन्ने भइगो l
 
 
 
 
 अर्थशास्त्रीहरु पनि कस्ता भने,
 
 जे बोल्दा आफ्नो दललाई लाभ हुन्छ त्यहि बोली दिन्छन l
 
 
 ५० करोडको लाइनको कारोबार बैशाख महिनामा २ दिन भएको थियो तर आजको भन्दा बढीनै थियो,
 
 
 आजको भन्दा कम Turnover भएको त अघिल्लो बर्षको कार्तिक महिनामा मात्र हो l
 
 
 
 NEPSE:1,864.40..........................................Previous [1,878.70] (-14.29 / -0.76%)...................................Previous (+3.04 / +0.16%) SENSIND (360.7  .........................................Previous (363.13] (-2.34 / -0.64%)........................................Previous (+1.18 / +0.32%) Turnover :571,483,276.48...................................Previous [694,222,217.37] Volume:2,258,187................................Previous [2,824,007]     | 
		
			|  | #388 Mon Oct 16, 2023 6:35 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०६-२९ (2023-10-16)  ----------------------------सबै साथीभाईहरुमा बडा दशैँको धेरै धेरै सुभकामना ! 
 
 
 कोशी प्रदेशमा शेखर कोइराला पक्षलाई चिट्ठा परे जस्तै,
 
 लगानीकर्ताहरुको लगानीमा पनि चिट्ठा परेको र
 
 यो दुखको समय सकिएको देख्न पाइयोस् l
 
 NEPSE:1,851.43..........................................Previous [1,874.60] (-23.16 / -1.23%)...................................Previous (-20.16 / -1.06%) SENSIND (355.74).........................................Previous (359.13] (-3.38 / -0.94%)........................................Previous (-2.95 / -0.81%) Turnover :1,253,291,070.96...................................Previous [1,700,129,815] Volume:4,837,893................................Previous [7,558,542]     | 
		
			|  | #389 Thu Oct 12, 2023 6:51 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०६-२५ (2023-10-12)  ---------------------------- अर्थतन्त्र सुधारका लागि उच्च स्तरीय संयन्त्र बनाउने रे अब, 
 सबभन्दा पहिला त्यो संयन्त्रमा बस्नेहरुको तलब-भत्ता र अन्य सेवा सुबिधाको बारेमा लम्बेतान छलफल गर्छन,
 
 अन्तमा,
 
 माओबादीको तर्फबाट दिपेन्द्र ब. क्षेत्रीजीलाई,
 
 सो संयन्त्रलाई मार्ग दर्शन गर्नका लागि भनेर विशेष जिम्मेवारी दिन बेर छैन l
 
 
 NEPSE:1,874.60..........................................Previous [1,894.76] (-20.16 / -1.06%)...................................Previous (+5.16 / +0.27%) SENSIND (359.13).........................................Previous (362.08] (-2.95 / -0.81%)........................................Previous (+0.77 / +0.21%) Turnover :1,700,129,815...................................Previous [1,088,547,980.13] Volume:7,558,542................................Previous [3,733,524]     | 
		
			|  | #390 Tue Oct 10, 2023 5:41 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०६-२३ (2023-10-10)  ---------------------------- २०८० जेष्ठ १८ पछि आज फेरी नेप्से १८०० को लाइनमा झर्यो, 
 गभर्नर ज्यूलाई जति गाली गर्यो उति बजार झर्छ रे,
 
 
 
 
 जेष्ठ १८ गते लगानीकर्ताहरु जम्मा भएर बिरोधका कार्यक्रमहरु सार्बजनिक गरेका थिए l
 
 
 त्यो बेला 'नियमित' र 'पटके' शब्दको खुब चर्चा चलेको थियो,
 
 कारण बजेटमा राखिएका share मार्केट सम्बन्धी केहि बुँदाहरु थिए l
 
 
 
 
 ठ्याक्कै एक बर्षअघि पनि नेप्से 1898.38 अंकमा थियो,
 
 जुन दशैँपछिको पहिलो कारोबारको दिन थियो l
 
 
 
 NEPSE:1,889.59..........................................Previous [1,908.66] (-19.06 / -0.99%)...................................Previous (-12.58 / 0.65%) SENSIND (361.31).........................................Previous (364.74] (-3.45 / - 0.94%)........................................Previous (-2.83  /  -0.77%) Turnover :1,283,182,145.32...................................Previous [1,170,172,722.08] Volume:4,287,424................................Previous [4,327,179]     | 
		
			|  | #391 Mon Oct 09, 2023 6:24 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | बिदा होइन रहेछ,
 राष्ट्रिय शोक मनाउने भनेको रहेछ,
 
 अहिले समाचार सच्च्याएछ l  इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोक*को घोषणाhttps://www.onlinekhabar.com/2023/10/1378486
 | 
		
			|  | #392 Mon Oct 09, 2023 6:04 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०६-२२ (2023-10-09)  ---------------------------- सरकारले सार्बजनिक बिदा दिनुलाईनै आफ्नो महान 'कार्य' सम्झेको छ, 
 इजरायलको द्वन्द ग्रस्त क्षेत्रबाट अरु देशले आफ्ना नागरिकहरुको उद्धार गरि सक्दा,
 
 हामी भने कर्मचारीहरुलाई छुट्टि दिएर तास खेल्ने ब्यबस्था गरि दिनमै व्यस्त छौ l
 
 
 
 देशका अर्थमन्त्री देशमा भेटिनै छाडेका छन्,
 
 देशको अर्थतन्त्र केके न सुधारे जस्तो,
 
 एक पछि अर्को विदेश भ्रमण गर्नमै भ्याई-नभ्याई देखिन्छ l
 
 
 
 बरु ढुङ्गो हल्लेला,
 
 देशका गभर्नर दलगत स्वार्थ र व्यक्तिगत तुष पालेर गजधम्म बसेका बस्यै छन् l
 
 
 
 नेपालीहरुको यो दशैँ पनि उल्लास बिना सकिने निश्चित छ l
 NEPSE:1,908.66..........................................Previous [1,921.24] (-12.58 / 0.65%)...................................Previous (-35.67 / -1.82%) SENSIND (364.74).........................................Previous (367.57] (-2.83  /  -0.77%)........................................Previous (-5.79 / -1.55%) Turnover :1,170,172,722.08...................................Previous [1,801,766,294.08] Volume:4,327,179................................Previous [:5,815,189]     | 
		
			|  | #393 Thu Oct 05, 2023 6:32 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०६-१८ (2023-10-05)  ---------------------------- एमालेले एक महिना संसद अबरुद्द गरेर गठन भएको सुन तस्करी बारे बनेको छानबिन समिति :
 
 
 
 
 जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यको सेवा सुबिधा र अन्य ब्यबस्था
 
 
 (१) आयोगका अध्यक्षलाई नेपाल सरकारको राज्यमन्त्री सरहको र आयोगका सदस्यहरुलाई राजपत्रांकित विशिष्ट श्रेणी सरहको पारिश्रमिक एबम सो
 पारिश्रमिकको पचास प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधन वापत मासिक सत्तरी हजार उपलब्ध गराउने,
 
 
 (२) आयोगको सचिवालयमा काम गर्ने कर्मचारीलाई बहाल रहेको पदको सुरु स्केलको पच्चीस प्रतिशत भत्ता उपलब्ध गराउने,
 
 
 (३) आयोगलाई आबश्यक पर्ने मसलन्द, फर्निचर लगायत सामान गृह मन्त्रालयले ब्यबस्था गर्ने
 
 
 (४) आयोग र आयोगको सचिवालयलाई आबश्यक पर्ने बजेट अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराउने l
 
 बेकामे आयोग र  जनताको कर माथीको ब्रम्हलुट !
 NEPSE:1,956.92..........................................Previous [1,967.97] (-11.04 / -0.56%)...................................Previous (+9.24 / +0.47%) SENSIND (373.37).........................................Previous (374.90] (-1.53 / -0.40%)........................................Previous (+0.51 / +0.13%) Turnover :1,106,519,418.20...................................Previous [1,189,931,385.37] Volume :3,562,624................................Previous [4,323,021]     | 
		
			|  | #394 Mon Oct 02, 2023 6:46 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 7974 | एकाबिहानै प्रधानमन्त्री-गभर्नर भेट, 'सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ'
 
 
 
 One day, good news, another day bad news, one day up another day crash. These dalal medias are raping nepases from both side.
 
 I thought CIB was given responsibility to watch over manipulation of share market. May be only increasing market is crime, crashing is not.
 | 
		
			|  | #395 Mon Oct 02, 2023 5:48 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०६-१५ (2023-10-02)  ---------------------------- १२ करोडको क्याप हटाऊ भनेर मैले गभर्नरलाई भनेकै हुँ, मानेनन् त म के गरुँ ?: अर्थमन्त्री 
 
 
 
 मेरो उत्तर : न केहि आफुले गर्न सक्ने, न अरुबाट गराउन सक्ने,
 
 यस्तो अबस्थामा यहाँहरुका लागि मैले केहि गर्न सकिन भनेर,'राजिनामा' गर्नुस l
 
 NEPSE:1,976.29..........................................Previous [1,971.10] (+5.19 / +0.26%)...................................Previous (-33.20 / -1.65%) SENSIND (378.06).........................................Previous (377.39] (+0.66 / +0.17%)........................................Previous (-5.55 / -1.44%) Turnover :1,737,314,092.32...................................Previous [1,830,486,743.11] Volume :5,776,896................................Previous [6,723,400]     | 
		
			|  | #396 Sun Oct 01, 2023 6:35 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०६-१४ (2023-10-01)  ---------------------------- 
 सरकारलाई थाहा छ,
 
 कुन व्यक्तिले के कारणले आफुलाई असफल पार्न खोजेको छ,
 
 र निरन्तर असहयोग गरि रहेको छ l
 
 तर के गर्नु अदालतले बिचमा टांग अड्याईदिएको छ l
 
 
 
 यसरी कुनै दलको राजनैतिक स्वार्थका लागि,
 
 देशका जनता र  ब्यबसायीहरुको तेजोबध गर्न मिल्छ ?
 
 
 
 कहाँ कहाँ के के संसोधन गर्ने हो गर तर,
 
 सार्बजनिक पदमा बसेर, अझ राज्यका नीति सफल पार्ने दायित्व बोकेको मान्छेले,
 
 सरकारलाई असफल पार्नलाई न्वारनदेखिको बल लगाउछ भने,
 
 उसलाई  घोक्रेठ्याक लगाइनु पर्छ l
 
 
 
 NEPSE:1,971.10..........................................Previous [2,004.30] (-33.20 / -1.65%)...................................Previous (-18.60 / -0.91%) SENSIND (377.39).........................................Previous (382.94] (-5.55 / -1.44%)........................................Previous (-3.29 / -0.85%) Turnover :1,830,486,743.11...................................Previous [1,814,359,022.20] Volume :6,723,400................................Previous [7,061,404]     | 
		
			|  | #397 Tue Sep 26, 2023 6:22 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०६-०९ (2023-09-26)  ----------------------------हत्याराहरुलाई अनेक दिवसको निहुमा जेल मुक्त गरेको छ, 
 बलात्कारीलाई सजाय दिनु पर्छ भनेर फैसला गर्नु पर्ने न्यायाधिस भागेको भाग्यै छन्,
 
 
 
 उपचार गर्न बसेको डाक्टर कुटिएको कुटियै छन्,
 
 भारतले चामल दिए भात खाउला भनेर देशका उद्योग मन्त्रि बडो गर्ब साथ भन्छन,
 
 
 चाडबाड आउना साथ महंगीले जहिल्यै आकाश छुन्छ,
 
 हिन्दुको चाड दशैँ आउन लाग्यो कि, गढ़िमाइको मेला आउन लाग्यो कि,
 
 बलिप्रथाको बिरोधमा ब्यानर लिएर बाटामा उभिन बाहिरबाट बजेट आउछ,
 
 
 
 नेता, जनताको करमा दाइँ गर्ने, कर्मचारी भ्रष्ट्राचारमै लिप्त हुने,
 
 मेडिया ब्ल्याक मेलिंग गरेर हिस्सेदार बन्ने,
 
 
 यस्तो अबस्थामा पनि देश चली रहेकै छ,
 
 पशुपतीनाथ तिमीलाई धेरै धेरै धन्यबाद l
 
 
 
 NEPSE:2,022.91..........................................Previous [2,004.45] (+18.45 / +0.92%)...................................Previous (-5.89 / -0.29%) SENSIND (386.24).........................................Previous (383.67] (+2.56 / +0.66%)........................................Previous (-1.94 / -0.50%) Turnover :2,093,809,518.54...................................Previous [1,565,573,471.78] Volume :8,704,477................................Previous [6,516,006]     | 
		
			|  | #398 Mon Sep 25, 2023 5:26 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०६-०८ (2023-09-25) ---------------------------- अहिलेका अर्थमन्त्रीबाट केहि लछारपाटो नलाग्ने देखियो l 
 
 
 खाली गभर्नर'को मुख ताकेर बसेर मात्र देश चल्छ ?
 
 
 NEPSE:2,004.45..........................................Previous [2,010.35] (-5.89 / -0.29%)...................................Previous (-19.42 / -0.95%) SENSIND (383.67).........................................Previous (385.62] (-1.94 / -0.50%)........................................Previous (-3.10 / -0.79%) Turnover :1,565,573,471.78...................................Previous [2,326,895,206.99] Volume :6,516,006................................Previous [9,003,941]     | 
		
			|  | #399 Sun Sep 17, 2023 6:04 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०५-३१ (2023-09-17 ---------------------------- एकदिन अघि ४२ अंक बढेको थियो, 
 लगत्तै फेरी ३९ अंक घट्यो,
 
 
 बजारलाई दुष्टहरुको आँखा लाग्यो,
 
 
 
 अयोग्य अर्थमन्त्री,  हेपाहा र आरिषे गभर्नर, र जाली बैंकहरु मिलेर,
 
 जनतालाई रुवाउनुसम्म रुवाए l
 
 NEPSE:1,964.91..........................................Previous [2,007.06] (-42.14 / -2.09%)...................................Previous (+39.48 / +2.00%) SENSIND (378.6  .........................................Previous (386.81] (-8.12 / -2.10%)........................................Previous (+7.66 / +2.02%) Turnover :2,028,465,610.94...................................Previous [1,495,521,905.77] Volume :5,659,458................................Previous [5,144,724]     | 
		
			|  | #400 Tue Sep 12, 2023 6:13 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८०-०५-२६ (2023-09-12 ---------------------------- भन्सारबाट सुन पास गराए, 
 छानबिन र सोधपुछ गर्दा कर्मचारीले काम ठप्प पारी दिने देश l
 
 
 अर्को पार्टीको सरकार भएको कारण असहयोग गर्ने नीति लिएका नियामकहरु भएको देश l
 
 
 ४ खर्बभन्दा बढी पैसा बैंकमा जम्मा गरेर, ऋण बिस्तारको कुनै योजना दिन नसक्ने बैंकहरु भएको देश l
 
 
 आफ्ना सन्तान जति सबैलाई बिदेशमा सेटल गराएर, हाम्रा लागि देश बनाईदिन बसेका बुढा पुस्ताहरु मात्र नेतृत्वमा भएको यो देश l
 
 
 
 
 ५०-६० हजारको माषिक तलब खाएर, २-४ बर्षमा करोडपती बनि हाल्ने सिप भएका कर्मचारीहरु भएको देश l
 
 
 
 
 यो देशको बिशेषता जति बर्णन गरे पनि नसकिने भयो l
 NEPSE:1,967.57..........................................Previous [1,986.99] (-19.42 / -0.97%)...................................Previous (+44.30 / +2.28%) SENSIND (379.14).........................................Previous (381.64] (-2.50 / -0.65%)........................................Previous (+7.73 / +2.06%) Turnover :1,135,057,515.51...................................Previous [1,518,343,397.24] Volume :3,916,161................................Previous [4,742,511]     |