Author |
Post |
|
#301 Thu May 09, 2024 6:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-२७ (2024-05-09) ---------------------------- बालमन्दिरको जग्गा काण्डमा CIB ले सम्बन्धित व्यक्तिहरुलाई पकड्न,
पक्डाउ पूर्जी जारी गरेको छ,
बालबालिकाका लागि भनेर छुट्टयाईएको जग्गा,
बालमन्दिरका संचालकहरुले निजि लाभ लिएर सस्तो दाममा बृहस्पति स्कुललाइ लिजमा दिएका थिए,
बालबालिका चाही टहरामा बस्दै आएका छन् l
देशको हालत कस्तो छ भने छोटो समयमा हिक्मतकुमार कार्की कोशी प्रदेशमा तेश्रो पटक मुख्यमन्त्रि बनेका छन् l
अनि मुख्यमन्त्रिबाट खुस्कने चाही रिट लिएर सर्वोच्चमा,
सम्पूर्ण समय यस्तै जालझेल, तिकडम अनि मुद्धा मामिलामानै बित्छ यिनीहरुको,
फेरी चुनाब आउछ, यिनै निर्बाचित भएर आउछन, अनि फेरी उही पुरानो खेल दोहोरिन्छ l
जसपा फेरी फुटेछ,
रबी लामिछानेलाइ भोली संसदमा बोल्न दिने रे,
नयाँ कुरो केहि आउने छैन,कांग्रेसले पहिला जस्तै जवाफ चित्त बुझेन भनेर फेरी संसद अबरुद्ध गर्ने त होला ?
पोहोर आजको दिन बालकृष्ण खाँड पक्राउ परेका थिए भने,
टोप बहादुर रायमाझी पार्टीबाट निलम्बनमा परेका थिए,
के रिता सिंह बैद्य आज पक्राउ पार्छिन त ?
NEPSE:1,966.23..........................................Previous [1,960.60] (+5.63 / +0.28%)...................................Previous (-0.20 / -0.01%) SENSIND (350.60).........................................Previous (349.40) (+1.19 / +0.34%)........................................Previous (-0.17 / -0.04%) Turnover :3,121,286,362.59...................................Previous [2,547,030,825.50] Volume:7,058,399................................Previous [5,874,967] 
|
|
#302 Tue May 07, 2024 6:40 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-२५ (2024-05-07) ---------------------------- सिधकुरालाई अडियो उपलब्ध गराउने तिमिल्सिनाजी धरौटीमा छुटेछन्,
कांग्रेसले संसदिय समिति नबनाई मान्दै नमान्ने रे,
कैलाश सिरोहियाले मैले समाचार छपाएको प्रतिसोध साँध्न म माथी धरपकड हुन् सक्छ भनेर,
त्यो रोक्न अदालतमा रिट निबेदन दर्ता गरेछन,
रबी लामिछाने मैले संसदमा बोल्न पाउनु पर्छ भनेर कराएको करायै छन्,
दुवै जसपाले सरकारलाई समर्थन गर्ने रे,
कुलमानले पदीय दुरुपयोग गरेर अकुत सम्पत्ती कमाएको भनेर सम्पत्ती छानबिनमा परेको खबर,
समाचारपत्रले छपाएको छ,
गण्डकी प्रदेशको ६० सदस्यीय संसदमा ३० जनाले दिएको बिस्वासको मतलाई त्यहाका सभामुखले अनुमोदन गरेका छन्,
प्रत्यक त्रैमाश सकिएको ३० दिनभित्र मौद्रिक नीतिको समिक्षा आउनु पर्ने नियम रहेछ,
यो पटक ३० दिनभित्र ल्याउन नभ्याउने रे,
समयानुकुल मौद्रिक नीति परिमार्जन गरेर जनतालाई छिटोभन्दा छिटो राहत दिनु त कता हो कता,
खाली बरालिएर समय कटाउछन्,
सबैकाम गभर्नरले मात्र गर्ने होइन क्यार, त्यत्रो जनशक्तिलाइ जनताले तलब सुबिधा दिएर पालेकै छन्,
अनि एउटा team बनाएर पहिलो दिनदेखि काम गर्न सकिदैन ?
गृह मन्त्रालयले,
'सार्बजनिक प्रदर्शन, हड्ताल तथा बिरोधका कार्यक्रमबाट हुने क्षेती मुल्यांकन सम्बन्धि कार्यविधि २०८१' जारी गरेछ,
अब जसले आन्दोलन आब्हान गर्छ, व्यक्तिगत र सार्बजनिक सम्पत्तिमा क्षेती पुर्याए,
उसैबाट त्यसको क्षेतीपूर्ति तिराइने भएछ, यो एउटा चाही राम्रो काम हुने भो l
NEPSE:1,960.81..........................................Previous [1,958.75] (+2.06 / +0.10%)...................................Previous (-15.62 / -0.79%) SENSIND (349.5  .........................................Previous (347.80) (+1.77 / +0.51%)........................................Previous (-3.38 / -0.96%) Turnover :2,140,502,621.77...................................Previous [2,891,319,979.88] Volume:5,064,038................................Previous [6,978,321] 
|
|
#303 Mon May 06, 2024 6:27 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-२४ (2024-05-06) ---------------------------- एक दुई दिनका लागि घरमूली यसो के बाहिर गएको थियो,
उ नफर्कदै घरको त अंशबण्डा पो भइ सकेछ,
सन्दर्भ उपेन्द्र यादबको पार्टीको हो,
उनि अम्रिकातिर गएका थिए क्यार,
यता हिजो मात्र पार्टी फुटेको थियो,
आज त निर्बाचन आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र पो दिई सकेछ,
कति छिटो अनि कति हतारो हो ?
अनि नयाँ दलको नाम पनि 'जनता समाजबादी पार्टी' रे l
माधब नेपाल र केपी ओलीजीको एक अर्कालाई सक्ने रणनीतिको शिकार 'जसपा' बन्यो, मेरो बिचारमा l
यत्रो मिहिनेत र उर्जा जनताको जीवनस्तर कसरी सुधार्ने भन्ने कुरामा लगाई दिएको भए धन्यबाद भन्नु हुन्थ्यो l
नत्र हामीलाई तात्तो न छारो !
यो महिनाको १४ कारोबार दिनमा,
११ दिन NEPSE १९०० को लाइनमा बसेछ l
NEPSE:1,958.75..........................................Previous [1,974.37] (-15.62 / -0.79%)...................................Previous (-24.58 / -1.23%) SENSIND (347.80).........................................Previous (351.1  (-3.38 / -0.96%)........................................Previous (-4.86 / -1.36%) Turnover :2,891,319,979.88...................................Previous [3,795,748,296.39] Volume:6,978,321................................Previous [9,762,803] 
|
|
#304 Sun May 05, 2024 6:27 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-२३ (2024-05-05) ---------------------------- प्रश्न :बजारप्रति लगानीकर्ताहरुमा किन निराशा छाएको ?
उत्तर : सयको नोटमा चुच्चे नक्शा नभएकाले
प्रश्न :+2 सकेपछि सबैले किन विदेश जान चाहेको ?
उत्तर : सयको नोटमा चुच्चे नक्शा नभएकाले
प्रश्न :लगानी सम्मेलन किन सफल भएन ?
उत्तर : सयको नोटमा चुच्चे नक्शा नभएकाले
प्रश्न :भ्रष्टहरु किन जेलमा नपरेको ?
उत्तर : सयको नोटमा चुच्चे नक्शा नभएकाले
प्रश्न :देश दिनप्रति दिन किन अधोगती लागेको ?
उत्तर : सयको नोटमा चुच्चे नक्शा नभएकाले
महंगी किन बढेको ?
व्यापार घाटा किन बढेको ?
कर्मचारीलाई तलब खुवाउन किन ऋण लिनु परेको ?
त्यो क्षेत्रको ज्ञान सुन्य भएको मान्छे किन त्यहि गएर मन्त्रि बनेको ?
अदालतका न्यायाधिसले किन घुस खाएको ?
बोक्सीको घरले पैसा कमाउदा किन अरु धेरै नेपाली सिनेमाहरुले चाही लगानीसम्म नउठाएको ?
बिरामीका आफन्तले घरीघरी किन डाक्टर कुटेको ?
सबै समस्याको जड त सयको नोटमा रहेको नेपालको पुरानो नक्शा पो रहेछ l
समस्या पत्ता लगाई हाले,
अब चाही देशमा केहि हुन्छ हुन्छ l
NEPSE:1,974.37..........................................Previous [1,998.96] (-24.58 / -1.23%)...................................Previous (-7.31 / -0.36%) SENSIND (351.1  .........................................Previous (356.05) (-4.86 / -1.36%)........................................Previous (-1.48 / -0.41%) Turnover :3,795,748,296.39...................................Previous [4,133,362,726.23] Volume:9,762,803................................Previous [9,498,298] 
|
|
#305 Fri May 03, 2024 6:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
पोहोर यो समयमा नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाएको भनेर
गज्जबले अनुसन्धानहरु चली रहेको थियो l जनताबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रसंशित भइ रहदा,
शक्तिकेन्द्रहरु भने उनलाई पदबाट हटाउने तयारीमा लागि सकेका थिए l
२० गते टोप बहादुर रायमाझी र उनको छोराको नाममा पक्डाउ पूर्जी जारी भएको थियो र छोरा चाही पक्डाउ पनि परेका थिए l
आजको दिन २१ गते भने ओलीजीले प्रचन्डलाई भेटेर टोप बहादुरको बारेमा कुरा गरेको भनेर,
सबैतिर समाचार आएका थिए l उनले भने आफुहरु बीच TRC विधेयक बारे चर्चा भएको बताएका थिए l
नक्कली भुटानी शरणार्थी काण्डमा त्यो बेला मन्जु खाँड, आरजु देउबा र बालकृष्ण खाँडको नाम पनि जोडिएको थियो l
पछि बालकृष्ण खाँड पक्डाउ परेर पनि अहिले धरौटीमा छुटी सके l
अहिले आएर पक्डेको जातिलाई विस्तार छाड्ने र थप अनुसन्धान अगाडि नबढाउने योजनामा सरकार पुगे जस्तो देखिन्छ,
नभए खोइ त ठुला-ठुला कुरा गर्ने अहिलेका गृहमन्त्रीले अनुसन्धान र कारबाही अगाडि बढाएको ?
बजारको त के कुरा गर्नु र अब आउने मौद्रिक नीतिको समिक्षाले पनि 'हात्ती आयो हात्ती आयो फुस्सा' हुने त होला ?

|
|
#306 Tue Apr 30, 2024 6:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-१८ (2024-04-30) ---------------------------- पोहोर बैसाखमा तनहुमा भएको उपनिर्वाचनमा स्वर्णिम वाग्ले ३४९१९ मत पाएर बिजयी भएका थिए भने
कांग्रेसको २०१२२ र एमालेले पाएको मत ८४८८ थियो l
त्यस्तै रबी लामिछानेले ५४१७६ मत पाएकोमा,
कांग्रेसको ११२१४ र एमालेले पाएको मत संख्या जम्मा १०९३६ मात्र थियो l
कामभन्दा कुरो ठुलो, प्रचण्ड र ओलीजीकै आशिर्बाद लिएर गृहमन्त्री बन्ने हतारो र सहकारीको काण्डका कारण,
एक बर्षमा स्वतन्त्र पार्टी 'जमानतै' जफत हुने तहमा ओर्लियो l
माघ १७ २०८० मा पाँच अर्ब माथिको Turnover भएको थियो,
जुनबेला reinsurance को पूंजी २० अर्ब पुर्याउने भनेर हल्ला चलाईदै थियो,
त्यसपछि आजको दिनसम्म बजारले ११ पटक ४ अर्ब माथिको Turnover गरेको देखिन्छ,
त्यस मध्ये पनि आजको Turnover सबैभन्दा धेरै हो,
पोहोर जस्तै, परार जस्तै मौद्रिक नीतिलाई खुकुलो पारेर देशको अर्थतन्त्रलाई चलाएमान बनाउनु पर्छ भनेर,
यसपाली पनि चर्चा शुरु भएको छ,
यसपाली पनि मौद्रिक नीतिको समिक्षापछि 'लगानीकर्ताहरु निराश' भनेर ठुला-ठुला समाचारका headline बन्ने त होलान ?
त्यस्तो नहोस् भनि आशामुखी बन्ने कोशिस गरौ l
हर क्षेत्रमा तमाशा छ,
अहिले चाही अदालत र प्रेस एक अर्काको आमने सामने भएका छन्,
सिधाकुरालाई समाचार डिलिट गर्न लगाएर l
कोहि न्यायाधिसले पैसा खाएको छ भनि आरोप लागेमा,
न्यायाधिस माथी छानबिन गर्नेकी,
समाचारनै हटाउन लगाउने ?
सायद जनता र नेताहरुलाई यहि फण्डाले बैशाख महिनाका बाँकि दिनहरु कटाउन सहज पार्ने छ l
NEPSE:2,006.28..........................................Previous [1,980.34] (+25.93 / +1.30%)...................................Previous (+0.07 / +0.00%) SENSIND (357.54).........................................Previous (351.95) (+5.58 / +1.58%)........................................Previous (+1.14 / +0.32%) Turnover :4,800,044,601.66...................................Previous [2,959,458,501.43] Volume:11,838,150................................Previous [7,341,177]  « Last edit by nissan on Tue Apr 30, 2024 6:34 pm. »
|
|
#307 Mon Apr 29, 2024 6:40 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-१७ (2024-04-29) ---------------------------- पोहोर आजको दिन सरकारले महाबिर पुनसंग बार्ता गरेको थियो,
उनी अविष्कार केन्द्रको केहि मागहरु लिएर अनसन बसेका थिए l
त्यस्तै त्यो बेला नयाँ Stock Exchange को खुब चर्चा थियो,
कोहि पक्ष र कोहि बिपक्षमा छदै थिए,
दुई जना सांसद अमरेश कुमार सिंह र सोविता गौतमले नयाँ Stock Exchange को खुब बिरोध गरेका थिए,
नयाँ ल्याएर सरकारले आम्दानी गुमाउने होइन बरु,
NEPSE लाईनै सुधार गरेर अगाडि बढ्नु पर्छ भन्ने उनीहरुको राय थियो l
लगानी सम्मेलन सकियो आज,
बिहानैदेखि लगानी सम्मेलन सफल भो, लगानी सम्मेलन सफल भो, भनेर अनन्तजी उफ्रेको उफ्रेयै हुनुहुन्छ l
कान्तिपुर र अन्नपूर्णका साहूहरु र न्यायमूर्तिहरुको अहिले चली रहेको चर्चा हेर्दा र सुन्दा,
देशमा पक्कै केहि न केहि खिचडी पाक्दै गरेको अनुभुती हुन्छ l
अब उपनिर्वाचनका दुवै सिट एमालेको पोल्टामा परेपछि,
ओलीजीले फेरी हौसिएर कोकोलाई तथानाम गाली गर्ने हुन् कुनी,
अनि साँच्ची,
उद्धब पौडेलजीको भवन बनाउन चाही बिदेशी लगानी भित्रेछ कि भित्रिएनछ ? NEPSE:1,980.34..........................................Previous [1,980.27] (+0.07 / +0.00%)...................................Previous (+14.33 / +0.72%) SENSIND (351.95).........................................Previous (350.80) (+1.14 / +0.32%)........................................Previous (+2.62 / +0.75%) Turnover :2,959,458,501.43...................................Previous [2,682,586,955.82] Volume:7,341,177................................Previous [6,878,159] 
|
|
#308 Fri Apr 26, 2024 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
पहिला चौधरी ग्रुपबाट बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउन र
अहिले बृहस्पति विद्या सदनसँग भएको बालमन्दिरको जग्गा लिज सम्झौता खारेज गराउन,
ukaalo.com को खोज समाचारले ठुलो योगदान पुर्याएको छ,
ukaalo team लाइ धेरै धेरै बधाई तथा धन्यबाद छ है,
अर्को महत्वपूर्ण कुरा यो बिज्ञापन रहित पोर्टल पनि हो l

|
|
#309 Thu Apr 25, 2024 6:57 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
11. Migration Card
12. Marriage Certificate

|
|
#310 Thu Apr 25, 2024 6:24 pm
|
Member
Registered: Oct 2013
Posts: 7936
|
7: Garib card 8: Student Id 9: Birth certificate 10: Death certificate
In future: 1: Senior citizen 2: Widow card
|
|
#311 Thu Apr 25, 2024 6:05 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-१३ (2024-04-25) ---------------------------- एउटा सामान्य नेपाली नागरिकलाई सरकारले दिएको Cardको माला,
1) Voter Card
2) Driving License
3) Citizenship
4) Passport
5) NID Card
6) Pan Card
Voter कार्ड लिन कम्ति दुख दिएन, दुई दुई पटक,
अनि चुनाबको बेला चाही नागरिकता देखाएर मत दिनुहोस भन्छ निर्बाचन आयोग l
Driving License लिँदाको दुख र Card हात पार्न लाग्ने समय त सबैलाई थाहै छ,
NID Card लिन पनि एक बर्षभन्दा बढी कुर्नु पर्छ, print गर्न नभ्याएर l
जनताले पाउने यी सब झामेलाका बाबजुद,
भविष्यमा सरकारले जनतालाई अरु कुन कुन Card भिडाउन सक्ला ?
यसो अड्कल काटौ त l
NEPSE:1,965.93..........................................Previous [1,969.17] (-3.24 / -0.16%)...................................Previous (+0.15 /+0.00%) SENSIND (348.1  .........................................Previous (348.55) (-0.37 / -0.10%)........................................Previous (+0.60 / +0.17%) Turnover :2,366,975,594.12...................................Previous [2,536,431,998.50] Volume:6,312,552................................Previous [7,284,272] 
|
|
#312 Wed Apr 24, 2024 6:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-१२ (2024-04-24) ---------------------------- कतारका राजा पनि गए,
कतारको जनसंख्या थोरै छ,
त्यसमा पनि कतारकै नागरिकको संख्या चाही १२-१३% मात्र छ रे l
सम्भावनाकै कुरा गर्ने हो भने त कतारमाभन्दा नेपालमा कति धेरै चिज छन्,
नेतृत्वनै बिचौलिया जस्तो भएपछि हुने यस्तै रहेछ l NEPSE:1,969.17..........................................Previous [1,969.02] (+0.15 /+0.00% )...................................Previous (-15.41 / -0.77%) SENSIND (348.55).........................................Previous (347.95) (+0.60 / +0.17%)........................................Previous (-2.80 / -0.80%) Turnover :2,536,431,998.50...................................Previous [2,058,305,185.19] Volume:7,284,272................................Previous [5,656,282] 
|
|
#313 Mon Apr 22, 2024 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-१० (2024-04-22) ---------------------------- लगानीकर्ताहरु सबैलाई बधाई छ, भोली सरकारले बजार घट्न नदिने भयो,
अनि कसरी भन्न मिल्छ सरकार ६० लाख लगानीकर्ताहरुको चिन्ता गर्दैन भनेर l
नेकपा स्थापनाको ७५ बर्ष पुरा भएको अबसर पारेर, पुर्बराष्ट्रपती बिद्या भण्डारीलाई सम्मान गरिएको कार्यक्रममा,
आफुहरु सत्तामा पुग्दा पनि मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको भनेर देउबाले प्रश्न गरेका छन् l
इलामको उपनिर्वाचनको प्रचार र हल्लाले मेडिया र सामाजिक संजाल रंगिएका छन् l
त्यहाँबाट जल्ले जितेनी राष्ट्रिय राजनीतिमा उसको भूमिका खाशै केहि हुने देखिदैन तर
पनि सबैले यसलाई आफ्नो इज्जतको बिषय बनाएका छन्,
कतारका राजाले के के कोशेली ल्याउने रहेछन हेरौ,
अब दुई दिन ट्राफिक जाम त मस्तले गराउलान जस्तो छ l
NEPSE:1,969.02..........................................Previous [1,984.43] (-15.41 / -0.77%)...................................Previous (+12.29 / +0.62%) SENSIND (347.95).........................................Previous (350.75) (-2.80 / -0.80%)........................................Previous (+0.28 / +0.08%) Turnover :2,058,305,185.19...................................Previous [2,259,959,456.89] Volume:5,656,282................................Previous [6,393,245] 
|
|
#314 Thu Apr 18, 2024 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-०६ (2024-04-1  ---------------------------- पोहोर बैशाख १० गते चितवन र तनहुँमा उपनिर्वाचन हुँदै थियो,
एमाले र कांग्रेस बीच,
चितवनमा एमालेलाई कांग्रेसले सहयोग गर्ने र तनहुँमा चाही एमालेले कांग्रेसलाई सहयोग गर्ने भित्रि सहमति तुहिएपछि,
पोहोर आजको दिन देउबा,प्रचण्ड,नेपाल र बाबुरामहरु तनहुँमा गोबिन्द भट्टराईका लागि भोट माग्न गएका थिए l
आज इलामको चुनाबमा सब छिन्नभिन्न भएका छन् l
अघिल्लो बर्षनै बैशाख ४ गते रबी लामिछानेका driver ३ तल्लाबाट खसेको अबस्थामा भेटिएका थिए,
र बैशाख १९ मा उनको निधन भएको थियो l
बजारको कुरा गर्ने हो भने आजको दिन,
पोहोर र परार NEPSE हरियो बनेको थियो l
माधब नेपाल र ओलीजीबीच निम्न स्तरको छेडखानी चलेको देख्दा,
र सुपको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई हिजो हुँदैन भन्ने एमालेले आज मन नलागी
नलागी समर्थन गरेको देख्दा,
यो गठबन्धन, धेरै परसम्म जाने सम्भावना क्षीण बन्दै गएको छ l
NEPSE:1,972.14..........................................Previous [1,991.71] (-19.56 / -0.98%)...................................Previous (-14.81 / -0.73%) SENSIND (350.47).........................................Previous (353.51) (-3.04 / -0.86%)........................................Previous (-2.26 / -0.63%) Turnover :2,093,612,792.78...................................Previous [2,103,019,218.58] Volume:5,344,613................................Previous [5,471,068] 
|
|
#315 Tue Apr 16, 2024 6:11 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-०४ (2024-04-16) ---------------------------- दुई दिन के माधब नेपालले निहु खोजेका थिए,
अब सुदूरपश्चिमको मुख्यमन्त्री उनको दललाई दिने रे,
यो सरकार, यी मन्त्रीहरु र नेताहरुको काम भनेकै रिसाएर ठुस्केकाहरुलाई मनाउनु मात्र भएको छ l
कुर्सी जोगाउनमै सबै उर्जा र समय खर्चिएपछि,
जनताले त ऐना अगाडि उभिएर आफैले आफैलाई 'ई खाइस' भने हुनेभो l
फाल्गुण २० पछिको २८सौ कारोबार दिनमा फेरी NEPSE १९ सयको लाइनमा झरेको छ,
अब एकलट धर्का सर-म्यामहरुले लगानीकर्ताहरुलाई अत्याउछन् l NEPSE:1,991.71..........................................Previous [2,006.52] (-14.81 / -0.73%)...................................Previous (-16.82 / -0.83%) SENSIND (353.51).........................................Previous (355.7  (-2.26 / -0.63%)........................................Previous (-2.42 / -0.67%) Turnover :2,103,019,218.58...................................Previous [2,797,577,432.68] Volume:5,471,068................................Previous [7,223,773] 
|
|
#316 Sun Apr 14, 2024 5:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८१-०१-०२ (2024-04-14) ---------------------------- २०७९ बैशाखको पहिलो कारोबारमा NEPSE २९.६ अंकले घटेको थियो.
२०८० बैशाखको पहिलो कारोबारमा चाही NEPSE २.८ अंकले झरेको थियो,
र आज २०८१ शालको पहिलो कारोबार दिनमा पनि NEPSE रातोनै बनेको छ,
लगालग यी तिनवटै कारोबार आइतबारकै दिन परेका रहेछन् l
पोहोर बैशाखमा १९ दिन कारोबार हुँदा बजार जम्मा ५ दिन मात्र हरियो बनेको रहेछ भने
NEPSE चाही ११०.०४ अंकले घटेको रहेछ l
त्यस्तै परार बैशाखमा चाही १८ दिन कारोबार हुँदा ८ दिन चाही बजार हरियो बनेको रहेछ,
र त्यो समयमा NEPSE चाही ३५.२२ अंकले घटेको रहेछ l
हिजोबाट इरानले इजरायलमाथी आक्रमण शुरु गरेको छ त्यसको असर पनि इजरायललाईभन्दा पहिले,
हाम्रो बजार र हाम्रा बिज्ञहरुलाई पर्ने होला फेरी l NEPSE:2,023.35..........................................Previous [2,025.30] (-2.35 / -0.11%)...................................Previous (-10.71 / -0.52%) SENSIND (358.20).........................................Previous (358.19) (+0.01 / +0.00%)........................................Previous (-1.96 / -0.54%) Turnover :3,063,770,943.62...................................Previous [3,485,660,640.32] Volume:7,795,023................................Previous [8,696,918] 
|
|
#317 Fri Apr 12, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
भोलीदेखि शुरु हुने नयाँ बर्षको,
सबै सबैमा हार्दिक मंगलमय शुभकामना !
लगानीकर्ताको हिसाबले गत बर्ष जस्तो तनाब अनि पिडा नपाईयोस,
देश भ्रष्ट र अनैतिकहरुबाट छुटकारा पाउने दिशामा लागोस्,
तर आशा भने १% पनि छैन, के गर्ने सुभ त सोच्नै पर्यो l

|
|
#318 Wed Apr 10, 2024 5:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८०-१२-२८ (2024-04-10) ----------------------------
परार बर्षको अन्तिम कारोबारको दिन NEPSE ३० अंकले बढेको थियो.
पोहोरको अन्तिम कारोबारको दिन २९ अंकले घटेको थियो.
यसपाली चाही 10 अंकले घटेको छ l
यो चैत्रमा NEPSE जम्मा ५५.५७ अंकले घटेको छ,
पोहोर चैत्रमा NEPSE ४.१५ अंकले घटेको थियो भने
परार चैत्र महिनामा चाही NEPSE २३५.७३ अंकले घटेको थियो l
NEPSE ले 3,198.60 अंकको Record बनाएको पनि ३२ महिना बितेछ l
अरु कुरा संझदा,
पोहोर यतिबेला बालेनले शिंहदरबारको फोहोर उठाउन बन्द गरेका थिए र
सरकारले बालेनलाई फोहोर उठाई दिन अथवा जिम्मेवारी बोध गरि काम गर्न सचेत गराएको थियो आजको दिन,
पाँच दिनदेखि बालुवाटार-शीतलनिवास र सिंहदरबारको फोहोर उठाउन बन्द भएको थियो l
पोहोर आजकै दिन गभर्नरले,
देशको अर्थतन्त्र राम्रो हुँदै गएकोले विस्तार ब्याजदर घट्दै जाने कुरा पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए l
जुन रटान आज पनि कायम छ तर बजार झन् झन् लुलो बनेको छ l NEPSE:2,025.30..........................................Previous [2,036.01] (-10.71 / -0.52%)...................................Previous (+9.19 / +0.45%) SENSIND (358.19).........................................Previous (360.15) (-1.96 / -0.54%)........................................Previous (+0.75 / +0.21%) Turnover :3,485,660,640.32...................................Previous [4,143,783,989.11] Volume:8,696,918................................Previous [9,789,416] 
|
|
#319 Thu Apr 04, 2024 6:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८०-१२-२२ (2024-04-04) ---------------------------- परार चैत्र २२ गते NEPSE 2,452 मा थियो, त्यो दिनको Turnover दुई अर्ब ६७ करोड थियो भने, बजार चाही,
४६ अंकले घटेको थियो l
पोहोर चैत्र २२ गते चाही रबी लामिछानेले फेरी उम्मेदवार बन्न पाउने कि नपाउने भनेर हल्ली खल्ली थियो र ४ वटा उजुरी पनि परेको थियो,
आजकै दिन उनको उम्मेदवारी कायमै रहेको निर्णय आएको थियो l त्यो दिन चाही NEPSE 1,875 मा थियो भने,
Turnover चाही ८१ करोडको थियो र बजार ८ अंक बढेर हरियो बनेको थियो l
आज चैत्र २२ मा पनि उनै रविको चर्चा छ, गृहमन्त्रिबाट जसरी पनि हट्नु पर्छ भनेर l
आजको कुरा गर्दा वाइड बडी जहाज खरिदमा भ्रष्ट्राचार भएको भनेर, अख्तियारले मुद्धा दायर गरेको छ,
रेशम चौधरी र उनको श्रीमतीको दिनहुको राजनीतिक लफडाले झन् रफ्तार बढाएको छ,
मुख्यमन्त्रि को बन्ने भनेर सदाबहार हानाथाप चली रहेकै छ,
सांसद किनबेचको शृंखला पहिलाभन्दा झन् झन् बढी रहेको प्रष्ट रुपले देखिन्छ l
अर्थमन्त्रीले बजार विकास, विस्तार र दिगो सुधारका लागि उपयुक्त निर्णय गर्न गरेको ढिलाईका कारण,
हाम्रो बजारलाई जण्डिसले छुन थालेको छ,
अरु खुशी हुने कुनै ठाउँ देखिन्न,
म चाही भोली र पर्सी बजार नघट्ने भो भनेर दंग परेको छु,
के गर्ने खुशी हुने उपाय त खोज्नै पर्यो l
NEPSE:2,004.05..........................................Previous [2,006.78] (-2.73 / -0.13%)...................................Previous (-3.43 / -0.17%) SENSIND (355.42).........................................Previous (355.77) (-0.34 / -0.09%)........................................Previous (-0.43 / -0.12%) Turnover :3,037,267,307.85...................................Previous [2,536,233,986.67] Volume:6,963,359................................Previous [6,481,834] 
|
|
#320 Wed Apr 03, 2024 6:16 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८०-१२-२१ (2024-04-03) ---------------------------- पहिला एक ठाउँमा मात्र सरकार परिबर्तन हुन्थ्यो,
केहि समयमा सरकार परिबर्तनको असर सकिन्थ्यो l
अहिले त केन्द्रमा फेरबदल हुनासाथ सातै प्रदेशमा फेरबदल हुनु परिगो,
त्यसको लागि न्वारनदेखिको बल लगाएर प्रदेशका नेताहरु मल्ल युद्धमा उत्रि हाल्छन,
महिनौ लगाएर जब प्रदेशको सेटिंग मिल्छ,
अनि फेरी केन्द्रमा कुर्सि डगमगाउन थाली हाल्छ,
यस्तै अबस्था रही रहने हो भने,
प्रदेश आशिर्बाद होइन देशका लागि अभिशाप सिद्ध हुनेछ,
यो केवल नेताहरुको settlement को अखडा मात्र बन्नेछ,
नेताहरुको ध्याउन्न भनेको,
केवल पद पड्काउने, आफन्त र आसेपासेहरुलाई अबसर शृजना गर्ने र पैसा कमाउने मात्र देखिन्छ l
नीतिगत सुधारका काम कति छन् कति,
सब छिर्कीदाउमै व्यस्त बनेको बन्यै छन् l NEPSE:2,006.78..........................................Previous [2,010.21] (-3.43 / -0.17%)...................................Previous (-1.85 / -0.09%) SENSIND (355.77).........................................Previous (356.20) (-0.43 / -0.12%)........................................Previous (+0.53 / +0.15%) Turnover :2,536,233,986.67...................................Previous [2,291,645,585.49] Volume:6,481,834................................Previous [6,131,621] 
|
|
#321 Tue Apr 02, 2024 6:30 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८०-१२-२० (2024-04-02) ---------------------------- परार चैत्र महिनामा २० दिन कारोबार हुँदा १५ दिन बजार रातो भएको थियो,
पोहोर चैत्र महिनामा २१ दिन कारोबार भएको थियो,
जसमा १३ दिन बजार रातो बनेको थियो,
यो चैत्र महिनामा चाही अहिलेसम्म १३ दिन कारोबार भएकोमा १० दिन बजार रातो बन्यो l
NEPSE:2,010.21..........................................Previous [2,012.07] (-1.85 / -0.09%)...................................Previous (-6.26 / -0.31%) SENSIND (356.20).........................................Previous (355.66) (+0.53 / +0.15%)........................................Previous (-0.91 / -0.25%) Turnover :2,291,645,585.49...................................Previous [2,874,754,305.75] Volume:6,131,621................................Previous [7,290,200] 
|
|
#322 Mon Apr 01, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८०-१२-१९ (2024-04-01) ---------------------------- बर्षमान पुनजीले किन अर्थमन्त्रालयमा त्यत्रो मरिहत्ते गर्नु भएको रहेछ,
किन बिष्णु पौडेलजीलाइ छाड्न नचाहनु भएको रहेछ,
केहि पत्तो पाउन सकिएन l
उहाँसंग अर्थतन्त्र सुधारका केहि योजना भए त त्यो सार्बजनिक हुनु पर्थ्यो र
कार्यान्वयनको दिशामा अघि बढाईनुपर्थ्यो,
त्यो सब केहि भएको र गरेको देखिन्न l
ध्यान जति सबै यो नयाँ गठबन्धन टुट्ने होकी भन्नेमै देखिन्छ l
नत्र अर्थमन्त्री बनेको आज त २६ दिन पो पुगी सक्यो त,
अर्थमन्त्री बनेको दिन NEPSE 2,030.55 अंकमा थियो भने
अहिले त NEPSE खिइदै(आश गर्दै फेरी निराश हुँदै) 2,012 मा पो आइ पुग्यो त l
NEPSE:2,012.07..........................................Previous [2,018.33] (-6.26 / -0.31%)...................................Previous (-17.30 / -0.85%) SENSIND (355.66).........................................Previous (356.5  (-0.91 / -0.25%)........................................Previous (-2.51 / -0.70%) Turnover :2,874,754,305.75...................................Previous [3,205,332,324.76] Volume:7,290,200................................Previous [7,957,659] 
|
|
#323 Wed Mar 27, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८०-१२-१४ (2024-03-27) ---------------------------- एमाले, माओबादी र माधब नेपाल लगायतको,
अबको ध्यान भनेको २०८४ को चुनाब अगावै,
कसरी कम्युनिष्ट पार्टीलाई एक बनाउने र
फेरी अर्को ५ बर्षका लागि मस्ती गर्ने भन्नेमा मात्र देखियो l
यिनले जति बल्ड्याग खाए पनि नचेत्ने रहेछन l
अहिले हेरौ न नारायणकाजी श्रेष्ठ अहिले चीन भ्रमणमा छन् र यतिनै बेला
बिष्णु पौडेल पनि उही पुगेका छन् l
देशका नेताहरुले उत्तर र दक्षिणको बिचमा सन्तुलित कुटनीति गरेर देश र जनतालाई लाभ दिलाउनु पर्ने ठाउँमा,
आफ्नो व्यक्तिगत र पार्टीको हितलाई केन्द्रमा राखेर 'छुलिया' कुटनीति मात्र गरेको देखिन्छ l
जुन हामी जनता र देशको अहितमा छ l
सम्पूर्ण उर्जा कुर्सि बचाउनमै खर्च गर्नु पर्ने अबस्था आएपछि,
यिनले देशको अर्थतन्त्रको समस्या र तिनको समाधानको उपाय बारे कतिखेर सोचून र ?
कुन प्रदेशमा कसलाई मुम बनाउने कसलाई पछार्ने, कतिवटा मन्त्रालय लिने, कतिवटा अर्कोलाई दिने,
यो बिषयनै कहिल्यै समाप्त हुने देखिदैन l
बास्तबमा कर्णालीको पुलबाट लाइन लागेर हामफाल्नु पर्नेहरुलाई,
तिनले मान्ने कुनै गुरुले यसो motivate गर्दे पनि हुने,
नत्र कहिलेसम्म र कसरी थेगी रहनु हो हामीले ? NEPSE:2,030.86..........................................Previous [2,041.70] (-10.83 / -0.53%)...................................Previous (+10.14 / + 0.49%) SENSIND (359.46).........................................Previous (361.63) (-2.17 / -0.60%)........................................Previous (+0.86 / +0.23%) Turnover :2,235,485,534.30...................................Previous [2,354,348,503.01] Volume:6,047,021................................Previous [6,842,392] 
|
|
#324 Fri Mar 22, 2024 6:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
आजको सुखद समाचार :
सरकारको नाममा ल्याइयो चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी जग्गा l
Character Certificate पनि मजाले हेरियो l 
|
|
#325 Wed Mar 20, 2024 6:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1578
|
२०८०-१२-०७ (2024-03-20) ---------------------------- यो पानीले निकै राम्रो काम गर्यो,
एक त डढेलो निभ्ने भयो भने अर्कातिर धुम्म भएको आकास पनि खुल्ने भयो l
बजारका लागि पनि यस्तै खालको सकारात्मक नीतिगत वर्षाको आबश्यकता देखिन्छ l
तर हाम्रोमा झाट्झुट कुनै पनि निर्णय गर्न सक्दैनन्,
प्रकृयामा गएपछि, कागजी घोडालाई टेबल-टेबल दौडाउदा दौडाउदै हप्तौ बिती हाल्छ l
बजारलाई माथी उकास्ने नीतिनै बनाउने हो भने पनि,
नीति निर्माताको team ले पनि पहिला सस्तोमा share उठाउने मौका पाउनु पर्यो क्यारे l
नत्र मार्केट बढेर हामीलाई चाही के फाइदा भनि दिन्छन l
आजका Top 5 Gainers :
GUFL (LTP = 946).................10%
BNHC (LTP = 605).................10%
SARBTM (LTP = 672.70)..........9.99% ... GLBSL (LTP = 1507)...............9.94%
DLBS (LTP = 1280) ................9.28%
NEPSE:2,063.95..........................................Previous [2,067.29] (-3.34 / -0.16%)...................................Previous (-6.24 / -0.30%) SENSIND (368.03).........................................Previous (368.39) (-0.36 / -0.09% )........................................Previous (-1.16 / -0.31%) Turnover :3,496,284,036.16...................................Previous [3,633,936,554.87] Volume:9,445,697................................Previous [9,478,933] 
|